• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, असोज २८, २०८३ Wed, Oct 14, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
विचार

‘लभ बम्बिङ’ र लैङ्गिक हिंसाको पुनःपरिभाषा

निमा काफ्ले आइतबार, मंसिर १७, २०८०  २०:०२
1140x725

लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानका सन्दर्भमा हरेक दिन केही नयाँ सन्दर्भ र कोणबाट बहस भइरहेको छ। यतिबेला सिङ्गै विश्वले हिंसा विरुद्धको दिवस मनाइरहँदा नेपाली समाजमा हामी महिला हिंसा विरुद्धको दिवसका रुपमा पनि समाजलाई सचेत बनाएर यथार्थपरक ढङ्गले हिंसाविरुद्ध लड्न तयार पार्न सकिरहेका छैनौं। 

स्वभाविक रुपमा हाम्रो समाजले पितृ सत्तात्मक प्रकृतिको विशेषता छोड्न नसकेको हरेक घटना सन्दर्भ र परिवेशहरुमा देख्न र भोग्न परिरहेको छ। महिला विरुद्धको हिंसामा पनि पीडितको पक्षमा खुलेर बोल्न नसक्ने हाम्रो जस्तो सामाजिक परिवेशहरुमा हिंसा कसरी गुम्सिरहेको छ र कसरी विभिन्न स्वरुपमा विष्फोटन भइरहेको छ भन्ने थुप्रै दृष्टान्तहरुले लैङ्गिक हिंसाको परिभाषा र निराकरणलाई नै नयाँ ढङ्गले परिभाषित गर्नुपर्ने अनुभूत गराएको छ। 

केही समयअघि एक जना साथीले अन्तरङ्ग सम्बन्धमा भोगेको अनुभवहरु बाँड्दै बेग्लै पीडा र बेदना सुनाउनुभयो। प्रेम, विश्वास र सम्बन्धमा व्यक्त भावहरुलाई स्वभाविक रुपमा लिने कि हिंसाको रुपमा लिएर निर्णय गर्ने भन्ने द्विविधाले सिर्जना गरेको उनको अन्तरमनको द्वन्द्वले आफूमा समेत सिर्जना भएको मनोवैज्ञानिक दबाब पनि नयाँ ढङ्गले यो सन्दर्भलाई हेर्ने एउटा प्रेरणा बन्ने अनुभूति गरेको छ।

हामीले हाम्रा निकटस्थहरुका भावना र गतिविधिहरुलाई कसरी हेर्ने? हिंसाको परिभाषाभन्दा पहिले यसमा स्पष्ट हुन जरुरी छ। हामीले स्वीकार गरिरहेका भावना वा गतिविधिहरु कसरी स्वभाविकबाट हिंसामा परिणत हुन्छन् भन्ने कुरा हामीले लिएको शिक्षा, हामीमा विकास भइरहेका चेतना, हाम्रो सामाजिक परिवेश, हाम्रो साथीसङ्गत  तथा प्रविधि र विकासको गतिले निर्धारण गर्छ।  

लैङ्गिक हिंसाको व्याख्या गर्नेहरु, विभिन्न विषयमा आफूलाई ज्ञाता वा जानकार ठान्नेहरु र विज्ञहरुकै जीवनमा देखिएका र भोगिएका सन्दर्भहरुलाई पनि हिंसाको कोणबाट हेर्दा केही प्रभावहरु देखिन्छन्। सामाजिक रुपमा त्यस्ता घटनालाई हेर्दा पितृ सत्तात्मक सोचबाट निर्देशित भएको भन्न सकिन्छ।

सँगै काम गरिरहेका सहकर्मीमा पनि महिला साथी आफू सरह हुञ्जेल ठिकै हुने तर आफूभन्दा माथि जाने सम्भावना भए लगत्तै अनेक इर्श्याभाव र आरोपहरु आउने देखिन्छ। यो एक प्रकारको हिंसाको स्वरुप हो। अर्को खतरनाक हिंसाको अवस्था अन्तरङ्ग सम्बन्धमा देखिन्छ। यो विशेषगरी पद, प्रतिष्ठा, पहिचान र पुँजीसँग जोडिएर देखिने गरेको छ। 

प्रेममा पनि हिंसाको विभिन्न अवस्थाहरु देखिने गरेका पाइन्छन्। यी खालका हिंसाहरु पुरुष वा महिलाले एउटा निश्चित अवस्थासम्म स्वभाविक मानेर स्वीकार गर्ने, त्यसपछि एउटा हदसम्म हिंसाको रुपमा अनुभूत गरेर उकुसमुकुस अनुभव गर्ने र त्यो हद नाघेपछि सामाजिक रुपमै विष्फोट हुने गरेको देखिन्छ। यसलाई ‘लभ बम्बिङ’को रुपमा पनि हेर्न सकिन्छ।

