• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, कात्तिक २९, २०८२ Sat, Nov 15, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
नेपाल लाइभ

निर्मलाका बाअामा : काठमाडौंले न्याय देला भन्नेमा पनि शंकै छ

64x64
नेपाल लाइभ बुधबार, भदौ २७, २०७५  १४:३९
1140x725

काठमाडौं– देश तीजको रौनकमा झुमिरहेको छ। सहर र सञ्चारमाध्यम दुवै राताम्मे भएका छन्। तर बुधबारै कञ्चनपुरले महेन्द्रनगरमा भने कालो कपडा लगाएर 'ब्ल्याक तीज' मनायो। डेढ महिनादेखि समाचार र चासोको केन्द्रमा रहेको त्यही कञ्चनपुरबाट एउटा समूह भने न्यायको खोजीमा भन्दै काठमाडौं आइपुगेको छ। अधिकारकर्मीको साथ लागेर काठमाडौं आइपुगेका हुन्, बलात्कारपछि हत्या गरिएकी निर्मला पन्तका बुवा यज्ञराज र आमा दुर्गा पन्त।

'न्याय दिलाउँछौं भनेर धेरै आए। तर न्यायका लागि हामीले यसो गर्‍यौं भनेर भन्न कोही पनि आएनन्। त्यसैले काठमाडौं नै आउनुपर्‍यो', बुधबार साँझ नेपाल लाइभसँगकाे कुराकानीमा दुर्गाले भनिन्।

तर काठमाडौं आएर पनि न्याय पाइन्छ नै होला भन्नेमा भने उति आशावादी सुनिएनन्, यज्ञराज। 'सोध्दाखेरी सबैले न्याय पाउनुहुन्छ भन्छन्', उनले निराश भावमा सुनाए, 'तर न्याय पाइएला भन्ने आशाचाहिँ छैन।'

काठमाडौंमा उनीहरुले यथासम्भव उच्च पदस्थलाई भेट्ने प्रयास गर्नेछन्। र, सुनाउने प्रयास गर्नेछन्, डेढ महिना यताको आशाको भाषा। र, माग्नेछन्, न्याय। न्याय बाहेक त अरु केही चाहिएकै छैन।

महिना दिनयता निद्रा परेको छैन, पन्त दम्पतीलाई। मनमा कति कुरा खेलिसके। त्रासमय दिन उस्तै छ। भेट्न आउनेले आशा बाँड्छन्, उपलब्धी सुनाउँदैनन्। उकुसमुकुस मन बोकेर पन्त परिवार अहिले काठमाडौंमा छ।

सकसपूर्ण लामो यात्रा। गाडीको जाम। न निद्राको ठेगान, न खानाको ठेगान। कुराकानी अघि खाएको दही रोटीले पनि उर्जा थपेको जस्तो देखिएन। ओइलाए जस्तो देखिएका थिए यज्ञराज र दुर्गा।

~0~

Ncell 2
Ncell 2

कुराकानीको सुरुवातमा दुर्गाले सुनाइन्, छाेरी खाेज्दै बम दिदीबहिनीको घरमा पुगेको प्रसंग– 'म पीडामा उनीहरुको घरमा गएकी थिएँ। मैले 'ए रोशनी बाहिर निक्ल, मेरी छोरीलाई पनि निकाल' भने। म चर्को स्वरमा बोलें। खासमा त्यसरी मैले कहिल्यै बोलेको पनि थिइनँ। हकार्नु परे पनि मेरै छोरीलाई हकार्थें।'

तर उनले मीठो जवाफ सुनिनन्।

आफ्नो छोरी त्यहीँबाट हराएको र जवाफ पनि राम्रो सुन्न नपाएकाले उनलाई त्यो घरमाथि शंका छ। तर केही दिनसम्म थुनामा राखेका ती दिदीबहिनीलाई पनि प्रहरीले छाडिदिएपछि मर्माहत भएकी छिन्, दुर्गा। ती दिदीबहिनीलाई अझै निगरानीमा राखेर अनुसन्धान गरियोस् भन्ने लाग्छ, उनलाई। 'किनभने मेरी छोरी सुरुमा त्यहीँ घरमा गएकी हो', उनी भन्छिन्, 'त्यसैले शंका हुनु स्वाभाविक हो। उनीहरु नै घटनामा संलग्न नभएका पनि हुनसक्छन्।'

