• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, जेठ २, २०८३ Sat, May 16, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
विश्व

भारत र क्यानडाबीच झन् चर्किँदै विवाद, कुन–कुन क्षेत्रमा पर्न सक्छ असर? 

64x64
नेपाल लाइभ बुधबार, असोज ३, २०८०  १४:३५
1140x725
क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडो र भारतका प्रधानमन्त्री नरेन्द्र मोदी (तस्बिर: एपी)

काठमाडौं– क्यानडामा १ जना सिख नेताको हत्याको विषयलाई लिएर भारत र क्यानडाबीच तनाव बढ्दै गएको छ। दुवै देश एक–अर्का देशका कूटनीतिक प्रतिनिधिलाई आ–आफ्नो देशबाट निकाला गर्ने तहसम्म पुगेका छन्। 

सिख नेता हरदीप सिंह निज्जरको गत जुन महिनाको १८ तारिखमा क्यानडाको ब्रिटिस कोलम्बियाको सरेस्थित गुरुद्वारा अगाडि गोली हानी हत्या भएको थियो। उनको हत्यामा भारत सरकारका जासुसहरुको संलग्नता रहेको भन्ने क्यानाडाली प्रधानमन्त्री जस्टिन ट्रुडोको बयानले २ देशबीचको तनावपूर्ण सम्बन्ध झनै बिग्रिने देखिएको छ। 

क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले संसद्को‌ तल्लो सदन हाउस अफ कमन्समा एक बयान दिँदै निज्जरको हत्यामा भारत सरकारका जासुसहरु संलग्न रहेको विषयमा छानबिन भइरहेको बताए। ट्रुडोले भने, ‘क्यानाडाली सुरक्षा एजेन्सीहरूले क्यानाडाली भूमिमा क्यानाडाली नागरिक हरदीप सिंह निज्जरको हत्यामा भारतीय सरकारका जासुसहरू संलग्न रहेको ठोस आरोपको छानबिन गरिरहेका छन्। क्यानाडाली नागरिकको हत्यामा विदेशी सरकारको भूमिका हाम्रो सार्वभौम सत्ताको उल्लंघन हो, जुन स्वीकार गर्न सकिँदैन।’

भारत सरकारले निज्जरलाई आतंकवादी भन्दै आएको थियो र उनलाई आतंकवादी पृथकतावादी संगठनको नेताको रूपमा वर्णन गर्ने गरेको छ। तर, निज्जरका समर्थकहरूले यसलाई पूर्ण रूपमा अस्वीकार गर्छन्। 

यो पनि पढ्नुहोस

क्यानडामा सिख नेताको हत्यामा भारत सरकारको हात?

अहिले कूटनीतिक तहमा देखिएको विवाद बढ्दै गएमा २ देशको सम्बन्धका अन्य धेरै पक्षमा असर पार्न सक्छ। त्यसमध्येको एक हो, दुई देशबीचको व्यापारिक सम्बन्ध। यही जुन महिनामा दुवै देशका नेताले व्यापार सन्धिमा यसै वर्ष हस्ताक्षर हुने बताएका थिए। तर सेप्टेम्बर महिनामा क्यानडाले भारतसँग हुने भनिएको प्रस्तावित सन्धिका सन्दर्भमा भइरहेका वार्ताहरु रोकिदियो। यो सन्धि भएको भए दुवै देशबीच व्यापारमा करिब ५४१ अर्ब भारतीय रुपैयाँले बढ्ने अनुमान गरिएको थियो।

पछिल्ला वर्षहरुमा भारत र क्यानडाबीच व्यापार बढ्दै गइरहेको छ। सन् २०२२ मा मात्रै २ देशबीच ६६६ अर्ब भारतीय रुपैयाँ बराबरको व्यापार भएको थियो। भारतले करिब ३३३ अर्ब भारतीय रुपैयाँ बराबरको सामान क्यानडाबाट आयात गरेको थियो भने त्यति नै मूल्यको सामान क्यानडा निर्यात गरेको थियो। 

भारतमा क्यानडाबाट आयात हुने दालको माग बढ्दै गइरहेको छ। यसका अतिरिक्त भारतले क्यानडाबाट कोइला, मल (रासायनिक), न्युजप्रिन्ट, क्यामेरा, हिरा आदिजस्ता सामान पनि आयात गर्छ। क्यानडाले भारतबाट औषधि, कपडा, गाडीका पूर्जा, हवाई जहाजका उपकरण, विद्युतीय सामानहरु आयात गर्छ। 

