• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, भदौ १७, २०८३ Wed, Sep 2, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

मधेस सरकारबाट जनमत पार्टीको बहिर्गमनले जसपालाई फाइदा कि बेफाइदा?

64x64
किशोर दहाल बुधबार, माघ १०, २०८०  १४:१२
1140x725

काठमाडौं- जनमत पार्टीले प्रदेश सरकारबाट बाहिरिने र सरकारलाई दिएको समर्थन पनि फिर्ता लिने निर्णय लिएसँगै सरकारको नेतृत्वकर्ता दल जसपासँग जारी द्वन्द्व नयाँ चरणमा प्रवेश गरेको छ। सरकारमै सहभागी दुई दलबीच सत्ता पक्ष र प्रतिपक्षी दलको झल्को दिने गरी भइरहेको विवाद स्वाभाविक थिएनन्, अब भने स्वाभाविक हुने भएका छन्। सरकारप्रति जनमत पार्टीको आगामी रणनीति कस्तो बन्ने छ, प्रष्ट भइसकेको छैन।

जनमत पार्टीका तर्फबाट सरकारको नेतृत्व गरेका महेशप्रसाद यादवले मंगलबार जारी गरेको विज्ञप्तिमा सरकारप्रति विभिन्न आरोपहरू लगाएका छन्। मन्त्री लोकप्रिय भइरहेको बेलामा महिनौंसम्म विना विभागीय मन्त्री बनाइएको र मन्त्रालय पटकपटक फुटाइएको यादवको भनाइ छ।

'आफ्नै मातहतको मधेस कृषि विश्वविद्यालयको शिलान्यासको विषयमा जानकारी समेत नदिएको तथा कार्यक्रमस्थलमा पुग्दा आफ्नै सरकारको निर्देशनमा मसहित मधेस प्रदेशका माननीयज्यूहरूमाथि लाठी चार्ज गर्न लगाई घाइते बनाएको जस्ता निन्दनीय र क्रुर तानशाही कदमहरू चालेको हुनाले' मन्त्रिपरिषद्‌बाट राजीनामा र समर्थन फिर्ता लिइएको विज्ञप्तिमा उल्लेख छ।

मंगलबार साँझ संसदीय दलको निर्णय सार्वजनिक गर्दै जनमत पार्टीका केन्द्रीय अध्यक्ष सीके राउतको 'एक्स' ह्यान्डलमा पनि सरकारप्रति आरोप लगाइएको छ। भनिएको छ, 'जसपा नेतृत्वको मधेस सरकारले मधेसी जनतामाथि गरेको दमन र अत्याचार, सीमान्तकृत र  दलितमाथि गरेको विभेद, दर्जनौं काण्डमा गरेको चरम भ्रष्टाचार र मधेसमा लादेको जंगलराज र गुण्डाराजको विरोधमा जनमत पार्टीद्वारा समर्थन फिर्ता; मन्त्रीको राजीनामा; दमन र भ्रष्टाचारको विरूद्ध आन्दोलन थाल्ने।'

अध्यक्ष राउत लगायत जनमत पार्टीका नेताहरूबाट सार्वजनिक आक्रोश र आन्दोलनको धम्की केलाउँदा उसले मधेस सरकारलाई कठिनाइ सिर्जना गर्ने आकलन गर्न सकिन्छ। मधेस सरकारको निर्णयहरू मात्रै होइन, जसपा र जनमत पार्टीका नेतृत्वद्वय उपेन्द्र यादव र सीके राउतबीचको व्यक्तित्व र बर्चस्वको लडाइँ पनि निरन्तर रहेकैले आगामी दिनका द्वन्द्वहरू थप सशक्त हुने छनक पाइन्छ। यसअघि मुख्यमन्त्री यादवले वैधानिक प्रतिपक्षीविहीन सरकारको सहज नेतृत्व गर्दै आएका थिए। अब भने जनमत पार्टीबाट सिर्जना हुने आक्रोशलाई व्यवस्थापन गर्न सक्ने र आफू नेतृत्वको सरकारमाथि उठ्ने प्रश्नहरूको जवाफ दिन सक्ने सीपको पनि परीक्षण हुनेछ।

यसअघि नै मुख्यमन्त्री यादवले जनमत पार्टीलाई सरकार छाडेर जान चेतावनी दिइसकेका थिए। उनले त जनमत पार्टी लाज पचाएर सरकारमा बसिरहेको भन्दै कटाक्ष समेत गरेका थिए। सत्ता साझेदार दलहरूकै द्वन्द्वले यो सहयात्रा चाँडै टुंगिने निश्चितप्रायः थियो। जसको पटाक्षेप मंगलबार भएको मात्रै हो। त्यसैले तत्काललाई जनमत पार्टीको बहिर्गमनलाई जसपा पक्षले भने स्वाभाविक रुपमा लिएको छ।

