• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, असोज ५, २०८३ Mon, Sep 21, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

सांसदहरूले बनाएको ‘उपधारा ५’ को सरकारलाई दलले समर्थन फिर्ता गर्न सक्छ?

64x64
किशोर दहाल बुधबार, कात्तिक २२, २०८०  १८:२८
1140x725
कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्की (फाइल तस्बिर)

काठमाडौं– गत शनिबार कोशी प्रदेश सरकारबाट बाहिरिएको नेकपा एमालेले प्रतिपक्षमा बस्ने निर्णय गरेको छ। सोमबार बिहान बसेको सो पार्टीको संसदीय दलको बैठकले प्रमुख प्रतिपक्षमा रहने निर्णय लिएको हो। एमालेका प्रमुख सचेतक रेवती भण्डारीका अनुसार, एमालेले सरकारलाई दिएको विश्वासको मतको समर्थन भने तत्काल फिर्ता नलिने निर्णय गरेको छ।

नेपाल लाइभसँग कुरा गर्दै उनले सरकार बनाउँदाको समर्थन फिर्ता भइसकेको, तर दिइएको विश्वासको मतको समर्थन भने हाललाई फिर्ता नलिने निर्णय भएको छ। ‘पछि निर्णय हुँदै जाला, हाल सरकारलाई दिएको समर्थन फिर्ता नलिने निर्णय गर्‍यौँ,’ बैठकपछि पत्रकारहरूसँग भण्डारीले भनेका थिए, ‘सरकारबाट चाहिँ हामी फिर्ता भयौँ।’

भण्डारीका शब्द केलाउँदा बुझ्न सकिन्छ- ‘एमालेले सरकारलाई दिएको समर्थन’ कुनै पनि बेला फिर्ता लिन सक्छ। तर सँगसँगै प्रश्न पनि उठ्छ- के सांसदहरूले व्यक्तिगत पहलकदमीमा गठन गरेको सरकारलाई दल विशेषले समर्थन फिर्ताको निर्णय लिन सक्छ? त्यसरी समर्थन फिर्ता लिइयो भने मुख्यमन्त्रीले पुनः विश्वासको मत लिनुपर्छ? कुन अवस्थामा उपधारा (५) अनुसार गठित सरकारको नेतृत्वकर्ता (मुख्यमन्त्री/प्रधानमन्त्री)ले पुनः विश्वासको मत लिनुपर्छ?

दलको समर्थन!
मुख्यमन्त्रीको हकमा, सरकार गठनको अन्तिम संवैधानिक विकल्प [धारा १६८ को उपधारा (५)] मा भनिएको छ-  ‘…उपधारा (२) बमोजिमको कुनै सदस्यले प्रदेश सभामा विश्वासको मत प्राप्त गर्न सक्ने अवस्था भएमा प्रदेश प्रमुखले त्यस्तो सदस्यलाई मुख्यमन्त्री नियुक्त गर्नेछ।’ उपधारा (२) मा चाहिँ, दुई वा दुईभन्दा बढी दलहरूको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रदेश सभा सदस्यलाई मुख्यमन्त्री नियुक्त गर्न सकिने व्यवस्था छ। यस्तै संवैधानिक व्यवस्था प्रधानमन्त्रीको हकमा [धारा ७६] पनि छ।

तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले दुई पटक प्रतिनिधि सभा विघटन गरेका बेलामा उल्लेखित उपधारामाथि निकै बहस भएको थियो। २०७८ असार २८ को सर्वोच्च अदालतको फैसला र त्यसपछिका अभ्यासले पनि ‘उपधारा (५)’ को विकल्प प्रयोग भएको अवस्थामा सांसदहरूले व्यक्तिगत पहलकदमीमा सरकार गठन गर्न सक्ने स्थापित भइसकेको छ।

संविधानको धारा १६८ को उपधारा (५) अनुसार कोशी प्रदेशमा केदार कार्कीको नेतृत्वको सरकार गठन हुँदा एमालेका ३९ र कांग्रेसका ८ सांसदले हस्ताक्षरयुक्त समर्थन गरेका थिए। संविधानको त्यस्तै विकल्प [धारा ७६ को उपधारा (५)] अनुसार २०७८ मा शेरबहादुर देउवा प्रधानमन्त्री बनेका थिए। उनलाई कांग्रेसका ६१, माओवादी केन्द्रका ४८, नेकपा एमाले (माधव नेपाल पक्ष) का २६, जसपा (डा बाबुराम भट्टराई र उपेन्द्र यादव पक्ष) का १२, राजमोका १ जना र स्वतन्त्र सांसद् १ जनाले हस्ताक्षरयुक्त समर्थन गरेका थिए।

