• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, असोज ६, २०८३ Tue, Sep 22, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाज

पहिले दुर्व्यसनीको अखडा, अहिले बन्यो ड्रागन फ्रुटको बगैँचा

64x64
रासस मंगलबार, असोज १६, २०८०  १३:५२
1140x725

गण्डकी– पोखरा महानगरपालिका–११ सेती नदीको किनारास्थित रामघाट केही वर्षअघिसम्म गाँजा, चरेसजन्य लागुऔषधको प्रयोग गर्ने दुर्व्यसनीहरूको अखडा जस्तै थियो। नजिकै रहेको गण्डकी अस्पतालबाट बेवारिसे शिशुहरूको शव पनि फाल्ने गरिन्थ्यो। लागुऔषध र फोहोरले कुरुप बनेको उक्त स्थान यतिबेला ड्रागन फ्रुटको बगैँचामा परिणत भएको छ।

पुनः समाज पोखराको व्यवस्थापनमा उक्त क्षेत्रमा तीन वर्ष अघिदेखि सुरु गरिएको ड्रागन फ्रुट खेतीले यस क्षेत्रको पहिचान नै बदलिदिएको छ भने त्यहाँ उत्पादित ड्रागन फ्रुट बजारमा समेत पुगेको छ।

‘तीन वर्षअघि यहाँ ड्रागन फ्रुटको खेती गर्न सकिन्छ भन्ने विषय धेरैलाई पत्याउर लाग्दैनथ्यो’, समाजका संस्थापक एवम् ड्रागन फ्रुट खेतीका संयोजक राजकुुमारी गर्वुजा पुनले भने, ‘बगैँचामा लटरम्म फल्न थालेको ड्रागनले यतिबेला सबैलाई खुुसी बनाएको छ।

उनका अनुसार तीन वर्ष अघिसम्म यो स्थान गाँजा, चरेसजन्य लागुऔषधमा फसेकाहरूको अखडा जस्तै थियो। त्यस्तो स्थानमा समाजका सदस्यको अथक प्रयाससँगै अहिले ड्रागन फ्रुटको सुन्दर बगैँचा बन्दा आफूहरु निकै खुसी बनेको उनको भनाइ छ।

विसं २०७७ बाट सुरु भएको ड्रागन फ्रुट १६ महिनादेखि फल्न थालेको बताउँदै उनले उत्पादित फलको बिक्रीका लागि बजारको कुनै समस्या नरहेको जानकारी दिए। पूर्णरुपमा प्राङ्गारिक मलको प्रयोग गरी उत्पादन गरिएको रातो ड्रागन फ्रुटको बजारमा माग राम्रो रहेको उनको भनाइ छ।

‘गरे के हुँदैन भन्ने सन्देश ड्रागन खेतीका माध्यमबाट दिन खोजेका हौँ’, उनले भने, ‘यदि कोही कसैले तालिम लिन खोज्छन् भने पनि हामी निःशुल्क रुपमा तालिम दिन पनि तयार छौँ।’

सुरुमा कुनै तालिम बिना नै युुट्युुव हेरेकै आधारमा आफूहरूले ड्रागन फ्रुटको खेती थालेको पुन समाजका कोषाध्यक्ष शेरबहादुर पुनले जानकारी गराए। अघिल्लो वर्षमा करिब रु तीन लाख बराबरको ड्रागन फ्रुट बिक्री गरेको समाजले यस वर्ष झन्डै रु १० लाखको बिक्री गर्ने लक्ष्य राखेको उनले बताए।

ड्रागन फ्रुट खेतीका लागि सुुरुमा ४३ जनाबाट प्रतिव्यक्ति रु एक लाखका दरले ४३ लाखकै बीउ पुँजीबाट थालिएको बताउँदै उनले हालसम्म करिब रु ३७ लाख खर्च भएको जानकारी दिए।

Ncell 2
Ncell 2
nimb
nimb

उनका अनुसार बगैँचामा पाँच सय वटा पिल्लरमा दुुई हजार ड्रागन फ्रुटका बिरुवा रोपिएका छन्। प्रत्येक पिल्लर रु आठ सय ५० मा खरिद गरी व्यवस्थापन गरिएको हो भने भियतनामी ड्रागन फ्रुटका बिरुवा चितवनको गङ्गा श्री बहुउद्देश्यीय फार्मबाट किनेर ल्याइएको हो। 