प्रदेश सरकारका प्रवक्ता समेत रहेका र जसपाबाट अर्थमन्त्री भएका सञ्जयकुमार यादवले आफूहरू जनमत पार्टीलाई सरकारबाट बाहिर पठाउने तयारीमै रहेको बेलामा सो पार्टीको निर्णय आएको बताए। ‘गठबन्धनमा बसेर गठबन्धन धर्मको निर्वाह नगर्ने, सरकारमा बसेर सरकारको दायित्व पूरा नगर्ने, अराजकताले परिपूर्ण, अनुशासनहीन चरित्र भएकाले उनीहरूलाई हामीले नै निकाल्ने प्रयास गरिरहेका थियौँ। त्यसैले अहिले उहाँहरूलाई हामीले खुसीसाथ बिदाइ गरेका छौँ,’ नेपाल लाइभसँग कुरा गर्दै उनले भने।

जनमत पार्टीको बहिर्गमनबाट जसपा नआत्तिनुको एउटा कारण भनेको उसलाई अन्य दलको बलियो साथ रहनु हो। खासगरी केन्द्रीय सत्ता गठबन्धनमा प्रमुख सहयात्री दलहरू कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी, जनमत पार्टी जस्ता दलको साथ रहँदासम्म उसको पक्षमा प्रदेश सभामा बहुमत पुगिरहन्छ। १०७ सदस्यीय प्रदेश सभामा जनमत पार्टीसँग १३ सिट छ। ऊ प्रदेश सभाको चौथो ठूलो दल मात्रै हो।

Ncell 2
Ncell 2
nimb
nimb

कतिसम्म भने, मुख्यमन्त्री यादवले गत जेठ ३० गते दोस्रो पटक विश्वासको मत लिँदा विपक्षमा मत परेको थिएन। एमालेले समर्थन फिर्ता लिएका कारण विश्वासको मत लिन बाध्य भएका मुख्यमन्त्री यादवले स्वयं एमालेकै पनि मत पाएका थिए। त्यसअघि २०७९ माघ ४ मा पनि विपक्षमा मत परेको थिएन।

सरकार बनाउन समर्थन गरेको दल जसपाले समर्थन फिर्ता लिएका कारण मुख्यमन्त्री यादवले पुनः विश्वासको मत लिनुपर्नेछ। प्रवक्ता तथा अर्थमन्त्री यादवले भने आफूहरूले तुरुन्तै विश्वासको मत लिने र त्यसको तयारी गरिरहेको बताए। यसअघि विश्वासको मत दिएको नेकपा एमालेले पनि पुनः विश्वासको मत दिने विश्वास उनको छ। संघीय सरकारमा पनि जसपा मुख्य हिस्सेदार र सहयोगी भएकाले गठबन्धनका दलहरूले सहजै साथ दिने आधारहरू छन्।

जनमतको बहिर्गमनले जसपा र मुख्यमन्त्री यादवलाई केही सहज परिस्थिति पनि सिर्जना भएको/हुने छ। पहिलो त, सरकारमै रहेको दलले प्रतिपक्षी जस्तो भूमिका निर्वाह गर्दा मुख्यमन्त्रीलाई नैतिक संकटहरू परिरहेको थियो। जनमत पार्टीको भूमिकाको बचाउ पनि गर्न पनि नसक्ने, विरोध गरेर सरकारबाट निकाल्ने पनि कठिन भइरहेको स्थिति थियो। अब उनलाई सहज भएको छ।

दोस्रो, २०७९ पुस १० गते एमाले, माओवादी केन्द्र, जसपा, जनमत पार्टी लगायतको सक्रियतामा संघीय सरकार बनेको थियो। केही पछि यस गठबन्धनले प्रदेश सरकारका विषयमा पनि समझदारी गरेको थियो। पुस २४ गते साँझ बसेको सत्ता साझेदार दलहरुको बैठकले मधेस प्रदेश सरकारमा जसपा र जनमत पार्टीले आलोपालो नेतृत्व गर्ने सहमति भएको थियो। समझदारी अनुसार सुरुमा जसपाका सरोजकुमार यादवले अवसर पाएका थिए।

यस बीचमा एमालेसहितको गठबन्धन भत्किए पनि त्यतिबेलाको समझदारीलाई जनमतले उठाउने सम्भावना रहन्थ्यो। १६ सिट जितेको र तेस्रो ठूलो दल जसपाले सरकारको नेतृत्व गर्दा १३ सिट जितेको र चौथो ठूलो दलले पुरानै समझदारी अनुसार दाबी गर्नु स्वाभाविक हुन्थ्यो। अब भने जसपालाई सहज भएको छ। कम्तीमा मधेस क्षेत्रमा प्रमुखी प्रतिपर्धी ठानिएको जनमत पार्टीलाई सरकारको नेतृत्व हस्तान्तरण गर्नुपर्ने बोझ हटेको छ। त्यसैले जनमत पार्टीको बहिर्गमन जसपाका निम्ति 'बढार्नुपर्ने धुलो, हुरीले बढार्‍यो' भने जस्तै भएको छ।

