Current chauchau Current chauchau
Skip This
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, जेठ ४, २०८३ Mon, May 18, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

प्रधानन्यायाधीश श्रेष्ठको रोडम्याप : पुराना मुद्दा घटाउने, न्यायाधीश नियुक्ति थालनी गर्ने 

64x64
नेपाल लाइभ मंगलबार, भदौ ५, २०८०  १९:४१
1140x725

काठमाडौं– सर्वोच्च अदालतको ३१औं प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले आफ्नो १४ महिने रोडम्याद न्यायाधीश नियुक्तिदेखि सुरु हुने बताएका छन्।

राष्ट्रपति रामचन्द्र पौडेलसँग शपथ लिएर पदबहाली गर्न सर्वोच्च पुगेका श्रेष्ठले न्यायाधीश नियुक्तिदेखि न्यायको अनुभूति हुनेगरी मुद्दाको पालो आउनेसम्म बनाउने दाबी गरे। 

पत्रकारहरूले सोधेका प्रश्नमा उत्तर दिँदै प्रधानन्यायाधीश श्रेष्ठले आफ्नो कार्यकालमा केही गरेर जाने अठोट लिएको पनि उल्लेख गरे। 

‘न्यायाधीश नियुक्तिमा भोलिदेखि नै औपचारिक र अनौपचारिक रुपमा लाग्छु। अब यो वा त्यो बहानमा ढिलो गर्न हुँदैन,’ उनले भने, ‘देशभरका अदालतमा न्यायाधीश रिक्त छ।  मेरो तत्काल नियुक्तिको थालनी गर्नुपर्ने जिम्मेवारी मेरो काँधमा छ।’ 

न्यायाधीश नियुक्ति अब ढिला नहुने र आफूले न्याय परिषद्‌को बैठक राखेर तत्काल प्रक्रिया सुरु गर्ने दाबी उनले गरे। उनले यसमा सरोकार हुने सबैसँग छलफल गर्ने पनि बताए। प्रधानन्यायाधीश श्रेष्ठले अदालतमा पुराना मुद्दा धेरै भएको र न्यायाधीश कम भएको कुरा आफूले महसुस गरेको र त्यसको समाधानको सुरुवात आफूले कामु प्रधानन्यायाधीश भएलगत्तै सुरु गरिसकेको जानकारी दिए।

‘१७ वर्ष अघिका मुद्दाहरू पनि थिए। केही मुद्दा छिनिएको छ। पुराना मुद्दाहरू चाँडो छिन्न नया व्यवस्था लागू गरेका छौँ,’ उनले भने, ‘अभियान फाँट नै चलाएर पुराना मुद्दा घटाउने क्रम सुरु भएको छ। यो अभियान निरन्तर हुनेछ।’ उनले पुराना मुद्दा फर्स्यौट र छिटो न्याय दिन सबैको सहयोग हुनुपर्ने भन्दै यसका लागि पनि पहल गर्ने बताए। 

‘न्यायपालिका आफैले लिनुपर्ने जिम्मेवारी लिने हो। मेरो कार्यकालमा कर्मचारी र न्यायाधीश एउटा मिसनमा अघि बढ्छौँ ’ उनले भने, ‘त्यो भनेको पुराना मुद्दाको छिटो फैसला गर्ने हुनेछ।’ उनले न्यायालयले न्यूनतम् बजेट समेत नपाउँदा काम गर्न समस्या भएको बताए। 

पारिवारिक अदालत अब छिट्टै सुरु हुने जानकारी पनि उनले दिए। पारिवारिक अदालतको व्यवस्था कानुनमा भएको तर कार्यान्वयन नभएकाले आफ्नो कार्यकालमा त्यो पूरा हुने प्रतिबद्धता उनले गरे। उनले पारिवारिक अदालत जिल्ला अदालत काठमाडौं र ललितपुर तथा भक्तपुरबाट सुरु हुने जानकारी दिए। काठमाडौंमा २ जना न्यायाधीश ,ललितपुर र भक्तपुरमा १/१ जना न्याायधीशको बेञ्च नै यही मुद्दा फैसला गर्न तोकिने पनि उनले बताए। 

nimb
nimb
Ncell 2
Ncell 2

‘महिला, बालबालिका र असहायका मुद्दा हेर्ने बेञ्च बनाउने अभ्यास सुरु हुन्छ। काठमाडौंमा २ तथा ललितपुर र भक्तपुरमा १ जना न्यायाधीश रहने बेञ्च म चलाउँछु,’ उनले भने ‘भोलिदेखि नै कार्ययोजना बनाएर चाँडै लागू गर्छु। ’ 

उनले न्यायालयको जनआस्थामा भएको गिरावट पनि माथि उकास्ने काम गर्ने बताए।  विगत एक दुई वर्षमा न्यायालयमा संकट आएको कुरा संसदीय सुनुवाइ समितिमा पनि प्रश्न आएको भन्दै उनले जनविश्वास न्यायालयको आधार भएकाले यसलाई कायम गराउने आफ्नो मुख्य लक्ष्य हुने बताए। 

