• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, वैशाख २९, २०८३ Tue, May 12, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

मुक्तिनाथ अधिकारीकी श्रीमतीको प्रश्न- मेरो पतिको हत्या किन र कसले गर्‍यो, कहिले जान्न पाउने? 

64x64
नेपाल लाइभ बुधबार, माघ ३, २०८०  १४:५५
1140x725

काठमाडौ– ‘२०५८ माघ ३ गते विद्यालयमा मिटिङ्ग छ, छिट्टै जान्छु भनेर घरवाट निस्कनु भयो। भर्खरमात्र पाणिनी संस्कृत विद्यालयको प्रधानाध्यापकको जिम्मेवारी पाउनु भएको थियो। शिक्षक र विद्यार्थी आउनुअघि पुग्नुपर्ने हतारका बीच निस्कनु भएको थियो। हिँड्ने बेलामा उहाँले विद्यालयमा स्तरोन्नति गर्ने मिटिङ भएकाले बेलुका पनि अलि ढिला हुनसक्छ भन्नुभएको थियो । तर २ नबज्दै हामीले उहाँलाई माओवादीले अपहरण गरेको खवर पायौं। साँझपख त हामीले कल्पनै नगरेको खबर पत्याउन बाध्य भयौं ............’  

यति भनिसक्दा १८ वर्षअघि विद्यालयबाट जबर्जस्ती निकालेर क्रुरतापूर्वक हत्या गरिएका लमजुङका शिक्षक  मुक्तिनाथ अधिकारीकी श्रीमती र छोरा सुमन अधिकारीको आँखाका डिल भरिइसकेका थिए। 

चन्दा दिन्न भनेको, संस्कृत शिक्षा पढाएको र माओवादीको पकड बिस्तारको आसमा उनीहरुले निर्दोष शिक्षक अधिकारीको हत्या गरेका थिए। तर हत्यामा संलग्नहरु अहिलेसम्म सजायको घेरामा आउन सकेका छैनन्। 

हत्यामा संलग्नमाथि जाहेरी दर्ता भई अनुसन्धान हुनुपर्दछ भनि हालेको मुद्दामा छोरा सुमनले सर्वोच्चबाट अहिलेसम्म तारेख खेपिरहेका छन्।  

६ गाउँ विकास समिति रहेको लमजुङ्गको दुराडाँडा क्षेत्रमा त्यतिबेला माओवादीको प्रभाव थिएन। उनीहरु त्यहाँ संगठन निर्माणको जमर्को धेरै पहिलेदेखि गरिरहेका थिए। तत्कालीन समयमा संगठन विस्तारको एकमात्र हतियार गाउँमा त्रास सिर्जना गरेर आस देखाउने थियो। दुराडाँडामा प्रभावशाली व्यक्ति छानेर हत्या गर्ने र जनमानसमा त्रास मच्चाउने रणनीतिमा उनीहरु लागिरहेका थिए। उनीहरुकै भाषामा ‘तानाशाह वा सामन्तीको सफाया गर्दै जनसत्ता गठन गर्ने’ लक्ष्य मिल्न सकेको थिएन । 

माओवादीको त्रासका कारण कैयौं शिक्षक, राजनीतिक तथा सामाजिक कार्यकर्ता गाउँबाट विस्थापित त भएका थिए तर संगठन विस्तार हुन सकेको थिएन। 

२०५८ भदौतिर  पाणिनी संस्कृत माविका तत्कालीन प्रधानाध्यापक नवकुमार अधिकारी विस्थापित भए।  अब  विद्यालयको प्रधानाध्यापकको कार्यभार मुक्तिनाथ अधिकारीको काँधमा आइप¥यो। उनी प्रधानाध्यापकसँगै अन्तर्राष्ट्रिय मानव अधिकारवादी संस्था एम्नेष्टी इन्टरनेशनलका स्थानीय सम्पर्क व्यक्ति पनि थिए। २०५८ दसैंमा माओवादीहरू विद्यालयमा आएर सबै शिक्षकहरूको २५ प्रतिशत तलब जम्मा पारेर चन्दा दिन प्रधानाध्यापक अधिकारीलाई निर्देशन दिए। 

