• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, असोज ५, २०८३ Mon, Sep 21, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

कांग्रेस सभापतीय प्रणालीमा फर्केला?

64x64
किशोर दहाल बिहीबार, असोज ११, २०८०  ०९:३४
1140x725

काठमाडौं– ‘पार्टीको सभापति सहमतिमा हो कि! निर्वाचित भएर कार्यकारी हो कि! के हो पार्टीको सभापति?’, कांग्रेसको केन्द्रीय कार्यसमिति बैठकका क्रममा सोमबार केन्द्रीय सदस्य नारायण खड्काले उठाएको प्रश्न हो, यो। उनले अहिलेको विधानको प्रावधान २ वर्षसम्म जानसक्ने भएता पनि अर्को महाधिवेशनमा महत्त्वाकांक्षा राखिरहेकाहरूले नयाँ तरिकाले जानुपर्ने सुझाव दिए।

‘विधानमा पार्टी सभापतिलाई कुन तरिकाले लैजाने? तपाईंहरूलाई भोलि गाह्रो पर्छ’, उनको भनाइ थियो, ‘भोलि नेतृत्वको धागो लामो हुन्छ। अहिले पो शेरबहादुर देउवा र तपाईंहरूको बीचमा २०/२५ वर्षको फरक छ। अनुभव र योगदानमा पनि धेरै ठूलो फरक छ। भोलिका दिनमा त धागो लामो हुन्छ। अनि कोहीभन्दा कोही कम छैन भन्ने खालको हुन्छ। र भोलि (पार्टी) चलाउन गाह्रो हुन्छ। त्यसैले यसलाई ध्यान दिएर, कसरी लैजाने? विधानलाई सहमतिमा लैजाने हो कि! या अध्यक्षात्मक बनाउने हो कि! निर्वाचित भएकालाई पराजित भएकाले भन्छ- ४० प्रतिशत देऊ या परिणाम भोग। यो सिस्टम र परम्परा कस्तो खालको हो?’

खड्काले सम्बोधनका क्रममा सबैलाई मिलाएर लैजानुपर्ने जिम्मेवारी सभापतिको हुने आग्रह गरे। तर यस सन्दर्भमा उनको आशय बुझ्न सकिन्छ- सभापतिको अधिकारलाई लिएर कांग्रेसको विधान अपूर्ण छ। आगामी दिनमा सभापति बन्नेहरूलाई भूमिका निर्वाह गर्न थप कठिनाइ पर्छ। त्यसैले अध्यक्षात्मक (सभापतीय) प्रणालीमा जानेबारे सोच्न सकिन्छ।

खड्काले जस्तै केन्द्रीय सदस्य शेखर कोइरालाले पनि दुई हप्ताअघि सभापतीय प्रणालीको विषयलाई चर्चामा ल्याएका थिए। भदौ २६ गते धुलिखेलमा आयोजित एक कार्यक्रममा कोइरालाले पार्टीभित्र सभापति र दुई जना महामन्त्री दुई ध्रुवमा बाँडिएको भन्दै यसरी पार्टी चल्छ? भन्ने प्रश्न गरेका थिए। उनले यस विषयमा सोच्नुपर्ने आवश्यकता औंल्याए थिए। थपेका थिए, ‘सभापतीय प्रणाली हो भने त्यो हिसाबले हामी हिँड्नुपर्‍यो। होइन भने अर्कै कुनै उपाय हामीले खोज्नुपर्छ। पार्टी सञ्चालन गर्न त्यो जरुरी छ।’

कोइरालाको आशय सभापति शेरबहादुर देउवा एक्लै अघि बढ्न खोजेको र त्यसले समस्या ल्याएकाले समाधानका लागि आफूहरूले सोच्न जरुरी भइसकेको भन्ने जस्तो देखिन्छ। एक्लै हिँड्ने भए त सभापतीय प्रणाली अपनाए भइहाल्यो नि भन्ने उनको संकेत थियो। जे होस्, सभापतीय प्रणाली (सम्भवतः सभापति मात्रै निर्वाचित हुने र उनले अन्य पदमा नियुक्त गर्ने) को चर्चा उनले गरे।

