• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, भदौ १७, २०८३ Wed, Sep 2, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

कांग्रेसमा मधेशबाट आनन्दप्रसाद ढुंगाना र रमेश रिजालको रजाइँ

64x64
किशोर दहाल मंगलबार, पुस २४, २०८०  १९:४५
1140x725

काठमाडौं- कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको पुस १२ देखि १४ सम्म बसेको बैठकले राष्ट्रिय सभाका उम्मेदवार चयन गर्नका लागि मापदण्ड तय गरेको थियो। जसमा भौगोलिक तथा जातीय क्षेत्रीय सन्तुलन समेतलाई ध्यान दिई पार्टीमा योगदान गरेका, संसदीय क्षेत्रमा योगदान पुर्‍याउन सक्ने क्षमता भएका, पार्टीप्रति प्रतिबद्ध स्वच्छ छवि भएका हालसम्म कुनै पनि अवसर नपाएका वा विभिन्न कारणले अवसरबाट वञ्चित भएका योग्य तथा लोकप्रिय व्यक्तिलाई प्राथमिकता दिने उल्लेख थियो।

मापदण्डमा उल्लेखित संसदीय क्षेत्रमा योगदान पुर्‍याउन सक्ने क्षमता भएका, पार्टीप्रति प्रतिबद्ध स्वच्छ छवि भएका तथा योग्य तथा लोकप्रिय व्यक्ति जस्ता विषय अमूर्त हुन्। तर भौगोलिक तथा जातीय क्षेत्रीय सन्तुलन र हालसम्म कुनै पनि अवसर नपाएका वा विभिन्न कारणले अवसरबाट वञ्चित भएका जस्ता सूचकलाई सहजै मापन गर्न सकिन्छ। राष्ट्रिय सभाका उम्मेदवार चयन गर्दा कांग्रेस त्यसमै चुकेको देखिन्छ।

चर्चा गरौं, आनन्दप्रसाद ढुंगानाको। कांग्रेसले उनलाई मधेश प्रदेशमा ‘अन्य समूह’बाट उम्मेदवार बनाएको छ। मधेशलाई नै आफ्नो आधारभूमि बताउने कांग्रेसले गैरमधेशी ढुंगानालाई मधेश क्षेत्रबाट अवसर दिएको हो। जसका कारण मधेशी समूदायकै नेताले सो अवसरबाट वञ्चित हुनुपरेको छ। मतदाता र मतभारको उपलब्ध गणित अनुसार ढुंगानाको जित निश्चित जस्तै छ। जित निश्चित भएकैले ढुंगानाले उम्मेदवार बन्ने अवसर पाएका हुन् भन्ने पनि प्रष्ट छ।

ढुंगानालाई उम्मेदवार बनाउँदा कांग्रेसले ‘हालसम्म कुनै पनि अवसर नपाएका वा विभिन्न कारणले अवसरबाट वञ्चित भएका’ भन्ने मापदण्डको पनि प्रथम दृष्टिमै उल्लंघन गरेको देखिन्छ। उनी २०४८, २०५१ र २०५६ को प्रतिनिधि सभा निर्वाचनमा धनुषा- ३ बाट निर्वाचित भएका थिए। त्यस्तै, २०६४ को संविधान सभा निर्वाचनमा धनुषा- ७ बाट पराजित भएका थिए। २०७० को संविधान सभा निर्वाचनमा भने उनी समानुपातिकतर्फबाट सभासद् निर्वाचित भएका थिए। २०७४ धनुषा- १ बाट उम्मेदवार भएका उनी पराजित भएका थिए। २०७९ को निर्वाचनमा भने समानुपातिकको बन्दसूचीमा थिए। तर निर्वाचित हुन भने सकेनन्।

सांसद बन्ने मात्रै होइन, उनी मन्त्रीसमेत भइसकेका छन्। उनी गिरिजाप्रसाद कोइराला नेतृत्वको सरकारमा २०५५ वैशाखमा पर्यटन तथा नागरिक उड्डयनमन्त्री र सोही वर्ष भदौमा वन तथा भू-संरक्षणमन्त्री भइसकेका छन्।