प्रकाशित मिति: बुधबार, माघ १०, २०८०  १४:१२

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
किशोर दहाल
दहाल नेपाल लाइभको राजनीतिक ब्युरो प्रमुख हुन्।
लेखकबाट थप
अनि गणेशमानले कांग्रेस परित्याग गरे...
संघदेखि प्रदेशसम्म 'साना दल'को नेतृत्वमा सरकार!
‘कांग्रेसका नेता’ पुष्पलालले किन गठन गरे कम्युनिस्ट पार्टी?
सम्बन्धित सामग्री
मंसिर २१ देखि २३ गतेसम्म महाधिवेशन गर्ने तयारीमा देउवा समूह बुधबार चुनदेवीस्थित सम्पर्क कार्यालयमा बसेको ‘१५औँ केन्द्रीय महाधिवेशन तयारी समिति’को दोस्रो बैठकमा महाधिवेशनको मिति र विभिन्न तहका... बुधबार, भदौ १७, २०८३
सभामुखको विशेष प्रस्ताव पारित, उद्धार र पुनर्स्थापनामा सबै संयन्त्र परिचालन गर्न निर्देशन सभामुखले राखेको प्रस्ताव सर्वसम्मत रूपमा पारित भएको हो। बुधबार, भदौ १७, २०८३
प्रधानमन्त्रीलाई प्रचण्डको चेतावनी– संकट समाधानमा गम्भिर नभए अवसरले प्रधानमन्त्रीलाई नपर्खिन सक्छ! बुधबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले प्रधानमन्त्रीले सबैको विश्वास जितेर अघि बढ्नुपर्ने बताए । संकटको समयमा जनताले आश्वासन र साम... बुधबार, भदौ १७, २०८३
ताजा समाचारसबै
मंसिर २१ देखि २३ गतेसम्म महाधिवेशन गर्ने तयारीमा देउवा समूह बुधबार, भदौ १७, २०८३
सभामुखको विशेष प्रस्ताव पारित, उद्धार र पुनर्स्थापनामा सबै संयन्त्र परिचालन गर्न निर्देशन बुधबार, भदौ १७, २०८३
उपत्यकामा व्यावसायिक प्रयोजनका लागि ग्यास बिक्रीमा रोक बुधबार, भदौ १७, २०८३
प्रधानमन्त्रीलाई प्रचण्डको चेतावनी– संकट समाधानमा गम्भिर नभए अवसरले प्रधानमन्त्रीलाई नपर्खिन सक्छ! बुधबार, भदौ १७, २०८३
भोटेकोशी विपत्तिबारे वस्तुगत विवेचना आवश्यक : सांसद थापा बुधबार, भदौ १७, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
भोटेकोशी बाढी सम्बन्धी प्रधानमन्त्रीको हरेक पोष्टमा ५० प्रतिशत एआई कन्टेन्ट ? मंगलबार, भदौ १६, २०८३
तत्कालीन निमित्त कार्यालय प्रमुखसहित ५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर मंगलबार, भदौ १६, २०८३
आजदेखि हेटौंडादेखि काठमाडौं चल्ने सवारीसाधनको छुट्टाछुट्टै रुट मंगलबार, भदौ १६, २०८३
रसुवा, धादिङ र ललितपुरका सडकखण्ड पूर्ण अवरुद्ध मंगलबार, भदौ १६, २०८३
जब ७८ वर्षीय धनपति सहायता दिन सिंहदबार पुगे! मंगलबार, भदौ १६, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
कुनै पनि शव अस्थायी चिहानका रुपमा १२ वर्षसम्म राख्न सकिन्छ : प्राडा हरिहर वस्ती नेपाल लाइभ
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
सरकार देखियो तर विपद् व्यवस्थापन किन देखिएन? कमल सापकोटा
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको रजिष्ट्रारमा तीन उम्मेदवार : प्रतिष्ठानको भविष्यका लागि कसको नेतृत्व बढी उपयोगी ? नेपाल लाइभ
रसुवाको बाढीः वास्तविक पीडितसम्म अझै किन पुगेन सरकार? गोविन्द आचार्य
महाविपत्तिमा सक्षम सरकारको खोजी नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडक बन्द, वैकल्पिक बाटोबाट इन्धन–ग्यास ढुवानी हुने आइतबार, भदौ १४, २०८३
काठमाडौंबाट बाहिरिने सवारीसाधनलाई तोकियो दुईवटा वैकल्पिक सडक आइतबार, भदौ १४, २०८३
बाढी पीडित राहत कोषमा एक लाख  जम्मा गर्न खोज्दा १० लाख गएपछि... बिहीबार, भदौ ११, २०८३
भोटेकोशी बाढी सम्बन्धी प्रधानमन्त्रीको हरेक पोष्टमा ५० प्रतिशत एआई कन्टेन्ट ? मंगलबार, भदौ १६, २०८३
तत्कालीन निमित्त कार्यालय प्रमुखसहित ५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर मंगलबार, भदौ १६, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्