Ncell FOC Content Block Ncell FOC Content Block
Skip This
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, साउन ५, २०८३ Tue, Jul 21, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

राष्ट्रसंघको महासभामार्फत् संक्रमणकालीन न्यायबारे अन्तर्राष्ट्रिय सद्भाव खोज्ने प्रधानमन्त्री प्रचण्डको दाबी

64x64
नेपाल लाइभ शुक्रबार, भदौ २९, २०८०  १४:४१
1140x725

काठमाडौं– प्रधानमन्त्री पुष्पकलम दाहाल प्रचण्डले आफ्नो अमेरिका भ्रमण नेपालको शान्ति प्रक्रियाको बारेमा अन्तर्राष्ट्रिय समुदायको सद्भाव खोज्नमा केन्द्रित हुने बताएका छन्। शुक्रबार प्रतिनिधि सभा बैठकमा सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले संयुक्त राष्ट्रसंघको ७८औं महासभामा सहभागी हुन आफू अमेरिका भ्रमणमा जान लागेको जानकारी गराए। प्रधानमन्त्री प्रचण्डले भदौ ३० गते, शनिबार अमेरिका प्रस्थान गर्ने जानकारी गराए। 

अमेरिका भ्रमणका क्रममा आफूले राष्ट्रसंघीय महासभालाई सम्बोधन गर्ने, साइडलाइनमा केही अन्तर्क्रियामा पनि भाग लिने प्रधानमन्त्रीले जानकारी दिए। महासभामा सरकार प्रमुखको हैसियतमा सहभागी भइ नेपाली मौलिकताको लोकतन्त्र, समावेशी शासन प्रणालीको अभ्यास र  सम्मुनत नेपाल निर्माणमा प्रयासका विषयहरुलाई विश्व समुदायसमक्ष मुखरित गर्न पाउनुलाई आफूले अवसरको रुपमा लिएको प्रधानमन्त्रीले उल्लेख गरे। 

‘महासभामा सरकार प्रमुखको हैसियतमा सहभागी भइ नेपाली मौलिकताको लोकतन्त्र, समावेशी शासन प्रणालीको हाम्रो अभ्यास र  सम्मुनत नेपाल निर्माणमा हाम्रो प्रयासका विषयहरुलाई विश्व समुदायसमक्ष मुखरित गर्न पाउनुलाई मैले एउटा महत्त्वपूर्ण अवसरका रुपमा लिएको छु,’ प्रधानमन्त्री प्रचण्डले भने।  

प्रधानमन्त्री प्रचण्डले राष्ट्रसंघीय महासभालाई सम्बोधन गर्दै नेपालले हासिल गरेका राजनीतिक उपलब्धिबारे अवगत गराउने बताए। साथै, शान्ति प्रक्रियालाई तार्किक निष्कर्षमा पुर्‍याउनका लागि नेपालले गरिरहेको प्रयासमा अन्तर्राष्ट्रिय समुदायको सद्भाव खोज्ने उनको भनाइ छ। 

संक्रमणकालीन न्यायलाई ‘तार्किक निष्कर्ष’मा पुर्‍याउन अन्तर्राष्ट्रिय सद्भाव खोजेका प्रचण्डले अमेरिका भ्रमण अगाडि नै संक्रमणकालीन न्यायसँग सम्बन्धित विधेयकलाई टुंगोमा पुर्‍याउन खोजेका थिए। तर दलहरुबीच सहमति जुट्न नसक्दा उक्त विधेयक अहिले प्रतिनिधि सभाको मानव अधिकार समितिमा विचाराधीन छ। 

nimb
nimb
Ncell 2
Ncell 2

प्रधानमन्त्री प्रचण्डले आफू राष्ट्रसंघीय महासभामा सहभागी हन जान लागेको बेला नेपाललाई विशेष अवसर पनि आइलागेको बताए। अल्पविकसित राष्ट्रहरुको समूहको अध्यक्षको हैसियतले नेपालले ४७ वटा देशको प्रतिनिधित्व गर्दै साझा चासोका विषयमा विभिन्न मञ्चहरुमा धारणा राख्नुपर्ने जिम्मेवारी आइपरेको प्रधानमन्त्रीले उल्लेख गरे। 

‘यस वर्षदेखि अल्पविकसित राष्ट्रहरुको समूहको अध्यक्षको हैसियतले नेपालले ४७ वटा देशको प्रतिनिधित्व गर्दै साझा चासोका विषयमा विभिन्न मञ्चहरुमा धारणा राख्नुपर्ने  जिम्मेवारी पनि हामीलाई आएको छ। यो सधैं प्राप्त हुने अवसर होइन, यो विशेष कालखण्डमा, विशेष निर्णयद्वारा यो अवसर हामीलाई प्राप्त भएको छ,’ प्रचण्डले भने। 

संयुक्त राष्ट्रसंघको महासभालाई सम्बोधन गर्दा र साइडलाइनमा आयोजना हुने विभिन्न उच्चस्तरीय बैठकहरुमा अल्पविकसित राष्ट्रहरुले झेल्दै आएका विशिष्ट चुनौतीहरु तथा जलवायु परिवर्तनका कारण नेपालजस्ता पर्वतीय पर्वतीय देशमा परिरहेको गहिरो र दूरगामी प्रभावबारे विश्व समुदायको ध्यानाकर्षण गराइने प्रधानमन्त्रीको भनाइ छ। 

