• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, असोज २४, २०८३ Sat, Oct 10, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
ब्लग

गाउँमा छुटेको त्यो तिज

झलक पौडेल सोमबार, असोज १, २०८०  ०६:४५
1140x725

म ठान्छु– भाग्यमानीको मात्र दिदीहरु हुन्छन्। सानोमा आमा नहुँदा भात भुटेर खुवाउने दिदी हुन्। ताते–ताते गर्दै हिँड्न सिकाउने दिदी हुन्। पहिलो अक्षर लेख्न सिकाउने दिदी हुन्। दिदीभन्दा पहिला ‘आमा’ लेख्न सिकाउने पनि दिदी हुन्। 

म यति बेला जर्मनीमा छु। आमा समान ती दिदीबाट टाढिएको वर्षौं भइसकेको छ। तिजको झल्कोले सताउन थालिसकेको छ।

मेरो नजिकै यू–ट्युबमा ‘चरी जेलैमा’ गीत बजिरएको थियो। म चाँही टिकटक हेरिरहेको थिएँ। त्यहाँ रातो साडी लाएर नाचिरहेका आमाहरुको भिडियो थियो। विदेशमा भएर होला, कि यू–ट्युबमा गीत बजेपछि, कि त दिदीहरुले ‘लिन आउने होइन भाइ?’ भनेपछी मात्र तिज आएको थाहा हुन्छ। 

तीन दिदीहरुको म कान्छो भाइ। तिज आएको मलाई दिदीहरुभन्दा पहिला थाहा हुनुपर्ने हो। संभवतः मेरो जिम्मेवारी पनि हो। तर, विदेशी माटोमा हाम्रो संस्कृतिको बासना आउँदो रहेनछ। त्यसैले चाडपर्व आउनुअघि नै त्यसको रमाइलो महसुस नहुने रहेछ। चाडपर्वको मुखैमा मात्र थाहा हुन्छ।

खासमा, मैले दिदीहरुलाई घर ल्याएर तिजको अघिल्लो दिन मिठो–मिठो पकाएर खुवाउनु पर्ने हो। तर, दर खाने दिन दिदीहरुलाई फोनमा ‘आउनु ल!’ र ‘खानु ल!’ भन्नबाहेक केही सकेको छैन। दिदीहरु नि फोनबाट नै ‘मिठो खुवायौ भाइ!’ भन्दै आँसु लुकाएर खुशी भएको नाटक गर्नुहुन्छ। ‘भाइ लिन आओस्, माइत लिएर जाओस्, अनी मज्जाले नाचौँला’ भन्ने  उहाँहरुको आशा सधैँ निराशामा परिणत भएको छ।

म सानो हुँदा तिजको माहोल अर्कै हुन्थ्यो। दर एक दिन मात्र खाइन्थो। तर, त्यसको रौनक केही दिन अघिदेखि नै सुरु हुन्थ्यो। त्यति बेला दुर्गेश थापाका ‘बच्च बिच्चमा’ जस्ता गीत थिएनन्। बरु बिमाकुमारी दुरा, हरिदेवी कोइरालाका गीत बज्थे। पछि विष्णु माझीका गीत पनि बज्न थाले। मलाई उनका गीत पनि मन पर्छन्।

त्यो बेला ठूली दिदीको मात्र बिहे भएको थियो। दिदी लिन जाने जिम्मा बुबाले एक महिनाअघि नै मलाई दिनुहुन्थ्यो। न मोबाइल र भाइबार थियो, न फेसबुक नै। भाइ कहिले आउँछ भन्ने थाहा हुँदैन थियो। त्यसैले हरेक दिन दिदी मेरो बाटो हेर्नुहुन्थ्यो रे।

म ठूली दिदीलाई लिन हिडेँ। त्यति बेला दिदीको मात्र बिहे भएको थियो। म बाटो लागेपछि माहिली दिदि दुई दिनसम्म पुग्ने घाँस दाउरा गर्न जानु भयो, ठुली दिदी आएपछि रमाइलो गरेर बस्न। 

Ncell 2
Ncell 2
nimb
nimb

म पुग्दा ठूली दिदी भकारो फाल्दै हुनुुहुँदोरहेछ। हामीलाई देख्नेबित्तिकै गहभरि आँसु पार्नुभयो। अनि मलाई काखमा राख्नुभयो। माइती नदेखेको धेरै भएको थियो, त्यसैले होला। म पनि गोबरको गन्धले नाक खुम्च्याउँदै दिदीको काखमा लुटपुटिएको थिएँ।

