• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, असोज २८, २०८३ Wed, Oct 14, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
नेपाल लाइभ

निर्मलाका बाअामा : काठमाडौंले न्याय देला भन्नेमा पनि शंकै छ

64x64
नेपाल लाइभ बुधबार, भदौ २७, २०७५  १४:३९
1140x725

काठमाडौं– देश तीजको रौनकमा झुमिरहेको छ। सहर र सञ्चारमाध्यम दुवै राताम्मे भएका छन्। तर बुधबारै कञ्चनपुरले महेन्द्रनगरमा भने कालो कपडा लगाएर 'ब्ल्याक तीज' मनायो। डेढ महिनादेखि समाचार र चासोको केन्द्रमा रहेको त्यही कञ्चनपुरबाट एउटा समूह भने न्यायको खोजीमा भन्दै काठमाडौं आइपुगेको छ। अधिकारकर्मीको साथ लागेर काठमाडौं आइपुगेका हुन्, बलात्कारपछि हत्या गरिएकी निर्मला पन्तका बुवा यज्ञराज र आमा दुर्गा पन्त।

'न्याय दिलाउँछौं भनेर धेरै आए। तर न्यायका लागि हामीले यसो गर्‍यौं भनेर भन्न कोही पनि आएनन्। त्यसैले काठमाडौं नै आउनुपर्‍यो', बुधबार साँझ नेपाल लाइभसँगकाे कुराकानीमा दुर्गाले भनिन्।

तर काठमाडौं आएर पनि न्याय पाइन्छ नै होला भन्नेमा भने उति आशावादी सुनिएनन्, यज्ञराज। 'सोध्दाखेरी सबैले न्याय पाउनुहुन्छ भन्छन्', उनले निराश भावमा सुनाए, 'तर न्याय पाइएला भन्ने आशाचाहिँ छैन।'

काठमाडौंमा उनीहरुले यथासम्भव उच्च पदस्थलाई भेट्ने प्रयास गर्नेछन्। र, सुनाउने प्रयास गर्नेछन्, डेढ महिना यताको आशाको भाषा। र, माग्नेछन्, न्याय। न्याय बाहेक त अरु केही चाहिएकै छैन।

महिना दिनयता निद्रा परेको छैन, पन्त दम्पतीलाई। मनमा कति कुरा खेलिसके। त्रासमय दिन उस्तै छ। भेट्न आउनेले आशा बाँड्छन्, उपलब्धी सुनाउँदैनन्। उकुसमुकुस मन बोकेर पन्त परिवार अहिले काठमाडौंमा छ।

सकसपूर्ण लामो यात्रा। गाडीको जाम। न निद्राको ठेगान, न खानाको ठेगान। कुराकानी अघि खाएको दही रोटीले पनि उर्जा थपेको जस्तो देखिएन। ओइलाए जस्तो देखिएका थिए यज्ञराज र दुर्गा।

~0~

Ncell 2
Ncell 2
nimb
nimb

कुराकानीको सुरुवातमा दुर्गाले सुनाइन्, छाेरी खाेज्दै बम दिदीबहिनीको घरमा पुगेको प्रसंग– 'म पीडामा उनीहरुको घरमा गएकी थिएँ। मैले 'ए रोशनी बाहिर निक्ल, मेरी छोरीलाई पनि निकाल' भने। म चर्को स्वरमा बोलें। खासमा त्यसरी मैले कहिल्यै बोलेको पनि थिइनँ। हकार्नु परे पनि मेरै छोरीलाई हकार्थें।'

तर उनले मीठो जवाफ सुनिनन्।

आफ्नो छोरी त्यहीँबाट हराएको र जवाफ पनि राम्रो सुन्न नपाएकाले उनलाई त्यो घरमाथि शंका छ। तर केही दिनसम्म थुनामा राखेका ती दिदीबहिनीलाई पनि प्रहरीले छाडिदिएपछि मर्माहत भएकी छिन्, दुर्गा। ती दिदीबहिनीलाई अझै निगरानीमा राखेर अनुसन्धान गरियोस् भन्ने लाग्छ, उनलाई। 'किनभने मेरी छोरी सुरुमा त्यहीँ घरमा गएकी हो', उनी भन्छिन्, 'त्यसैले शंका हुनु स्वाभाविक हो। उनीहरु नै घटनामा संलग्न नभएका पनि हुनसक्छन्।'

घटना त १० गते भयो। तर ९ गते साँझ नै रोशनीले बोलाइसकेकी रहिछन्। निर्मलालाई बोलाउने निहुँमा चटपटे खुवाएकी पनि रहिछन्। उनीहरुबाट राम्रो जवाफ नपाउनु तर घटना पनि घट्नुसँग बम दिदीबहिनीमाथि शंका छ, दुर्गालाई। नियतवश नै निर्मलालाई बोलाइएको होला जस्तो भन्ने लाग्छ उनलाई।