लगत्तै उनले विद्यालयको वैठक बोलाएर चन्दाको विषयमा माओवादीवाट आएको प्रस्ताव र चिठीबारे छलफल गराए। विद्यालयमा चन्दा नदिने सल्लाह भयो । दसैंको सप्तमीका दिन माओवादीहरू घरैमा आए, तर अधिकारीले विद्यालयमा वैठक बस्दा चन्दा दिन नसकिने निर्णय भएको र आफू त्यसभन्दा पर जान नसकिने जानकारी गराए। 

nimb
nimb
Ncell 2
Ncell 2
82458365_2750912891635194_1741687054745468928_n-1705482415.jpg
परिवारका साथ मुक्तिनाथ अधिकारी

सुमन सम्झन्छन्– बुबाले घरमै आएका माओवादीलाई विद्यालयका शिक्षकहरुको निर्णय सुनाउँदै चन्दा नदिने जानकारी गराएका थिए। ‘लगत्तै उनीहरुले आफूले मात्र भए पनि चन्दा दिन आग्रह गरे,’ सुमनले उक्त दिन सम्झँदै भने, ‘त्यसमा पनि बुबाले विद्यालयको सबै शिक्षकको खिलापमा आफू जान नसक्ने जवाफ दिनु भयो।’ 

चन्दा नपाउने भएपछि माओवादीले खाना खुवाउन प्रस्ताव गरे। उनीहरूको त्यो प्रस्तावपनि अस्वीकार गरी घरको जहान बिरामी भएकाले सबै मिलेर पकाऊ र खाऊ भन्ने प्रस्ताव बुबाले राख्नुभएको सुमनको सम्झना छ। तर माओवादीहरुले यसैलाई निहु बनाए। यसको सजाय भोग्नुपर्ने चेतावनी दिएर उनीहरु उक्त दिन गए। 

२०५८ माघ ३ गते दिउँसो चन्द्रपाटातिरबाट १०–१२ नकाबधारी माओवादीहरू पाणिनी स्कुलतिर झरे । विद्यालयमा पुगेर ‘हेडसर खै ?’ भनेर सोधे। कार्यालयमा रहेका शिक्षकले ‘कक्षामा पढाइरहनुभएको छ’ भनेपछि त्यतै लागे र ‘भित्र आउन सक्छु’ भनेर सोधे। अधिकारीले ‘म कक्षा लिँदै छु, एकछिनमा सकिएपछि कुरा गरौंला नि’  भनेर जवाफ दिए। 

तर उनीहरू जबर्जस्ती कक्षाकोठामा पसे। शिक्षक अधिकारीको हात समातेर पछाडि डोरीले बाँधे। बल लगाएर बाहिर निकाले। विद्यार्थीहरू रुन थाले, होहल्ला सुरु भयो, अरू कक्षाका विद्यार्थी र शिक्षकसमेत जम्मा भए।  शिक्षक र विद्यार्थीले विरोध गरे।  शिक्षक र विद्यार्थीले घेरा हालेपछि माओवादीले ‘तपाईंहरूको सरलाई केही गर्दैनौं, केही कुरा गर्नु छ, एकछिन कुरा गरेर फर्काइदिन्छौ’ भनेर आश्वासन दिए।

mm---Copy-1705482463.jpg
 आफ्नै घरनजिकैको ठाडो गल्लीबाट  शिक्षक मुक्तिनाथलाई चन्द्रपाटातिर लगियो । सर्वोदय माध्यमिक विद्यालयमा हाफछुट्टी थियो । ‘च्यानपाटामा पिङ हाल्ने स्थानमा अड्याएर यो डाडाँमा कारबाही गर्नुपर्ने ७ जना फटाहा छन, यो पहिलो कारबाही हो भन्ने भाषण गरेका थिए रे’ सुमनले सम्झे ‘गाउँको बीचमा नजिकैको रूखमा बाँधेर हत्या गर्न खोजे, विरोध भएपछि  बस्ती नभएको स्थानमा हिमालको सामुन्ने हात पछाडि डोरीले बाँधेको अवस्थामा गह्राको डिलमा रहेको उत्तीसको रूखमा आफैंले लगाएको गलबन्दीले घाँटी कसेर बाँधे। टाउकोमा गोली हाने, छाती र पेटमा चुपी धसेर हत्या गरेछन् ।’ 

