• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, जेठ ११, २०८३ Mon, May 25, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

कोशीमा पनि संघीय सरकारकै शैलीमा एमालेको बहिर्गमन

64x64
किशोर दहाल शनिबार, कात्तिक १८, २०८०  १९:४५
1140x725

काठमाडौं- आफैंले बलियो भरथेग दिएर गठन गरेको कोशी प्रदेश सरकारबाट एमाले बाहिरिएको छ। शनिबार बिहान एमालेका मन्त्री रामबहादुर मगरले मुख्यमन्त्री केदार कार्कीलाई राजीनामा बुझाएका हुन्। राजीनामा दिएका मगरले मुख्यमन्त्रीसँग पहिले नै आफूहरूको केही समझदारी भएको र त्यसमै असझदारी उत्पन्न भएपछि आफूले राजीनामा दिएको बताए।

'एमाले र कांग्रेसको सरकार बनाऔँ। अन्य दलका साथीहरूलाई समावेश गर्नुपर्ने भयो भने अलि पछि सल्लाह गरेर, अवस्था बनाएर गरौँला, अहिले हतारो नगरौँ भन्ने समझदारी थियो', मगरले भने, 'तर, उहाँलाई हतारो लाग्यो। हामीसँगको समझदारी मान्नुभएन। उहाँ (मुख्यमन्त्री)लाई उतै (गठबन्धन)बाट सजिलो पर्छ भने बाधक बन्नुहुँदैन भनेर राजीनामा दिएको हुँ।'

मगर गत असोज २८ गते विना विभागीय मन्त्री नियुक्त भएका थिए। मन्त्रालय नतोकिँदै मगरको बहिर्गमन भएको हो। उनले कोशी प्रदेशमा एमाले अब प्रतिपक्षीय भूमिकामा रहने बताए। यद्यपि, सरकारलाई दिएको समर्थन फिर्ता लिने वा थप ठोस धारणा बनाइनसकेको उनले बताए।

नाटकीय ढंगबाट कार्की मुख्यमन्त्री
गत असोज अन्तिम साता केदार कार्की नाटकीय ढंगबाट मुख्यमन्त्री नियुक्त भएका थिए। गठबन्धनले माओवादी केन्द्रका इन्द्र आङ्बोलाई मुख्यमन्त्री नियुक्त गर्ने निर्णय गरेको थियो। तर कार्कीले कांग्रेसका आफूबाहेक सात सांसदलाई एकीकृत राखेर एमालेको सहयोगमा मुख्यमन्त्रीमा दाबी पेश गरेका थिए। असोज २५ गते मुख्यमन्त्रीमा कार्की र आङ्बो गरी दुई सांसदको दाबी पेश भएको थियो।

दोहोरो दाबी पेश भएपछि प्रदेश प्रमुख पर्शुराम खापुङले कार्की र आङ्बोको पक्षमा हस्ताक्षर रहेका सांसदहरूको सनाखत गराउने निर्णय लिएका थिए। जसअनुसार, असोज २७ गतेको सनाखत प्रक्रियामा एमालेका ३९ र कांग्रेसका ८ सांसदले कार्कीको पक्षमा सनाखत गरिदिए। आङ्बो पक्ष उपस्थित भएन। यसरी कार्कीलाई मुख्यमन्त्री नियुक्त गर्न बाटो खुलेको थियो। यसरी प्रदेश सभाको दोस्रो ठूलो पार्टीका आठ सांसदले रणनीतिक जित हासिल गरेका थिए।

कार्कीलाई कांग्रेसका केन्द्रीय नेतृत्व शेखर कोइरालाको साथ थियो। कार्कीको नेतृत्वमा कोशीमा भएको 'विद्रोह'लाई कोइरालाकै विद्रोहको रुपमा अर्थ्याइएको थियो। आफू पक्षका सांसदलाई मुख्यमन्त्री बनाउने शेखरको स्वार्थ र गठबन्धन तोड्न सहायक हुने एमालेको आकलनले कोशीमा नयाँ समीकरण विकास भएको थियो।

तर असोज २७ गते कोशीमा सनाखत सुरु हुनुअघि नै काठमाडौंमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, कांग्रेस सभापति शेरबहादुर देउवा र नेता शेखर कोइरालाबीच समझदारी भएको थियो। भनिएको थियो, 'हामी वर्तमान सत्ता गठबन्धनकाप्रति दृढ र स्पष्ट छौँ, र यो गठबन्धनलाई कुनै पनि हालतमा कमजोर हुन दिने छैनौँ।'

