• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, साउन १, २०८३ Fri, Jul 17, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

टिआरसी विधेयकबारे पीडित भन्छन् : छलफल नै भएको छैन कसरी संसदमा पेस हुन्छ? 

64x64
नेपाल लाइभ बुधबार, माघ १०, २०८०  २०:२५
1140x725

काठमाडौं– सरकारले हिउँदे अधिवेशन बोलाउन सिफारिस गरेसँगै संसद् सचिवालयले तयारी थालेको छ। मन्त्रिपरिषद्को बैठकले संघीय संसद्को दुवै सदनको अधिवेशन २०८० माघ २२ गते दिउँसो ४ बजे आह्वान गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको थियो।

मन्त्रिपरिषद् बैठकअघि प्रधानमन्त्रीले अधिवेशन आह्वानको तयारीबारे सभामुख देवराज घिमिरसँग पनि छलफल गरेका थिए। सरकारले कानुन बनाउन हिउँदे अधिवेशन बोलाए पनि बिजनेश भने पर्याप्त संसद्‌मा दिन सकेको छैन। न नयाँ विधेयकहरु दर्ता गर्ने तयारी गरेको छ न त पुराना बाँकी विधेयकहरु समितिबाट पारित भएर आएका छन्।

अघिल्लो अधिवेशनमै पारित हुनुपर्ने केही विधेयकमा पनि सरकारले सहमति जुटाउन सकेको छैन। अघिल्लो अधिवेशनमै पारित हुने भनी चर्चा भएका धेरै विधेयक मध्येको एक हो ‘बेपत्ता पारिएका व्यक्तिहरुको छानबिन तथा सत्य निरुपण मेलमिलापसम्बन्धी ऐनलाई संशोधन गर्न बनेको विधेयक’। 

संक्रमणकालीन न्यायसम्बन्धी प्रक्रिया टुङ्गोमा पुर्‍याउने भन्दै सरकारले उक्त विधेयक ऐन संशोधन गर्नका लागि संसद्‌मा दर्ता गराएको थियो। पीडितको माग सम्बोधन, सर्वोच्च अदालतको फैसला कार्यान्वयन अनि अन्तर्राष्ट्रिय समुदायलाई मनाउन सरकारले विधेयक संसद्‌मा पेस गरेको थियो। संसद्को कानुन न्याय तथा मानव अधिकार समितिमा उक्त विधेयक लामो समयदेखि विचाराधीन रहेको छ।

विधेयकमा सहमति जुटाउन उप–समितिसमेत गठन भएको थियो। उप–समितिले चार बुँदामा असहमति बाँकी राख्दै समितिलाई प्रतिवेदन बुझाएको छ। उक्त बुँदाहरु शीर्ष नेतामा सहमति खोज्ने भन्दै समितिले केही छलफल पनि गरेको थियो। उक्त छलफलमा सहभागी भएका कानुनमन्त्री धनराज गुरुङले पीडितको सहमतिमै विधेयक अघि बढाइने बताएका थिए।

समितिमा विचाराधीन विधेयक छिट्टै पारित हुने भनी प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रिय र अन्तर्राष्ट्रिय मञ्चमा भन्दै आएका छन्। प्रधानमन्त्री प्रचण्डले असंलग्न राष्ट्रहरुको भेलामा पनि नेपालको शान्ति प्रक्रियाबारे बताएका थिए। उनले नेपाल फर्केलगत्तै विमानस्थलमा पत्रकारसँग कुरा गर्दै टिआरसी विधेयक हिउँदे अधिवेशनको पहिलो दिनमै पेस हुने दाबी गरे।

उनले राजनीतिक दलहरुसँग छलफल भइरहेको र सहमतिमै विधेयक संसदमा पेस भइ पारित हुने दाबीसमेत गर्न भ्याए। उनले संसद् अविधेशनको पहिलो दिन नै पेस हुने भनेको विधेयक हालसम्म समितिमा छलफलसमेत हुन सकेको छैन। दलहरु राष्ट्रिय सभाको निर्वाचनमा केन्द्रित भएका छन्। पुस ११ गते राष्ट्रिय सभाको निर्वाचन हुँदै छ।

कानुन न्याय तथा मानव अधिकार समितिकी सभापति बिमला सुवेदीले राष्ट्रिय सभाको निर्वाचनमा अहिले सबै दल र सांसदहरु व्यस्त भएका कारण छलफल हुन नसकेको र केही दिनमा बैठक बस्ने बताइन्। दलहरुकाबीचमा पर्याप्त छलफल हुन पाएको नपाएको र केही विषय गम्भीरसमेत भएकाले शीर्ष तहमा पनि छलफल हुनसक्ने उनले बताइन्।

nimb
nimb
Ncell 2
Ncell 2

उनले राष्ट्रिय सभा निर्वाचन सकिएपछि समितिले छलफल चलाउने र सबै सरोकारवालाको कुरा सुनेर यो अधिवेशनमा पेस गर्ने उनले बताइन्। तर पीडितहरुले भने सरकार र संसद्‌को कुरा पत्याउन सकेका छैनन्। 