माइती हिँड्नुअघि दिदीले अघिल्लो दशैँमा किनेको कपडा टिनको बाकसबाट निकालेर लाउनुभयो। तोरीको तेल कपालमा लाउनुभयो। अनि, चिटिक्क परेर बाटो लाग्दा दिदी निकै खुसी हुनुहुन्थ्यो। 

दिदी माइत आउन पाउने चाडकै बेला त थियो, उधुमै खुशी हुनुहुन्थ्यो। कति जना त माइतमा दुई दिन बस्न तीन दिनको बाटो हिँडेर पनि आउँथे। कति जना वर्षामा उर्लेको खहरे तर्दै आउँथे। कतिको चप्पल नै खोलाले बगाउँथ्यो र नाङ्गो खुट्टा माइत आइपुग्थे। कसैको एउटा चप्पल हातमा हुन्थ्यो। जोडी कतै कसैले खोजेर ल्याइदिन्छ कि भन्ने आशा पनि हुन्थ्यो।

जे–जस्तो भए नि, माइत आउन पाउँदा सबै खुशी देखिन्थे। मेरी दिदी पनि औधी खुशी हुनुभएको थियो। आमालाई देख्ने बित्तिकै गम्लङ्गै अङ्गालो हाल्नुभयो। आमाले आफूले ओढिरहेको मजेत्रोले दिदीको निधारका पसिना पुसिदिनुभयो। सानामा खुट्टे र गट्टी खेल्ने साथीहरु राधिका, मैयाँ र देवी पनि माइती आएका छन् भन्ने थाहा पाउँदा दिदीको खुशी अरु बढेको थियो।

Xtrem

Xtrem

दिदी आउनुभएको दिन घरको माहोल अर्कै हुन्थ्यो। बुवा चाँडै पसलबाट आउनुहुन्थ्यो। आमाले अनेक थरी खानेकुरा बनाउनुहुन्थ्यो। हामी सबै जना अगेना वरिपरि बस्थ्यौँ। बुवाले दिदीलाई घरमा दुख भए/नभएको सोध्नुहुन्थ्यो। दिदी पनि जिस्किँदै ‘पाल्न गाह्रो भएर बिहे गर्दिने, अनि अहिले दुःख छ कि छैन भनेर सोध्ने?’ भनिदिनुहुन्थ्यो। 

म सानो भए पनि उहाँहरुको कुरा चाख मानेर सुन्थेँ। ‘दिदीलाई घर बस्न नदिएर किन पठाएको होला? किन वर्षको एक पटक मात्र लिन जाने होला?’ भन्ने प्रश्न मनमा लागिरहन्थ्यो। हिजोसम्म यो घर दिदीको पनि थियो। तर, अचानक दिदीको घर अर्कै हो भनेको थाहा पाउँदा अचम्म लाग्थ्यो। तर, यी प्रश्न कसैलाई सोधिनँ। 

दिदीको बिहे हुँदा म खूब रोएको थिएँ रे। तर, पनि भेट हुँदा म दिदीहरुलाई निकै दुःख दिन्थेँ। झगडा गर्थें। आमाले यो देखेर दिदीहरुलाई भन्नुहुन्थ्यो– ‘भाइ मुटु खाइ, कहाँ पाई?’ 

तिजको दिन दिदीहरु नुहाएर चोखो भएर व्रत बस्नुहुन्थो। ठुली दिदी भिनाजुको आयु बढाउन अनि अरु दुइ जना दिदीहरु राम्रो श्रीमान् पाउन व्रत बसेको अरुको कुरा सुनेर थाहा पाउथेँ। आमाले पनि जिस्काउँदै ‘त जस्तै बूढो पाउँ भनेर  तेरो हुनेवाला बूढी पनि व्रत बसेकी छ होला’ भन्नुहुन्थ्यो । म चाहिँ रिसाएर ‘हजुर नै गर्नु, बिहे’ भन्दै दौडिन्थेँ।

व्रत बसेका दिदीहरुलाइ खुवाउने भनेर म र मेरो साथी काँक्रो किन्न सदरमुकाम कुस्मा जान्थ्यौँ। त्यहाँ मेला लागेको हुन्थ्यो। म ठूलो काँक्रो च्याप्प समात्दै मेला हेर्थें। ‘ठेलमठेल, हुलमुलबाट जोगाएर ल्याएको काँक्रो हो’ भन्दै दिदीहरुको अघि राख्थेँ। सायद आजको दिनसम्म दिदीहरुलाई तिजमा मैले खुवाएको त्यही काँक्रो मात्र हो।