भारतमा लगानी गर्ने वैदेशिक लगानीकर्तामध्ये क्यानडा १७औं सबैभन्दा ठूलो विदेशी लगानीकर्ता हो। क्यानडाले पछिल्ला २२ वर्षमा भारतमा २९९ भारतीय रुपैयाँभन्दा बढीको लगानी गरेको छ। यसका अतिरिक्त क्यानडाका प्रमुख लगानीकर्ताहरुले भारतीय स्टक मार्केटमा अर्बौं भारुको लगानी गरेका छन्। 

nimb
nimb
Ncell 2
Ncell 2

मार्च २०२३ को तथ्याङ्कअनुसार क्यानडाको पेन्सन फण्डले भारतको रियल इस्टेट, नवीकरणीय उर्जा र वित्तीय क्षेत्रमा १ हजार २४८ अर्ब भारु बराबरको लगानी गरेको छ। बमबार्डियर र एसएनसी लवलिनजस्ता क्यानाडाली कम्पनीहरुको भारतमा बलियो उपस्थिति छ। भारतका तर्फबाट टीसीएस, विप्रो, इन्फोसिस जस्ता कम्तीमा ३० कम्पनीले क्यानडामा अर्बौं रुपैयाँ लगानी गरेका छन्, र हजारौं रोजगारी सिर्जना गरेका छन्। 

क्यानडा भारतीय विद्यार्थीका लागि उत्कृष्ट शैक्षिक गन्तव्य समेत हो। क्यनडामा अध्ययनरत अन्तर्राष्ट्रिय विद्यार्थीमध्ये ४० प्रतिशत भारतका छन्। भारतमा हाल ३ लाख २० हजार भारतीय विद्यार्थी रहेका बताइन्छ। 

समीक्षकहरु भारत र क्यानडाबीचको सम्बन्ध बिग्रिँदै जाँदा त्यसको सिधा असर पञ्जावमा रहिरहेका हजारौं सिख परिवारमा पर्न सक्ने बताउँछन्। किनकि उनीहरुको परिवारको कुनै न कुनै सदस्य क्यानडामा रहन्छन् र त्यहाँ कमाएको डलरको एक हिस्सा भारत पठाउँछन्। समाचार संस्था रोयटर्सका अनुसार पछिल्लो २० वर्षमा क्यानडमा भारतीय सिखहरुको संख्या दोब्बरले बढेको छ। हाल क्यानडाको कूल जनसंख्यामध्ये २.१ प्रतिशत भारतीय सिखहरु छन्। सिख समेत गरी क्यानडामा करिब १४ लाख भारतीय मूलका नागरिक छन्। २०२१ को जनगणनाअनुसार यो संख्या त्यहाँको कूल जनसंख्याको ३.७ प्रतिशत हो।  

खलिस्तान आन्दोलनसँग जोडिएको भारत–क्यानडा विवाद
भारत र क्यानडाबीच अहिले जुन विवाद बढिरहेको छ त्यसको प्रमुख स्रोतका रुपमा भारतीय मूलका क्यानाडाली नागरिक छन्, र अन्तर्यमा ‘खालिस्तानी आन्दोलन’। अलग्गै खालिस्तान राज्य हुनुपर्ने मागसहित चलिरहेको यो आन्दोनमा लाग्नेलाई भारत सरकारले ‘आतंकवादी’को रुपमा लिन्छ। 

खालिस्तानीहरुले पञ्जावसहित हरियाणा, दिल्ली, हिमाञ्चल प्रदेशका भागहरु समेटेर अलग्गै, स्वतन्त्र राज्य बनाउनुपर्ने माग गर्दै आएका छन्। क्यानडा, बेलायत, अमेरिका र अस्ट्रेलियामा बस्ने सिख आप्रवासीहरुले यो मागप्रति सहानुभुति राख्दै आन्दोलनकारीहरुलाई सहयोग पनि गर्दै आएका छन्। 

क्यानडामा मारिएका निज्जर पञ्जावको जालन्धर जिल्लामा जन्मिएका थिए। उनी सन् १९९२ मा क्यानडा गएका थिए। क्यानडा पुगेपछि सिख अलगाववादी संगठन ‘सिख फर जस्टिस’ (एसजेएफ)मा संलग्न भएका निज्जर पछिल्लो समय उक्त संगठनको दोस्रो वरिष्ठ नेता थिए। 

निज्जरको हत्यापछि भारत र क्यानडाबीचको सम्बन्धमा तिक्तता बढ्न सुरु भयो। यसबीच क्यानडाले १ जना भारतीय ‘कूटनीतिज्ञ’लाई देश निकाला गरिदियो। त्यसपछि भारतले पनि क्यानडाका १ जना वरिष्ठ कूटनीतिज्ञलाई देश छाड्न अल्टिमेटम दियो। 

भारतले आफ्ना कूटनीतिज्ञलाई देश छाड्न आदेश दिएको बदलामा क्यानडाले पनि ‘एक्सन’ लिएको छ। उसले आफ्ना देशका नागरिकलाई भारतमा आतंकवादी गतिविधिहरु रहेकाले अत्यधिक सावधानी अपनाउन भन्दै ट्राभल एड्भाइजरी जारी गरेको छ।  