२०४८ पछिका सबै निर्वाचनमा उम्मेदवार बन्न पाएका र चार पटकसम्म जितेका तथा मन्त्री समेत भइसकेका ढुंगानाले अवसर नपाएको भन्न मिल्दैन।

सँगसँगै, ढुंगानालाई उम्मेदवार बनाएर ‘भौगोलिक तथा जातीय क्षेत्रीय सन्तुलन’को मापदण्डलाई पनि बेवास्ता गरेको देखिन्छ। किनकि, उनी मधेश क्षेत्रबाट उम्मेदवार भए पनि मधेशी समुदायका व्यक्ति होइनन्। २०७० र २०७९ को निर्वाचनमा उनी ‘खस आर्य’ समूहबाट बन्द सूचीमा रहेका थिए। २०७० मा निर्वाचित भए पनि २०७९ मा भएनन्।

संसदीय फाँटमा मात्रै होइन। पार्टीभित्र पनि उनले मधेशको नाममा रजाइँ गरेको देखिन्छ। त्यसका लागि पछिल्ला तीन वटा महाधिवेशनमा उनको उम्मेदवारी केलाउन सकिन्छ। कांग्रेसको बाह्रौं महाधिवेशनमा १४ अञ्चलबाट एक/एक जना तथा तेह्रौं र चौधौं महाधिवेशनमा प्रत्येक प्रदेशबाट दुई/दुई जना केन्द्रीय सदस्य निर्वाचित हुने (आरक्षित) व्यवस्था थियो/छ। अन्य अञ्चल र प्रदेशलाई तपशीलमा राखेर तत्कालीन जनकपुर अञ्चल र अहिलेको मधेश प्रदेशलाई हेर्दा देखिन्छ, मधेश क्षेत्रमा ढुंगानाले गरेको रजाइँ। बाह्रौं महाधिवेशनमा उनी जनकपुर अञ्चलबाट निर्वाचित भएका थिए। तेह्रौं र चौधौं महाधिवेशनमा अहिलेको मधेश प्रदेशबाट निर्वाचित भएका थिए।

Ncell 2
Ncell 2
nimb
nimb

यसरी मधेश बाहुल्य क्षेत्रबाट ढुंगानाले पटक–पटक अवसर पाइरहेको देखिन्छ। अब उनी फेरि मधेश प्रदेशबाटै उम्मेदवार बनेर राष्ट्रिय सभा सदस्यसमेत बन्दैछन्।

राष्ट्रिय सभा भनेको बौद्धिक र अनुभवी व्यक्तिहरूको सभा भएकाले त्यसलाई बलियो बनाउनकै लागि पार्टीले आफूलाई उम्मेदवार बनाएको ढुंगानाले बताए। उनले त्यो भूमिका इमानदारिताका साथ पूरा गर्ने दाबी पनि गरे। मधेशबाट आफूले मात्रै अवसर लिएको भन्ने प्रश्नलाई भने उनले अस्वीकार गरे। ‘मलाई अवसर जनताले दिएको हो। पार्टीले त टिकट मात्रै दिएको हो’, नेपाल लाइभसँग कुरा गर्दै उनले भने, ‘त्यो अवसर पाउनका लागि म जत्ति काम गरेको, म जत्ति काम गरेको, म जत्ति प्रजातन्त्रका लागि लडाइँ लडेको अरु को छ त?’