‘पहिले बीपीका पालामा ‘प्रेसिडेन्सियल सिस्टम’ थियो। अहिले बहुपदीय भएको छ। म बहुपदीय प्रणाली खराब भन्दिनँ। तर त्यो ‘मेकानिजम’ बनाउने कसरी हामीले? त्यो मिलिरहेको छैन। त्यसले पनि हामीहरूलाई बिगारिरहेको छ’, उनको भनाइ थियो।

पार्टीभित्रका विपक्षीले अवरोध सिर्जना गरेको कोणबाट खड्काले राखेको धारणा र सभापति एकलौटी ढंगले अघि बढ्न खोजेकाले समस्या उत्पन्न भएको भनेर कोइरालाले राखेको धारणाले निम्त्याएको बहस हो- दशकौंअघिको सभापतीय प्रणाली कि आजकाल अपनाइएको बहुपदीय प्रणाली?

कांग्रेसमा अहिले बहुपदीय प्रणाली अपनाइएको छ। यो प्रणालीको स्वाभाविक अपेक्षा हो- पार्टीले निर्णय लिनुअघि व्यापक छलफल, सामूहिक प्रयत्न र सामूहिक जिम्मेवारी। तर त्यसो हुन नसकेको कैयौं घटनाक्रमले प्रष्ट पार्छ। सभापति जस्तै उपसभापति, महामन्त्री, सहमहामन्त्री र केन्द्रीय सदस्यहरू पनि महाधिवेशन प्रतिनिधिको मतले जितेर आउने भएता पनि सभापतिले सामूहिक प्रयत्न र सामूहिक जिम्मेवारीको अवधारणालाई बलियो बनाएको देखिँदैन। जसले गर्दा कांग्रेसभित्र असझदारी उत्पन्न भइरहेको उल्लेखित नेताहरूको धारणाले प्रष्ट पार्छ।

Ncell 2
Ncell 2
nimb
nimb

सुरुवातमा सभापतीय प्रणाली अपनाउने गरेको कांग्रेसले विस्तारै विस्तारै बहुपदीय प्रणाली अपनाउन थालेको हो।

कांग्रेसको २०४८ (फागुन) मा झापामा सम्पन्न आठौं महाधिवेशनसम्म सभापतिका लागि मात्रै निर्वाचन हुन्थ्यो। २०५३ (वैशाख) मा सम्पन्न नवौं महाधिवेशनपछि भने विस्तारै अन्य पद पनि निर्वाचित हुने व्यवस्था गर्न थालियो। जसअनुसार, नवौं महाधिवेशनमा सभापति र पाँच विकास क्षेत्रबाट एक–एक जना केन्द्रीय सदस्यको निर्वाचन हुने व्यवस्था अपनाइयो। दशौं महाधिवेशन (२०५७ माघ) बाट भने सभापतिसहित केन्द्रीय कार्यसमितिका ५० प्रतिशत सदस्य निर्वाचित गर्ने प्रावधान राखियो।

नयाँ प्रावधानप्रति त्यतिबेला कांग्रेसमा विरोध पनि भएको थियो। शैलजा आचार्यले विज्ञप्ति नै जारी गरेर नयाँ व्यवस्थाले पार्टी सभापति कमजोर हुने, पार्टीमा पैसाको खेल सुरु हुने र दोस्रो पुस्ता विस्थापित हुने भन्दै असन्तुष्टि राखेकी थिइन्। पूर्वसभापति कृष्णप्रसाद भट्टराईले पनि नयाँ व्यवस्थाले सभापति कमजोर बन्ने तर्क गरेका थिए। कतिपयले सभापतिकै प्यानलबाट बहुमत केन्द्रीय सदस्यहरू नै निर्वाचित हुनसक्ने भएकाले समग्र केन्द्रीय समिति नै सभापतिको रबरस्टाम्प बन्ने आशंका व्यक्त गरेका थिए।

तर, पार्टीलाई सामूहिक ऊर्जामा चलाउने र पार्टी नेतृत्व क्रमशः युवा पुस्तामा हस्तान्तर गराउन सहज हुने तर्क सभापति गिरिजाप्रसाद कोइरालाको थियो। उनको तर्क कमजोर थिएन। बहुपदीय प्रणालीका वकालतकर्ताले सोही महाधिवेशनले कांग्रेसको आन्तरिक लोकतन्त्रलाई थप पारदर्शी बनाएको रुपमा अर्थाउँछन्।

