• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, मंसिर ७, २०८३ Mon, Nov 23, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

प्रधानमन्त्रीले सबैको विश्वास जित्नुभएको छ, गठबन्धन पाँचै वर्ष जान्छः उपमहासचिव पुन

64x64
नेपाल लाइभ शनिबार, माघ ६, २०८०  १८:१५
1140x725

काठमाडौं– नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन अनन्तले वर्तमान सत्ता गठबन्धन पाँचै वर्ष टिक्ने बताएका छन्।

राष्ट्रिय सभा निर्वाचनका लागि बागमती प्रदेशबाट उम्मेदवारी दिएका गठबन्धनका उम्मेदवार र मतदाताबीच शनिबार काठमाडौंको गोकर्णमा भएको अन्तरक्रियामा पुनले निश्चित राजनीतिक उद्देश्यका लागि बनाइएको गठबन्धन कसैले चाहेर तलमाथि हुने अवस्था नरहेको बताए।

संविधानको रक्षा र कार्यान्वयनका लागि बनेको गठबन्धन मुलुकको अहिलेको आवश्यकता रहेको उनको भनाइ थियो। पुनले विश्व भू–राजनीतिक प्रभावको सामना गर्न  लोकतान्त्रिक र वाम प्रगतिशील शक्तिबीच सहकार्यको विकल्प नरहेको उल्लेख गरे।

‘यो संविधानको रक्षा र कार्यान्वयनका लागि बनाइएको गठबन्धन हो’, पुनले भने, ‘यो कुनै नेता र पार्टीगत स्वार्थले बनेको नभई नेपालको अहिलेको आवश्यकता हो। बामपन्थी–प्रगतिशील र लोकतान्त्रिक शक्ति नमिली नेपालले विश्व भू–राजनीतिक प्रभावको सामना गर्न सक्दैन।’ 

गठबन्धनमा लामो समय मुलुकको राजनीतिक परिवर्तन र सामाजिक रुपान्तरणका लागि संघर्ष, त्याग  र बलिदानको पृष्ठभूमिबाट आएका दलहरु रहेको उनले बताए। १२ बुँदे सहमतिदेखि संविधान निर्माणमा सहकार्य गरेका प्रमुख शक्तिहरुको गठबन्धन भएकाले यसलाई आजको यथार्थतामा बुझ्न जरुरी रहेको उनले बताए।

Ncell 2
Ncell 2
nimb
nimb

‘हाम्रो यो गठबन्धन चुनावी जितहारका लागि वा नेताहरुको स्वार्थका लागि नभई निश्चित राजनीतिक उद्धेश्यका लागि बनेको हो’, पुनले भने, ‘शान्ति प्रक्रियाका केही कामहरु बाँकी छन्। संविधान कार्यान्वयनमा विभिन्न खालका अवरोधहरु खडा गरिए। ती अवरोधहरु पन्छाउँदै संविधानका व्यवस्थाअनुसार जनताका अधिकार सुनिश्चित गर्नु गठबन्धनको उद्देश्य हो।’

आफ्ना अध्यक्षसमेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गठबन्धन आबद्ध दल र ती दलका प्रमुख नेताहरुको विश्वास जितेका कारण पनि गठबन्धन पाँचै वर्ष जाने आधार तयार भएको पुनको भनाइ थियो। पुनले सरकारले संसदको हिउँदे अधिवेशनमा संघीय निजामती र संघीय प्रहरी ऐन पारित गर्ने गरी गृहकार्य गरिरहेकाले संघीयता कार्यान्वयनमा भएको बिलम्ब चाँडै हट्ने बताए।

नेपाल संघीयताको नयाँ अभ्यासमा रहेको र संघीयताको चरित्र समन्वयात्मक रहेको भन्दै पुनले मुख्यमन्त्रीहरुको असन्तुष्टि छिट्टै सम्बोधन हुने गरी प्रधानमन्त्रीले काम अघि बढाएको उल्लेख गरे। पुनले संघ, प्रदेश र स्थानीय तहबीचको समन्वयमा मात्र संघीयता सफल बनाउन सकिने भएकाले साझा अधिकार सूचीअनुसार तीनवटै तहका सरकारले काम गर्नुपर्नेमा जोड दिए।

max tiger cn
max tiger cn
tvs-dashain-2083
tvs-dashain-2083

उनले स्थानीय तहमा संघीयताको अभ्यास गर्ने क्रममा धेरै राम्रा अनुभवहरु हासिल भएका र जनताले प्रभावकारी सेवा पाएको दाबी गरे। फरक प्रसंगमा पुनले राष्ट्रिय सभामा सातवटै प्रदेशहरुको समानुपातिक प्रतिनिधित्व हुने भएकाले त्यसको बनोट विशिष्ट र मौलिक रहेको बताए।

