• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, कात्तिक ११, २०८३ Wed, Oct 28, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

शिक्षक सेवा आयोगले नै नेपालीलाई ‘गैर नेपाली नागरिक’ भनेर लिखित जवाफ पठाएपछि...

64x64
नेपाल लाइभ मंगलबार, मंसिर १९, २०८०  २०:२१
1140x725

काठमाडौं- शिक्षा सेवा आयोगले एक नेपाली नागरिकलाई ‘गैर नेपाली नागरिक’ भनेर सर्वोच्च अदालतमा लिखित जवाफ पठाएको पाइएको छ। सर्वोच्च अदालतले यसरी शिक्षक सेवा आयोगको परिक्षा दिएका एक परिक्षार्थीको परिणाम सार्वजनिक गर्नुको सट्टामा यस्तो गैरजिम्मेवार टिप्पणी गरेको ठहर गरेको छ। 

रुपन्देही कम्हरियाका मुकेश नाउँको हकमा यस्तो टिप्पणी गरेको पाइएपछि सर्वोच्चले ‘गैर नेपाली नागरिक’ भनी सम्बोधन गर्दा राष्ट्रसेवक कर्मचारीले ध्यान पुर्‍याउनुपर्ने भन्दै आदेश गरेको छ। न्यायाधीशद्वय अनिलकुमार सिन्हा र नहकुल सुवेदीको इजलासले नाउँले सर्वोच्चमा दायर गरेको रिटमा कर्मचारीहरुको हकमा टिप्पणी नगरेपछि सजग गराएको छ। 

मुकेश नाउँ विरुद्ध शिक्षक सेवा आयोग सानोठिमी भक्तपुर समेत भएको मुद्दामा साउन २३ गते सर्वोच्चले फैसला सुनाएको थियो। उक्त फैसलाको पूर्णपाठ हालै मात्र सार्वजनिक भएको छ।  

‘कुनै पनि जिम्मेवार राष्ट्रसेवकबाट यस प्रकृतिको सोचको प्रस्तुति अपेक्षित हुँदैन। अदालतले जारी गरेको आदेश संविधान र कानुनकै परिधिमा रही जारी हुन्छ, सो आदेश बदर नभएसम्म त्यसलाई कानुन प्रतिकुल भनी नामकरण गर्ने अधिकार राष्ट्रसेवक कर्मचारीका हुँदैन,’ फैसलाको पूर्णपाठमा भनिएको छ, ‘नेपालको संविधान बमोजिम नेपालको नागरिक हुन योग्य व्यक्तिको नाममा नेपाली नागरिकताको प्रमाणपत्र जारी भइनसकेकै कारण त्यस्तो व्यक्ति ‘गैर नेपाली नागरिक’ भनी सम्बोधन गर्नुलाई नागरिकताको विषयमा राख्नुपर्ने सामान्य ज्ञानको कमीको रुपमै बुझ्नुपर्ने देखियो।’

सर्वोच्चले ‘गैर नेपाली नागरिक’ को वर्गमा राख्नुअघि उसको नेपालको नागरिक हुन योग्यता नपुगेको वा विदेशको नागरिकता ग्रहण गरेको प्रमाणित गर्नुपर्ने भन्दै यस्ता लिखित जवाफ पेस गर्नुअघि ध्यान दिन आफ्नो फैसलामा भनेको छ। 

‘हाल यी निवेदकले नेपालको नागरिकताको प्रमाणपत्र पाइसकेकोबाट पनि उनी नेपालको नागरिक हुने योग्यता पुगेको व्यक्ति रहेको पुष्टि भइरहेबाट प्रत्यर्थीको लिखित जवाफको बेहोरा स्वीकार्य देखिएन,’ सर्वोच्चको पूर्णपाठमा भनिएको छ, ‘निवेदकले नेपालको नागरिकताको प्रमाणपत्र पाइसकेको अवस्था रहेको कारण निवेदकको माग सम्बोधन भइसकेको तथा माग बमोजिम अध्यापन अनुमतिपत्र पाउन सक्ने अवस्था सिर्जना भइसकेकोले रिट खारेज हुने ठहर्छ।’ 

के थियो विवाद?
नाउँ रुपन्देही जिल्लाको कम्हरिया गाउँपालिका- ३ मा जन्मेका हुन्। उनको आमाले बंशज र बाबुले जन्मका आधारमा नागरिकता प्राप्त गरेका थिए। उनीहरु दुवै जना नेपाली भएका कारण उनले रुपन्देही जिल्ला प्रशासन कार्यालयमा नागरिकताको प्रमाणपत्रका लागि निवेदन दिएका थिए।

