• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, असोज ५, २०८३ Mon, Sep 21, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति
टिप्पणी

२०७८ र २०८० : दलहरूलाई प्राप्त परिस्थितिजन्य प्रतिवाद

64x64
किशोर दहाल शनिबार, असोज २७, २०८०  १६:३३
1140x725

काठमाडौं- २०७८ वैशाख ३० गते तेस्रो पटक प्रधानमन्त्री नियुक्त भएका केपी शर्मा ओलीले जेठ ६ गते ‘विश्वासको मत प्राप्त हुने दह्रो राजनीतिक आधार’ देखेनन् र ‘वैकल्पिक सरकार गठनको लागि मार्ग प्रशस्त गर्न उपयुक्त’ ठाने। सोही अनुसार नयाँ सरकार गठनका लागि प्रक्रिया अगाडि बढ्यो।

जेठ ६ गते नै राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६ (५) अनुसार प्रधानमन्त्रीमा दाबी पेस गर्न २१ घण्टाको समय दिएर आह्वान गरिन्।

आह्वान अनुसार कांग्रेस सभापति शेरबहादुर देउवाले जेठ ७ गते १४९ सांसदको हस्ताक्षरसहित प्रधानमन्त्रीमा दाबी गर्न गए। यतिञ्जेल परिस्थिति सहज थियो, संविधानकै अपेक्षा अनुसार थियो। तर खेललाई झेल बनाउन ओलीले एमालेको तर्फबाट आफ्नो र तत्कालीन जसपाको तर्फबाट महन्थ ठाकुर र राजेन्द्र महतोको हस्ताक्षर बुझाएर प्रधानमन्त्रीमा दाबी गरे। राष्ट्रपतिले त्यसैलाई आधार बनाएर बदनियतपूर्वक दुवै दाबीकर्तालाई प्रधानमन्त्री नियुक्त गरिनन्। अन्ततः ओलीले मध्यरातमा प्रतिनिधि सभा नै विघटन गरिदिए। भण्डारीले मध्यरातमै अनुमोदन गरिदिइन्।

त्यतिबेला कांग्रेस र ऊ नेतृत्वको गठबन्धनको तर्क थियो- उपधारा ५ अनुसार प्रतिनिधि सभाका सदस्यले जोकसैको पक्षमा हस्ताक्षरयुक्त समर्थन दिन सक्छन्। यसमा दलको निर्णयभन्दा सांसदले बोध गर्ने दायित्व मुख्य हो। प्रतिनिधि सभालाई बीचमै विघटन हुन नदिनका लागि सांसदहरूले दलभन्दा माथि उठेर प्रधानमन्त्री खोज्न सकुन् भनेर जानीबुझिकन यो उपधारा राखिएको हो। यस्तो तर्कले कांग्रेस नेतृत्वको गठबन्धन र देउवालाई फाइदा पुग्थ्यो। त्यसैले यो पंक्ति यही तर्कमा अडिए।

अर्कोतिर, प्रतिनिधि सभा विघटन गराउने दोस्रो प्रयास गरेका ओली र उनी पक्षको एमाले पंक्तिले संसदीय व्यवस्थामा प्रतिनिधि सभाभित्र सांसदको भूमिका दलको निर्णयभन्दा पर हुन नसक्ने तर्क गरे। उनीहरूले दलीय निर्णय मान्न सांसद बाध्य हुने, ह्विप लाग्ने जस्तो तर्क गरे। सांसदलाई दलको निर्णयभन्दा बाहिर गएर स्वतन्त्र निर्णय लिन दिने हो भने अनुशासनहिनता बढ्ने र संसदीय पद्धति नै कमजोर बन्ने तर्क गरे। त्यति मात्र होइन, सर्वोच्च अदालतको २०७८ असार २८ को फैसलाले दलीय व्यवस्थामा सांसदहरूलाई निर्दलीय बनाएको उनीहरूको तर्क थियो।