‘अल्पविकसित देशहरुको समूहको अध्यक्षको हैसियतले यो समूहका सदस्य राष्ट्रहरुले झेल्दै आएका विशिष्ट चुनौतीहरुबारे आवाज उठाउने, जलवायु परिवर्तनबाट नेपालजस्तो पर्वतीय देशमा परिरहेको गहिरो र दूरगामी प्रभावहरु लगायतका नेपालका लागि चासोका विषय र प्राथमिकताहरुप्रति विश्व समुदायको ध्यानाकर्षण गराउने तयारी रहेको छ,’ प्रधानमन्त्रीले भने। 

प्रकाशित मिति: शुक्रबार, भदौ २९, २०८०  १४:४१

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
स्पेनका कप्तान रोड्रीलाई गोल्डेन बल अवार्ड
विश्वकप फुटबलः अर्जेन्टिनालाई हराउँदै स्पेन च्याम्पियन
विश्वकप फाइनलमा पहिलोपटक हाफटाइम शो, क-कसले दिँदैछन् प्रस्तुति ?
सम्बन्धित सामग्री
‘राष्ट्रले एक प्रखर बौद्धिक व्यक्तित्व र लोकतन्त्रको सजग पहरेदार गुमायो’ : गगन थापा अर्थ सचिव, अर्थमन्त्री, विकास चिन्तक तथा सुशासनका अभियन्ताका रूपमा उहाँले नेपालको अर्थतन्त्र, सार्वजनिक प्रशासन र विकाससम्बन्धी बहसल... शनिबार, साउन २, २०८३
विष्णु पौडेललाई साधारण तारेखमा छाड्न अदालतले दिएका यी चार आधार पौडेलविरुद्ध २० करोड ९० लाख रुपैयाँ बिगो दाबी गर्दै मन्त्री पदमा रहँदा पदको दुरुपयोग गरी व्यवसायीलाई लाभ पुर्‍याएको र अवैध धन लुकाउन... शुक्रबार, साउन १, २०८३
विष्णु पाैडेललाई साधारण तारेखमा छोड्न विशेष अदालतको आदेश न्यायाधीशत्रय नारायणप्रसाद पौडेल, डिल्लीरत्न श्रेष्ठ र विदुर कोइरालाको इजलासले तीन आधार प्रस्तुत गर्दै पौडेललाई थुनामा राख्न वा धरौट... शुक्रबार, साउन १, २०८३
ताजा समाचारसबै
स्पेनका कप्तान रोड्रीलाई गोल्डेन बल अवार्ड सोमबार, साउन ४, २०८३
विश्वकप फुटबलः अर्जेन्टिनालाई हराउँदै स्पेन च्याम्पियन सोमबार, साउन ४, २०८३
विश्वकप फाइनलमा पहिलोपटक हाफटाइम शो, क-कसले दिँदैछन् प्रस्तुति ? आइतबार, साउन ३, २०८३
विश्वकप फुटबलको फाइनल खेल नि:शुल्क प्रसारण आइतबार, साउन ३, २०८३
साउनभित्र काठमाडौँमा राष्ट्रिय भेला गर्ने देउवा समूहको घोषणा आइतबार, साउन ३, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
विश्वकप फुटबलको फाइनल खेल नि:शुल्क प्रसारण आइतबार, साउन ३, २०८३
लागुऔषध कारोबारी समात्न कुलेश्वरमा प्रहरीले गोली चलायो आइतबार, साउन ३, २०८३
विश्वकप फुटबलः अर्जेन्टिनालाई हराउँदै स्पेन च्याम्पियन सोमबार, साउन ४, २०८३
प्रेमिकालाई बोलाइदिन माग गर्दै टेलिकमको टावर चढेका युवकको उद्धार आइतबार, साउन ३, २०८३
साउनभित्र काठमाडौँमा राष्ट्रिय भेला गर्ने देउवा समूहको घोषणा आइतबार, साउन ३, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
रावणका दश शिर र नेपालको शासन प्रणाली: एकल सोचले देश बन्दैन सुरेश गिरी
नेपालको राजनीतिमा जवाफदेहिताको संकट सुरेश गिरी
भीडले बनाएको नेतृत्व किन अन्ततः एक्लिन्छ ? सुरेश गिरी
महासंघमा गुटको राजनीति र स्थगित अधिवेशन: एकता र आत्मसुधारको निर्णायक घडी विप्लव अधिकारी
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
इंग्ल्यान्डमाथि पुनरागमन जित निकाल्दै अर्जेन्टिना फाइनलमा प्रवेश बिहीबार, असार ३२, २०८३
विश्वकप फुटबलको फाइनल खेल नि:शुल्क प्रसारण आइतबार, साउन ३, २०८३
सम्पत्ति छानबिन आयोगविरुद्ध अवहेलना मुद्दा, सर्वोच्चले दियो अन्तरिम आदेश बुधबार, असार ३१, २०८३
यी हुन् मन्त्रिपरिषद् बैठकका ५ निर्णय मंगलबार, असार ३०, २०८३
स्पेनको शानदार जित, फाइनल पुग्न सकेन फ्रान्स बुधबार, असार ३१, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्