सुरुमा जिल्ला प्रशासन कार्यालयले इन्कारी गर्‍यो। त्यस विरुद्ध उनले सर्वोच्च अदालतमा नागरिकता पाउँ भनी रिट दायर गरे। उनले नागरिकता माग गर्नुको कारण थियो, उच्च शिक्षाको अध्ययन र अन्य सरकारी रोजगारीका लागि सहभागी हुनु। नागरिकता नै दिन आनाकानी गरेपछि उनी बाध्य भएर सर्वोच्च आएका थिए।

Ncell 2
Ncell 2
nimb
nimb

सर्वोच्चले २०७८ माघ ९ गते नागरिकताको प्रमाणपत्र बाबु-आमाको नेपाली भएको हकमा प्रक्रिया पूरा गरी उपलब्ध गराउनू, नागरिकता पेस नगरेको कारणले अध्यापन अनुमतिपत्रको परीक्षामा सहभागी हुन रोक लगाउने र बैंक खाता समेत खोल्न लगायत नेपाली नागरिकले पाउने सुविधा वञ्चित नगराउनू भनी अन्तरिम आदेश जारी गर्‍यो।

सर्वोच्चको उक्त अन्तरिम आदेशपछि उनी शिक्षक सेवा आयोगको परीक्षामा समेत सहभागी भए। सहभागी हुँदै उत्तीर्ण समेत भए। तर शिक्षक सेवा आयोगले २०७९ मा फेरि अध्यापन अनुमतिपत्र दिन अस्वीकार गर्‍यो। उनको अनुमतिपत्र हाललाई वितरण नगरी राख्नू भनी शिक्षा सेवा आयोगले निर्णय गरेपछि उनी पुन सर्वोच्च अदालत आए। उनले आफू नेपालको संविधान अनुसार नेपाली नागरिकको सन्तान भएकोले वंशजको आधारमा नेपाली नागरिकता प्राप्त गर्न स्वत: योग्य भएको र नेपाली नागरिकले पाउनुपर्ने सबै सेवा र सुविधा पाउनुपर्ने दाबी रिटमा गरे। 

उनी जस्तै यसअघि जितेन्द्रकुमार कुशवाहाको मुद्दामा पनि सर्वोच्चले अन्तरिम आदेश जारी गरेको थियो। उक्त आदेशलाई साथै राख्दै उनले पनि सर्वोच्चमा दाबी गरे।

२०७९ फागुन ९ गते सर्वोच्चले मुकेशलाई कुनै पनि परीक्षा र जन्मदर्ताको माध्यमबाट शिक्षक पदमा आवेदन गर्न नरोक्नू भनी अन्तरिम आदेश जारी गर्‍यो। उक्त आदेशपछि उनले शिक्षक सेवा आयोगबाट अनुमति पाएका थिए। तर शिक्षक सेवा आयोगले मुद्दाको अन्तिम किनारा हुँदा लिखित जवाफमा गैरनेपाली नागरिकले दाबी गरेका कारण शिक्षक अनुमतिपत्र रोकिएको दाबी गरेको थियो।

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

सर्वोच्चले यही लिखित जवाफलाई आधार मानेर सरकारी निकाय र मातहतका कर्मचारीलाई यस्तो टिप्पणी नगर्न ध्यानाकर्षण गराएको हो।