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

निर्मला नभेटिएपछि दुर्गाले हारगुहार गरिन्, फोन गर्न लगाइन्। तर कतै पत्ता लागेन।

आफूले फोन गरेको बेला प्रहरी नआइदिएको र नमीठो जवाफ फर्काएकोमा पनि चित्त कुँडिएको छ, दुर्गाको। स्थानीय मञ्जु भट्टले जिल्ला प्रहरी कार्यालयमा फोनमार्फत निर्मला हराएकाे खबर गरिदिएकी थिइन्, तर प्रहरीले रुखो जवाफ फर्कायो। उल्टै प्रहरीले हकार्‍यो। 'बिहान ११ बजे हराएको मान्छेलाई यतिखेर खोज्ने हो त', प्रहरीले दिएको जवाफ सम्झेर दिक्क हुँदै उनले भनिन्, 'प्रहरीले नै त्यस्तो भनेपछि हामीले कसको आशा गर्ने?'

निर्मला हराएको दिन त परिवारले यस किसिमको घटनाको कल्पना नै गरेको थिएन। रोशनीकी दिदीले 'तिम्री छोरी पोइल गई होली' भनेपछि परिवारले आफ्नी छोरीलाई कसैले बेच्न पो लग्यो कि भन्ने पनि लाग्यो। त्यसपछि उनीहरुले माइती नेपालको स्थानीय कार्यालयमा फोन गरे। 'बेच्नै लगिएको रहेछ भने पनि गड्डाचौकी पार गर्न नसकोस् भनेर मैले फोन गर्न लगाएँ', उनले भनिन्।

तर डर भने बढिरहेको थियो। मनमा अनेक किसिमका आशंकाहरु हुँडलिइरहेका थिए।

स्थानीयको सहयोगमा खोजी कार्य चल्यो। तर भेटिइनन्। बरु भोलिपल्ट निर्मलाको लास भेटियो।

त्यसयताका घटनाहरु देशभर फैलिएकै छन्। सबैलाई त्रसित तुल्याइरहेकै छन्। संसदमा कुरा उठेकै छन्। सवाल-जवाफ चलिरहेकै छन्। तर एउटै कुरा भइरहेको छैन, दोषी पत्ता लागेको छैन।

उनीहरुलाई पनि धेरैले आश्वासन दिए। दोषी पत्ता लगाएरै छाड्ने बताए। तर ती सबै गफमै सीमित भए।

पुलिसका आइजीले पनि आश्वासन दिए। साँझमा घरमा आएका उनले भोलि नै दोषी खोजिहाल्छौं भनेजस्तो गरे। उनले तपाईंकै समस्या समाधान गर्न आएको पनि बताए। जो र जहाँ भए पनि अपराधी खोज्छौं भनेर भने। दोषीलाई तपाईंको सामुन्ने ल्याउँछौं भनेर आएको भनेर विश्वास दिलाउन खोजे। दोषी खोजेर नै हामी जानेवाला छौं भने।

'प्रहरी नै भए पनि खोजिदिनुहोला', आमाले बिलौना गरिन्, 'प्रहरीले नै सुरुदेखि प्रमाण मेटाउँदै गएको हो। हामीले खबर गरेका बेलामा पनि आइदिनुभएन।'

प्रहरी मात्रै होइन, प्रहरीको बाउ भए पनि खोज्छौं भनेर आइजीले आश्वस्त तुल्याए। 'एसपी होस् वा एसपीकै छोरा रहेछ भने पनि हामी दोषी पत्ता लगाउँछौं', आइजीले अगाडि बढेर भने।

तर उनले पनि वाचा गरेजस्तो काम गरेनन्। पन्त परिवारको आशा मर्दै गयो।

प्रहरीले हतारहतारमा प्रमाण मेटाएको पन्त परिवारलाई पटक्कै चित्त बुझेको छैन। अझ निर्मला हराएकै दिन बेलुका प्रहरीलाई सम्पर्क गर्दा दिएको जवाफले गर्दा प्रहरीमाथि पनि शंका छ। 'कतै प्रहरीलाई यो घटनाबारे पहिल्यै थाहा भइसकेर ढाकछोप गर्ने नियतले त्यसरी बेवास्ता त गरेको होइन्?', उनका मनमा प्रश्न उब्जिन्छ।

~0~

परिवारको चाहना कोही-कसैलाई अाग्रहपूर्वक दोषी प्रमाणित गरियाेस् भन्ने छैन। बम दिदीबहिनी वा कुनै खास प्रहरी दोषी होलान् वा नहोलान् भन्नेमा पनि उति जोड छैन। तर कोही त दोषी होला, तिनलाई त ल्याउनुपर्छ भन्नेमा जोड छ। 'अधिकारकर्मी हुनुहुन्छ। अरु पनि धेरै निर्मलाले न्याय पाउनुपर्छ भनेर लडेका छन्। उनीहरुलाई विश्वास दिलाएर प्रहरीले यो हो दोषी भन्न सकोस्। चाहना त्यति हो', आमाले भनिन्, 'कसैलाई झुन्ड्याएर मार त मैले भनेको छैन। जसको घरबाट छोरी हराई, उसैलाई छाडिदिएपछि त दोषी को हो त? कसैले नमारेर छोरी मरेकी त होइन नि।'