अहिलेसम्म कुनै पनि छलफल नभएको महत्त्वपूर्ण बुँदाहरुमा असहमति नै रहेको अवस्थामा कसरी यो अधिवेशनमा पेस हुन्छ भनी पीडितहरु अलमलमा रहेका छन्। पीडितहरुले समितिमा मात्र छलफल गरेर टुङ्गोमा पुग्ने भए यसअघि नै पार लाग्ने भएकाले अहिले नै टुङ्गिने आसामा आफूहरु नरहेको पीडितको टिप्पणी छ।
 
द्वन्द्वपीडित साझा चौतारीका पूर्व संयोजक एवं मुक्तिनाथ अधिकारीका छोरा सुमन अधिकारीले सबै दलको संक्रमणकालीन न्यायमा आ–आफ्नै सत्ताको रणनीति भएका कारण यो तत्काल सहमति होला भन्ने आसा नरहेको बताए।

उनीहरुले केही समयअघि प्रधानमन्त्रीलाई एक कार्यक्रममा भेटेर छिटो विधेयक टुङ्गोमा पुर्‍याउनका लागि आग्रह पनि गरेका थिए। मानव अधिकार दिवसको दिनमा आफूहरुले प्रधानमन्त्रीसँग छलफल गरेको र छिटो टुङ्गाउन आग्रह गरेको उनले बताए। उक्त भेटमा प्रधानमन्त्रीले आफू सकारात्मक रहेको जवाफ त दिएको तर भरपर्दो आधार भने दिन नसकेको उनले बताए।

‘संक्रमणकालीन न्यायमा सबैले सत्तालाई केन्द्रित भएर छलफल गरे। पीडितलाई केही गरेन,’ अधिकारीले भने,‘सत्ता गठबन्धन उन्मुक्तिको कानुन खोज्ने अनि एमाले यही देखाएर सत्तामा जान खोज्ने भएका कारण समस्या उस्तै रहेको हो।’

अर्का पीडित जनक राउतले पनि सरकारले छिट्टै विधेयक पारित गरेर न्याय दिने आसा गरेको लामो समय भएको र जहिले पनि पीडितलाई प्रयोग गर्नेमात्र रणनीति दलहरुले बनाएको बताए। आफूहरुले न्यायका लागि सडकदेखि सदनसम्म सधैं आवाज उठाएको तर सरकारमा रहेकाहरु सत्ता टिकाउने अनि बाहिर रहेकाहरु सत्तामा जाने खेलमा मात्र लागेको उनले आरोप लगाए।

‘यो विधेयकमा समितिले पनि धेरै चासो दिएको देखिँदैन। शीर्ष नेतामा सहमति नभई हुने देखिँदैन। त्यहाँ ठोस छलफल भएकै छैन,’ उनले भने, ‘हामीले सोध्दा राष्ट्रिय सभाको निर्वाचनपछि अघि बढ्छ भनिएको छ तर सहमति होला भन्ने लाग्दैन।’

अहिले कुन दलको कहाँ असहमति भन्ने नदेखिएकाले अझ अन्योल भएको अर्का पीडित भगीराम चौधरीले बताए। ‘राष्ट्रिय सभाको निर्वाचनपछि समितिको बैठक बस्ने सुनिएको छ। केही त होला भन्ने आसा मात्र हो,’ उनले भने।

प्रधानमन्त्रीसँग बालुवाटारमा गएर छलफलसमेत गरेको र केही सकारात्मक नतिजा आउला कि भन्ने आसा तत्कालीन समयमा गरेको भन्दै उनले समय बित्दै जाँदा फेरि पनि केही नहुने हो कि भन्ने चिन्ता पनि लागेको बताए।

‘प्रधानमन्त्रीले अन्तर्राष्ट्रिय र राष्ट्रिय मञ्चमा बोल्नु भएको छ। मन्त्रीले समितिमा गएर हुन्छ भन्नु भएको छ,’ उनले भने, ‘तर हालसम्म आवाश्वासन दिने काममात्र भएको छ।   गम्भीर छलफल कसैले पनि गरेको देखिँदैन।’