शिक्षक संघमा आबद्धता, तोकेअनुसार चन्दा नदिएको झोँक, संस्कृत पढाउन बन्द नगराएको तथा माओवादीको हिंसात्मक क्रियाकलापप्रति असहमति राखेको आरोपमा अधिकारीको हत्या गरिएको थियो । 

‘हामी त घरमै थियौ एक्कासी विद्यालयवाट अपहरण गरेको कुरा हतारिँदै आएका एक विद्यार्थीले सुनाए। हामी पछि–पछि त  गयौं, तर हामी पुग्दा उहाँको क्रुरतापूर्वक हत्या गरिसकेका थिए,’ उक्त दिनको सम्झना गर्दै अधिकारीकी श्रीमतीले भनिन् ‘ लास हेर्न पनि डर लाग्ने थियो ।’

83128383_600880267123442_5485450600302772224_n-1705482507.jpg
मुक्तिनाथ अधिकारीको घर

उनीमाथि ठूलो बज्रपात भयो । चार सन्तानको जिम्मेवारी पनि थपियो, सँगै श्रीमानको न्याय माग्ने काम पनि। जेठी छोरीको भर्खर बिहे गरिएको थियो भने दुई छोरा एक छोरीको जिम्मेवारी अब उनकै काँधमा आइपरेको थियो। डेढ वर्षको उमेरमा आफैं टुहुरो भएका मुक्तिनाथ माओवादीबाट मारिएको घटनाले  छोरा–छोरीलाई पनि टुहुरा बनायो । 

उतिबेला संकटकालको बडो असहज अवस्था थियो। राजनैतिक दलका कार्यकर्ता तथा शिक्षक आफ्नो थातथलोबाट विस्थापित भएका थिए। माओवादीको निसानामा परेपछि अधिकारी परिबारलाई पनि विस्थापित हुन सल्लाह दिइएको थियो तर उनी विद्यालय र आफू जन्मेको ठाउँ नछाड्ने अडानका कारण शिकार भए। 

चन्द्रपाटा दुराडाँडास्थित नेपाल बैंक लिमिटेड लुट्न आएका माओवादी कार्यकर्ताहरूलाई गाउँलेले समातेर कुटीकुटी मार्न खोज्दा अधिकारकर्मी मुक्तिनाथ अधिकारी एवं तत्कालीन गाविस अध्यक्ष ठाकुर तिवारीको अथक प्रयासले बचाएर प्रहरीको जिम्मा लगाइएको थियो ।  

अधिकारी परिवारको न्याययात्रा बेसीशहरदेखि सर्वोच्चसम्म
अधिकारी परिबारको न्यायको यात्रा अन्नतकालसम्म नटुङ्गिने यात्रा झैं भएको छ । २०५८ माघमै  जिल्ला प्रहरी कार्यालय बेँसीसहरमा श्रीमती इन्दिरा अधिकारीले घटनाको सत्यतथ्य अनुसन्धान गरी दोषीलाई दण्ड र पीडित परिवारलाई न्याय दिन माग गर्दै जाहेरी दिइन्। त्यसपछि सुरु भएको न्याययात्रा टुंगिएको छैन। यो वर्ष अधिकारीको १८ औं वार्षिक स्मृति हो।

सर्वोच्च अदालतमा घटनाको अनुसन्धान माग गर्दै दायर भएको निवेदन पनि वर्षौंदेखि तारेख लिनेमा सीमित भएको छ। जिल्ला प्रहरी कार्यालयले उक्त जाहेरीउपर कुनै कारबाही अगाडि बढाएन। माओबादीहरु भmन शक्तिशाली भएपछि यो घटनाबारे छानबिन अगाढि बढाउनेभन्दा लुकाउनतिर राज्यसंयन्त्र केन्द्रित भयो। मुक्तिनाथकी श्रीमतीले हिम्मत हारिनन्। फेरि दोस्रो जाहेरी दिइन्। १२ जना माओवादी कार्यकर्ताविरुद्ध इन्दिरा अधिकारीले २०६७ चैत २४ गते जिल्ला प्रहरी कार्यालय बेँसीसहरमा पुरक किटानी जाहेरी दिइन्।