घटना त १० गते भयो। तर ९ गते साँझ नै रोशनीले बोलाइसकेकी रहिछन्। निर्मलालाई बोलाउने निहुँमा चटपटे खुवाएकी पनि रहिछन्। उनीहरुबाट राम्रो जवाफ नपाउनु तर घटना पनि घट्नुसँग बम दिदीबहिनीमाथि शंका छ, दुर्गालाई। नियतवश नै निर्मलालाई बोलाइएको होला जस्तो भन्ने लाग्छ उनलाई।

निर्मला नभेटिएपछि दुर्गाले हारगुहार गरिन्, फोन गर्न लगाइन्। तर कतै पत्ता लागेन।

आफूले फोन गरेको बेला प्रहरी नआइदिएको र नमीठो जवाफ फर्काएकोमा पनि चित्त कुँडिएको छ, दुर्गाको। स्थानीय मञ्जु भट्टले जिल्ला प्रहरी कार्यालयमा फोनमार्फत निर्मला हराएकाे खबर गरिदिएकी थिइन्, तर प्रहरीले रुखो जवाफ फर्कायो। उल्टै प्रहरीले हकार्‍यो। 'बिहान ११ बजे हराएको मान्छेलाई यतिखेर खोज्ने हो त', प्रहरीले दिएको जवाफ सम्झेर दिक्क हुँदै उनले भनिन्, 'प्रहरीले नै त्यस्तो भनेपछि हामीले कसको आशा गर्ने?'

निर्मला हराएको दिन त परिवारले यस किसिमको घटनाको कल्पना नै गरेको थिएन। रोशनीकी दिदीले 'तिम्री छोरी पोइल गई होली' भनेपछि परिवारले आफ्नी छोरीलाई कसैले बेच्न पो लग्यो कि भन्ने पनि लाग्यो। त्यसपछि उनीहरुले माइती नेपालको स्थानीय कार्यालयमा फोन गरे। 'बेच्नै लगिएको रहेछ भने पनि गड्डाचौकी पार गर्न नसकोस् भनेर मैले फोन गर्न लगाएँ', उनले भनिन्।

तर डर भने बढिरहेको थियो। मनमा अनेक किसिमका आशंकाहरु हुँडलिइरहेका थिए।

स्थानीयको सहयोगमा खोजी कार्य चल्यो। तर भेटिइनन्। बरु भोलिपल्ट निर्मलाको लास भेटियो।

त्यसयताका घटनाहरु देशभर फैलिएकै छन्। सबैलाई त्रसित तुल्याइरहेकै छन्। संसदमा कुरा उठेकै छन्। सवाल-जवाफ चलिरहेकै छन्। तर एउटै कुरा भइरहेको छैन, दोषी पत्ता लागेको छैन।

उनीहरुलाई पनि धेरैले आश्वासन दिए। दोषी पत्ता लगाएरै छाड्ने बताए। तर ती सबै गफमै सीमित भए।

पुलिसका आइजीले पनि आश्वासन दिए। साँझमा घरमा आएका उनले भोलि नै दोषी खोजिहाल्छौं भनेजस्तो गरे। उनले तपाईंकै समस्या समाधान गर्न आएको पनि बताए। जो र जहाँ भए पनि अपराधी खोज्छौं भनेर भने। दोषीलाई तपाईंको सामुन्ने ल्याउँछौं भनेर आएको भनेर विश्वास दिलाउन खोजे। दोषी खोजेर नै हामी जानेवाला छौं भने।

'प्रहरी नै भए पनि खोजिदिनुहोला', आमाले बिलौना गरिन्, 'प्रहरीले नै सुरुदेखि प्रमाण मेटाउँदै गएको हो। हामीले खबर गरेका बेलामा पनि आइदिनुभएन।'

प्रहरी मात्रै होइन, प्रहरीको बाउ भए पनि खोज्छौं भनेर आइजीले आश्वस्त तुल्याए। 'एसपी होस् वा एसपीकै छोरा रहेछ भने पनि हामी दोषी पत्ता लगाउँछौं', आइजीले अगाडि बढेर भने।