प्रकाशित मिति: मंगलबार, मंसिर १९, २०८०  २०:२१

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
जनकपुरविरुद्ध कर्णाली याक्स १९ रनले विजयी
पावर प्लेमा जनकपुरको दुई विकेट गुम्यो, ३२ रन मात्रै
अब सहकारीका मुद्दा धेरै भएका जिल्ला अदालतमा डेडिकेटेड बेञ्च
सम्बन्धित सामग्री
लुम्बिनी विकास कोषको नियुक्ति विवादमा सरकारको आलोचना, प्रश्न उठाउनेलाई तर्साएको प्रदीप पौडेलको आरोप पौडेलले सामाजिक सञ्जालमार्फत सरकारको यस्तो रवैयाको समर्थन गर्न नसकिने बताएका हुन् । उनले पक्राउ गरिएका नागरिकलाई पछि छाडिएको घटनाप्र... मंगलबार, कात्तिक १०, २०८३
कोशी प्रदेश लोकसेवा आयोगका अध्यक्ष गुरागाईंले किन दिए राजीनामा? उनले कात्तिक १६ गतेदेखि लागू हुने गरी प्रदेश प्रमुख परशुराम खापुङसमक्ष राजीनामा बुझाएका छन्। उनको राजीनामा स्वीकृत भइरहेको प्रदेश प्... मंगलबार, कात्तिक १०, २०८३
ओलीको व्यङ्ग्य : ‘नक्कली भगवान् जन्मिएर हैरान छ’ मंगलबार काठमाडौंमा मदन भण्डारी स्मृति प्रतिष्ठान नेपालको स्मारिका लोकार्पण कार्यक्रममा सम्बोधन गर्दै ओलीले देवताहरूको जन्मसम्बन्धी प... मंगलबार, कात्तिक १०, २०८३
ताजा समाचारसबै
जनकपुरविरुद्ध कर्णाली याक्स १९ रनले विजयी मंगलबार, कात्तिक १०, २०८३
पावर प्लेमा जनकपुरको दुई विकेट गुम्यो, ३२ रन मात्रै मंगलबार, कात्तिक १०, २०८३
अब सहकारीका मुद्दा धेरै भएका जिल्ला अदालतमा डेडिकेटेड बेञ्च मंगलबार, कात्तिक १०, २०८३
एनपीएल ३ : जनकपुरविरुद्ध कर्णालीले दियो १३३ रनको लक्ष्य मंगलबार, कात्तिक १०, २०८३
लुम्बिनी विकास कोषको नियुक्ति विवादमा सरकारको आलोचना, प्रश्न उठाउनेलाई तर्साएको प्रदीप पौडेलको आरोप मंगलबार, कात्तिक १०, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
‘अर्णब चक्रवात’ कमजोर हुँदै नेपालतर्फ, नेपालमा जोखिम मंगलबार, कात्तिक १०, २०८३
रवि लामिछानेको तीर्थयात्राः प्रस्थानमा हल्लाखल्ला, फर्कंदा ‘गुपचुप’ मंगलबार, कात्तिक १०, २०८३
अब सहकारीका मुद्दा धेरै भएका जिल्ला अदालतमा डेडिकेटेड बेञ्च मंगलबार, कात्तिक १०, २०८३
पशु, बाख्रा र गुदरी हाटबजारको राजस्व हिनामिना गरेपछि... मंगलबार, कात्तिक १०, २०८३
कोशी प्रदेश लोकसेवा आयोगका अध्यक्ष गुरागाईंले किन दिए राजीनामा? मंगलबार, कात्तिक १०, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
लुम्बिनी लायन्सलाई अझ बलियो बनाउँदै नेपाली क्रिकेटमा योगदान दिन चाहन्छौँ : अध्यक्ष जिसी नेपाल लाइभ
दरबारको दशैं सधैं सम्झिरहन्छु : आनन्द कार्की [दशैं वार्ता] नेपाल लाइभ
दशैंमा स्वास्थ्यको ख्याल राखौं, सन्तुलित खाना खाउँ नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
यस कारण जरुरी छ दशैंमा शारीरिक व्यायाम डा राजेन्द्र कोजु
जटिल प्रसूति समस्यापछि गर्भवती महिलाको सेनाद्वारा हवाई उद्धार नेपाल लाइभ
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
सबै हेर्नुहोस
ब्लग
अहिलेको दशैं ‘इन्स्टान्ट नुडल्स’ जस्तो बिहीबार, कात्तिक ५, २०८३
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
गाडीमा यात्रा गर्दा किन आउँछ वाकवाकी? कसरी जोगिने मंगलबार, कात्तिक ३, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
हजारौँ निजामती कर्मचारी हटाउन निजामती सेवा अध्यादेश जारी गर्दै सरकार सोमबार, कात्तिक ९, २०८३
सुवास नेम्वाङको दशैं सम्झना- गोरेबहादुरको हप्की हरेक वर्ष याद आउँछ बिहीबार, कात्तिक ५, २०८३
दशैं गीत :  २५ वर्षमा तीन पटक रेकर्ड भएको 'नमुछे आमा दहीमा टीका' बुधबार, कात्तिक ४, २०८३
अहिलेको दशैं ‘इन्स्टान्ट नुडल्स’ जस्तो बिहीबार, कात्तिक ५, २०८३
किम चीन पुगेपछि दक्षिण कोरियाको आरोप- अमेरिकाविरुद्ध संयुक्त मोर्चाबन्दीको प्रयास शनिबार, कात्तिक ७, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्