• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, माघ ११, २०८२ Sun, Jan 25, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
अन्तर्वार्ता

लक्ष्मणलाल कर्णको नजरमा सुवास नेम्वाङ: सधैं संविधानको पक्षपोषक 

64x64
नेपाल लाइभ मंगलबार, भदौ २६, २०८०  १९:४९
1140x725

संविधान सभाका अध्यक्ष सुवास नेम्वाङको मंगलबार बिहान हृदयघातका कारण निधन भएको छ। उनको पार्थिव शरीरलाई श्रद्धाञ्जलीका लागि एमाले केन्द्रीय कार्यालय च्यासलमा राखिएको छ। बिहीबार पशुपति आर्यघाटमा उनको अन्तिम संस्कारको तयारी गरिएको छ। अधिवक्ता समेत रहेका कर्णले नेपाल लाइभसँगको संवादमा सहकर्मी नेता नेम्वाङलाई यसरी सम्झिए:

संविधान निर्माणको क्रममा सुभासचन्द्र नेम्वाङको भूमिका कस्तो थियो?
उहाँ साह्रै मिलनसार व्यक्ति हुनुहुन्थ्यो। उहाँमा अहमता थिएन। मेरो लामो संगत रह्यो तर कहिल्यै रिसाएको देखिएन। संविधान बनाउँदा जुन अठोट थियो त्यो पूरा गरेको रुपमा मैले लिएको छु। संविधानका विषयमा मेरो फरक मत छ तर उहाँले जसरी संविधान जारी गर्न भूमिका खेल्नुभयो, जसले गर्दा संविधान त जारी भयो नि! त्यसको म सधै प्रशंसा गर्दछु।

सुवासचन्द नेम्वाङकै व्यक्तित्व र भूमिकाका कारण संविधान निर्माण हुन सफल भएको हो। उहाँको देशप्रतिको माया, सद्भाव र भूमिकालाई बिर्सन मिल्दैन। सबै नेताहरुलाई मिलाएर मिलाएर लैजाने खालको नेम्वाङको भूमिका थियो। संविधान निर्माणका क्रममा सबै पार्टीहरुसँग व्यापक छलफल गर्नेदेखि नेताहरुलाई संविधानका धारा–धारामा मनाउने काम नेम्वाङले गरेको मैले पाएको छु।

संविधान सभाबाट संविधान निर्माण गर्दैगर्दा उहाँको असल व्यक्तित्व, लचिलो स्वभावकै कारण संविधान जारी भएको हो। उहाँ कानुनी रुपमा पनि असल व्यक्तित्वको रुपमा  हुनुहुन्थ्यो। कानुनको आफैं जानकार भएका कारण पनि संविधान निर्माणमा धेरै सहज भएको थियो।

उहाँ कानुनी रुपमा पनि अब्बल व्यक्तित्व हुनुहुन्थ्यो। तपाईंले कानुनी जीवनमा उहाँसँगै  बहस गर्ने अवसर कहिले पाउनुभयो कि भएन?
म विरगञ्जवाट बहस गर्थे उहाँ काठमाडौंबाट गर्नुहुन्थ्यो। कुनै एकाध मुद्दामा सँगै बहस गरिएको हुनसक्छ तर अहिले याद छैन। तर काठमाडौं आउँदा भने उहाँसँग भेट हुन्थ्यो। उहाँ नेपाल बारको महासचिवसम्म हुनुभयो त्यसैले पनि उहाँसँग कुराकानी भने हुन्थ्यो।

Ncell 2
Ncell 2

सर्वोच्च अदालतमा बहस गरिरहँदा हामी उहाँको नाम सुन्थ्यौं र बहस देखेर प्रभावित भने हुन्थ्यौं। उहाँ कानुनको ज्ञाता पनि हुनुहुन्थ्यो। फौजदारी, देवानी र संविधान तीनै विषयमा उहाँसँग राम्रो ज्ञान थियो। पछि संसद्‌मा आएपछि सहकार्य गर्ने मौका पाइयो। कानुनको त्यो विज्ञता संसदमा पनि देखिन्थ्यो।  

संसदीय मोर्चामा नेम्वाङ सफल हुनुको कारण के देख्नु हुन्छ?  
उहाँमा पक्षपातपूर्ण व्यवहार थिएन। उहाँ सबैलाई मित्रवत व्यवहार गर्नुहुन्थ्यो। यही कारण लेखा समितिको सभापतिदेखि संविधान सभाको अध्यक्ष र सभामुखको रुपमा सफल भएको जस्तो लाग्छ। उहाँको वचन पनि मिठो थियो। त्यो सम्पूर्ण कुराले गर्दा उहाँ संसदीय यात्रामा सफल हुनुभयो।

सबै ठाउँमा राम्रो गरेर, सबैलाई मिलाएर जाने भएकाले उहाँ सफल हुनुभएको हो। उहाँको बोली सबैलाई सम्मान गर्ने र आदर गर्ने, आफूले जानेको कुरा सहजै सिकाउने भएकाले पनि सफल भएकोजस्तो लाग्छ।

पार्टी अध्यक्ष केपी शर्मा ओलीले पटक–पटक  संसद् विगठन गर्दा पनि यो ठीक होइन, मिल्दैन भनेर भनेको थिएँ भनेर उहाँ संविधानको पक्षमा पनि उभिनुभयो। पछिल्लो समय एमालेले संसद् अवरोध गर्दैगर्दा पनि अवरोध गर्नु राम्रो होइन भनेर पार्टीको लाइनभन्दा बाहिर आएर बोल्नु भयो। त्यस हिसाब पनि आफूलाई उनी संविधानको पक्षधर थिए भन्न मिल्छ?

