• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, फागुन ९, २०८२ Sat, Feb 21, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

लामो सम्बोधनको बचाउमा एमाले सांसद- अरु सांसदले अरु समयमा बोलेको र ओलीले दुई घण्टा बोलेको बराबर

64x64
नेपाल लाइभ आइतबार, असोज २१, २०८०  १५:४३
1140x725

काठमाडौं- नेकपा एमालेका सांसद ईश्वरबहादुर रिजालले अध्यक्ष केपी शर्मा ओलीले प्रतिनिधि सभामा गरेको लामो सम्बोधनको बचाउ गरेका छन्। आइतबारको प्रतिनिधि सभा बैठकमा बोल्दै रिजालले अन्य सांसदले अरु समयमा बोलेको र केपी ओलीले दुई घण्टा बोलेको बराबर भएको बताए।

‘सबै सांसद बोलिरहेको देख्छु। शून्य, विशेष वा अरुअरु समयमा बोलेको देख्छु। त्यो समयको हिसाब गर्ने हो भने केपी ओलीले दुई घण्टा बोलेको बराबर जस्तो हुन्छ’, उनले भने, ‘सदन भनेको प्रमुख प्रतिपक्षी दलको हो भनेर मानिन्छ। र एउटा नेताले बोल्दा 'बोल्न पाइँदैन', 'धेरै लामो समय बोलियो' भनेर नभनियोस् भन्ने माग गर्न चाहन्छु। अनुरोध गर्न चाहन्छु।’

रिजालले ओलीले लामो समय बोलेको विषय उठाएर लोकतान्त्रिक मूल्य मान्यताकोविरुद्धमा जान खोजेको हो कि भन्ने आभाष भएको बताए। ‘प्रमुख प्रतिपक्षी दलको नेताले बोलेको कुरालाई लिएर, बोल्न पाइँदैन अर्थात् लामो बोलियो, त्यसलाई सीमा बन्धन गर्ने, लामो समयका नाममा बोल्नै पाइँदैन जस्तो भनेर टिकाटिप्पणी हुने गरेको छ। यो लोकतन्त्रको मूल्यमान्यताभित्र यो पर्दैन’, उनले भने, ‘देशको प्रमुख प्रतिपक्षी दलको नेताले देश र जनताको बारेमा बोल्ने, विचार राख्ने र सरकारको ध्यानाकर्षण गराउने कुरा जरुरी हुन्छ।’

उनले सरकारले नै आफ्नो कामहरूबाट सांसदलाई बोल्ने ठाउँ नै नराखिदिनुपर्ने, नत्र सांसदहरूले बोल्नुपर्ने बताए। थपे, ‘सांसद र प्रमुख प्रतिपक्षी दलको नेता मात्रै होइन, जनता पनि सडकमा निस्केर बोल्छन्। अहिले बोल्नुपर्ने बेला भएको छ कि छैन?’

‘हिजो केपी शर्मा ओली प्रधानमन्त्री हुँदा शेरबहादुर देउवा प्रमुख प्रतिपक्षी दलको नेता हुनुहुन्थ्यो। उहाँ बोल्नुहुन्नथियो। अनि भनिन्थ्यो- शेरबहादुर देउवाले बोल्नुभएन। त्यतिखेरको सरकारले बोल्ने ठाउँ नै राखेको थिएन। र बोल्नुपर्ने जरुरी र आवश्यकता पर्दैनथ्यो’, रिजालले भने।

गत मंगलबार प्रतिनिधि सभाको बैठकमा ओलीले झन्डै दुई घण्टा भाषण गरेपछि लामो सम्बोधनका विषयमा वाद-प्रतिवाद हुँदै आएको छ। मंगलबार ओलीले बोलेपछि दुई जना सांसदले असीमित समयको सवालमा प्रश्न उठाएका थिए। राष्ट्रिय जनमोर्चाका अध्यक्ष तथा प्रतिनिधि सभा सदस्य चित्रबहादुर केसीले पूर्वप्रधानमन्त्रीले लामो समय लिएर बोल्न पाउने सुविधाप्रति प्रश्न उठाएका थिए।