ठूलो जनसंख्या भएको मधेस र बागमती तथा कम जनघनत्व भएका कर्णाली र सुदूरपश्चिम प्रदेशको राष्ट्रिय सभामा बराबर ८ जनाको प्रतिनिधित्व हुने भन्दै त्यसले प्रदेशहरुको स्वार्थको प्रतिनिधित्व गर्ने जनाए। 

‘राष्ट्रिय सभा प्रदेशहरुको समानुपातिक प्रतिनिधित्व भएको निकाय हो। प्रतिनिधिसभा जस्तो कार्यकारीको प्रभाव राष्ट्रिय सभामा पर्दैन’, पुनले भने, ‘बनोटले नै के बताउँछ भने राष्ट्रिय सभाले प्रदेश र स्थानीय तहहरुको स्वार्थको प्रतिनिधित्व गर्छ।’ पुनले गठबन्धनका उम्मेदवारलाई जिताउन आफ्ना पार्टीका प्रदेशसभा सदस्य र पालिका अध्यक्ष तथा उपाध्यक्षलाई निर्देशन दिए।

विगतका निर्वाचनमा भएका कमजोरी गठबन्धनमा आबद्ध कुनै पनि दलले नदोहोर्‍याउने विश्वास पनि उनले व्यक्त गरे। राष्ट्रिय सभाको रिक्त १९ सिटका लागि आगामी ११ माघमा निर्वाचन हुँदैछ। बागमतीको चार सिटका लागि सत्ता गठबन्धनबाट काँग्रेसका जितजंग बस्नेत र विष्णुदेवी पुडासैनी, नेकपा माओवादी केन्द्रका श्रीकृष्ण अधिकारी र नेकपा एकीकृत समाजवादीका घनश्याम रिजाल उम्मेदवार छन्।