मंगलबार जारी ट्राभल एडभाइजरीमा जम्मु–कश्मिरमा आतंकवाद, उग्रवाद, अशान्ति र अपहरणको खतरा रहेको भन्दै सचेत गराइएको छ। भारतका गुजरात, पञ्जाव, राजस्थान र पाकिस्तानसँग सीमाना जोडिएका क्षेत्रमा नजान पनि क्यानडाले आफ्ना नागरिकहरुलाई  सचेत गराएको छ। –एजेन्सीहरुको सहयोगमा

प्रकाशित मिति: बुधबार, असोज ३, २०८०  १४:३५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
कुशल भुर्तेलको शतकीय पारीमा अमेरिकामाथ नेपालको ९ विकेटको फराकिलो जित
अमेरिकाविरुद्ध कुशल भुर्तेलले बनाए शतक
लामो समयपछि नेपाली ओपनरबीच शतकीय साझेदारी, अमेरिकाविरुद्ध भुर्तेल र आशिफको अर्धशतक
सम्बन्धित सामग्री
भारतको उत्तर प्रदेशमा भीषण आँधी, ५६ जनाको मृत्यु सबैभन्दा बढी क्षति प्रयागराज, भदोही र मिर्जापुर जिल्लामा भएको छ। प्रयागराजमा १६ जनाको मृत्यु भएको छ , भने भदोहीमा १५ र मिर्जापुरमा १... बिहीबार, वैशाख ३१, २०८३
चीनमा अमेरिकी राष्ट्रपति: ट्रम्प ले गरे सीको प्रशंसा, तपाईं मेरो राम्रो साथी र एक महान नेता हो ट्रम्प र सी जिनपिङबीच द्विपक्षीय वार्ता जारी छ । भ्रमणक्रममा यसअघि अमेरिकी राष्ट्रपति ट्रम्पले दुई देशबीच राम्रो सम्बन्ध रहेको र कुन... बिहीबार, वैशाख ३१, २०८३
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प बेइजिङमा चिनियाँ राष्ट्रपति सी चिनफिङको निमन्त्रणामा ट्रम्प चीन भ्रमणमा आएका हुन् । बिहीबार, वैशाख ३१, २०८३
ताजा समाचारसबै
कुशल भुर्तेलको शतकीय पारीमा अमेरिकामाथ नेपालको ९ विकेटको फराकिलो जित शनिबार, जेठ २, २०८३
अमेरिकाविरुद्ध कुशल भुर्तेलले बनाए शतक शनिबार, जेठ २, २०८३
लामो समयपछि नेपाली ओपनरबीच शतकीय साझेदारी, अमेरिकाविरुद्ध भुर्तेल र आशिफको अर्धशतक शनिबार, जेठ २, २०८३
सरकारलाई कांग्रेसको प्रश्न : नीति तथा कार्यक्रम कुनै ठट्टाको विषय होइन शनिबार, जेठ २, २०८३
हिमालचुलीको रोयल्टी समयमै विभाज्य कोषमा जम्मा गर्न संघलाई आग्रह शनिबार, जेठ २, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
नेपाल इन्भेष्टमेन्ट मेगा बैंकका सिइओ ज्योति पाण्डेलाई छाड्न आदेश शुक्रबार, जेठ १, २०८३
प्रधानमन्त्री बालेन शाहको राजीनामा माग्दै हर्क साम्पाङले जारी गरे विज्ञप्ति शुक्रबार, जेठ १, २०८३
अनुसन्धान विभाग फेरि गृहबाट प्रधानमन्त्रीकै मातहत सारियो शुक्रबार, जेठ १, २०८३
लामो समयपछि नेपाली ओपनरबीच शतकीय साझेदारी, अमेरिकाविरुद्ध भुर्तेल र आशिफको अर्धशतक शनिबार, जेठ २, २०८३
जेनजीले बहिस्कार गरे संविधान संशोधन कार्यदलले बोलाएको छलफल,लिए यी ६ अडान शुक्रबार, जेठ १, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
महासंघमा गुटको राजनीति र स्थगित अधिवेशन: एकता र आत्मसुधारको निर्णायक घडी विप्लव अधिकारी
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
भैरवी गाउँपालिकाकी अध्यक्ष रिताकुमारी शाही पक्राउ सोमबार, वैशाख २८, २०८३
विश्वकप लिग २ का लागि नेपाली टीम घोषणा, इशान पाण्डे राष्ट्रिय टोलीमा शनिबार, वैशाख २६, २०८३
सभामुख र उपसभामुखको अनुपस्थितिमा प्रतिनिधि सभा सञ्चालन गर्न ७ सदस्य मनोनीत सोमबार, वैशाख २८, २०८३
फेरियो कार्यसूचीः  जवाफ दिन तयार भएनन् प्रधानमन्त्री बालेन बिहीबार, वैशाख ३१, २०८३
कीर्तिपुरमा गोली चल्यो, घिमिरे हत्याका मुख्य आरोपी नियन्त्रणमा बिहीबार, वैशाख ३१, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्