उनले रेडियोमा पनि सुनेकी थिइन्– हजुरको छोरीको हत्यारा पत्ता नलागुञ्जेल बम दिदीबहिनीलाई छोड्दैनौं। पहिलो शंका नै त्यही घर हो। तर छाडिदिए। 'यो नै मेरी छोरीलाई न्याय नदिलाउने कदम हो भन्ने लाग्छ', आमाले भनिन्।

सबैले दोषी खोज्छौं भने। तर खोजेनन्। 'अब खोज्दैनन् भन्ने लागेपछि काठमाडौं आउनुपर्‍यो', आमाले भनिन्।

काठमाडौं आइपुगेपछि पनि यहाँ न्यायको लागि कति लड्नुपर्ने हो भन्ने अनुमान गर्न सकेका छैनन्। न्याय नपाई नफर्किने बताउँछन्। 'यहीँ आएपछि त न्याय पाइन्छ कि भन्ने आशा छ', उनले भनिन्, 'न्याय नपाई त फर्केर पनि के गर्नु?'

हुन त मिलेसम्म प्रधानमन्त्री र राष्ट्रपतिसम्मलाई भेट्ने योजना छ, पन्त परिवारको। तर कसैसँग ठूलो चाहना छैन। 'सत्यतथ्य बुझेर न्याय दिलाइदिनुस् भन्न चाहन्छौं', उनले भनिन्।

प्रधानमन्त्रीको अभिव्यक्तिले पनि चित्त दुखेको रहेछ, पन्त परिवारको। कहिले मेयरको घरमा लास राखियो, कहिले कञ्चनपुरवासी झुटो बोल्छन् भन्नेजस्ता कुरा गर्नुहुन्छ रे। 'जसको हातमा कानुन छ, उहाँले नै सत्यतथ्य नबुझी बोलिदिनुहुन्छ भने हामीले कसको आशा गर्ने', आमा भन्छिन्।

याे पनि पढ्नुस्:

सरकार, निर्मलाका बाआमालाई जवाफ देऊ

निर्मलाका बाआमाले भने : न्याय खोज्न काठमाडौं आयौं

निर्मला हत्या प्रकरण : मुख्य अभियुक्त भनिएका दीलिपसिंह विष्ट रिहा

मोटरसाइकलमा आएको व्यक्तिले भन्यो– एक्लै हुनुहुन्छ, ख्याल गर्नुस् : वीरेन्द्र केसी

प्रकाशित मिति: बुधबार, भदौ २७, २०७५  १४:३९

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
कृषि यन्त्र उद्योगलाई पाँच वर्ष आयकरमा छुट र ब्याज अनुदान दिन माग
कर्णालीमा पर्यटकको आकर्षण बढ्दै, पूर्वाधार निर्माणमा सुस्तता
कांग्रेस सहमहामन्त्रीमा बहादुर सिंह लामा १ हजार ७६९ मतले अगाडि
सम्बन्धित सामग्री
कुमार पौडेलको हत्या आरोपमा उनकी आमाले दर्ता गराइन् १० जनाविरुद्ध किटानी जाहेरी बुधबार, फागुन १४, २०७६
सुन तस्करीको आरोपमा १६ प्रहरी निलम्बन गर्न अख्तियारको पत्र [सूचीसहित] बुधबार, फागुन १४, २०७६
स्टिङ अप्रेसनविरुद्ध बहस : वरिष्ठ अधिवक्तादेखि संवैधानिक कानुनविद्‍सम्मको लाइन किन लाग्यो? बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
कृषि यन्त्र उद्योगलाई पाँच वर्ष आयकरमा छुट र ब्याज अनुदान दिन माग बुधबार, असोज २८, २०८३
कर्णालीमा पर्यटकको आकर्षण बढ्दै, पूर्वाधार निर्माणमा सुस्तता बुधबार, असोज २८, २०८३
कांग्रेस सहमहामन्त्रीमा बहादुर सिंह लामा १ हजार ७६९ मतले अगाडि बुधबार, असोज २८, २०८३
साउदीको तेल कम्पनी अरामकोको भवनमा आक्रमण बुधबार, असोज २८, २०८३
कांग्रेस केन्द्रीय सदस्यमा पेशागत (विषय विज्ञ) तर्फ केसीको अग्रता बुधबार, असोज २८, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
खगेन्द्र सुनारलाई प्रहरीले पक्राउ गर्छ ? मंगलबार, असोज २७, २०८३
कांग्रेसको निर्वाचित महिला खुला सदस्य विरुद्ध अदालतमा मुद्धा परेपछि... मंगलबार, असोज २७, २०८३
राष्ट्रपतिबाट दुई अध्यादेश जारी मंगलबार, असोज २७, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
विवादास्पद अडियोले तानिए सांसद खगेन्द्र सुनार, रास्वपा मौन सोमबार, असोज २६, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्