प्रतिनिधि सभा विघटनविरुद्ध र देउवालाई प्रधानमन्त्री नियुक्त गर्न परमादेश माग्दै गठबन्धन पक्ष सर्वोच्च अदालत पुग्यो। देउवाका निम्ति हस्ताक्षर गरेका १४९ मध्ये १४६ सांसदले सर्वोच्चमा लाइन लागेर हस्ताक्षर सनाखत गर्दै रिट दायरसमेत गरे।

अन्ततः सर्वोच्चले २०७८ असार २८ को फैसलामार्फत् स्थापित गराइदियो- उपधारा ५ भनेको सांसदहरूले स्वतन्त्र छनोटका लागि विवेक प्रयोग गर्न सक्ने उपधारा हो। त्यसैले देउवाको दाबी उपयुक्त थियो। रिट निवेदनमा गरिएको माग अनुसार उनैलाई प्रधानमन्त्री नियुक्त गर्न परमादेश दिनु वाञ्छनीय छ।

परमादेशअनुसार असार २९ मै देउवा प्रधानमन्त्री बने।

Ncell 2
Ncell 2
nimb
nimb

त्यसपछि ओली र उनी पक्षका एमाले पंक्तिले उस्तै वाक्य दोहोर्‍याइरहे- सरकार बनाउने र भत्काउने अधिकार प्रतिनिधि सभाको हो, सर्वोच्चले हस्तक्षेप गर्‍यो। सर्वोच्चको कतिपय न्यायाधीशविरुद्ध त ओलीले सार्वजनिक रुपमा महिनौंसम्म कटाक्ष गरिरहे। अर्कोतिर, उनले देउवा नेतृत्वको सरकारलाई दैनिक जसो ‘परमादेशी सरकार’ भनिरहे। ‘परमादेशी सरकार’लाई उनले राजनीतिक भाषण कम, थेगो बढी बनाएका थिए।

परमादेशबाट प्रधानमन्त्री नियुक्त भए पनि देउवाले तीस दिनभित्र विश्वासको मत लिनुपर्थ्यो। त्यसका लागि एमालेभित्र असझदारी राखिरहेका माधव नेपाल र उनी पक्षका सांसदहरूको पनि साथ अनिवार्य जस्तै थियो।

आफ्ना सांसदले देउवालाई मत नदिउन् भनेर एमालेको साउन १ गते बसेको स्थायी कमिटीको बैठक (माधव नेपाल पक्ष अनुपस्थित)ले देउवालाई विश्वासको मत नदिने र मत नदिन प्रतिनिधि सभा सदस्यलाई निर्देशन दिने निर्णय गरेको थियो। तर साउन ३ गते देउवाले विश्वासको मत लिँदा एमालेका २२ सांसदले सघाए। त्यस दिन नेपाल पक्षका १४ र त्यसअघि ओली पक्षका भनिएर चिनिएका ८ सांसदले विश्वासको मत दिए। १० सांसदले मतदान बहिस्कार गरेका थिए। भीम रावलले सांसद पदबाटै राजीनामा घोषणा गरेका थिए। समग्रमा ३३ सांसदले एमालेको निर्णयको उल्लंघन गरेका थिए।

त्यसपछि ओलीले नयाँ भाष्य स्थापित गरे- प्रतिक्रियावादी (कांग्रेस)लाई सघाएको, पार्टीलाई कांग्रेसको पाउमा चढाएको, कांग्रेसलाई बुइँ बोकेको लगायत। जुन आजकाल पनि उनी दोहोर्‍याइरहन्छन्।

कोशीमा प्राप्त प्रतितर्क
प्रधानमन्त्री नियुक्तिको अघि र पछि २०७८ मा सिर्जना गरिएका कतिपय तर्क दुई वर्षपछि कोशीमा सम्बन्धित दलका निम्ति प्रतिवाद भनेर आएका छन्। त्यतिबेलाको तर्क, पक्षधरता र यतिबेलाको मौनता, तर्क वा पक्षधरताले ती दलप्रति सामाजिक सञ्जालमा कटाक्ष भइरहेको देख्न सकिन्छ। जसले उनीहरूप्रतिको सार्वजनिक दृष्टिकोणलाई बुझाउन सघाउँछ।