प्रकाशित मिति: बुधबार, माघ १०, २०८०  २०:२५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ?
आज जुत्ता उत्पादक संघका पदाधिकारी तथा प्रतिनिधिसँग छलफल गर्दै प्रधानमन्त्री शाह
लुतो फालेझैँ अधिनायकवादी र लोकतन्त्रविरोधी सोच पनि फालौँ : भीष्मराज आङ्देम्बे
सम्बन्धित सामग्री
आज जुत्ता उत्पादक संघका पदाधिकारी तथा प्रतिनिधिसँग छलफल गर्दै प्रधानमन्त्री शाह छलफलमा संघका अध्यक्ष सुरज बन्जाडे, निवर्तमान अध्यक्ष रुद्र न्यौपाने, सचिव निर्मल भट्टराई, सल्लाहकार कालिदास गौतम, कार्यसमिति सदस्य स... शुक्रबार, साउन १, २०८३
लुतो फालेझैँ अधिनायकवादी र लोकतन्त्रविरोधी सोच पनि फालौँ : भीष्मराज आङ्देम्बे साउने संक्रान्ति तथा लिम्बू समुदायले मनाउने सिसेःक्पा तङ्नामको अवसरमा शुक्रबार शुभकामना सन्देश जारी गर्दै उनले भने, ‘साउने संक्रान्त... शुक्रबार, साउन १, २०८३
बागमती प्रदेशमा आजदेखि ८ मन्त्रालय सरकारले प्रदेशमा रहेको १४ मन्त्रालयलाई घटाएर ८ कायम गर्ने यसअघिको निर्णय कार्यान्वयन गरिएको हो । शुक्रबार, साउन १, २०८३
ताजा समाचारसबै
सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ? शुक्रबार, साउन १, २०८३
आज जुत्ता उत्पादक संघका पदाधिकारी तथा प्रतिनिधिसँग छलफल गर्दै प्रधानमन्त्री शाह शुक्रबार, साउन १, २०८३
लुतो फालेझैँ अधिनायकवादी र लोकतन्त्रविरोधी सोच पनि फालौँ : भीष्मराज आङ्देम्बे शुक्रबार, साउन १, २०८३
सन् १९५८ को विश्वकप फाइनलमा पेलेले लगाएको जर्सी ६७ करोडमा बिक्री शुक्रबार, साउन १, २०८३
दीपक भट्ट र सुलभ अग्रवाललाई धरौटीमा छाड्न आदेश शुक्रबार, साउन १, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
एकैपटक २ सय ७ न्यायाधीशको सरुवा, को– कहाँ ? [सूचीसहित] बिहीबार, असार ३२, २०८३
कांग्रेस सांसद अभिषेकप्रताप शाहविरुद्ध पक्राउ पूर्जी, राजनीतिक प्रतिशोध साँधिएको आरोप बिहीबार, असार ३२, २०८३
संविधान संशोधनका लागि अब १-२ दिनमै बहसपत्र ल्याउँछौँ : प्रधानमन्त्री शाह बिहीबार, असार ३२, २०८३
दीपक भट्ट र सुलभ अग्रवाललाई धरौटीमा छाड्न आदेश शुक्रबार, साउन १, २०८३
कर्णालीका मुख्यमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता, कांग्रेसका जीवन शाही प्रस्तावित बिहीबार, असार ३२, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
रावणका दश शिर र नेपालको शासन प्रणाली: एकल सोचले देश बन्दैन सुरेश गिरी
नेपालको राजनीतिमा जवाफदेहिताको संकट सुरेश गिरी
भीडले बनाएको नेतृत्व किन अन्ततः एक्लिन्छ ? सुरेश गिरी
महासंघमा गुटको राजनीति र स्थगित अधिवेशन: एकता र आत्मसुधारको निर्णायक घडी विप्लव अधिकारी
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
इंग्ल्यान्डमाथि पुनरागमन जित निकाल्दै अर्जेन्टिना फाइनलमा प्रवेश बिहीबार, असार ३२, २०८३
कलाकार दीपाश्री निरौलालाई ब्रेन ट्युमर, अन्नपूर्ण न्युरोमा सफल शल्यक्रिया आइतबार, असार २८, २०८३
गणेश नेपालीको परिवार र सरकारबीच नौ बुँदे सहमति आइतबार, असार २८, २०८३
सम्पत्ति छानबिन आयोगविरुद्ध अवहेलना मुद्दा, सर्वोच्चले दियो अन्तरिम आदेश बुधबार, असार ३१, २०८३
बुद्धनगरमा आत्मदाह प्रयास गरेका राउतको आईसीयूमा उपचार हुँदै, ५० प्रतिशत बढी जलन शनिबार, असार २७, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्