तर उनले पनि वाचा गरेजस्तो काम गरेनन्। पन्त परिवारको आशा मर्दै गयो।

प्रहरीले हतारहतारमा प्रमाण मेटाएको पन्त परिवारलाई पटक्कै चित्त बुझेको छैन। अझ निर्मला हराएकै दिन बेलुका प्रहरीलाई सम्पर्क गर्दा दिएको जवाफले गर्दा प्रहरीमाथि पनि शंका छ। 'कतै प्रहरीलाई यो घटनाबारे पहिल्यै थाहा भइसकेर ढाकछोप गर्ने नियतले त्यसरी बेवास्ता त गरेको होइन्?', उनका मनमा प्रश्न उब्जिन्छ।

~0~

परिवारको चाहना कोही-कसैलाई अाग्रहपूर्वक दोषी प्रमाणित गरियाेस् भन्ने छैन। बम दिदीबहिनी वा कुनै खास प्रहरी दोषी होलान् वा नहोलान् भन्नेमा पनि उति जोड छैन। तर कोही त दोषी होला, तिनलाई त ल्याउनुपर्छ भन्नेमा जोड छ। 'अधिकारकर्मी हुनुहुन्छ। अरु पनि धेरै निर्मलाले न्याय पाउनुपर्छ भनेर लडेका छन्। उनीहरुलाई विश्वास दिलाएर प्रहरीले यो हो दोषी भन्न सकोस्। चाहना त्यति हो', आमाले भनिन्, 'कसैलाई झुन्ड्याएर मार त मैले भनेको छैन। जसको घरबाट छोरी हराई, उसैलाई छाडिदिएपछि त दोषी को हो त? कसैले नमारेर छोरी मरेकी त होइन नि।'

उनले रेडियोमा पनि सुनेकी थिइन्– हजुरको छोरीको हत्यारा पत्ता नलागुञ्जेल बम दिदीबहिनीलाई छोड्दैनौं। पहिलो शंका नै त्यही घर हो। तर छाडिदिए। 'यो नै मेरी छोरीलाई न्याय नदिलाउने कदम हो भन्ने लाग्छ', आमाले भनिन्।

सबैले दोषी खोज्छौं भने। तर खोजेनन्। 'अब खोज्दैनन् भन्ने लागेपछि काठमाडौं आउनुपर्‍यो', आमाले भनिन्।

काठमाडौं आइपुगेपछि पनि यहाँ न्यायको लागि कति लड्नुपर्ने हो भन्ने अनुमान गर्न सकेका छैनन्। न्याय नपाई नफर्किने बताउँछन्। 'यहीँ आएपछि त न्याय पाइन्छ कि भन्ने आशा छ', उनले भनिन्, 'न्याय नपाई त फर्केर पनि के गर्नु?'

हुन त मिलेसम्म प्रधानमन्त्री र राष्ट्रपतिसम्मलाई भेट्ने योजना छ, पन्त परिवारको। तर कसैसँग ठूलो चाहना छैन। 'सत्यतथ्य बुझेर न्याय दिलाइदिनुस् भन्न चाहन्छौं', उनले भनिन्।

प्रधानमन्त्रीको अभिव्यक्तिले पनि चित्त दुखेको रहेछ, पन्त परिवारको। कहिले मेयरको घरमा लास राखियो, कहिले कञ्चनपुरवासी झुटो बोल्छन् भन्नेजस्ता कुरा गर्नुहुन्छ रे। 'जसको हातमा कानुन छ, उहाँले नै सत्यतथ्य नबुझी बोलिदिनुहुन्छ भने हामीले कसको आशा गर्ने', आमा भन्छिन्।

याे पनि पढ्नुस्:

सरकार, निर्मलाका बाआमालाई जवाफ देऊ

निर्मलाका बाआमाले भने : न्याय खोज्न काठमाडौं आयौं

निर्मला हत्या प्रकरण : मुख्य अभियुक्त भनिएका दीलिपसिंह विष्ट रिहा

मोटरसाइकलमा आएको व्यक्तिले भन्यो– एक्लै हुनुहुन्छ, ख्याल गर्नुस् : वीरेन्द्र केसी

