लिब्रेभिली – फिफा विश्वकप २०१८ अन्तर्गत अफ्रिका छनोटमा आइभरी कोस्ट र जाम्बिया विजयी भएका छन्।
समूह ‘सी’को खेलमा आइभरी कोस्टले गाबोनलाई ३–० ले पराजित ग¥यो। आइभरी कोस्टको जितमा सेडोउ डोउबियाले ७७औं र ८३औं मिनेटमा गरी दुई गोल गरे। त्यसअघि ५३औं मिनेटमा म्याक्स ग्रोडेलको गोलबाट आइभरी कोस्टले अग्रता लिएको थियो।
जितसँगै आइभरी कोस्टले ३ खेलबाट ७ अंक जोडेको छ। दोस्रो स्थानको मोरक्कोको ५, तेस्रो स्थानको गाबोनको २ र चौथो स्थानको मालीको १ अंक छ।
समूह ‘बी’ को खेलमा जाम्बियाले अल्जेरियालाई ३–१ ले हरायो। जाम्बियाका लागि ब्रेन एमविलाले छैटौं र ३२औं तथा नक एमविपुले ८८औं मिनेटमा गोल। जितपछि जाम्बिया समूहमा ४ अंक जोडेर दोस्रो स्थानमा उक्लियो। शीर्ष स्थानको नाइजेरियाको ९ अंक छ भने तेस्रो स्थानको क्यामरुनको २ र चौथो स्थानको अल्जेरियाको १ अंक मात्र छ।
समूह ‘डी’ को खेलमा सेनेगल र बुर्किना फासोले गोलरहित बराबरी खेलेर अंक बाडेका छन्। बराबरीसँगै बुर्किना फासो ३ खेलबाट ५ अंक जोडेर अंक तालिकोको पहिलो स्थानमा तथा सेनेगल ४ अंकसहित दोस्रो स्थानमा छन्। तेस्रो स्थानको दक्षिण अफ्रिकाको पनि ४ अंक नै छ। समूहको पुछारमा रहेको केप भर्डि आइल्यान्डको ३ अंक छ।
पाँच समूहमा जारी अफ्रिका छनोटको समूहमा शीर्ष स्थान हात पार्ने टोली विश्वकपमा छनोट हुनेछन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।