त्यसपछि नै कोशीमा एमाले र कोइराला पक्षको गठबन्धनको निरन्तरतामाथि शंका उब्जिएको थियो। तर, असोज २८ गते पहिलो चरणमा भएको मन्त्रिपरिषद् विस्तारमा एमालेको तर्फबाट मगर पनि मन्त्री भए। त्यसपछि भने त्यहाँको मन्त्रिपरिषद् विस्तारमा अन्यौल थपिन थालेको थियो।

nimb
nimb
Ncell 2
Ncell 2

एमालेको सहयोगमा मुख्यमन्त्री बन्न सफल भए पनि कार्कीलाई गठबन्धनले अपनत्व लिएको थियो। त्यसैले विगतमा जे जस्तो भएता पनि उनलाई गठबन्धनकै मुख्यमन्त्री बनाउने र गठबन्धन दलकै तर्फबाट मन्त्रिपरिषद् गठन गर्ने तयारी सुरु भयो। गठबन्धन पक्ष एमालेलाई सरकारबाट बाहिर धकेल्न चाहन्थ्यो।

एमालेले भने एमाले र कांग्रेसको मात्रै सरकार गठन गरिनुपर्ने अडान राख्यो। अन्य दललाई भित्र्याउने हो भने एमाले सरकारबाट बाहिरिने चेतावनी पनि दियो। मुख्यमन्त्री कार्की दुई पक्षको चेपुवामा परे। उनी एमालेलाई पनि छाड्न सक्दैनथे, गठबन्धनलाई पनि छाड्न सक्दैनथे। विकल्पमा उनले सर्वदलीय सरकारको पक्षमा वकालत गरे। तर त्यो सम्भव हुन सकेन। बरु तत्काल मन्त्रिपरिषद् विस्तार गर्नुपर्ने दबाबमा पर्दै गए।

अन्ततः उनले हिजो शुक्रबार माओवादी केन्द्र र एकीकृत समाजवादीका एकएक जनालाई मन्त्री नियुक्त गरे। त्यसको भोलिपल्टै एमालेबाट मन्त्री भएका रामबहादुर राना मगरले राजीनामा दिएका हुन्। यसरी आफ्नै सहयोगमा गठन भएको सरकारबाट एमाले बाहिरियो। यससँगै कोशीमा विकास भएको एमाले र कांग्रेसको शेखर पक्षको सत्ता निकटता पनि तत्काललाई विच्छेद भएको छ।

संघीय सरकारको पुनरावृत्ति
कोशीमा जे भयो, त्यो नयाँ घटना होइन। एमालेको यस्तै शैलीको बहिर्गमन संघीय सरकारमै भइसकेको छ।

२०७९ पुस १० गते कांग्रेस नेतृत्वको गठबन्धनबाट को पहिले प्रधानमन्त्री बन्ने भन्ने असमझदारीका बीच सो गठबन्धन नै भत्किएको थियो। त्यही दिन माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेकपा एमाले लगायतका केही दलको साथ लिएर प्रधानमन्त्रीमा दाबी पेश गरेका थिए। उनी त्यसै दिन प्रधानमन्त्री नियुक्त भएका थिए।

प्रचण्ड नेतृत्वको सरकारमा एमालेको पनि सहभागिता थियो। तर, त्यसलाई भत्काउने प्रयत्नमा थियो, कांग्रेस। स्वयं प्रधानमन्त्री प्रचण्ड पनि कांग्रेससँगै सहयात्रा चाहन्थे।

प्रधानमन्त्री प्रचण्डले २०७९ पुस २६ गते प्रतिनिधि सभाबाट विश्वासको मत लिए। उनलाई अभूतपूर्वरुपमा विश्वासको मत जुट्यो। अन्य विषय स्वाभाविक हुनसक्थ्यो, तर प्रमुख प्रतिपक्षी भूमिकामा रहने ठानिएको कांग्रेसले पनि विश्वासको मत लिएर घटनाक्रमलाई अस्वाभाविक बनाइदियो। त्यसपछि बढेको प्रचण्ड र शेरबहादुर देउवाको निकटताले राष्ट्रपतिमा कांग्रेस उम्मेदवार रामचन्द्र पौडेललाई विजयी बनायो। निकटता अद्यापि कायमै छ।

कांग्रेसले पनि प्रचण्डलाई विश्वासको मत दिएपछि एमाले असन्तुष्ट बनेको थियो। एमाले अध्यक्ष ओलीले कांग्रेसको विश्वासको मतलाई ढोक्सा थापेको भन्दै कटाक्ष पनि गरेका थिए। परिस्थितिले कांग्रेसको ढोक्सामा ठूलाठूला माछा परेको देखिएको छ।

एमाले-माओवादी गठबन्धनमै असमझदारी बढ्दै गएपछि अन्ततः २०७९ फागुन १५ गते एमाले सरकारबाट बाहिरियो।

जसरी कांग्रेसले प्रचण्डलाई विश्वासको मत लिएर भरोसा दिएको थियो, कोशीमा पनि सुरुमा सत्ता गठबन्धनले मुख्यमन्त्री कार्कीलाई अपनत्व लिए र विश्वासको मत दिएर बलियो भरोसा दिए। प्रचण्डले पनि कांग्रेसका उम्मेदवारलाई राष्ट्रपति बनाएर पुरानै गठबन्धनप्रति प्रतिबद्धता जनाए, कोशीमा पनि मुख्यमन्त्री कार्कीले माओवादी केन्द्र र एकीकृत समाजवादीका सांसदलाई मन्त्री बनाएर उसै गरी गठबन्धनप्रति प्रतिबद्धता जनाए।