पक्कै पनि उहाँले संविधानको विषयमा आफूलाई सधैं एउटा लाइभमा उभ्याउनुभयो । विघटनको विषयमा पार्टी अध्यक्षलाई संविधानले दिदैन भनेर सुझाव दिएर उहाँले आफ्नो छवि कायम राख्नु भएको थियो।

पछिल्लो समय एमालेले लगातार संसद् अवरोध गर्दा उहाँले संसद्‌माथि अवरोध गर्ने कुरामा विपक्षमा आफूलाई उभ्याएर संविधानको पक्षमा कायम राख्नु भएको मैले देखेको थिएँ। नेम्वाङमा देशभक्ति र देशमै केही गर्नुपर्छ भन्ने भावना भएको मैले पाएको छु।

नेम्वाङको अवसानले अब एक संविधानको व्याख्याता र संविधानलाई माया गर्ने मानिस गुमाएका छौं। पहिलो संविधान सभा अनि दोस्रो संविधान सभामा जसरी संविधान सभा अध्यक्षको रुपमा भूमिका निर्वाह गर्नुभयो त्यसपछि सभामुखको रुपमा पनि उहाँले एउटा असल अभ्यास छोडेर जानुभयो। आगामी दिनमा हामीले त्यो असल अभ्यास पछ्याउनुपर्ने छ।

प्रकाशित मिति: मंगलबार, भदौ २६, २०८०  १९:४९

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
बंगलादेशलाई टी–२० विश्वकपबाट हटाएर स्कटल्यान्डलाई स्थान दिने निर्णय
पाकिस्तानको उत्तरपश्चिममा हिमपहिरो, नौ जनाको मृत्यु
उम्मेदवारको वैयक्तिक विवरण निर्वाचन आयोगद्वारा सार्वजनिक
सम्बन्धित सामग्री
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन सामान्यतया यो उमेर ढल्किदै जाँदा देखा पर्ने समस्या हो । ५५– ६० वर्षका मानिसहरुमा यो समस्या बढी देखिन्छ । यद्यपि यो बालबालिकामा ब्रेन... आइतबार, जेठ २५, २०८२
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा महाशिवरात्रि पर्व हर्षोल्लासपूर्वक सम्पन्न गर्नका लागि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री एवं पशुपति क्षेत्र विकास कोष सञ्चा... मंगलबार, फागुन १३, २०८१
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  स्वास्थ्य बिमा कार्यक्रम अन्तर्गत वार्षिक ३५ सय रुपैयाँले ५ जनाका परिवारले १ लाख बराबरको उपचार सहुलियत पाउने व्यवस्था छ।  सोमबार, फागुन १२, २०८१
ताजा समाचारसबै
बंगलादेशलाई टी–२० विश्वकपबाट हटाएर स्कटल्यान्डलाई स्थान दिने निर्णय शनिबार, माघ १०, २०८२
पाकिस्तानको उत्तरपश्चिममा हिमपहिरो, नौ जनाको मृत्यु शनिबार, माघ १०, २०८२
उम्मेदवारको वैयक्तिक विवरण निर्वाचन आयोगद्वारा सार्वजनिक शनिबार, माघ १०, २०८२
चुनावमा पैसाको चलखेल रोक्न सके नेकपा पहिलो पार्टी बन्छ : प्रचण्ड शनिबार, माघ १०, २०८२
चुनावबारे ओली अझै अन्योलमा,भने- आन्दोलनमा उत्रिनुपर्ने हो कि चुनावमा सहभागी हुनुपर्ने हो, भन्न सकिन्न शनिबार, माघ १०, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
राष्ट्रिय भेलाको तयारीमा कांग्रेसको देउवा समूह शनिबार, माघ १०, २०८२
सुनकाे मूल्य प्रतितोला ३ लाख नाघ्याे शुक्रबार, माघ ९, २०८२
मनाङमा एमाले र राप्रपाका उम्मेदवारले फिर्ता लिए उम्मेदवारी शुक्रबार, माघ ९, २०८२
ओखलढुंगामा सन्त तामाङद्वारा उम्मेदवारी फिर्ता, नेकपाका अमिरबाबु गुरुङलाई समर्थन शुक्रबार, माघ ९, २०८२
डा. बाबुराम भट्टराईद्वारा उम्मेदवारी फिर्ताको घोषणा शुक्रबार, माघ ९, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
टिकट नपाएपछि विष्णु रिजालको असन्तुष्टि: ‘मालपानीका लागि हात नपसार्नु मेरो कमजोरी’ आइतबार, माघ ४, २०८२
सुदूरपश्चिमका अधिकांश जिल्लामा टुङ्गायो नेकपाले उम्मेदवार, यी हुन् नाम शनिबार, माघ ३, २०८२
बालेनले राजीनामा नदिने आइतबार, माघ ४, २०८२
कांग्रेसले अहिलेसम्म टुंग्याएको उम्मेदवारहरु मंगलबार, माघ ६, २०८२
राष्ट्रिय भेलाको तयारीमा कांग्रेसको देउवा समूह शनिबार, माघ १०, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्