प्रकाशित मिति: बुधबार, भदौ २७, २०७५  १४:३९

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
बिहार चुनाव: एनडीए गडबन्धनलाई दुई तिहाई बढी सिट
नेकपाको केन्द्रीय कार्यसमिति ६०१ सदस्यीय बन्ने
एनपीएल सिजन २ : पहिलो खेलका टिकट 'सोल्ड आउट'
सम्बन्धित सामग्री
कुमार पौडेलको हत्या आरोपमा उनकी आमाले दर्ता गराइन् १० जनाविरुद्ध किटानी जाहेरी बुधबार, फागुन १४, २०७६
सुन तस्करीको आरोपमा १६ प्रहरी निलम्बन गर्न अख्तियारको पत्र [सूचीसहित] बुधबार, फागुन १४, २०७६
स्टिङ अप्रेसनविरुद्ध बहस : वरिष्ठ अधिवक्तादेखि संवैधानिक कानुनविद्‍सम्मको लाइन किन लाग्यो? बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
बिहार चुनाव: एनडीए गडबन्धनलाई दुई तिहाई बढी सिट शुक्रबार, कात्तिक २८, २०८२
नेकपाको केन्द्रीय कार्यसमिति ६०१ सदस्यीय बन्ने शुक्रबार, कात्तिक २८, २०८२
एनपीएल सिजन २ : पहिलो खेलका टिकट 'सोल्ड आउट' शुक्रबार, कात्तिक २८, २०८२
प्रधानमन्त्रीलाई जेनजीले बुझाएको सम्झौताको मस्यौदामा के छ ? शुक्रबार, कात्तिक २८, २०८२
मतदाता नामावली संकलनको म्याद ५ दिन थप्ने तयारी शुक्रबार, कात्तिक २८, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
जङ्गी अड्डा लाइभ, Gen Z
जङ्गी अड्डा लाइभ, Gen Z बिहीबार, भदौ २६, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
रास्वपाका नेता सन्तोष परियारले छाडे पार्टी शुक्रबार, कात्तिक २८, २०८२
रवि र छविको मुद्दामा मिसिल झिकाउने आदेश बिहीबार, कात्तिक २७, २०८२
प्रधानमन्त्रीलाई जेनजीले बुझाएको सम्झौताको मस्यौदामा के छ ? शुक्रबार, कात्तिक २८, २०८२
भूकम्प प्रतिरोधी भवन निर्माण गर्न नयाँ संहिता लागू शुक्रबार, कात्तिक २८, २०८२
जनार्दन नेतृत्वको अभियानका केन्द्रीय संयोजन समितिका ३१ जनाको नामलिष्ट सार्वजनिक बिहीबार, कात्तिक २७, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
जेन-जी क्रान्ति: उपलब्धि, अवसर, चुनौती र अबको उत्तरदायित्व अरुण क्षेत्री
नेपालमा मुख स्वास्थ्य संकट: लाखौँलाई असर गर्ने दन्त रोग किन रोक्न सकिएन? नेपाल लाइभ
युवा उमेरमै किन थाक्छ मन र मस्तिष्क? बर्नआउटको कारण र समाधान डा. प्रज्ञा सिंह
दुर्गमका कर्मचारीको सुरक्षा : चुनौती र समाधान नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
प्रेम र आकर्षणको मध्यबिन्दुमा ‘देवयानी’ शनिबार, भदौ ७, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
३ दिनपछि झिनो अंकले बढ्यो सेयर बजार, ४ कम्पनी १० प्रतिशत बढे मंगलबार, कात्तिक २५, २०८२
रास्वपाका नेता सन्तोष परियारले छाडे पार्टी शुक्रबार, कात्तिक २८, २०८२
बिरामी भन्दै काठमाडौँ हिँडेकी प्रदेश प्रमुखले बिच बाटोमै गराइन् नयाँ मुख्यमन्त्रीको शपथ सोमबार, कात्तिक २४, २०८२
रवि र छविको मुद्दामा मिसिल झिकाउने आदेश बिहीबार, कात्तिक २७, २०८२
हङकङ सिक्सेस : भारतविरुद्ध नेपालको ऐतिहासिक जित शनिबार, कात्तिक २२, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्