• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, असोज ५, २०८३ Mon, Sep 21, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

‘प्रदेश निवास’ : संघीयतालाई गिज्याउने दृश्य!

64x64
किशोर दहाल सोमबार, भदौ ११, २०८०  २१:०९
1140x725

काठमाडौं- संघीय सरकारले सातै प्रदेश प्रदेशका प्रमुख र मुख्यमन्त्रीका निम्ति निर्माण गरेको निवास आइतबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले हस्तान्तरण गरे। ललितपुरको भैँसेपाटीमा निर्माण गरिएका भवन हस्तान्तरण कार्यक्रमलाई सम्बोधन गर्दै उनले भवनको बाहिरी स्वरुप र दृश्यको प्रशंसा गर्न भ्याए। ’प्रदेश प्रमुख र मुख्यमन्त्रीहरुको भवनमा के कति सुविधा छ, कस्तो छ भनेर मैले भित्र सबै त हेरेको छैन’, प्रधानमन्त्री प्रचण्डले भने, ‘तर पनि बाहिरबाट हेर्दाचाहिँ यो राम्रै देखिएको छ। सुन्दर पनि छ। भैँसेपाटीको यो ठाउँ रमाइलो खालको छ।’

उनले भू-दृश्यको कोणबाट ती भवनहरूलाई राम्रो देखिएको बताए पनि संघीयताको मर्मको दृष्टिकोणबाट भने राम्रो नदेखिएको भन्दै संघीयताका विज्ञ तथा सरोकारवालाहरूबाट कटाक्ष व्यक्त भइरहेको छ। भवन हस्तान्तरणको फोटा सार्वजनिक भएलगत्तै सामाजिक सञ्जालमा व्यक्त भएका प्रतिक्रियाहरू हेर्ने हो भने, यो प्रयत्नले संघीयतालाई बदनाम गराउन थप भूमिका खेल्नेछ। संघीय प्रणालीको औचित्यका सम्बन्धमा थप प्रश्न उठ्नेछ।

संघीयताका विज्ञ तथा माओवादी केन्द्रका नेता खिमलाल देवकोटा यस्ता कदममार्फत् संघीयतालाई भन्दा एकात्मकतालाई बलियो बनाइने खतरा आफूले देखिरहेको बताउँछन्। ‘अब मुख्यमन्त्रीहरू प्रदेशमा भन्दा काठमाडौंमा केन्द्रित हुने प्रवृत्ति बढ्न सक्छ। मुख्यमन्त्री कहाँ हुनुहुन्छ? भन्दा सम्पर्क कार्यालयमा। सम्पर्क कार्यालय कहाँ छ? भन्दा काठमाडौंमा’, उनले भने, ‘अनि सबै काम काठमाडौंबाट गर्ने प्रवृत्ति बढ्छ।’

त्यसो त संविधान निर्माणकै बेलादेखि संघीयतामाथि खासै बहस हुन सकेन। संघीयता चाहिन्छ कि चाहिँदैन भन्ने बहस केन्द्रमा रह्यो तर कस्तो संघीयता र कसरी संघीयता भन्ने बहस नै हुन सकेन। त्यसको असर संघीय प्रणालीको कार्यान्वयनमा परिरहेको देख्न सकिन्छ। संघीयतालाई सफल बनाउन नेतृत्वदायी भूमिका खेल्नुपर्ने संघीय सरकारका प्रधानमन्त्री र मन्त्रीहरूकै बेलाबखतका अभिव्यक्ति र व्यवहार संघीयताका मर्मविपरीत हुने गरेको देखिएकै छ। भैँसेपाटीको भवनको राजनीतिक र सांकेतिक अर्थ त्यही प्रवृत्तिसँग जोडिन्छ।

संविधान घोषणापछिको पहिलो निर्वाचनबाट  ‘संघीयता काम लाग्दैन’ भन्ने व्यक्ति प्रधानमन्त्री बनेकाले उनैले प्रत्येक प्रदेशका मुख्यमन्त्री र प्रदेश प्रमुखका निम्ति काठमाडौं उपत्यकामा निवास र सम्पर्क कार्यालय खोल्ने निर्णय लिएको देवकोटाले स्मरण गरे। ‘संविधान निर्माणकै बखत एकात्मकताका पक्षमा वकालत गरेका व्यक्ति प्रधानमन्त्री बनेका बेलामा आफ्नो नीतिलाई कार्यान्वयन गर्ने र संघीयतालाई असफल बनाउने प्रयत्न स्वरुप थालनी गरेको परियोजना थियो यो भवनहरू। यतिबेला पूरा भयो। उद्घाटन र हस्तान्तरण भयो’, उनले भने, ‘प्रदेशमै मुख्यमन्त्री निवास र सम्पर्क कार्यालयहरु बनाइएको भए प्रदेशहरू नै स्थापित हुन्थे।’