समाजले फार्मबाटै प्रतिकेजी रु सात सयमा ड्रागन फ्रुट बिक्री गर्दै आएको समाजका सदस्य खमबहादुुर पुर्जाले जानकारी दिए। ‘हामीले बजार मूल्यभन्दा केही सहुलियतमा ड्रागन फ्रुट बिक्री गरेका छौँ’, उनले भने, ‘विषादीरहित प्राङ्गारिक मलको प्रयोग गरेर फलाइएको हुँदा यो अन्यभन्दा बढी गुणस्तरको भएको हाम्रो दाबी छ।’ समाजले ड्रागन फ्रुटको बिरुवा पनि बिक्री गर्दै आएको जानकारी दिँदै उनले प्रतिबिरुवा रु दुई सयमा बिक्री गरिएको बताए। 

बगैँचाको घाँस व्यवस्थापनसँगै बिरुवाका लागि आवश्यक मलका लागि छवटा पाडा खरिद गरी पालिएको र बगैँचाको नियमित रेखदेख गर्न एक जनालाई प्रत्यक्ष रोजगारी समेत दिइएको समाजले जनाएको छ। स्वास्थ्यका दृष्टिले बहुपोषणयुक्त ड्रागन फ्रुट बालबालिकादेखि ज्येष्ठ नागरिकसम्म सबैका लागि उपयुक्त फल मानिन्छ।

समाजको सक्रियतामा गरिएको ड्रन फ्रुट खेती अन्य सबै समाज र समुदायका लागि पनि प्रेरक भएको पोखरा महानगरपालिका कृषि महाशाखा प्रमुख मनोहर कडरियाले बताए। हाम्रा हरेक समाज एवम् समुदाय उत्पादनसँग जोडिन सके त्यसले आत्मनिर्भरतासँगै रोजगारी सिर्जना गर्ने उनको भनाइ छ।

उत्पादन गर्न सके बजारको समस्या नरहेको बताउँदै प्रमुख कडरियाले  समाजको सक्रियता प्रशंसनीय रहेको बताए। यो फल दक्षिण अमेरिकाको मेक्सिकोमा फल्ने सिउँडी प्रजातिको रैथाने फल हो। यसको बोट सिउँडीको जस्तै हुन्छ। एसियामा पहिलोपटक भियतनामले भित्र्याएको यो फल थाइल्यान्ड, मलेसिया र इन्डोनेसिया हुँदै पछिल्लो समयमा नेपालीको पनि आकर्षण बन्दै गएको छ।

‘हाइलोसेरुस अन्डटुस’ वैज्ञानिक नाम रहेको यसलाई मुन लभर्स, रात कि रानी, रातकी घण्टी, क्यान्डेलेराआदि नामले पनि चिनिन्छ। नेपालमा पहिलोपटक २०५७ सालमा भित्रिएको मानिने यो फलको पछिल्ला वर्षमा ठाउँठाउँमा व्यासायिक खेती थालिएको छ। बहुऔषधीय गुण रहने यो फल मधुमेह, बाथरोग, क्यान्सर, पेटको समस्या लगायतमा उपयोगी हुने प्रमाणित भइसकेको छ।

प्रमुख मात्रामा एन्टिअक्सिडेन्ट, ओमेगा, भिटामिन सी, फलाम र प्रशस्त मात्रामा पानी पाइने यस फलमा छालालाई चाहिने तत्व पाइनाका साथै प्रशस्त फाइबर हुने भएकाले पाचन प्रणालीलाई समेत यसले चुस्तदुरुस्त बनाउनु यसको विशिष्टता हो। यसमा क्यालसियम पाइने भएकाले दाँत र हड्डी बलियो बनाउँछ। 

त्यस्तै डेङ्गु, सुगर, मुटुआदि रोगीका साथै बालबालिका, ज्येष्ठ नागरिक, गर्भवतीका लागि उपयोगी हुन्छ। उच्च रक्तचाप र कोलेस्ट्रोरको सन्तुलनका साथै कब्जियत, मोटोपन, क्यान्सरआदिमा यो उपयोगी हुन्छ। 