उनले आफ्नो पतिको हत्यामा लमजुङ जिल्ला तत्कालीन इशानेश्वर गाविस ४ बस्ने प्रभु भन्ने साधुराम घिमिरे, सातधारे गाविस ५ बस्ने दवेन्द्र पौडेल, कास्की जिल्ला मिजुरे ५ का धुव्र अधिकारी लगायतका १२ जनाको संलग्नता रहेकाले कारबाही हुनुपर्ने माग गरिन्।  ‘तर मैले नाम तोकेर दिएको यो किटानी जाहेरीमा  वषौँसम्म प्रहरी कार्यालयले झुलायोमात्र, कुनै अनुसन्धान गरेन’ उनी सम्झन्छन्, ‘चुप लागेर अन्याय सहन नसकेपछि मैले फेरि मानव अधिकार आयोगमा २०६७ सालमा निवेदन दिएँ।’

इन्दिराको निवेदनपछि आयोगले अनुसन्धान गर्दै किटानी जाहेरीमा उल्लेख भएका व्यक्तिमाथि मुद्दा चलाउन २०६९ सालमा सरकारलाई सिफारिस गरेको थियो। आयोगले अनुसन्धानबाट युद्धमा संलग्न नभएको एवं निशस्त्र व्यक्ति मुक्तिनाथ अधिकारीलाई तत्कालीन नेकपा माओवादीका कार्यकर्ताले अपहरण गरी हत्या गरेको पाइएकाले घटनामा संलग्न कार्यकर्ताको पहिचान गरी मुलुकी ऐन ज्यानसम्बन्धी महल बमोजिम कानुनी कारबाही गर्न सिफारिस गर्‍यो। 

आयोगले मृतकका हकवालालाई तीन लाख रुपियाँ क्षतिपूर्ति रकम दिन निर्देशन दियो पनि। 

हत्या आरोपीहरू उल्लेख गरिएको किटानी निवेदनउपर आयोगले घटना गराउन  को, कति जिम्मेवार छ, सत्यतथ्य अनुसन्धान एवं दोषी किटान गरी सरकारलाई अभियोजनका लागि सिफारिस गर्न भन्यो । ‘आयोगले गरेको अनुसन्धानले सबैमाथि मुद्दा चलाउन भनेको भए केही हुन्थ्यो कि’ इन्दिराले सम्झिइन् ‘तर आयोगले पनि फितलो अनुसन्धान गरेर सिफारिस गर्दा सरकारले खेल्ने बाटो पायो।’ 

आयोगको यही सिफारिस र प्रहरी कार्यालयले अनुसन्धान नगरेपछि त्यसविरुद्ध उनीहरु सर्वोच्च अदालत पुगे । सर्वोच्च अदालतमा मुद्दा फैसला हुन सकेको छैन। सर्वोच्चले जवाफ माग्दा अनुसन्धान भईरहेको जवाफ प्रहरी कार्यालय लमजुङ्गले दिने गरेको तर हालसम्म कसैलाई पनि पक्राउ गरि बयान नलिएको इन्दिराको दुखेसो  छ। 

‘हाम्रा लागि न्याय कहिल्यै पनि आएन, १८ वर्षसम्म यहीँ भन्दै र सुन्दै आएका छौं’ उनले भनिन् ‘मेरा पतिलाई के अपराधमा र कसले मारेको हो मैले कहिल्यै जान्न पाउँदिन?’ उमेरले ७० काटेकी उनले आफू बाँच्दासम्म पतिको हत्यारालाई सजाय गरेको देख्न पाउने आस बिस्तारै सेलाएको बताइन्। ‘१८ वर्षसम्म त  यस्तैगरी  पन्छाईरहे, तर अब के न्याय देलान् र?’ इन्दिराले सम्झिइन्, ‘खै अब कुन निकायमा जानु पर्ने हो, म त पढेको छैन, जान्दिनँ।’ पुन: प्रकाशित