भुल्न नहुने विषय के छ भने, सोही महाधिवेशनपछि नै सभापतिका उम्मेदवारले आफ्नो प्यानलसहित प्रतिस्पर्धा गर्ने प्रचलन सुरु भएको हो। त्यो अघोषित, तर प्रष्ट थियो। जुन आजकाल स्वाभाविक र अनिवार्य जस्तै हुन थालेको छ।

एघारौं महाधिवेशन (२०६२ भदौ) मा पनि दशौं महाधिवेशनकै प्रावधान दोहोर्‍याइयो। बाह्रौं महाधिवेशन (२०६७ असोज) मा पदाधिकारीमा सभापति, महामन्त्री र कोषाध्यक्षको लागि निर्वाचन भएको थियो। त्यस्तै, केन्द्रीय कार्यसमितिका ६१ पदका लागि निर्वाचन भएको थियो। एक उपसभापति, एक महामन्त्री, एक सहमहामन्त्री र २१ जना केन्द्रीय कार्यसमिति सदस्य सभापतिले मनोनित गर्ने व्यवस्था थियो। तेह्रौं महाधिवेशन (२०७२ फागुन) मा पनि सोही व्यवस्था दोहोर्‍याइयो।

चौधौं महाधिवेशन (२०७८ मंसिर) देखि भने पार्टी पदाधिकारीमा कोषाध्यक्षबाहेक सबै निर्वाचित हुने व्यवस्था सुरु गरिएको छ। १३४ जना केन्द्रीय सदस्य निर्वाचित हुनेछन्। कोषाध्यक्ष र ३३ जना केन्द्रीय सदस्य सभापतिले मनोनित गर्नेछन्।

बढीभन्दा बढी निर्वाचित हुने प्रावधान अपनाउँदै जाँदा आन्तरिक लोकतन्त्र थप बलियो भइरहेको विश्लेषण पनि हुने गरेको छ। आकांक्षीले विधानले दिएको सुविधा प्रयोग गरी कुनै पनि पदमा प्रतिस्पर्धा गर्न पाउने भएकाले हरेक उम्मेदवारलाई आफ्नो लोकप्रियता परीक्षणको अवसर पनि प्राप्त भएको छ। साथै, कांग्रेसलाई सामूहिक ढंगबाट चलाउने अवसर पनि प्राप्त भइरहेको बताइन्छ।

अर्कोतिर, सभापतिका उम्मेदवारले प्यानलसहित प्रतिस्पर्धा गर्ने भएकाले पार्टीमा स्थायी गुट निर्माण हुने गरेको अनुभव पनि सँगसँगै गर्न थालिएको छ। साथै, केन्द्रीय कार्यसमितिमा सभापतिकै बहुमत हुने भएकाले सो समिति नै कमजोर बन्ने गरेको विश्लेषण पनि हुने गर्छ। परिणामतः पार्टीमा एक पक्षको आरोप सभापतिले पेलेर अघि बढ्ने भन्ने र अर्को पक्षको आरोप सभापतिलाई काममा अवरोध गरियो भन्ने हुने गरेको छ। जसले सभापतीय प्रणालीको विषयमा बहस सुरु भएको र भविष्यमा बढ्नसक्ने देखिन्छ।
 
कांग्रेस केन्द्रीय सदस्य प्रदीप पौडेल ‘सभापतीय प्रणाली’मा जाने हो भने उक्त सभापति कांग्रेसका आम सदस्यबाट निर्वाचित हुने व्यवस्था गरिनुपर्ने बताउँछन्। ‘आम सदस्यले नै सभापति निर्वाचिन गर्ने भयो भने गुट बनाउन मिल्ने स्थिति रहँदैन। लोकप्रिय अनुहार, जसले केही गर्छ भन्ने विश्वास गरिने व्यक्ति, दस्तावेज राम्रो ल्याउने व्यक्ति, प्रतिबद्धता राम्रो गर्ने व्यक्तिले आम मतदाताकहाँ गएर चुनाव प्रचार गर्छ र जित्छ’, नेपाल लाइभसँग कुरा गर्दै उनले भने, ‘त्यसैले कांग्रेसमा सभापतीय प्रणाली विकास गर्ने हो भने कांग्रेसका आम सदस्यबाट निर्वाचित हुने व्यवस्था गरिनुपर्छ।’