यस्ता घटना र सन्दर्भहरु धेरै आँटिलो मानिएकाहरुले पनि व्यक्त गर्न वा उपचारको पहलतर्फ सोच्न पनि नसकेको यथार्थ देखिन्छ। लभ बम्बिङ परिस्थिति र परिवेशअनुसार हिंसात्मक हुँदै समाजिक र भौतिक रुपमै दुर्घटनाका रुपमा समेत पुग्ने गरेको पाइन्छ। दृश्यमा देख्दा अन्तिम परिणाम आइसकेपछि हिंसा देखिए पनि यो प्रकृतिको हिंसाको विजारोपण सुषुप्त रुपमा, नजानिँदो ढङ्गले हुने गर्छ। यसलाई हाम्रो व्याख्या विश्लेषण र परिभाषाको परिधिले भेटिरहेको छैन।

Ncell 2
Ncell 2
nimb
nimb

यस्ता प्रकृतिका घटना र सन्दर्भहरु केहीलाई त पक्कै पनि यहाँहरुले अनुभव गर्नुभएकै होला। तर यसको आकार देखिएभन्दा र स्वभाविकभन्दा बढी छ। प्रविधिको विकास, सामाजिक परिवेशहरु, सम्बन्धहरुमा अपेक्षा गरिने इमान्दारिता र प्राप्त हुने यथार्थता, त्यसप्रतिको बुझाइमा हुने असमानताले यसलाई बढाइरहेको छ। यो अवस्था गुनासो गर्न पनि नसकिने र त्यसको कतिपय उपाय र उपचार पनि नपाइने खालका अवस्था, आफैँलाई यो हिंसा हो कि स्वभाविक व्यवहार हो भन्ने अन्तर्मनमा सिर्जना हुने अन्योलले गर्दा समाजमा लैङ्गिक हिंसाको आकार बढाइरहेको छ। पुरुष पनि यस्ता खालका हिंसामा परिरहेका हुन सक्छन्। महिलाहरु त पर्ने गरेका धेरै नै उदाहरणहरु देखिएका छन्।  

आफ्नो एउटा अवस्थामा त्यही भावना वा गतिविधि स्वभाविक लाग्ने र आफ्नो चेतना वा ज्ञान र विकासको अभिवृद्धिसँगै त्यही भावना वा व्यवहारलाई पनि हिंसाको परिभाषा हुने गरेको आरोप लाग्ने गरेको छ। यसलाई फेमिनिज्मले जन्माएको विकृतिको रुपमा लाञ्छनाहरु लाग्ने गरेका छन्। हामीलाई जेण्डर एक्टिभिज्म आवश्यक हो कि फेमिनिज्म? हाम्रो न्यायले खोजेको समानता वा हिंसामुक्त परिवेशले एउटा पक्षलाई मात्रै हेर्छ कि समतलीय र सन्तुलित ढङ्गबाट हेर्छ भन्ने बहस पनि उठेको छ र उठ्नु पर्छ पनि। 

विज्ञान र प्रविधिको विकासले पुरुष वा महिलाको आवश्यकता र उपलब्धताको नै विकल्पको समेत परिकल्पना गरिसकेको आजको विश्वमा महिला वा पुरुषले आफ्नै कोणको बुझाइ र व्याख्याअनुसार हिंसाको व्याख्या गर्ने र त्यसको उपचारको वकालत गर्नु आफैंमा अधुरो र अपुरो हुन्छ।

काठमाडौंमा व्याख्या गरिने हिंसाको प्रकृति कञ्चनपुर वा फिदिमको समाजले उस्तै ढङ्गले अनुभूति गरिरहेको नहुन सक्छ। आयातित परिभाषालाई लिएर वकालत गर्नुभन्दा अवस्था र परिवेशअनुसार हिंसाको अनुभूति र उपचारको चेतना निर्माण गर्नमा हाम्रा पहल हुनुपर्छ भन्ने मेरो निष्कर्ष हो। 

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

महिला अधिकार अभियन्ता क्लारा जेट्किन, क्रान्तिकारी कम्युनिष्ट योद्धा रोजा लक्जम्वर्ग, अधिकारकर्मी मिरावल दिदीबहिनीहरुले उठान गरेको महिला अधिकारको विषय र यसले वकालत गरेको नागरिक तथा राजनीतिक कोण एवं सामाजिक विश्लेषण आज पनि त्यही अवस्थामा मात्रै वकालत भइरहेको छ। सामयिकताका आधारमा गर्नुपर्ने बहसमा हामी प्रवेश नै गर्न सकेका छैनौं। मिरावल दिदीबहिनीकै घटना र त्यही परिवेशमा मात्रै अल्झिरहेको महिला हिंसा विरुद्धको दिवसलाई आम रुपमा लैङ्गिक हिंसा विरुद्धको अभियानको रुपमा लैजान पर्ने आवश्यकता तर्फ समेत बहस गर्नुपर्ने आवश्यकता छ।