‘मैले पहिले पनि उठाएको थिएँ। पूर्वप्रधानमन्त्रीहरूलाई, सभामुखहरूलाई जति मन लाग्छ, उति बोल्न दिन मिल्छ? अरु सबै यहाँ त्यही सुन्न मात्रै आएको हो? दुई घण्टा बोल्दा उहाँको नयाँ कुरा के नै आयो? त्यस कारण यसमा विचार गर्नुपर्छ’, उनले भनेका थिए।

केसीभन्दा अघि माओवादी केन्द्रका सांसद जनार्दन शर्माले पनि उस्तै सवाल उठाएका थिए। उनले सांसदहरूबीच समयमा विभेद हुन नहुने बताएका थिए। ‘सभामुख महोदय, यदि म सार्वभौम संसद्को सदस्य हो भने, आग्रह गर्न चाहन्छु, मलाई पनि धेरै कुरा बोल्नु छ। मैले पनि धेरै कुरा भन्नु छ। त्यसकारण मेरो माइक नकाटियोस् भन्ने आग्रह गर्न चाहन्छु’, उनले भने, ‘किनभने मैले पनि धेरै कुरा दिनु छ यहाँ। मैले पनि भन्न पाउनुपर्छ। म जस्ता धेरै माननीयज्यूहरूले भन्न पाउनुपर्छ भन्ने कुरा पनि सँगसँगै राख्न पाउँछु। यहाँ विभेद हुनुहुँदैन भन्ने कुरा पनि म राख्न चाहन्छु।’

Ncell 2
Ncell 2

गत बिहीबार माओवादी केन्द्रकी सांसद दुर्गा राईले पूर्वप्रधानमन्त्रीका रुपमा ओलीलाई प्राप्त असीमित समयको दुरुपयोग भएको बताएकी थिइन्। ‘अघिल्लो बैठकमा पूर्वप्रधानमन्त्रीज्यूले दुई घण्टा तीन मिनेट बोल्दा आफू सत्ताबाहिर बस्नुपर्दाको पीडा, आक्रोश, कुण्ठा पोख्नुबाहेक सारमा केही बोल्नुभएन। गठबन्धन सरकारलाई गाली मात्रै होइन, प्रधानमन्त्रीज्यूलाई व्यक्तिगत दुश्मनीको शैलीमा प्रस्तुत हुनु स्वाभाविक देखिएन। पटकपटक सम्झीसम्झी त्यही कुरा दोहोर्‍‍याइरहनुभयो। सिर्फ बोल्नका लागि बोल्नु मात्रै भयो। असीमित समयको दुरुपयोग मात्रै भयो’, राईले भनेकी थिइन्।

सदनलाई सार्वभौम र गरिमामय बनाउने हो भने पूर्वप्रधानमन्त्रीले बोल्दा पनि समय निर्धारण गर्न आवश्यक देखिएको उनको भनाइ थियो। त्यसका लागि उनले ध्यानाकर्षण पनि गराएकी थिइन्।

प्रतिनिधि सभामा लामो सम्बोधन गर्नेमा पर्छन्, ओली। २०७९ जेठ १२ मा उनले करिब तीन घण्टा बोलेका थिए। त्यतिबेला पनि माओवादी सांसद गजेन्द्र महतले कटाक्ष गरेका थिए। ओलीले बोलेको पर्सिपल्ट अर्थात् जेठ १४ गतेको प्रतिनिधि सभा बैठकमा उनले भनेका थिए, ‘गाली गर्नेलाई तीन घण्टा छ। कर्णालीको आवाज सुनाउनेलाई तीन मिनेट छ।’

संसद्‌मा पूर्वप्रधानमन्त्रीलाई समयको पाबन्दी हुँदैन। त्यसैले यो विशेष सुविधालाई लिएर बेलाबेलामा प्रश्न उठ्ने गरेको छ।

प्रतिनिधि सभा नियमावली, २०७९ बनाउँदा पनि यो विषयमा चर्चा भएको थियो। निश्चित समय तोक्नका लागि संशोधन प्रस्तावसमेत परेको थियो। राजनीतिक दलका एक–एक प्रतिनिधिलाई शून्य समय २ मिनेट र ढ्यापढ्याप वा विशेष समय ७ मिनेट दिने, कुनै प्रस्तावमाथि छलफलमा राजनीतिक दलका प्रतिनिधिहरुलाई १०-१० मिनेट र पूर्वप्रधानमन्त्रीहरुलाई १२ मिनेट दिने संशोधन प्रस्ताव परेको भए पनि त्यो व्यवस्था कायम भने भएन।

