• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, असोज २१, २०८३ Wed, Oct 7, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

प्रचण्डको निर्देशनपछि प्रहरीमा खैलाबैला : सिनियर अधिकृतमा निराशा, अन्योलमा जुनियर

64x64
नेपाल लाइभ शुक्रबार, माघ ५, २०८०  १३:५८
1140x725

काठमाडौं- प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बुधबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा भएको एक छलफलमा १५ दिन भित्र प्रहरी समायोजन टुंग्याउन भन्दै निर्देशन दिए।

उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठ, संघीय मन्त्रीहरु, मुख्यसचिव बैकुण्ठ अर्याल, गृहसचिव दिनेश भट्टराई, प्रहरी प्रमुख बसन्तबहादुर कुँवर सहित सहभागी छलफलमा प्रचण्डले प्रहरी समायोजन नहुँदा प्रदेशहरुलाई काम गर्न अप्ठेरो परेको बताउँदै तत्कालै समायोजन टुंग्याउन दिर्नेशन दिएका थिए।

छलफलमा प्रचण्डले भनेका थिए, ‘संघीयता कार्यान्वयन जुन रफ्तारका साथ हुनुपर्ने हो, त्यसो हुन सकेको छैन। यसैलाई बहाना बनाएर संघीयता विरोधीहरुले सरकारमाथि हमला गरिरहेका छन्। त्यसैले ऐन अनुसार समायोजनको काम १५ दिन भित्र टुंग्याउनूस्।’

प्रधानमन्त्री प्रचण्डको उक्त निर्देशनपछि संविधान जारी भएको ८ वर्षपछि एकाएक प्रहरी समायोजनले गति लिएको छ। विभिन्न बहाना बनाउँदै समायोजन प्रक्रियालाई आलटाल गरिएकोमा प्रधानमन्त्रीको उक्त निर्देशनपछि समायोजनको कामलाई गृह मन्त्रालयले अगाडि बढाएको छ। 

गृह मन्त्रालयका प्रवक्ता नारायणप्रसाद भट्टराईले समायोजनको कामलाई तिव्रता दिन सुरु गरिएको बताए। उनले भने, ‘जतिसक्दो चाँडै समायोजन टुंग्याउने गरी मन्त्रालयले काम सुरु गरेको छ।’

यसअघि नै कुन प्रदेशमा कति प्रहरी राख्ने, कुन तहसम्मका अधिकारीहरु समायोजनमा जाने, कुन तहसम्मको कमाण्ड प्रदेश संरचना अन्तर्गत पर्ने लगायतका धेरै विषयहरु टुंगिसकेको समायोजनले धेरै समय नलिने भट्टाईले बताए।

गृह मन्त्रालयले प्रहरी समायोजनको काम अगाडि बढाएसँगै यता प्रहरी भित्र नै ‘खैलाबैला’ सुरु हुन थालेको छ। सिपाही, हवल्दार तथा जुनियर प्रहरी अधिकृतहरु अझै कुन तरिकाले समायोजन हुने, प्रदेशमा रहँदा के हुने, केन्द्रमा कस्तो हुने, कुन प्रदेशमा आफ्नो दरबन्दी पर्ने जस्ता विषयहरुमा अन्योलमै छन्।

समायोजनसँगै घर पायकको प्रदेशमा सरुवा हुने र ग्रेड समेत बढ्ने भएकाले अन्योलकै बीच पनि तल्लो दर्जाका प्रहरीमा केही खुसी छाएको छ भने सियिनर प्रहरी अधिकृतहरु समायोजन प्रक्रियासँग असन्तुष्ट देखिन्छन्।

Ncell 2
Ncell 2
nimb
nimb

प्रदेशमा समायोजन भएको इन्स्पेक्टर सेवा अवधि सकिएर अनिवार्य अवकाशमा जाने बेलामा समेत एसएसपीभन्दा माथिल्लो दर्जामा जान नपाउने, दोहोरो चेन अफ कमाण्डको खतरा हुने जस्ता विषयहरु उनीहरु असन्तुष्ट बनेका छन्।

केन्द्रमा रहेका सिनियर अफिसरहरु डीआईजी, एआईजी, आईजीसम्म बन्ने तर प्रदेशमा समायोजन हुँदा एसएसपीबाटै घर जानुपर्ने अवस्था आउन सक्ने भन्दै उनीहरु समायोजनप्रति असन्तुष्ट देखिन्छन्। 

त्यसो त राम्रोसँग गृहकार्य नै नगरी, प्रहरीको करिअर अध्ययन नगरी १५ दिन भित्र समायोजन गर्नुपर्ने प्रधानमन्त्रीको निर्देशनले उनीहरु झनै चिन्तित छन्। करिअर देखेका केही सिनियर अफिसरहरु त १५ दिन भित्र समायोजन हुने खबहरु सम्प्रेषण भएसँगै समायोजन प्रक्रिया बुझ्नदेखि केन्द्रकै मातहत रहने व्यवस्था मिलाउन भन्दै काठमाडौं समेत आउन थालेको प्रहरी प्रधान कार्यालय स्रोतले जानकारी दियो।