पार्टीको संरचनामा आन्तरिक विपक्षी कमजोर हुँदा पार्टीले 'डेलिभर' गर्न नसक्ने र संस्थापन पक्षले पनि मनपरी गर्ने उनको भनाइ छ। ‘मेरो विचारमा सभापतीय प्रणाली हुनुभन्दा बहुपदीय प्रणाली हुनु उपयुक्त हो’, उनले थपे, ‘तर यदि आम सदस्यबाट सभापति निर्वाचित हुने हो भने बहुपदीय प्रणाली निर्वाचित गर्ने परम्परालाई त्याग्न सकिन्छ। केन्द्रीय समिति सदस्य निर्वाचित हुने र त्यसमध्येबाट सभापतिले पदाधिकारी मनोनित गर्ने अधिकार दिन सकिन्छ।’

प्रकाशित मिति: बिहीबार, असोज ११, २०८०  ०९:३४

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
किशोर दहाल
दहाल नेपाल लाइभको राजनीतिक ब्युरो प्रमुख हुन्।
लेखकबाट थप
अनि गणेशमानले कांग्रेस परित्याग गरे...
संघदेखि प्रदेशसम्म 'साना दल'को नेतृत्वमा सरकार!
‘कांग्रेसका नेता’ पुष्पलालले किन गठन गरे कम्युनिस्ट पार्टी?
सम्बन्धित सामग्री
कांग्रेसको वडा अधिवेशन : ६३ जिल्लामा सकियो, बाँकीमा अन्तिम चरण कांग्रेस केन्द्रीय कार्यसमितिले सोमबार जारी गरेको विज्ञप्तिअनुसार असोज ५ गतेसम्म ६३ जिल्लाका वडा अधिवेशन सम्पन्न भएका हुन् । असोज ३... सोमबार, असोज ५, २०८३
अब जोखिम नभएसम्म पक्राउ परेकालाई हत्कडी नलगाउन सर्वोच्चको आदेश न्यायाधीश डा. नहकुल सुवेदी र शान्तिसिंह थापाको इजलासले पक्राउ परेका व्यक्ति भाग्ने जोखिममा रहेको, हिंसात्मक व्यवहार गरेको वा आफू तथा... सोमबार, असोज ५, २०८३
राष्ट्रिय सेवा दल विधेयक प्रतिनिधिसभाबाट पारित, के–के छन् व्यवस्था? विधेयकमा विद्यालयमा अध्ययनरत विद्यार्थीमा देशप्रेम, जनसेवा, राष्ट्रिय एकता, अनुशासन र नैतिकताको भावना विकास गर्ने उद्देश्य राखिएको छ... सोमबार, असोज ५, २०८३
ताजा समाचारसबै
कांग्रेसको वडा अधिवेशन : ६३ जिल्लामा सकियो, बाँकीमा अन्तिम चरण सोमबार, असोज ५, २०८३
यूएन महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल न्यूयोर्कमा सोमबार, असोज ५, २०८३
असोज ९–११ मा अति भारी वर्षाको जोखिम, राति यात्रा नगर्न प्राधिकरणको आग्रह सोमबार, असोज ५, २०८३
भोटेकोशी बाढीको क्षति मापन गर्न २५० भन्दा बढी कर्मचारी फिल्डमा सोमबार, असोज ५, २०८३
अब जोखिम नभएसम्म पक्राउ परेकालाई हत्कडी नलगाउन सर्वोच्चको आदेश सोमबार, असोज ५, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
राजनीतिक विश्लेषक भरत दाहाल पक्राउ आइतबार, असोज ४, २०८३
चक्कु प्रहारबाट एक युवकको मृत्यु, तीन जना पक्राउ आइतबार, असोज ४, २०८३
बालकृष्ण खाणसहित २३ जना क्षेत्रीय प्रतिनिधि निर्विरोध आइतबार, असोज ४, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
जलबायू न्यायका लागि नेपालले के गर्ने ? प्राध्यापक डा सूर्यप्रसाद सुवेदी
‘इजोत’को ज्योति प्रज्वलित गर्ने ॐको स्मृति धर्मेन्द्र विह्वल
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
प्रधानमन्त्रीसँग बैठक बसेलगत्तै सिंहदरबारबाट किन पक्राउ परे किस्माङ गाउँपालिका अध्यक्ष ? सोमबार, भदौ २९, २०८३
गौरीघाटमा बागमती नदीले सतर्कता तह पार गर्‍यो सोमबार, भदौ २९, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्