प्रकाशित मिति: बुधबार, माघ ३, २०८०  १४:५५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
एसईईको नतिजा सार्वजनिक, ६५.९८ प्रतिशत उत्तीर्ण, नतिजा कसरी हेर्ने?
एसइईको रिजल्ट आजै सार्वजनिक गर्ने बोर्डको निर्णय
विदेशी मुद्रा सञ्चिति झन्डै ३५ खर्ब रुपैयाँ पुगेको राष्ट्र बैंकको विवरण
सम्बन्धित सामग्री
यस्तो छ आगामी आर्थिक वर्षका लागि सरकारको नीति तथा कार्यक्रम (पूर्णपाठ) सो क्रममा उनले नेपाललाई परम्परागत श्रम(आधारित अर्थतन्त्रबाट डिजिटल र प्रविधिमुखी अर्थतन्त्रमा रूपान्तरण गर्ने महत्वाकाङ्क्षी योजनाहर... सोमबार, वैशाख २८, २०८३
कर्णाली प्रदेशमा सरकार नेतृत्व परिवर्तन हुने गगन थापाको संकेत सुर्खेतमा आयोजित प्रदेशस्तरीय भेलालाई सम्बोधन गर्दै उनले कांग्रेस–एमालेबीच भएको राजनीतिक सहमति कार्यान्वयनको चरणमा पुगेको उल्लेख गरे... सोमबार, वैशाख २८, २०८३
सरकारले उत्कृष्ट शिक्षक प्रोत्साहन कार्यक्रम सञ्चालन गर्ने राष्ट्रपति रामचन्द्र पौडेलले आउँदो आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै शिक्षकका लागि उत्कृष्ट शिक्षक प्रोत्साहन कार्यक्र... सोमबार, वैशाख २८, २०८३
ताजा समाचारसबै
एसईईको नतिजा सार्वजनिक, ६५.९८ प्रतिशत उत्तीर्ण, नतिजा कसरी हेर्ने? सोमबार, वैशाख २८, २०८३
एसइईको रिजल्ट आजै सार्वजनिक गर्ने बोर्डको निर्णय सोमबार, वैशाख २८, २०८३
विदेशी मुद्रा सञ्चिति झन्डै ३५ खर्ब रुपैयाँ पुगेको राष्ट्र बैंकको विवरण सोमबार, वैशाख २८, २०८३
फिलिपिन्सकी उपराष्ट्रपति सारा डुतेर्तेविरुद्ध महाभियोग लगाइने सोमबार, वैशाख २८, २०८३
ट्रेड युनियनलाई प्रतिबन्ध नलगाउन संवैधानिक इजलासको अन्तरिम आदेश सोमबार, वैशाख २८, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
भैरवी गाउँपालिकाकी अध्यक्ष रिताकुमारी शाही पक्राउ सोमबार, वैशाख २८, २०८३
सभामुख र उपसभामुखको अनुपस्थितिमा प्रतिनिधि सभा सञ्चालन गर्न ७ सदस्य मनोनीत सोमबार, वैशाख २८, २०८३
एसईईको नतिजा सार्वजनिक, ६५.९८ प्रतिशत उत्तीर्ण, नतिजा कसरी हेर्ने? सोमबार, वैशाख २८, २०८३
एसईईको नतिजा आजै सार्वजनिक हुने सोमबार, वैशाख २८, २०८३
निर्माण व्यवसायी रमेश शर्मा र पीताम्बर बडु प्रहरीकाे नियन्त्रणमा सोमबार, वैशाख २८, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
महासंघमा गुटको राजनीति र स्थगित अधिवेशन: एकता र आत्मसुधारको निर्णायक घडी विप्लव अधिकारी
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
समस्याग्रस्त सहकारीका ठुला ऋणीहरूको नाम सार्वजनिक बुधबार, वैशाख २३, २०८३
ममता बनर्जीले राजीनामा नदिएपछि पश्चिम बंगालको विधानसभा भंग बिहीबार, वैशाख २४, २०८३
भैरवी गाउँपालिकाकी अध्यक्ष रिताकुमारी शाही पक्राउ सोमबार, वैशाख २८, २०८३
विश्वकप लिग २ का लागि नेपाली टीम घोषणा, इशान पाण्डे राष्ट्रिय टोलीमा शनिबार, वैशाख २६, २०८३
सभामुख र उपसभामुखको अनुपस्थितिमा प्रतिनिधि सभा सञ्चालन गर्न ७ सदस्य मनोनीत सोमबार, वैशाख २८, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्