‘हामीले समायोजनको विरोध गर्न खोजेको होइन। तर करिअर प्लान नगरी हचुवाको भरमा १५ दिन भित्र समायोजन भन्ने जुन कुरा बाहिर आएको छ। यसले प्रहरी भित्र नै खैलाबैला भएको छ। को कहाँ पुग्ने, कसरी समायोजन हुने, प्रदेशमा समायोजन हुँदा करिअर नै सकिने हो कि भन्ने चिन्ता प्रहरी भित्र देखिन्छ,’ प्रहरी प्रधान कार्यालयका एक एसपीले नेपाल लाइभसँग भने।

Xtrem

Xtrem

प्रचण्डको निर्देशन अनुसार १५ दिन भित्र प्रहरी समायोजन गर्ने हो भने पछुताउनुपर्ने पूर्व डीआईजी रमेश खरेल बताउँछन्। ‘हचुवाको भरमा १५ दिन भित्र प्रहरी समायोजन गर्दा यसले पार्नसक्ने असरको सरकारले हेक्का राख्नुपर्ने हो। तर त्यस्तो देखिएन। जसका कारण भोलिका दिनमा संघ र प्रदेशबीचको द्वन्द्व नहोला भन्न सकिन्न,’ पूर्वडीआईजी खरेलले भने, ‘समायोजन हुने बित्तिकै प्रदेश–प्रदेशका प्रहरीबीच मनमुटाव र वैमनस्यता त हुने नै छ। त्यस्तै परे गोली हानाहान पनि नहोला भन्न सकिन्न।’

अर्का पूर्वएआईजी देवेन्द्र सुवेदीले समायोजन प्रक्रिया हतारमा गर्दा पछुताउनुपर्ने अवस्था आउन सक्ने बताएका छन्। प्रचण्डको १५ दिन भित्र प्रहरी समायोजनको निर्देशनपछि पूर्वएआईजी सुवेदीले टिप्पणी गरेका छन्। 

‘लोकलाइजेसन अफ पुलिसले थप पोलिटिकलाइजेसन अफ पुलिसिङको तीव्र दुस्प्रभाव कुन आकारमा, कुन तहमा र कुन विस्तारमा गर्नेछ र त्यो सबैको चरम अवस्था र भद्रगोल प्रहरी अव्यवस्थालाई व्यावसायिक ताकतले सम्हाल्छ वा पोलिटिकल र ब्यूरोक्रेटिक मास्टरहरुले सम्हालन्छन् हेर्न धेरै पर्खनु नपर्ने भयो।’

यता प्रदेशका गृहमन्त्री तथा प्रदेश सरकारहरुले पटकपटक प्रहरी समायोजन हुनुपर्‍यो भन्दै दबाब दिइराखेका छन्। गत पुस १४ गते मात्रै प्रदेशका मुख्यमन्त्रीहरू बालुवाटार आएर प्रचण्डलाई प्रहरी समायोजनका काम अघि बढाउन आग्रह गरेका थिए। 

त्योभन्दा अघि मंसिर १२ गते प्रदेशका गृहमन्त्रीहरुले पनि प्रधानमन्त्री प्रचण्डलाई प्रहरी समायोजनको प्रक्रिया अघि बढाउन आग्रह गरेका थिए। प्रदेश सरकारको पटकपटकको दबाबपछि प्रचण्डले उक्त निर्देशन दिएको बुझिएको छ। तर हचुवाको भरमा १५ दिन भित्र प्रहरी समायोजन गरेर भद्रगोल पार्न नहुने भन्दै प्रहरी भित्रै बाक्लो स्वर सुनिन थालेको छ।

समायोजनमा जाँदा ३० वर्षे सेवा अवघि हटाउने, समायोजन भएर प्रदेशमा गएकाहरुलाई ग्रेड थप गर्ने, एसएसपीको हकमा ६ वर्षको पदावधिलाई बढाएर ८ वर्ष पुर्‍याउने प्रस्ताव अघि सारिएको छ।

त्यस्तै डीआईजी बन्नका लागि सशस्त्र प्रहरी बलकै जस्तो अनिवार्य स्टाफ कलेज पास गर्नुपर्ने प्रस्ताव पनि अघि सारिएको छ।

समायोजन हुँदा कुन प्रदेशमा कति हुनेछन् प्रहरी?
२०७७ मंसिर ३ गतेको मन्त्रिपरिषद्‌को बैठकले नै कुन प्रदेशमा कति प्रहरी रहने भन्ने निर्णय गरिसकेको छ। जसअनुसार सबैभन्दा बढी प्रदेश १ मा १० हजार ७१७ प्रहरी दरबन्दी हुनेछ।