संविधानविद् डा विपिन अधिकारी उपधारा (५) अनुसार सरकार गठन हुने बेला सांसदहरूले दिने समर्थनलाई पनि दलगत समर्थनकै रुपमा बुझ्नुपर्ने बताउँछन्। सो उपधारा अनुसार प्रदेश सभाका जोसुकै सदस्य पनि मुख्यमन्त्री बन्न सक्ने भएता पनि पार्टीगत सामर्थ्यमा मात्रै बन्न सक्ने उनी बताउँछन्। ‘पार्टी प्रणालीको विकल्पमा, व्यक्तिगत रुपमा कसको समर्थन छ, कसको समर्थन छैन भन्ने आधारमा हुँदैन,’ उनले भने।

अर्का संविधानविद् भीमार्जुन आचार्यले पनि उपधारा (५) मा उपधारा (२) जोडिएको तर्क गरे। ‘त्यसैले मुख्यमन्त्री वा प्रधानमन्त्रीमा दाबीचाहिँ व्यक्तिको रुपमा सांसदले गर्छ’, उनले भने, ‘उसलाई समर्थनचाहिँ दुई वा दुईभन्दा बढी दलले गर्ने हो।’

Ncell 2
Ncell 2
nimb
nimb

दलले समर्थन फिर्ता लिन सक्छ?
उपधारा (५) [धारा ७६ र धारा १६८ का] अनुसार संघीय सरकार र प्रदेश सरकार गठन भइसकेका छन्। तर, त्यसरी गठन भएका सरकारलाई दिइएको समर्थन फिर्ता लिने विषय भने अभ्यास भइसकेको छैन।

तत्कालीन ५ दलको गठबन्धनबाट शेरबहादुर देउवा प्रधानमन्त्री बनेका थिए। तर, केही समयपछि राष्ट्रिय जनमोर्चाले गठबन्धनबाट बाहिरिने निर्णय लियो। तर समर्थन फिर्ता लिएन। पछि सो दलले सरकारलाई समर्थन कायमै रहेको भन्दै गठबन्धनमै जोडिएको थियो। राजमो केही समयलाई गठबन्धनबाट बाहिरिए पनि सरकारलाई समर्थन भने कायमै राखेको थियो।

अहिले कोशीमा मुख्यमन्त्री कार्कीले ३० दिनभित्र अनिवार्य लिनुपर्ने विश्वासको मत लिइसकेका छन्। कुनै बाध्यात्मक परिस्थिति आए उनले पुनः विश्वासको मत लिनुपर्ने छैन। तर कुनै पनि बेला एमालेले समर्थन फिर्ता लिएर कार्कीलाई पुनः विश्वासको मत लिन बाध्य पार्न सक्छ? वा जुन दलले औपचारिक रुपमा दलको समर्थन नै दिएको होइन, उसले समर्थन फिर्ता लिन सक्दैन? दलले समर्थन फिर्ता लिन सक्छ भने, कुन तर्कमा? सक्दैन भने, के कार्कीले अब विश्वासको मत लिनुपर्ने परिस्थिति कहिल्यै आउँदैन?

संविधानअनुसार बन्ने जुनसुकै संयुक्त सरकार पनि दलहरूको सामूहिक निर्णय भएको अधिकारी बताउँछन्। त्यसैले सरकारमा सहभागी कुनै दलले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि मुख्यमन्त्रीले विश्वासको मत लिनुपर्ने उनको भनाइ छ। ‘जुन सरकारको बहुमत छैन, ऊ सरकारमै बस्न सक्दैन। जसको बहुमत छ, उसले विश्वासको मत लिने कुरा आउँदैन’, उनले भने, ‘तर जतिबेला परिस्थिति शंकास्पद हुन्छ, त्यतिबेला विश्वासको मत लिनुपर्दछ। त्यो व्यवस्था संविधानमा छ। बहुमत बिना सरकार चलाउन सकिँदैन।’

‘संविधानमा विश्वासको मत लिने प्रावधानमा कुन किसिमको सरकार हो भन्ने कुराले असर गर्दैन’, अधिकारको भनाइ छ।

आचार्य भने आवश्यकताअनुसार उपधारा (५) अनुसारको सरकारलाई दलले समर्थन फिर्ता लिने र त्यो सरकारले कुन अवस्थामा पुनः विश्वासको मत लिनुपर्छ भन्ने विषयमा सर्वोच्च अदालतले व्याख्या गर्न सक्ने बताउँछन्। तर उनी पनि सरकारलाई समर्थन गरेको दलले समर्थन फिर्ता लियो भने अथवा मुख्यमन्त्री/प्रधानमन्त्रीले नेतृत्व गरेको पार्टी फुट्यो भने विश्वासको मत लिनुपर्ने धारणा राख्छन्।