ढुंगानाले अहिले संसदीय व्यवस्था बलियो नभएको र परिपक्व मान्छेहरूलाई राष्ट्रिय सभामा पठाएपछि नै राष्ट्रिय सभा बलियो हुने बताए। ‘जुन मान्छेले संसदीय व्यवस्था नै बुझेका छैनन्। उनीहरूले ममाथि आरोप लगाइरहेका छन्’, उनले भने।

ढुंगाना मात्रै होइन, मधेश क्षेत्रबाट पटक–पटक अवसर उपयोग गर्नेमा रमेश रिजाल पनि छन्। यद्यपि, उनी अहिले राष्ट्रिय सभा उम्मेदवार होइनन्। बहालवाला उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री रहेका रिजाल पनि २०४८ देखिका सांसद हुन्।

२०४८, २०५१ मा उनी पर्सा-४ बाट निर्वाचित भएका थिए। त्यस्तै, २०६४ को संविधान सभा निर्वाचनमा पर्सा-५ बाट निर्वाचित भएका थिए। र २०७९ मा पर्सा-४ बाट निर्वाचित भएका थिए। त्यस्तै, २०५६ मा पर्सा-४, २०७० मा पर्सा-५ र २०७४ मा पर्सा-४ बाट पराजित भएका थिए। २०४८ पछिका सबै निर्वाचनमा उम्मेदवार बन्ने अवसर उनले पाएका छन्।

रिजाल २०७९ चैतयता मन्त्रीसमेत छन्।

संसदीय फाँटमा मात्रै होइन। कांग्रेसभित्र ढुंगाना जस्तै उनले पनि मधेशको नाममा रजाइँ गरेको देखिन्छ। जसरी ढुंगानाले बाह्रौं, तेह्रौं र चौधौं महाधिवेशनमा मधेश क्षेत्रको (आरक्षित) समूहबाट उम्मेदवारी दिएर आफूलाई केन्द्रीय सदस्य बनाउन सफल भएका थिए। रिजालले पनि सोही शैली अपनाएका छन्। उनी बाह्रौं महाधिवेशनमा नारायणी अञ्चलबाट निर्वाचित भएका थिए। तेह्रौं र चौधौं महाधिवेशनमा अहिलेको मधेश प्रदेशबाट निर्वाचित भएका थिए।

मधेश क्षेत्रबाट रिजालले मन्त्री बन्ने अवसर पाएपछि कांग्रेसका तर्फबाट मन्त्रिपरिषद्मा मधेशी अनुहार छैन।

ढुंगाना र रिजालले पाएको अवसर र केन्द्रीय कार्यसमितिको निर्णयलाई जोड्दै कांग्रेसका केन्द्रीय सदस्य गोविन्दराज पोखरेलले सामाजिक सञ्जाल 'एक्स'मार्फत कटाक्ष गरेका छन्। उनले लेखेका छन्, ‘नेपाली कांग्रेसले यसभन्दा अगाडि पनि राष्ट्रिय सभामा मधेश बिर्सियो, मन्त्री बनाउदा पनि मधेश बिर्सियो, खुल्ला मधेशको कोटामा केन्द्रीय सदस्यमा मधेशी मूलकाले नै अरु समुदायलाई निर्विरोध बनाए। अहिले पनि मधेशी समुदाय बिर्सियो, अनि केन्द्रीय समितिको निर्णय कागजको खोस्टो हो मिडियालाई देखाउन?’