त्यसैगरी समायोजन हुँदा प्रदेश २ मा ९ हजार १५२, बागमती प्रदेशमा सात हजार ३०४ प्रहरी हुनेछन्। गण्डकी प्रदेशमा ६ हजार ७४५, लुम्बिनीमा ९ हजार ४४३ प्रहरीको दरबन्दी हुनेछ। कर्णालीमा सबैभन्दा कम पाँच हजार ४५८ र सुदूरपश्चिम प्रदेशमा पाँच हजार ९०१ प्रहरी खटिनेछन्। 

काठमाडौं उपत्यकाका तीन जिल्ला (काठमाडौं, ललितपुर र भक्तपुर) केन्द्रीय प्रहरी मातहत राखिएको छ। समायोजन गर्दा डीएसपीसम्मका कर्मचारी प्रदेशमा रहने बताइएको छ। केन्द्रीय प्रहरीमा भने २४ हजार ८१६ दरबन्दी कायम छ।

सम्बन्धित समाचार

प्रहरी समायोजनको सत्तास्वार्थ : प्रदेश र संघबीच पाँच वर्षदेखि नोकझोक !

कसको स्वार्थले हुन सकिरहेको छैन प्रहरी समायोजन?

३ महिनादेखि रोकिएको 'ओ एन्ड एम' पास, प्रहरीमा बढुवा र समायोजनको बाटो खुल्यो

संघीयता कार्यान्वयनमा उल्झन:  ऐन बनेको ३ वर्ष बित्दा समेत प्रहरी समायोजन ‘कोमा’ मा

प्रदेश नरुचाउने रविसँग गृहको तालाचाबी, कसरी होला प्रहरी समायोजन?

प्रकाशित मिति: शुक्रबार, माघ ५, २०८०  १३:५८

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
प्रहरी पोसाक खरिद अध्ययन उपसमितिको पहिलो बैठक आज बस्दै
कांग्रेसको बन्दसत्र अपराह्न ४ बजे सुरु हुने
बिर्तामोडमा भीषण आगलागी, पाँच घर जलेर नष्ट
सम्बन्धित सामग्री
प्रहरी पोसाक खरिद अध्ययन उपसमितिको पहिलो बैठक आज बस्दै राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मनिष झाको संयोजकत्वमा गठित नौ सदस्यीय उपसमितिको बैठक दिउँसो २ बजे बस्ने तय भएको छ। पहिलो बैठकमा अ... बुधबार, असोज २१, २०८३
कांग्रेसको बन्दसत्र अपराह्न ४ बजे सुरु हुने नेपाली कांग्रेसको नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानका कार्यकारी निर्देशक डा. सुरेशराज आचार्यले अपराह्न ४ बजे बन्दसत्र सुरु हु... बुधबार, असोज २१, २०८३
संविधान जोगाउन युवालाई आन्दोलनका लागि तयार रहन महेन्द्र यादवको आग्रह नेपाल तरुण दलले आयोजना गरेको कार्यक्रममा उनले युवाहरू आन्दोलन र जेल जानसमेत तयार हुनुपर्ने बताएका हुन् । उनले अहिलेको राजनीतिक परिस्... बुधबार, असोज २१, २०८३
ताजा समाचारसबै
प्रहरी पोसाक खरिद अध्ययन उपसमितिको पहिलो बैठक आज बस्दै बुधबार, असोज २१, २०८३
कांग्रेसको बन्दसत्र अपराह्न ४ बजे सुरु हुने बुधबार, असोज २१, २०८३
बिर्तामोडमा भीषण आगलागी, पाँच घर जलेर नष्ट बुधबार, असोज २१, २०८३
क्रिकेटको नयाँ गन्तव्य बन्दै जुम्ला, २४ सय मिटर उचाइमा पहिलो ‘हाई अल्टिच्युड’ प्रतियोगिता बुधबार, असोज २१, २०८३
नेपाली सेनाले डीडीसीबाट दैनिक १० हजार लिटर दूध किन्ने बुधबार, असोज २१, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
कांग्रेस १५औँ महाधिवेशन : अन्तिम मतदाता नामावली सार्वजनिक मंगलबार, असोज २०, २०८३
एमालेमा ओलीको आलोचना गर्न प्रतिबन्ध मंगलबार, असोज २०, २०८३
सर्वोच्च अदालतको न्यायाधीशमा चार जनाको नाम सिफारिस मंगलबार, असोज २०, २०८३
विशेष समितिको बैठक बोलाइयो, गृहसहित तीन मन्त्रालयसँग छलफल हुने मंगलबार, असोज २०, २०८३
सशस्त्रका एआईजी वंशीमाथि छानबिनको जिम्मा अर्का एआईजी अन्जनीलाई मंगलबार, असोज २०, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
चोलेन्द्रसँग सम्पर्क देखिएपछि दीपक भट्टको जेल सरुवा शनिबार, असोज १७, २०८३
फ्लाई दुबई घटनामा नयाँ अपडेट : घाइते क्याप्टेन स्थिर, यूएईले खोज्दैछ घटनाको उद्देश्य बिहीबार, असोज १५, २०८३
ककपिटमा झडपपछि १४ हजार फिट तल झर्‍यो विमान, साउदीमा आकस्मिक अवतरण बुधबार, असोज १४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्