मुख्यमन्त्रीलाई अन्य समयमा विश्वासको मत लिन बाध्य पार्न सक्ने अर्को धाराचाहिँ १८८ (४) हुनसक्छ। त्यहाँ भनिएको छ- ‘प्रदेश सभामा तत्काल कायम रहेका सम्पूर्ण सदस्यहरूमध्ये एक चौथाइ सदस्यले मुख्यमन्त्रीमाथि प्रदेश सभाको विश्वास छैन भनी लिखित रुपमा अविश्वासको प्रस्ताव पेस गर्न सक्ने छन्।’ यस्तो अविश्वासको प्रस्ताव भने मुख्यमन्त्री नियुक्त भएको पहिलो दुई वर्षसम्म र एकपटक राखेको प्रस्ताव असफल भएको एक वर्षभित्र पेस गर्न सकिने छैन। प्रधानमन्त्रीको हकमा पनि धारा १०० को उपधारा (४) मा यस किसिमको व्यवस्था छ।

प्रकाशित मिति: बुधबार, कात्तिक २२, २०८०  १८:२८

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
किशोर दहाल
दहाल नेपाल लाइभको राजनीतिक ब्युरो प्रमुख हुन्।
लेखकबाट थप
अनि गणेशमानले कांग्रेस परित्याग गरे...
संघदेखि प्रदेशसम्म 'साना दल'को नेतृत्वमा सरकार!
‘कांग्रेसका नेता’ पुष्पलालले किन गठन गरे कम्युनिस्ट पार्टी?
सम्बन्धित सामग्री
कांग्रेसको वडा अधिवेशन : ६३ जिल्लामा सकियो, बाँकीमा अन्तिम चरण कांग्रेस केन्द्रीय कार्यसमितिले सोमबार जारी गरेको विज्ञप्तिअनुसार असोज ५ गतेसम्म ६३ जिल्लाका वडा अधिवेशन सम्पन्न भएका हुन् । असोज ३... सोमबार, असोज ५, २०८३
अब जोखिम नभएसम्म पक्राउ परेकालाई हत्कडी नलगाउन सर्वोच्चको आदेश न्यायाधीश डा. नहकुल सुवेदी र शान्तिसिंह थापाको इजलासले पक्राउ परेका व्यक्ति भाग्ने जोखिममा रहेको, हिंसात्मक व्यवहार गरेको वा आफू तथा... सोमबार, असोज ५, २०८३
राष्ट्रिय सेवा दल विधेयक प्रतिनिधिसभाबाट पारित, के–के छन् व्यवस्था? विधेयकमा विद्यालयमा अध्ययनरत विद्यार्थीमा देशप्रेम, जनसेवा, राष्ट्रिय एकता, अनुशासन र नैतिकताको भावना विकास गर्ने उद्देश्य राखिएको छ... सोमबार, असोज ५, २०८३
ताजा समाचारसबै
कांग्रेसको वडा अधिवेशन : ६३ जिल्लामा सकियो, बाँकीमा अन्तिम चरण सोमबार, असोज ५, २०८३
यूएन महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल न्यूयोर्कमा सोमबार, असोज ५, २०८३
असोज ९–११ मा अति भारी वर्षाको जोखिम, राति यात्रा नगर्न प्राधिकरणको आग्रह सोमबार, असोज ५, २०८३
भोटेकोशी बाढीको क्षति मापन गर्न २५० भन्दा बढी कर्मचारी फिल्डमा सोमबार, असोज ५, २०८३
अब जोखिम नभएसम्म पक्राउ परेकालाई हत्कडी नलगाउन सर्वोच्चको आदेश सोमबार, असोज ५, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
राजनीतिक विश्लेषक भरत दाहाल पक्राउ आइतबार, असोज ४, २०८३
चक्कु प्रहारबाट एक युवकको मृत्यु, तीन जना पक्राउ आइतबार, असोज ४, २०८३
बालकृष्ण खाणसहित २३ जना क्षेत्रीय प्रतिनिधि निर्विरोध आइतबार, असोज ४, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
जलबायू न्यायका लागि नेपालले के गर्ने ? प्राध्यापक डा सूर्यप्रसाद सुवेदी
‘इजोत’को ज्योति प्रज्वलित गर्ने ॐको स्मृति धर्मेन्द्र विह्वल
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
प्रधानमन्त्रीसँग बैठक बसेलगत्तै सिंहदरबारबाट किन पक्राउ परे किस्माङ गाउँपालिका अध्यक्ष ? सोमबार, भदौ २९, २०८३
गौरीघाटमा बागमती नदीले सतर्कता तह पार गर्‍यो सोमबार, भदौ २९, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्