नेपालका धेरै स्थानमा यसको खेती गर्न सकिने र यसबाट सर्वसाधारणलाई आयआर्जनसँग जोड्ने पर्याप्त सम्भावना रहेको महाशाखा प्रमुख कडरियाको भनाइ छ। ड्रागनका लागि दक्षिणी मोहडायुक्त, घमाइलो स्थान आवश्यक हुन्छ। यसको बिरुवा एक वा एक वर्षभन्दा बढी उमेरको बिरुवाबाट काटेर निकाल्न सकिन्छ। एकपटक उत्पादन सुरु गरिसकेपछि करिब २५ वर्षसम्म यसको उत्पादन निरन्तर लिन सकिने उनले बताए। 

प्रकाशित मिति: मंगलबार, असोज १६, २०८०  १३:५२

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
रासस
लेखकबाट थप
दूधमा आत्मनिर्भर काभ्रेः ७० प्रतिशत आपूर्ति अन्यत्र जिल्लामा
पर्याप्त सिचाइँ सुविधा नहुँदा गण्डकीमा अपेक्षित रोपाइँ हुन सकेन
सशस्त्र प्रहरीद्वारा ३८ करोड मूल्य बराबरका भन्सार छलीका सामान बरामद
सम्बन्धित सामग्री
खोलाको अधिकारमा सर्वोच्चको पहिलो व्याख्या : ‘जीवित व्यक्तित्व’को मान्यता सर्वोच्च अदालतले पहिलो पटक खोला तथा नदीको अधिकार सम्बन्धमा विस्तृत व्याख्या गर्दै फैसला सुनाएको छ। सोमबार, भदौ २९, २०८३
आज हरितालिका तीज हिन्दु नारीहरुको महान पर्व हरितालिका तीज सोमबार अटल सौभाग्यको कामना गरी मनाइँदैछ। सोमबार, भदौ २९, २०८३
आज दर खाँदै नेपाली महिला हरितालिका (तीज) व्रतका लागि शक्ति सञ्चय गर्न नेपाली महिलाले आज दर खाँदैछन्। दर खाएसँगै चारदिने तीज पर्व औपचारिक रूपमा सुरु हुनेछ। आइतबार, भदौ २८, २०८३
ताजा समाचारसबै
बालेनको सचिवालयले पासपोर्ट ठेक्का दिन खोजेको आइडिमियाको रिट सर्वोच्चद्वारा खारेज सोमबार, असोज ५, २०८३
प्रधानमन्त्री बालेन नोभेम्बरमा दिल्ली जाने तयारी सोमबार, असोज ५, २०८३
३५ उपसचिवको सरुवा : को कहाँ ? (नामावलीसहित) सोमबार, असोज ५, २०८३
अर्थ मन्त्रालयमा व्यापक जिम्मेवारी हेरफेर, ठूला करदाता कार्यालयदेखि भन्सारसम्म नयाँ नेतृत्व सोमबार, असोज ५, २०८३
भोटेकोशी बाढीपीडितका लागि अस्थायी आवासको तयारी तीव्र सोमबार, असोज ५, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
त्रिपुरेश्वरमा बस जल्नुअघि चालक र ट्राफिक प्रहरीबीच विवाद सोमबार, असोज ५, २०८३
योगेशको राजीनामा मागप्रति ओलीको कडा टिप्पणी : ‘कमिटीमा छलफल गर्नुस्, मिडियामा होइन’ सोमबार, असोज ५, २०८३
अर्थ मन्त्रालयमा व्यापक जिम्मेवारी हेरफेर, ठूला करदाता कार्यालयदेखि भन्सारसम्म नयाँ नेतृत्व सोमबार, असोज ५, २०८३
३५ उपसचिवको सरुवा : को कहाँ ? (नामावलीसहित) सोमबार, असोज ५, २०८३
अमेरिका जानुअघि प्रधानमन्त्री बालेनसँग प्रधानसेनापति सिग्देलको भेट, के भयो कुराकानी? सोमबार, असोज ५, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
जलबायू न्यायका लागि नेपालले के गर्ने ? प्राध्यापक डा सूर्यप्रसाद सुवेदी
‘इजोत’को ज्योति प्रज्वलित गर्ने ॐको स्मृति धर्मेन्द्र विह्वल
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
चाबहिल र कपनबाट १५ हजार बढी पिस हुक्काको फ्लेभर बरामद शुक्रबार, असोज २, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्