पहिलो प्रतिवाद हो- परमादेशी सरकारको सम्बन्धमा।

गत साउन १६ गते दोस्रो पटक मुख्यमन्त्री नियुक्त भएका उद्धव थापाले भदौ ४ गते विवादास्पद ढंगले विश्वासको मत लिए। उनले सभामुखको भूमिका निर्वाह गरेका इस्राइली मन्सुरीले समेत मत दिएका थिए। प्रदेश सभामा उनै मन्सुरीले थापाले विश्वासको मत पाएको घोषणा गरेका थिए। 

त्यसविरुद्ध एमालेको तर्फबाट सर्वोच्च अदालतमा रिट दर्ता भयो। जहाँ उत्प्रेषणको आदेशले विश्वासको मत बदर माग गरिएको थियो। त्यस्तै, एमालेका नेता हिक्मत कार्कीलाई मुख्यमन्त्री नियुक्ति गर्नु/गराउनु भनी परमादेशको आदेश पनि मागिएको थियो। अपेक्षाकृत फैसला आयो। सर्वोच्चले थापाले पाएको विश्वासको मतलाई असंवैधानिक ठहर गरिदियो। संविधानको धारा १६८ (३) अनुसारको सरकार गठनका लागि परमादेश पनि दियो। त्यो परमादेश कार्कीलाई मुख्यमन्त्री बनाउनका निम्ति नै थियो। परमादेश अनुसार कार्की भदौ २२ मा मुख्यमन्त्री नियुक्त भए।

उतिबेला ओलीले देउवा सरकारलाई परमादेश भनेर लाञ्छित गरेका थिए, दुई वर्षपछि एमालेकै नेता परमादेशबाट मुख्यमन्त्री बन्ने अवस्था आयो।

दोस्रो प्रतिवाद हो- कांग्रेसको बुइँ चढेको भन्ने सम्बन्धमा।

देउवालाई प्रधानमन्त्री बन्न सघाएको ओलीले माधवकुमार नेपाललाई राजनीतिक र गैरराजनीतिक भाषामा कुनै कटाक्ष बाँकी राखेका थिएनन्, छैनन्। जसको चर्चा माथि भइसक्यो। एमालेका अन्य नेताहरूले पनि जनताबाट सूर्यमा मत लिएर सदनमा रुखलाई मत दिएको भाष्य नै स्थापित गरे। जुन तर्क मिलिजुली सरकार गठनका सन्दर्भमा निकै कमजोर तर्क थियो। किनकि, एमाले स्वयंले विगतमा लोकेन्द्रबहादुर चन्द, गिरिजाप्रसाद कोइराला, शेरबहादुर देउवा, पुष्पकमल दाहाल प्रचण्ड, सुशील कोइराला जस्ता फरक पार्टीका नेतालाई प्रधानमन्त्री बनाउन सघाएको थियो।

यतिबेला कोशी प्रदेशमा एमाले स्वयंले कांग्रेस नेतालाई बुइँ बोकेका छन्। एमालेका ३९ सांसदले कांग्रेसका सांसद केदार कार्कीलाई हस्ताक्षरयुक्त समर्थन मात्रै दिएनन्, प्रदेश प्रमुख कार्यालयमा गएर सनाखत समेत गरिदिए। ओलीकै भाषामा भन्दा, प्रतिक्रियावादीको सरकार गठनका लागि एमालेका सांसदहरूले सघाए।

तेस्रो प्रतिवाद हो- उपधारा ५ र दलीय अनुशासन।

प्रधानमन्त्री नियुक्तिको सवालमा धारा ७६ (५) र मुख्यमन्त्री नियुक्तिको सवालमा १६८ (५) उस्तै व्यवस्था हो। देउवा धारा ७६ (५) अनुसार प्रधानमन्त्री बनेका थिए र कार्की धारा १६८ (५) अनुसार मुख्यमन्त्री बनेका छन्।