प्रकाशित मिति: मंगलबार, पुस २४, २०८०  १९:४५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
किशोर दहाल
दहाल नेपाल लाइभको राजनीतिक ब्युरो प्रमुख हुन्।
लेखकबाट थप
अनि गणेशमानले कांग्रेस परित्याग गरे...
संघदेखि प्रदेशसम्म 'साना दल'को नेतृत्वमा सरकार!
‘कांग्रेसका नेता’ पुष्पलालले किन गठन गरे कम्युनिस्ट पार्टी?
सम्बन्धित सामग्री
मंसिर २१ देखि २३ गतेसम्म महाधिवेशन गर्ने तयारीमा देउवा समूह बुधबार चुनदेवीस्थित सम्पर्क कार्यालयमा बसेको ‘१५औँ केन्द्रीय महाधिवेशन तयारी समिति’को दोस्रो बैठकमा महाधिवेशनको मिति र विभिन्न तहका... बुधबार, भदौ १७, २०८३
सभामुखको विशेष प्रस्ताव पारित, उद्धार र पुनर्स्थापनामा सबै संयन्त्र परिचालन गर्न निर्देशन सभामुखले राखेको प्रस्ताव सर्वसम्मत रूपमा पारित भएको हो। बुधबार, भदौ १७, २०८३
प्रधानमन्त्रीलाई प्रचण्डको चेतावनी– संकट समाधानमा गम्भिर नभए अवसरले प्रधानमन्त्रीलाई नपर्खिन सक्छ! बुधबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले प्रधानमन्त्रीले सबैको विश्वास जितेर अघि बढ्नुपर्ने बताए । संकटको समयमा जनताले आश्वासन र साम... बुधबार, भदौ १७, २०८३
ताजा समाचारसबै
मंसिर २१ देखि २३ गतेसम्म महाधिवेशन गर्ने तयारीमा देउवा समूह बुधबार, भदौ १७, २०८३
सभामुखको विशेष प्रस्ताव पारित, उद्धार र पुनर्स्थापनामा सबै संयन्त्र परिचालन गर्न निर्देशन बुधबार, भदौ १७, २०८३
उपत्यकामा व्यावसायिक प्रयोजनका लागि ग्यास बिक्रीमा रोक बुधबार, भदौ १७, २०८३
प्रधानमन्त्रीलाई प्रचण्डको चेतावनी– संकट समाधानमा गम्भिर नभए अवसरले प्रधानमन्त्रीलाई नपर्खिन सक्छ! बुधबार, भदौ १७, २०८३
भोटेकोशी विपत्तिबारे वस्तुगत विवेचना आवश्यक : सांसद थापा बुधबार, भदौ १७, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
भोटेकोशी बाढी सम्बन्धी प्रधानमन्त्रीको हरेक पोष्टमा ५० प्रतिशत एआई कन्टेन्ट ? मंगलबार, भदौ १६, २०८३
तत्कालीन निमित्त कार्यालय प्रमुखसहित ५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर मंगलबार, भदौ १६, २०८३
आजदेखि हेटौंडादेखि काठमाडौं चल्ने सवारीसाधनको छुट्टाछुट्टै रुट मंगलबार, भदौ १६, २०८३
रसुवा, धादिङ र ललितपुरका सडकखण्ड पूर्ण अवरुद्ध मंगलबार, भदौ १६, २०८३
जब ७८ वर्षीय धनपति सहायता दिन सिंहदबार पुगे! मंगलबार, भदौ १६, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
कुनै पनि शव अस्थायी चिहानका रुपमा १२ वर्षसम्म राख्न सकिन्छ : प्राडा हरिहर वस्ती नेपाल लाइभ
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
सरकार देखियो तर विपद् व्यवस्थापन किन देखिएन? कमल सापकोटा
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको रजिष्ट्रारमा तीन उम्मेदवार : प्रतिष्ठानको भविष्यका लागि कसको नेतृत्व बढी उपयोगी ? नेपाल लाइभ
रसुवाको बाढीः वास्तविक पीडितसम्म अझै किन पुगेन सरकार? गोविन्द आचार्य
महाविपत्तिमा सक्षम सरकारको खोजी नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडक बन्द, वैकल्पिक बाटोबाट इन्धन–ग्यास ढुवानी हुने आइतबार, भदौ १४, २०८३
काठमाडौंबाट बाहिरिने सवारीसाधनलाई तोकियो दुईवटा वैकल्पिक सडक आइतबार, भदौ १४, २०८३
बाढी पीडित राहत कोषमा एक लाख  जम्मा गर्न खोज्दा १० लाख गएपछि... बिहीबार, भदौ ११, २०८३
भोटेकोशी बाढी सम्बन्धी प्रधानमन्त्रीको हरेक पोष्टमा ५० प्रतिशत एआई कन्टेन्ट ? मंगलबार, भदौ १६, २०८३
तत्कालीन निमित्त कार्यालय प्रमुखसहित ५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर मंगलबार, भदौ १६, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्