Ncell 2
Ncell 2
nimb
nimb

तर प्रधानमन्त्री प्रचण्डको दाबी भने ठीक उल्टो छ। आइतबारको सम्बोधनमा उनले भवन निर्माण र हस्तान्तरणले संघीय लोकतान्त्रिक गणतन्त्रमाथि प्रश्न उठाउनेहरूलाई जवाफ दिएको बताए। उनले भवनहरूको उद्घाटन र साँचो हस्तान्तरण गर्दै गर्दा एक कदम भए पनि संघीयता संस्थागत गर्न अगाडि बढेको महसुस गरेको बताए। ‘यहाँ रहेर अब प्रदेश प्रमुख र मुख्यमन्त्रीजीहरूले पनि आफ्नो जिम्मेवारी र कार्यभारलाई अझ प्रभावकारी ढंगले, अझ सफलताका साथ सम्पन्न गर्नुहुनेछ भन्ने विश्वास व्यक्त गर्न चाहन्छु’, उनको भनाइ थियो।

संघीय शासनमा हालिमुहाली गरिरहेका पार्टी र नेतृत्वले प्रदेशको राजनीतिलाई पनि आफ्नो कब्जामा राखेको अनेकौं घटनाक्रमले प्रष्ट पारिरहेकै छ। कुन प्रदेशमा कसलाई मुख्यमन्त्री बनाउने, मुख्यमन्त्री बनाउन के कस्तो रणनीति अपनाउने मात्रै होइन, कसलाई मन्त्री बनाउने, कसलाई सभामुख बनाउने जस्ता निर्णयहरू पार्टीका संघीय नेतृत्वले नै गरेको पाइन्छ। संघीय गठबन्धन अनुसार नै प्रदेशका गठबन्धन बन्ने र भत्किने भइरहेको देखिन्छ। यसले संघीय प्रणालीको महत्त्व स्थापनामा अवरोध गरिरहेको भन्दै आलोचना पनि हुने गरेको छ। तर त्यसको सुनवाइ भने भएको पाइँदैन।

राजनीतिक रुपमा संघीय नेतृत्व प्रदेशमा निर्णायक भइरहेको पृष्ठभूमिमा संघीय सरकारले थप सांकेतिक अर्थ दिनेगरी संघीय राजधानीमा ‘प्रदेश निवास’ हस्तान्तरण गरेको हो।

उल्लेखित भवन निर्माणका लागि सरकारले झन्डै ८५ करोड खर्चिएको छ। २७ रोपनीभन्दा बढी क्षेत्रफलमा सात वटा भवन निर्माण गरिएका छन्। प्रत्येक भवनमा उस्तै दुई वटा ब्लक छन्। भवनहरू अनेक कोणबाट सुविधा सम्पन्न छन्। आगामी दिनमा विदेशी पाहुना र देशभित्रकै जनप्रतिनिधिहरु आउँदा ती भवनमा बस्ने प्रदेश प्रमुख तथा मुख्यमन्त्रीका अनुहार र कामकारबाहीमा संघीय लोकतान्त्रिक गणतन्त्रको चित्र देख्ने प्रधानमन्त्री प्रचण्डको अपेक्षा छ।

कतिपय कामकारबाहीमा सहजीकरणका लागि संघीय सरकार र मुख्यमन्त्रीबीच नियमित संवाद हुनु स्वाभाविक हुने भएता पनि प्रदेशका प्रमुख तथा मुख्यमन्त्रीहरूको संघीय राजधानीमै ‘बास’ हुने अपेक्षा संविधानमा देखिँदैन। प्रधानमन्त्रीको नेतृत्वमा रहने अन्तरप्रदेश परिषद्को बैठकमा सबै प्रदेशका मुख्यमन्त्री एक ठाउँ जुट्ने अवसर प्रदान गर्छ, तर निवास अभावकै कारण त्यो बैठक बस्न कठिनाइ भएको भने देखिँदैन। त्यसैले हस्तान्तरित भवनको औचित्य संघीय प्रणालीको मर्मसँग जोडिएको देखिँदैन। केवल प्रदेश प्रमुख र मुख्यमन्त्री काठमाडौं आएका बेलामा बाहिर बस्नुपर्थ्यो, अब सरकारी निवासमै बस्न पाउने भए भन्नेमै स्थापित हुने सम्भावना देखिन्छ।

कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्मा यसअघि सरकारले बाहिर (भाडामा लिएर) राख्ने गरेको तर अहिले भवन बनाइदिएका कारण सहज हुने बताए। ‘कतिपय बेलामा संघीय सरकारसँग छलफल गर्नुपर्ने हुन्छ। कामहरु मिलाउनुपर्ने हुन्छ। कामहरूलाई छिटो छरितो बनाउनुपर्ने हुन्छ। त्यसका लागि यहाँ (काठमाडौंमा) भएका मान्छेहरूसँग भेटघाट गर्नुपर्ने हुन्छ। कार्यक्रमहरू गर्नुपर्ने हुन्छ। बाहिर होटलमा गर्नुभन्दा त आफ्नै भवन हुँदा हामीलाई धेरै  सजिलो हुन्छ’, उनले भने।

प्रकाशित मिति: सोमबार, भदौ ११, २०८०  २१:०९

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
किशोर दहाल
दहाल नेपाल लाइभको राजनीतिक ब्युरो प्रमुख हुन्।
लेखकबाट थप
अनि गणेशमानले कांग्रेस परित्याग गरे...
संघदेखि प्रदेशसम्म 'साना दल'को नेतृत्वमा सरकार!
‘कांग्रेसका नेता’ पुष्पलालले किन गठन गरे कम्युनिस्ट पार्टी?
सम्बन्धित सामग्री
अब जोखिम नभएसम्म पक्राउ परेकालाई हत्कडी नलगाउन सर्वोच्चको आदेश न्यायाधीश डा. नहकुल सुवेदी र शान्तिसिंह थापाको इजलासले पक्राउ परेका व्यक्ति भाग्ने जोखिममा रहेको, हिंसात्मक व्यवहार गरेको वा आफू तथा... सोमबार, असोज ५, २०८३
राष्ट्रिय सेवा दल विधेयक प्रतिनिधिसभाबाट पारित, के–के छन् व्यवस्था? विधेयकमा विद्यालयमा अध्ययनरत विद्यार्थीमा देशप्रेम, जनसेवा, राष्ट्रिय एकता, अनुशासन र नैतिकताको भावना विकास गर्ने उद्देश्य राखिएको छ... सोमबार, असोज ५, २०८३
चीनद्वारा बाढी प्रभावित बालबालिकाका लागि एक करोड १० लाख सहयोग नेपालका लागि चिनियाँ राजदूत चाङ माओमिङले सोमबार शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेललाई मन्त्रालयमा उक्त सहयोग रकमको चेक हस्तान्त... सोमबार, असोज ५, २०८३
ताजा समाचारसबै
यूएन महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल न्यूयोर्कमा सोमबार, असोज ५, २०८३
असोज ९–११ मा अति भारी वर्षाको जोखिम, राति यात्रा नगर्न प्राधिकरणको आग्रह सोमबार, असोज ५, २०८३
भोटेकोशी बाढीको क्षति मापन गर्न २५० भन्दा बढी कर्मचारी फिल्डमा सोमबार, असोज ५, २०८३
अब जोखिम नभएसम्म पक्राउ परेकालाई हत्कडी नलगाउन सर्वोच्चको आदेश सोमबार, असोज ५, २०८३
टेकुमा प्लास्टिक गोदाममा आगलागी सोमबार, असोज ५, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
राजनीतिक विश्लेषक भरत दाहाल पक्राउ आइतबार, असोज ४, २०८३
चक्कु प्रहारबाट एक युवकको मृत्यु, तीन जना पक्राउ आइतबार, असोज ४, २०८३
बालकृष्ण खाणसहित २३ जना क्षेत्रीय प्रतिनिधि निर्विरोध आइतबार, असोज ४, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
जलबायू न्यायका लागि नेपालले के गर्ने ? प्राध्यापक डा सूर्यप्रसाद सुवेदी
‘इजोत’को ज्योति प्रज्वलित गर्ने ॐको स्मृति धर्मेन्द्र विह्वल
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
प्रधानमन्त्रीसँग बैठक बसेलगत्तै सिंहदरबारबाट किन पक्राउ परे किस्माङ गाउँपालिका अध्यक्ष ? सोमबार, भदौ २९, २०८३
गौरीघाटमा बागमती नदीले सतर्कता तह पार गर्‍यो सोमबार, भदौ २९, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्