• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, असोज १२, २०८३ Mon, Sep 28, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
फिचर

फुटपाथ व्यापारीको त्यो आर्तनाद: न साइकल जोगियोे, न फलफूल

64x64
कल्पना घिमिरे मंगलबार, माघ ९, २०८०  ०९:२८
1140x725

काठमाडौं– ‘सुन्तला सयमा डेढ किलो, गोलभेँडा पचासमा डेढ किलो,’ बुधबार साँझ ७ बजे कलंकी मन्दिर छेवैको फुटपाथमा एक व्यापारी आफ्नो पसलबाट ग्राहक बोलाइरहेका थिए।

उनीसँगै लस्करै फलफूल र तरकारी राखेका व्यापारीहरू ग्राहककै पर्खाइमा थिए।  

म भने फलफूल व्यापारीले टेको लगाएको साइकल छेउ पुगेँ। ‘अनार कसरी हो दाइ?’ ती व्यापारीलाई सोधेँ। 

सोधेको मात्र के थिएँ, ती व्यापारीको अनुहारमा डरका रेखीहरू दौडिन थाले। उनी अतालिए। मेरो प्रश्नको जवाफ दिन नभ्याउँदै उनी साइकल डोहोर्‍याएर भाग्न थाले। 

हेर्छु, अरु व्यापारी पनि अन्धाधुन्द दौडिरहेका छन्। 

उनीहरू किन यसरी भागिरहेछन्, भेउ पाइरहेकै थिइनँ। जब पछाडि फर्केर हेरेँ, विलखबन्दमा परेँ। महानगर प्रहरी बल लेखिएको बा १ ग ११४९ नम्बरको गाडी हुँइँकिएर आयो र छेवैमा रोक्यो। गाडीभरि फलफूलले भरिएका ठेला र साइकलको चाङ थिए। त्यसमाथि महानगर प्रहरी कोचिँदै आएका रहेछन्। गाडीबाट ओर्लिँदै गरेका प्रहरीको अनुहारमा हाँसो फैलिएको थियो। उनीहरू भागेर गल्लीतिर पसिरहेका व्यापारीहरूलाई खेद्न थाले। यता गाडीमा २ महिला प्रहरी बाँकी थिए।

मैले खल्तीबाट मोबाइल निकालेँ। अनि क्यामेरा महानगरको गाडीतर्फ सोझ्याएँ। गाडीमा भएकी महिला प्रहरी रातो अनुहार बनाउँदै मतर्फ औंला ठड्याउन थालिन्। उनले आक्रोशित हुँदै भनिन्, ‘फोटो नखिच्नू!’

मैले करिब २०० मिटर भित्र भाग्दै पुगेका दुई व्यापारी उमेश साह र दर्शन कुमार गल्लीको ओरालो सडकमा लडेको देखेँ। उनीहरूसँगै साइकल पनि लड्यो। साइकलमा भएका फलफूल पोखिए। महानगर प्रहरीले २ जनाकै साइकल फेला पारे। उमेश र दर्शन कुमारले आफ्नो साइकल नखोस्न याचना गरे। 

Ncell 2
Ncell 2
nimb
nimb

‘सबै माल पोखिएर खतम भयो सर। मेरो साइकल नलगिदिनुस् न,’ उमेश साह रुँदै महानगर प्रहरीसँग याचना गरिरहेका थिए। तर महानगर प्रहरीले उनलाई लछार्दै साइकल खोसेर गाडीमा हाले। वरपरका मानिसहरू रमिता हेरिरहे। कसैले भने प्रहरीहरूलाई अनुरोधको शैलीमा भने, ‘विचरा! गरिबको साइकल नलगिदिनु न। अर्कोचोटी राख्दै नराख भन्नु सर।’

तर महानगर प्रहरीले न याचना सुने, न अनुरोध। उनीहरू खोसेको साइकल गाडीमा हालेपछि हुइँकिए। 

दर्शनको शरीरबाट रगत बगिरहेको थियो। चप्पलको फित्ता पनि चुँडिएछ। घटना देखिरहेका मानिसहरू आएर पीडितलाई सहयोग गरिरहेका थिए। कसैले नजिकैको पसलबाट बोरा र प्लास्टिक ल्याएर फलफूल उठाइदिए। 

छेवैको घरबाट एकजनाले दर्शनलाई १ जोर पुराना चप्पल ल्याइदिए। ‘हेर, यतिधेरै नोक्सान भयो, मान्छे झण्डै मरेको,’ एक महिलाले भनिन्। ‘सुखले खाएको होइन नि त गरिबले, किन यसरी घाइते हुन्जेल लखेटेको,’ अर्का व्यक्तिले आक्रोश पोखे।

Xtrem

Xtrem

दर्शनको घाउ देखेपछि एक व्यक्तिले सहानुभूतिजन्य लवजमा भने, ‘लडेर चोट लागेछ। अब यसको उपचार कसले बेहोर्छ।’

