म्याड्रिड– फिफा विश्वकप २०१८ अन्तर्गत युरोप छनोटमा स्पेनले इटालीलाई ३–० ले पराजित गरेको छ।
समूह ‘जी’को खेलमा स्पेनलाई जित दिलाउन रियल म्याड्रिडका प्ले मेकर इस्कोले दुई गोल गर्दा अर्काे गोल अल्भारो मोराटाले थपे। इस्कोले खेलको १३औं फ्रिकिकमार्फत स्पेनलाई अग्रता दिलाए । उनले ४०औं मिनेटमा दोस्रो गोल गरे। ७७औं मिनेटमा अल्भारो मोराटाले सर्जियो रामोसको क्रसलाई सदुपयोग गरेर तेस्रो गोल गरेपछि स्पेन जितर्फ लम्कियो।
जितसँगै शीर्ष स्थानको स्पेनले ७ खेलबाट १९ अंक जोडेको छ। स्पेनले बाँकी रहेका ३ मध्ये १ खेलमा जित निकाले विश्वकपमा स्थान पक्का गर्नेछ। दोस्रो स्थानको इटालीको १६ अंक छ। स्पेन छनोट नजिक पुगेपछि इटालीले सिधैं विश्वकपमा छनोट हुने संभावना न्यून बनेको छ।
समूह ‘डी’ को खेलमा जर्जीया र आयरल्यान्डले १–१ गोलको बराबरी खेलेका छन्। सर्बियाले माल्डोभालाई ३–० र वेल्सले अस्ट्रियालाई १० ले हराएका छन्। जितसँगै सर्बिया समूहमा १३ अंक जोड्दै पहिलो स्थानमा छ। दोस्रो स्थानको वेल्सको ११ र तेस्रो स्थानको अस्ट्रियाको ८ अंक छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।