प्रकाशित मिति: शनिबार, माघ ६, २०८०  १८:१५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
नेपाल टेलिकममा अन्तर्राष्ट्रिय बहिर्गमन कलको पल्स अवधि ६० सेकेन्ड
दाङ पुगेर देउवाले भने– पाँचपटक प्रधानमन्त्री भइसकेँ, अब जीवनभर देशको सेवा गर्छु
परराष्ट्रमन्त्री खनालले भने–प्रधानमन्त्रीको भारत भ्रमण सफल र उपलब्धिमूलक भएको छ
सम्बन्धित सामग्री
दाङ पुगेर देउवाले भने– पाँचपटक प्रधानमन्त्री भइसकेँ, अब जीवनभर देशको सेवा गर्छु कांग्रेसको देउवा समूहको १५औँ महाधिवेशनअन्तर्गत सोमबार भालुबाङमा सम्पन्न लुम्बिनी प्रदेशस्तरीय दोस्रो अधिवेशनलाई सम्बोधन गर्दै देउवाल... सोमबार, मंसिर ७, २०८३
परराष्ट्रमन्त्री खनालले भने–प्रधानमन्त्रीको भारत भ्रमण सफल र उपलब्धिमूलक भएको छ परराष्ट्रमन्त्री शिशिर खनालले प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणलाई नेपालको पूर्वाधार, ऊर्जा, पारवहन र कनेक्टिभिटी विस्तारका द... सोमबार, मंसिर ७, २०८३
नेपाल पुग्नेबित्तिकै प्रधानमन्त्री बालेनले दिए मोदी र भारतीय जनतालाई धन्यवाद नेपाल पुग्नेबित्तिकै प्रधानमन्त्री शाहले सामाजिक सञ्जालमार्फत् भारतीय प्रधानमन्त्रीलाई धन्यवाद दिएका छन् । उनले भारतीय प्रधानमन्त्री... सोमबार, मंसिर ७, २०८३
ताजा समाचारसबै
नेपाल टेलिकममा अन्तर्राष्ट्रिय बहिर्गमन कलको पल्स अवधि ६० सेकेन्ड सोमबार, मंसिर ७, २०८३
दाङ पुगेर देउवाले भने– पाँचपटक प्रधानमन्त्री भइसकेँ, अब जीवनभर देशको सेवा गर्छु सोमबार, मंसिर ७, २०८३
परराष्ट्रमन्त्री खनालले भने–प्रधानमन्त्रीको भारत भ्रमण सफल र उपलब्धिमूलक भएको छ सोमबार, मंसिर ७, २०८३
नेपाल पुग्नेबित्तिकै प्रधानमन्त्री बालेनले दिए मोदी र भारतीय जनतालाई धन्यवाद सोमबार, मंसिर ७, २०८३
प्रधानमन्त्री वालेन भारत भ्रमण सम्पन्न गरी स्वदेश फर्किए सोमबार, मंसिर ७, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
मोदी र बालेनबीच भएको आठ बुँदे समझदारीमा के के छन् ? सोमबार, मंसिर ७, २०८३
दुई वटा सर्त राख्दै मेडिकल तथा डेन्टल कलेजहरूले गरे भर्ना नलिने घाेषणा आइतबार, मंसिर ६, २०८३
किन जारी भयो पूर्वमुख्यमन्त्री इन्द्र बानियाँविरुद्ध पक्राउ पुर्जी ? आइतबार, मंसिर ६, २०८३
दानबहादुर कार्कीको रिटको सुनुवाई स्थगित सोमबार, मंसिर ७, २०८३
प्रधानमन्त्री बालेनसँगको भेटपछि भारतीय विदेशमन्त्रीले के भने ? आइतबार, मंसिर ६, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
लुम्बिनी लायन्सलाई अझ बलियो बनाउँदै नेपाली क्रिकेटमा योगदान दिन चाहन्छौँ : अध्यक्ष जिसी नेपाल लाइभ
दरबारको दशैं सधैं सम्झिरहन्छु : आनन्द कार्की [दशैं वार्ता] नेपाल लाइभ
दशैंमा स्वास्थ्यको ख्याल राखौं, सन्तुलित खाना खाउँ नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
दिल्लीमा बालेनको क्रेज : मोदीसँग तुलना, भारतीय युवामा नयाँ राजनीतिक अनुहारको आकर्षण नेपाल लाइभ
प्रधानमन्त्री बालेनको भारत भ्रमणको ‘स्ट्रकचरल एनालाइसिस’ नेपाल लाइभ
प्रधानमन्त्रीको भारत भ्रमण : ठोस नतिजाको अपेक्षा धर्मेन्द्र झा
वृहत् शान्ति सम्झौता भएको त्यो दिन र यो समय नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
आईजीपी प्रकरणः दोहोरिएला रुक्मांगद कटवाल काण्ड? शनिबार, कात्तिक २८, २०८३
राइड शेयरिङमा मनपरी भाडा र असमान प्रतिस्पर्धा शनिबार, कात्तिक २८, २०८३
भिन्तुना आन्दोलनः म्हपुजाको दिन प्रधानमन्त्री उपस्थित भएको त्यो क्षण मंगलबार, कात्तिक २४, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
बसबरिया गाउँपालिकाका अध्यक्ष पक्राउ बुधबार, मंसिर २, २०८३
आईजीपी पुनर्बहालीका लागि सर्वोच्चको इजलासमा बहस, दानबहादुर कार्कीलाई आजै काममा फर्काउने आदेश गर्न वरिष्ठ अधिवक्ताहरूको जोडबल बुधबार, मंसिर २, २०८३
मोदी र बालेनबीच भएको आठ बुँदे समझदारीमा के के छन् ? सोमबार, मंसिर ७, २०८३
आईजीपी विवाद :  प्रहरी महानिरीक्षक बढुवासम्बन्धी रिटको शब्दावली सर्वोच्चबाट संशोधन शुक्रबार, मंसिर ४, २०८३
बझाङमा अटो दुर्घटना अपडेट: मृत्यु हुनेको संख्या ४ पुग्यो, चालक नियन्त्रणमा सोमबार, कात्तिक ३०, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्