अर्कोतर्फ बायोलोजिकल र साइकोसोसियल कोणबाट महिलाको अधिकारलाई व्याख्या गर्ने गरी १५० वर्ष अगाडि सिमन द वेवियरले लेखेको द सेकेण्ड सेक्स पुस्तकले चित्रित गरेको महिला चेतना र उनले स्थापित गरेको लैङ्गिक व्यवहारको उदाहरणलाई पनि आजको समाजले अक्सेप्ट गर्न त परै जाओस् अपडेट समेत गर्न सकेको छैन। 

हाम्रा अभियान्ताहरुले व्यानर राखेर प्रस्तुत गर्ने कार्यपत्रहरु र दिवस मनाउनाले न उपयुक्त अवधारणालाई अध्यावधिक गर्न सकेको छ न हाम्रो धरातलीय यथार्थता अनुसारको नयाँ बाटो नै निर्माण गरेको छ। सेन्ट्रिक अफ अट्रयाक्सनको होडबाजीले मात्रै नेतृत्व पङ्क्तिमा उभिएकाहरुबाट यस्ता अभियानहरुले गति पाउन सक्दैनन्।

कृत्रिम वौद्धिकता (एआई) मा रुपान्तरित हुँदै गरेको युवा पुस्तालाई यतिबेला अधिकारका कुरा बोलेर मात्रै मनाउन सकिँदैन। उनीहरुले चाहँदा हामीले पढाउने गरेको अभियन्ताको इतिहास र योगदानको चर्चा क्षणभरमै ‘गुगल सर्च’ गरेर हाम्रोभन्दा राम्रोसँग व्याख्या गर्न सक्छन्। 
हामीलाई यतिबेलाको आवश्यकता र भू-धरातलीय यथार्थ अनुसारका समस्या पहिचान र समाधानको निर्माण हो। जुन उनीहरुले पनि सहजै प्राप्त गर्न सकिरहेका छैनन् र उनीहरु आफैँ पनि समस्या भिन्न ढङ्गले भोगिरहेका छन्। फेमिनिष्ट र फेमिनिज्मको भाष्यलाई त्यही पुरानै कोणबाटभन्दा पनि समय अनुकूल परिस्कृत गर्न जरुरी छ।

-राससबाट

प्रकाशित मिति: आइतबार, मंसिर १७, २०८०  २०:०२

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
लेखकबाट थप
भोटेकोशी बाढी अपडेट : १ हजार ४ सय ५८ जनाको शव फेला
‘म आरक्षणको विरोधी हो, योग्यताका आधारमा सिफारिस भएकी हुँ’: मञ्चलाकुमारी झा
सुनको मूल्यमा लगातार गिरावट, तोलाको कति ?
सम्बन्धित सामग्री
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस दशैंको महान पर्वलाई असत्यमाथि सत्यको विजय, अन्यायमाथि न्यायको विजय र अन्धकारमाथि उज्यालोको विजयपर्वका रुपमा स्वीकारिन्छ। तर यो पर्वक... मंगलबार, असोज २७, २०८३
परिवारभित्रको पर्व जितिया देशभर अहिले दशैं, तिहार र छठलगायतका पर्वको मौसम सुरु हुन लागेको छ। यही पर्वको शृंखलामा मैथिली र थारू समुदायका महिलाले मनाउने जितिया... आइतबार, असोज १८, २०८३
अमेरिकी सैन्य फिर्तीको इराक आयाम विश्वव्यापी तेल व्यापार अनिवार्य रूपमा अमेरिकी डलरमै हुनुपर्ने कडा बाध्यतालाई निरन्तरता दिएर आफ्नो ग्लोबल आर्थिक नियन्त्रणलाई बलियो... शुक्रबार, असोज १६, २०८३
ताजा समाचारसबै
भोटेकोशी बाढी अपडेट : १ हजार ४ सय ५८ जनाको शव फेला बुधबार, असोज २८, २०८३
‘म आरक्षणको विरोधी हो, योग्यताका आधारमा सिफारिस भएकी हुँ’: मञ्चलाकुमारी झा बुधबार, असोज २८, २०८३
सुनको मूल्यमा लगातार गिरावट, तोलाको कति ? बुधबार, असोज २८, २०८३
हटियामा राष्ट्रिय प्रसारण पुग्यो, किमाथांकामा पनि यसै वर्ष पुग्ने बुधबार, असोज २८, २०८३
आदिवासी जनजाति सहमहामन्त्रीमा बहादुरसिंह लामा तामाङ विजयी, पाए ३२४५ मत बुधबार, असोज २८, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
खगेन्द्र सुनारलाई प्रहरीले पक्राउ गर्छ ? मंगलबार, असोज २७, २०८३
कांग्रेसको निर्वाचित महिला खुला सदस्य विरुद्ध अदालतमा मुद्धा परेपछि... मंगलबार, असोज २७, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
राष्ट्रपतिबाट दुई अध्यादेश जारी मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
खगेन्द्र सुनारलाई प्रहरीले पक्राउ गर्छ ? मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्