त्यतिबेला देउवा प्रधानमन्त्री नियुक्त हुनुअघि र भएपछि एमालेले दलीय अनुशासन र संसदीय पद्धतिप्रति माया दर्शाएको थियो। यतिबेला कांग्रेसलाई त्यस्तै माया पलाएको छ। कांग्रेसका प्रचार विभाग प्रमुखले त अहिलेको परिस्थितिलाई २०५१ सालसँग तुलना नै गरिसकेका छन्। यतिबेला कांग्रेसका कतिपय नेताहरू उतिबेला सर्वोच्चको फैसलाले आफूलाई पुगेको लाभ बिर्सिरहेका छन्।

प्रष्टै छ, त्यतिबेला एमालेको तर्क कमजोर थियो, यतिबेला कांग्रेसको।

प्रकाशित मिति: शनिबार, असोज २७, २०८०  १६:३३

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
किशोर दहाल
दहाल नेपाल लाइभको राजनीतिक ब्युरो प्रमुख हुन्।
लेखकबाट थप
अनि गणेशमानले कांग्रेस परित्याग गरे...
संघदेखि प्रदेशसम्म 'साना दल'को नेतृत्वमा सरकार!
‘कांग्रेसका नेता’ पुष्पलालले किन गठन गरे कम्युनिस्ट पार्टी?
सम्बन्धित सामग्री
अब जोखिम नभएसम्म पक्राउ परेकालाई हत्कडी नलगाउन सर्वोच्चको आदेश न्यायाधीश डा. नहकुल सुवेदी र शान्तिसिंह थापाको इजलासले पक्राउ परेका व्यक्ति भाग्ने जोखिममा रहेको, हिंसात्मक व्यवहार गरेको वा आफू तथा... सोमबार, असोज ५, २०८३
राष्ट्रिय सेवा दल विधेयक प्रतिनिधिसभाबाट पारित, के–के छन् व्यवस्था? विधेयकमा विद्यालयमा अध्ययनरत विद्यार्थीमा देशप्रेम, जनसेवा, राष्ट्रिय एकता, अनुशासन र नैतिकताको भावना विकास गर्ने उद्देश्य राखिएको छ... सोमबार, असोज ५, २०८३
चीनद्वारा बाढी प्रभावित बालबालिकाका लागि एक करोड १० लाख सहयोग नेपालका लागि चिनियाँ राजदूत चाङ माओमिङले सोमबार शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेललाई मन्त्रालयमा उक्त सहयोग रकमको चेक हस्तान्त... सोमबार, असोज ५, २०८३
ताजा समाचारसबै
यूएन महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल न्यूयोर्कमा सोमबार, असोज ५, २०८३
असोज ९–११ मा अति भारी वर्षाको जोखिम, राति यात्रा नगर्न प्राधिकरणको आग्रह सोमबार, असोज ५, २०८३
भोटेकोशी बाढीको क्षति मापन गर्न २५० भन्दा बढी कर्मचारी फिल्डमा सोमबार, असोज ५, २०८३
अब जोखिम नभएसम्म पक्राउ परेकालाई हत्कडी नलगाउन सर्वोच्चको आदेश सोमबार, असोज ५, २०८३
टेकुमा प्लास्टिक गोदाममा आगलागी सोमबार, असोज ५, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
राजनीतिक विश्लेषक भरत दाहाल पक्राउ आइतबार, असोज ४, २०८३
चक्कु प्रहारबाट एक युवकको मृत्यु, तीन जना पक्राउ आइतबार, असोज ४, २०८३
बालकृष्ण खाणसहित २३ जना क्षेत्रीय प्रतिनिधि निर्विरोध आइतबार, असोज ४, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
जलबायू न्यायका लागि नेपालले के गर्ने ? प्राध्यापक डा सूर्यप्रसाद सुवेदी
‘इजोत’को ज्योति प्रज्वलित गर्ने ॐको स्मृति धर्मेन्द्र विह्वल
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
प्रधानमन्त्रीसँग बैठक बसेलगत्तै सिंहदरबारबाट किन पक्राउ परे किस्माङ गाउँपालिका अध्यक्ष ? सोमबार, भदौ २९, २०८३
गौरीघाटमा बागमती नदीले सतर्कता तह पार गर्‍यो सोमबार, भदौ २९, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्