परिणाम, संघीय सरकारकै शैलीमा आफ्नै जोडबलमा गठन भएको कोशी सरकारबाट पनि एमालेको बहिर्गमन भयो।

प्रकाशित मिति: शनिबार, कात्तिक १८, २०८०  १९:४५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
किशोर दहाल
दहाल नेपाल लाइभको राजनीतिक ब्युरो प्रमुख हुन्।
लेखकबाट थप
अनि गणेशमानले कांग्रेस परित्याग गरे...
संघदेखि प्रदेशसम्म 'साना दल'को नेतृत्वमा सरकार!
‘कांग्रेसका नेता’ पुष्पलालले किन गठन गरे कम्युनिस्ट पार्टी?
सम्बन्धित सामग्री
दाइजो प्रथाविरुद्ध निरन्तर संघर्ष गर्ने उपसभामुख ठाकुरको प्रतिबद्धता सर्लाहीको चन्द्रनगर गाउँपालिकामा आयोजित बालविवाह तथा दाइजो प्रथा उन्मूलनसम्बन्धी कार्यक्रममा बोल्दै उनले समाजमा लैंगीक समानता कायम न... आइतबार, जेठ १०, २०८३
सुदूरपश्चिमको भेला संगठन सुदृढीकरणका लागि भएको रमेश लेखकको प्रष्टीकरण धनगढीमा आयोजित कार्यक्रममा सम्बोधन गर्दै उनले पार्टीभित्र सहकार्य र समन्वयको आवश्यकता औँल्याउँदै वर्तमान राजनीतिक परिस्थितिमा नेपाली... आइतबार, जेठ १०, २०८३
ऋषि धमला सहित विभिन्न क्षेत्रका व्यक्तिहरूको सहभागितामा ‘स्वतन्त्र नागरिक अभियान नेपाल’ घोषणा काठमाडौँमा आयोजित कार्यक्रममा अभियानको औपचारिक घोषणा गर्दै ३३ बुँदे प्रतिबद्धता पत्र सार्वजनिक गरिएको हो। आइतबार, जेठ १०, २०८३
ताजा समाचारसबै
मिलोसेभिकको पतनपछि सर्बियामा दोस्रो ठूलो प्रदर्शन आइतबार, जेठ १०, २०८३
दाइजो प्रथाविरुद्ध निरन्तर संघर्ष गर्ने उपसभामुख ठाकुरको प्रतिबद्धता आइतबार, जेठ १०, २०८३
सुदूरपश्चिमको भेला संगठन सुदृढीकरणका लागि भएको रमेश लेखकको प्रष्टीकरण आइतबार, जेठ १०, २०८३
ऋषि धमला सहित विभिन्न क्षेत्रका व्यक्तिहरूको सहभागितामा ‘स्वतन्त्र नागरिक अभियान नेपाल’ घोषणा आइतबार, जेठ १०, २०८३
कोशी प्रदेश सभा: नीति तथा कार्यक्रममाथि छलफल सुरु आइतबार, जेठ १०, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
राजीनामा माग्ने नेताहरूलाई ओलीको जवाफ– सम्झाउन नखोज्नुस्, छोड्दिनँ शनिबार, जेठ ९, २०८३
अमेरिकामा आप्रवासनमा थप कडाइ, ग्रिनकार्डका लागि स्वदेश फर्किनुपर्ने नियम लागु शनिबार, जेठ ९, २०८३
रास्वपा सभापति लामिछाने भारत भ्रमणमा जाँदै आइतबार, जेठ १०, २०८३
आयकर छुटको सीमा परिमार्जन गरी १२ लाखसम्म पुर्‍याउन अर्थ मन्त्रालयलाई सुझाव शनिबार, जेठ ९, २०८३
बारामा रास्वपाको बैठकमा लफडाः आफ्‌नै कार्यकर्ताबाट लखेटिए सांसद शनिबार, जेठ ९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
महासंघमा गुटको राजनीति र स्थगित अधिवेशन: एकता र आत्मसुधारको निर्णायक घडी विप्लव अधिकारी
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
प्रस्तावित प्रधानन्यायाधीश शर्माविरुद्ध ७ उजुरी आइतबार, जेठ ३, २०८३
राजीनामा माग्ने नेताहरूलाई ओलीको जवाफ– सम्झाउन नखोज्नुस्, छोड्दिनँ शनिबार, जेठ ९, २०८३
प्रधानमन्त्री संसद्‌मा नआएर मलाई कुनै दबाब छैन : सभापति लामिछाने बिहीबार, जेठ ७, २०८३
अमेरिकामा आप्रवासनमा थप कडाइ, ग्रिनकार्डका लागि स्वदेश फर्किनुपर्ने नियम लागु शनिबार, जेठ ९, २०८३
दुर्गा प्रसाईं थप तीन दिन हिरासतमै रहने मंगलबार, जेठ ५, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्