काठमाडौं – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले क्यानडा र मेक्सिकोमा २५ प्रतिशत कर लगाउने प्रस्ताव तत्काललाई स्थगित भएको छ । मेक्सिको र क्यानडाले सीमा सुरक्षा सुधार गर्न र लागूपदार्थको तस्करीलाई रोक्न विभिन्न उपाय अपनाउन सहमति जनाएपछि कर लगाउने प्रस्तावलाई एक महिनापछि धकेलिएको बताइएको छ ।
मेक्सिको अवैध औषधिको ओसारपसार रोक्न सीमामा दश हजार सैनिक खटाउन तयार भएको छ भने क्यानडाले लागूऔषधको समस्यालाई सम्बोधन गर्न एक जना वरिष्ठ सार्वजनिक अधिकारी नियुक्त गर्ने बताएको छ ।
यस्तै मेक्सिकोका राष्ट्रपति क्लाउडिया शीनबामले दक्षिणमा हतियार ओसारपसारलाई सीमित गर्न अमेरिकासमेतले प्रतिबद्धता जनाएको खबरमा उल्लेख छ । जस पस्यात तत्काललाई करिव एक महिनाको लागि कर लगाउने निर्णय स्थगित भएको अन्तराष्ट्रिय संचार माध्यामहरुले जनाएका छन् ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।