तिजको दिन गीत बजाउँथ्यौँ। ठूलो क्यासेट रिल हुन्थ्यो। तिज आउनुअघि त्यसमा गीत भरेर मैले नै ल्याउथेँ। तर, आमाहरु ती गीतमा भन्दा आफ्नै टुक्कामा नाच्नुहुन्थ्यो। दिदी र आमाहरु नाचेको देख्दा मलाई लाज लाग्थो।

उहिलेका दिन सम्झिदा अहिले आनन्द आउँछ। मिल्ने भए सायद ती समय फर्काउथ्यौँ होला। 

समय बित्दै जाँदा हामी सबैको उमेर बढ्दै गयो। सबै दिदीहरुको बिहे भयो। पहिला हामी बस्ने घर फरक भयो। अहिले त देश नै फरक भयो। अझै पनि अगेना वरिपरि बस्दा आफूलाई दिदीहरुको काखमा सुत्ने तेही कान्छो भाइ बन्न मन लाग्छ। जिस्किन, रिसाउन र झगडा गर्न मन लाग्छ। 

म सबै दिदीहरुलाई तिजको शुभकामना दिन चाहन्छु। मैले चिन्न छुटाएका बहिनीहरुलाई पनि शुभकामना। अनि, म जस्तो बिदेसिएर तिजमा लिन आउन नपाउने भाइहरुको तर्फबाट माफी पनि माग्छु। 


नेपाल लाइभ अर्काइभबाट

प्रकाशित मिति: सोमबार, असोज १, २०८०  ०६:४५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
लेखकबाट थप
‘महँगीले जनता चाडपर्व मनाउन सक्ने अवस्थामा छैनन्’: एमाले सचिव बस्नेत
‘निजामती प्रशासनलाई कठपुतली बनाउन खोजियो, कर्मचारी त्रासमा छन्’: महासचिव पोखरेल
दिल्लीमा प्रदर्शन गर्न पुगेका केजरीवाल र ममता बनर्जीसहित एक हजारभन्दा बढी पक्राउ
सम्बन्धित सामग्री
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? म के कुरामा स्पष्ट छु भने सर्वोच्च अदालतमा सुनुवाइका लागि न्यायाधीश छनोट वा इजलास गठनको प्रक्रिया ‘मेकानिकल’ हुनुहुँदैन। शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको पक्राउको तरिका गलत हो भन्नेमा दुईमत छैन। सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
ताजा समाचारसबै
‘महँगीले जनता चाडपर्व मनाउन सक्ने अवस्थामा छैनन्’: एमाले सचिव बस्नेत शनिबार, असोज २४, २०८३
‘निजामती प्रशासनलाई कठपुतली बनाउन खोजियो, कर्मचारी त्रासमा छन्’: महासचिव पोखरेल शनिबार, असोज २४, २०८३
दिल्लीमा प्रदर्शन गर्न पुगेका केजरीवाल र ममता बनर्जीसहित एक हजारभन्दा बढी पक्राउ शनिबार, असोज २४, २०८३
राजनीतिमा आफ्नो विचार, नीति र विश्वासप्रति स्पष्ट र अडिग हुनुपर्छ : शशांक कोइराला शनिबार, असोज २४, २०८३
घरायसी काममा सुरक्षाकर्मी खटाएको देखे उजुरी गर्न गृह मन्त्रालयको आग्रह शनिबार, असोज २४, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
एआईजी बर्खास्त प्रकरणमा गृहमन्त्रीले दिए चारबुँदे प्रस्टीकरण शुक्रबार, असोज २३, २०८३
राष्ट्रपति पौडेलले जारी गरे अध्यादेश शुक्रबार, असोज २३, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
यी हुन् मन्त्रिपरिषद् बैठकका ४ निर्णय शुक्रबार, असोज २३, २०८३
धादिङको गलौँदीमा सडक भासियो, मुग्लिन-काठमाडौं सडक पूर्ण अवरुद्ध शुक्रबार, असोज २३, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
चोलेन्द्रसँग सम्पर्क देखिएपछि दीपक भट्टको जेल सरुवा शनिबार, असोज १७, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय सोमबार, असोज १९, २०८३
एआईजी बर्खास्त प्रकरणमा गृहमन्त्रीले दिए चारबुँदे प्रस्टीकरण शुक्रबार, असोज २३, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्