अघि मूकदर्शक बनिरहेका व्यक्तिहरू पनि यतिबेला बोल्न थाले। साइकक गुमाएका उमेश र दर्शनको अनुहार भने निकै टिठलाग्दो थियो। दर्शन गोडामा लागेका चोटका कारण उठ्न सकिरहेका थिएनन्। जसोतसो उठे। आँखाभरि भरिएको आँसु पुछ्दै दर्शनले भने, ‘१६ हजारको फलफूल किनेको थिएँ। व्यापार हुन पाएकै थिएन। सबथोक सकियो।’

दर्शनले करिब ४ महिना अघि मात्रै ८ हजार रुपैयाँमा सेकेण्डह्याण्ड साइकल किनेका रहेछन्। ४ महिना अघि पनि महानगर प्रहरीले त्यसरी नै उनको साइकल खोसेर लगेको रहेछ। ‘५ वर्षमा ४ ओटा साइकल महानगरले लगिसक्यो,’ दर्शनले भने। 

साइकलसँगै लडेका उमेश साह सडकमा बजारिएका थिए। उनीसँग अब न साइकल थियो, न फलफूल। ‘गरिबलाई गरिखान दिँदैन हजुर,’ उनले टिठलाग्दो भावमा भने। 

पोहोर साल १० हजारको साइकल प्रहरीले यसैगरी खोसेर लगिदिएछ। ‘आज त बोनी नै भएको थिएन। सबै माल सत्यानाश भो,’ साहले बिलौना पोखे। 

महानगरभित्र फुटपाथमा व्यापार गर्न माग गर्दै गत असोजमा अभियन्ता ईःले १९९ घण्टा उभिएर प्रदर्शन गरेका थिए। त्यसपछि गत आसोज १० गते काठमाडौं महानगरपालिका र अभियन्ता ईःबिच ४ बुँदे सम्झौतासहित सहमति पनि भएको थियो। 

सम्झौतामा फुटपाथ/सार्वजनिक स्थलमा व्यापार गर्ने क्रममा जफत गरिएका सामानहरू महानगरपालिकाको स्टोरमा भएसम्म यकिन गरी सम्बन्धित सामानका धनीलाई महानगरले फिर्ता गर्ने उल्लेख थियो। तर अहिलेसम्म महानगरले सामान फिर्ता गरेको  गरेको छैन। उल्टै जफत गरिरहेको छ।

सहमतिको अर्को बुँदामा थियो, ‘अनौपचारिक क्षेत्रमार्फत हुने व्यापार व्यवसायलाई व्यवस्थित गर्न व्यापार गर्ने स्थल, समय, व्यापार गर्न आवश्यक मानिने व्यक्ति यकिन गर्न र स्थान उपलब्ध गराउने विधि, प्रक्रिया तथा कानुनी व्यवस्थासमेतको प्रबन्ध गर्नुपर्ने विषयमा ठोस सुझावसहित अध्ययन गरी २ महिनाभित्र महानगरपालिकामा प्रतिवेदन पेस गर्न देहायबमोजिमको समिति गठन गर्ने र साविकमा फुटपाथ सार्वजनिक स्थलमा व्यापार गरेका व्यवसायीहरूका लागि महानगरपालिकाभित्र कानुनले निषेध गरेका स्थानबाहेक अन्यत्रका उपयुक्त स्थलहरू पहिचान गर्न महानगरपालिकाले आजको मितिले एक हप्ताभित्र पहल गर्ने।’  

सम्झौता कार्यान्वयन गर्न २ महिनापछि काठमाडौं महानगरपालिकाले ८ सदस्यीयसमिति गठन गरेको थियो। तरसमितिले सम्झौता कार्यान्वायन गरेको देखिँदैन। 

सो सम्झौता अहिलेसम्म कार्यान्वायन हुन नसकेको समितिका सदस्य चिनीकाजी महर्जन बताउँछन्। ‘यो कार्यन्वायनमा ल्याउन महानगरमात्रै होइन। संघीय मामिला मन्त्रालय र सडक विभागको पनि उत्तिकै भूमिका हुनु पर्छ। अहिले कार्यन्वायनको प्रक्रियामा छ। सबै कुरा मिलिसकेको छैन। केही समय लाग्छ,’ उनले भने।

महानगरभित्रको फुटपाथमा व्यापारका कारण सडक दुर्घटना हुने गरेको र फुटपाथ व्यापारले कसैलाई अवरोध नहोस् भनी फुटपाथमा व्यापार गर्न नदिई व्यवस्थित स्थानमा व्यापार गर्न व्यवस्था मिलाउने उनको दाबी छ।  

फुटपाथमा कर र सटरको भाडा पनि तिर्नु नपर्ने भएकाले वर्षौवर्ष व्यापारीका पुस्ताले व्यापार गरिहेको उनी बताउँछन्। त्यसैले फुटपाथलाई व्यवस्थित गरी निश्चित स्थानमा सार्ने उनले बताए।

सम्झौता कार्यान्वायन नहुँदासम्म महानगरले फुटपाथमा व्यापार गरेर अवरोध गरेमा फुटपाथबाट हटाउने र हट्न नमानेमा सामान जफत गर्ने गरिरहेको उनले बताए।