प्रकाशित मिति: आइतबार, असोज २१, २०८०  १५:४३

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
कंगोमा विनाशकारी मानवीय संकटको चेतावनी
रास्वपा धनगढीका संस्थापक सभापति विष्टद्वारा पार्टी परित्याग
नेपाल-पोर्चुगल द्विपक्षीय परामर्श संयन्त्रको बैठक लिस्बनमा सम्पन्न
सम्बन्धित सामग्री
नयाँ पार्टी आउँछन् जान्छन्, बहुमत ल्याउने कांग्रेसले हो : प्रकाशशरण महत उनले भने, ‘पुरानो यत्तिकै हुँदैन। काम गरेर चाहिँ पुरानो भइन्छ। टिकेर पुरानो भइन्छ। सुख, दुःख, अप्ठ्यारोमा पनि जनताको बिचमा अडिग भएर... शनिबार, फागुन ९, २०८२
रास्वपा धनगढीका संस्थापक सभापति विष्टद्वारा पार्टी परित्याग २०७९ को प्रतिनिधि सभा सदस्य निर्वाचनमा कैलाली–५ बाट प्रत्यक्ष उम्मेदवार समेत बनेका विष्टले पार्टी परित्याग गर्दै साधारण सदस्यबाट समे... शनिबार, फागुन ९, २०८२
सर्लाही ४ का मतदातासँग गगनले भने : सांसद खोज्दै अब धाउनु पर्दैन, म आफैं आउँछु सर्लाही निर्वाचन क्षेत्र नम्बर ४ अन्तर्गत पर्ने भगवतीपुर र सिमरामा घरदैलोका क्रममा मतदाताले उम्मेदवार निर्वाचनमा मत माग्न आउने र कहि... शनिबार, फागुन ९, २०८२
ताजा समाचारसबै
नयाँ पार्टी आउँछन् जान्छन्, बहुमत ल्याउने कांग्रेसले हो : प्रकाशशरण महत शनिबार, फागुन ९, २०८२
कंगोमा विनाशकारी मानवीय संकटको चेतावनी शनिबार, फागुन ९, २०८२
रास्वपा धनगढीका संस्थापक सभापति विष्टद्वारा पार्टी परित्याग शनिबार, फागुन ९, २०८२
नेपाल-पोर्चुगल द्विपक्षीय परामर्श संयन्त्रको बैठक लिस्बनमा सम्पन्न शनिबार, फागुन ९, २०८२
इरानमाथि आक्रमण गर्ने ट्रम्पको चेतावनी शनिबार, फागुन ९, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
एमालेको झण्डा जलाउने रास्वपाका कार्यकर्ता पक्राउ शुक्रबार, फागुन ८, २०८२
एमालेको झण्डा जलाउने रास्वपा कार्यकर्तालाई कारबाही नभए प्रतिवादमा उत्रिने भोलिन्टियर फोर्सको चेतावनी शुक्रबार, फागुन ८, २०८२
दुर्गा प्रसाईंलाई अदालत उपस्थित गराउन आदेश शुक्रबार, फागुन ८, २०८२
राष्ट्रिय स्वतन्त्र पार्टीको भैरहवा कार्यक्रम स्थगित शुक्रबार, फागुन ८, २०८२
सुनचाँदीको मुल्य कति पुग्यो ? शुक्रबार, फागुन ८, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
एमालेको झण्डा जलाउने रास्वपाका कार्यकर्ता पक्राउ शुक्रबार, फागुन ८, २०८२
विश्वकपमा आज तीन खेल हुँदै शनिबार, फागुन २, २०८२
एमालेको झण्डा जलाउने रास्वपा कार्यकर्तालाई कारबाही नभए प्रतिवादमा उत्रिने भोलिन्टियर फोर्सको चेतावनी शुक्रबार, फागुन ८, २०८२
चाप्लुसीवाद माैलाएको भन्दै संस्थापक सदस्य उर्मिला भुर्तेलले पनि त्यागिन् रास्वपा बुधबार, फागुन ६, २०८२
दुर्गा प्रसाईंलाई अदालत उपस्थित गराउन आदेश शुक्रबार, फागुन ८, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्