महानगर प्रहरीले अमानवीय व्यवहार गर्नु नहुने कुरामा चाहिँ उनी सहमत छन्। यद्यपि, महानगरलाई गरिबमाराको आरोप लागेको भन्दै त्यसको प्रतिरक्षामा उनी थप्छन्, ‘महानगर गरिबमारा पनि होइन तर धानबाली लगाएको ठाउँमा झार उखेल्दा धान पनि उखेलिन सक्छ।’

प्रकाशित मिति: मंगलबार, माघ ९, २०८०  ०९:२८

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
कल्पना घिमिरे
लेखकबाट थप
२८ करोडको सरकारी गाडी यसरी बन्यो कवाडी
आर्थिक सहायता र राजस्व संकलनको लक्ष्य नभेट्दा कूल बजेट खर्च २० प्रतिशत कमी
६ वर्षमा २२ सहकारी समस्याग्रस्तः चालू वर्ष थपियो बानेश्वरको नेपाल सहकारी वित्तीय संस्था लिमिटेड
सम्बन्धित सामग्री
कोरला नाकाबाट भित्रिए च्याङ्ग्रा, अनलाइन डेलिभरीको तयारी, दशैंमा मूल्य बढ्ने अनुमान हालै संघीय कृषि तथा पशुपन्छी विकासमन्त्रीले समेत कोरला नाकामा पशुजन्य वस्तुको व्यापार र च्याङ्ग्राको ओसारपसारलाई व्यवस्थित बनाउन क्व... शनिबार, असोज ३, २०८३
भोटेकोशी बाढी : छोराको बिछोडको पीडा सहन नसकेकी आमाको पनि दु:खद अन्त्य उमाकुण्ड गाउँपालिका–१ गुम्देलका ङिमा शेर्पाले जीवनको सबै क्षण हाइड्रोपावरमा श्रम गरेरै बिताए। आफ्नै गाउँघर नजिकै निर्माणाधीन लिखु हा... शनिबार, भदौ २७, २०८३
‘आइरिस’सँगै फर्कियो ९० को दशक, सामाजिक सञ्जालमा ‘नोस्टाल्जिया’को लहर! झण्डै तीन दशकअघि सार्वजनिक भएको ‘आइरिस’ अहिले फेरि सामाजिक सञ्जालमा सुनिन थालेको छ। पुराना तस्बिर, पुरानो पहिरन र पुरानो गीतले मानिस... शुक्रबार, भदौ २६, २०८३
ताजा समाचारसबै
चोलेन्द्र पक्राउप्रति प्रचण्डको आपत्ति : ‘यस्तो दुस्साहस गरे सरकारले ठूलो मूल्य चुकाउनुपर्छ’ सोमबार, असोज १२, २०८३
प्रतिनिधि सभामा मन्त्रालयको नाम परिवर्तनसम्बन्धी विधेयक पेश सोमबार, असोज १२, २०८३
स्वास्थ्यमन्त्री निशा मेहताद्वारा प्रतिनिधि सभामा स्वास्थ्य क्षेत्रका चार विधेयक प्रस्तुत सोमबार, असोज १२, २०८३
नारायणीमा उच्च बहावपछि सुस्ता डुबानमा, क्षतिको अध्ययन गर्न सांसद खनालको माग सोमबार, असोज १२, २०८३
हिम्लुङ हिमालमा हिम पहिरो : चार जना मृत्यु भएको पुष्टि, ११ सकुशल सोमबार, असोज १२, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
चोलेन्द्र पक्राउसँगै बालेनले ताकेका तीन तीर आइतबार, असोज ११, २०८३
कुटपिट र घर निकालाको दाबी गर्दै हर्क साम्पाङकी जेठी पत्नी अदालतमा: यस्तो छ वास्तविकता आइतबार, असोज ११, २०८३
नारायणगढ–मुग्लिन र पृथ्वी राजमार्गमा अर्को सूचना नआएसम्म सवारी आवागमन बन्द आइतबार, असोज ११, २०८३
पूर्वप्रधानन्यायाधीश जबरा पक्राउ परेपछि बास्कोटाको प्रश्न– कतै सत्ताभित्रै खिचडी त पाकिरहेको छैन? आइतबार, असोज ११, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
चोलेन्द्र पक्राउसँगै बालेनले ताकेका तीन तीर आइतबार, असोज ११, २०८३
निजामती सेवामा ३०–५५ वर्ष लागू गर्ने बालेनको योजनामा लोकसेवाको ब्रेक, रामेश्वर खनाल भन्छन्– ‘पजनी विधि कदापि उपयुक्त होइन’ शनिबार, असोज १०, २०८३
५५–३० प्रावधानमा लोकसेवाको राय सरकारलाई, १३ हजार कर्मचारीको अवकाशको बाटो खुल्ला? शुक्रबार, असोज ९, २०८३
कुटपिट र घर निकालाको दाबी गर्दै हर्क साम्पाङकी जेठी पत्नी अदालतमा: यस्तो छ वास्तविकता आइतबार, असोज ११, २०८३
तीन जिल्लाका ६ पालिकामा भारी वर्षाको पूर्वानुमान शुक्रबार, असोज ९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्