‘विगतमा केही घटना भयो होला तर अब त्यो छाप परेको कुरा मेटाउन र हटाउन परिणामबाट देखाउनै पर्छ,’ उनले भने, ‘अबका दिनमा त्यस्तो विधि न्यायालयप्रति टिकाटिप्पणी नहुने बनाउने मेरो अठोट हो।’ उनले यस्ता टिकाटिप्पणी कम गर्न  प्रविधिमैत्री अदालत बनाउने अभियान नै आफूले सुरु गर्ने बताए। 

‘न्यायालयमा अब फरक पेसी व्यवस्थापन हुन्छ,’ उनले भने, ‘प्रविधिमैत्री अदालत भएपछि अनियमितता र अड्कालबाजी हुँदैन।’ त्यस्तै अदालतको अर्को समस्या फैसला कार्यान्वयन नहुने भएकाले यसका लागि पनि अभियान नै सुरु गर्ने उनले बताए।

फैसला कार्यान्वयनको बोध धेरै भएकाले अब न्यायालयले मात्र नसक्ने कुरा आफूले सरकारलाई पनि राखेको भन्दै उनले आफूले १७ स्थान पहिचान गरेकाले यही कार्ययोजनामा काम गर्ने बताए। 

‘फैसला कार्यन्वयनमा न्यायालयले मात्र थेग्न सक्ने अवस्था छैन। अरु देशमा कार्यपालिकाले गर्दछ,’ उनले भने,‘तर अब न्यायालयले नै नगरी हुँदैन। त्यसैले  मेरो कार्यकालयमा १७ ठाउँ पहिचान गरेकाले अभियानकै रुपमा कार्यन्वयन गर्न लागि सकेको छु।’ त्यस्तै उनले अनुसन्धानमा रहेका र न्याय परिषद्‌मा तानिएका व्यक्तिहरूको हकमा छिटो किनारा हुने पनि बताए। 

‘अनुसन्धानका क्रममा रहेका न्यायाधीशहरूको बसेरमा छिटै न्यायपरिषद् बसेर निर्णय लिन्छ,’ उनले भने ‘दोषी भए कारबाही हुन्छ, निर्दोष भए सफाइ पाउँदै काममा फर्कनुहुन्छ।’

प्रकाशित मिति: मंगलबार, भदौ ५, २०८०  १९:४१

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
प्रतिनिधिसभा बैठक || LIVE||
इरानी जेलबाट नेपाली युवक रिहा भएको गलत सूचनाबारे एक महिनापछि परराष्ट्रले माफी माग्यो
काँग्रेस नेतृत्वले गुटगत विभाजन अन्त्य गर्दै संगठन सुदृढीकरणलाई प्राथमिकता दिने
सम्बन्धित सामग्री
प्रतिनिधिसभा बैठक || LIVE|| बैठकमा कार्यव्यवस्था परामर्श समितिका सदस्य फेरबदल र प्रि बजेटमाथि छलफल गर्ने कार्यसूची छ । सोमबार, जेठ ४, २०८३
काँग्रेस नेतृत्वले गुटगत विभाजन अन्त्य गर्दै संगठन सुदृढीकरणलाई प्राथमिकता दिने काभ्रेको धुलिखेलमा सोमबारदेखि सुरु भएको प्रदेश तथा स्थानीय तह केन्द्रित प्रदेशस्तरीय भेलामा सम्बोधन गर्दै उनले विशेष महाधिवेशनसँग जो... सोमबार, जेठ ४, २०८३
एमाले सचिवालय बैठक जारी अध्यक्ष केपी शर्मा ओलीको निवास गुण्डुमा बैठक बसिरहेको हो । सोमबार, जेठ ४, २०८३
ताजा समाचारसबै
प्रतिनिधिसभा बैठक || LIVE|| सोमबार, जेठ ४, २०८३
इरानी जेलबाट नेपाली युवक रिहा भएको गलत सूचनाबारे एक महिनापछि परराष्ट्रले माफी माग्यो सोमबार, जेठ ४, २०८३
काँग्रेस नेतृत्वले गुटगत विभाजन अन्त्य गर्दै संगठन सुदृढीकरणलाई प्राथमिकता दिने सोमबार, जेठ ४, २०८३
स्कटल्यान्डविरुद्ध नेपाल ६ विकेटले विजयी, अंक तालिकाको पाँचौ स्थानमा सोमबार, जेठ ४, २०८३
एमाले सचिवालय बैठक जारी सोमबार, जेठ ४, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
प्रस्तावित प्रधानन्यायाधीश शर्माविरुद्ध ७ उजुरी आइतबार, जेठ ३, २०८३
प्रतिनिधिसभामा श्रम संस्कृति पार्टीले गर्‍यो पर्चासहित उठेर विरोध सोमबार, जेठ ४, २०८३
स्कटल्यान्डविरुद्ध नेपाल ६ विकेटले विजयी, अंक तालिकाको पाँचौ स्थानमा सोमबार, जेठ ४, २०८३
असन्तुष्ट पक्षलाई गगन थापाले भने– मिलेर काम गर्न चाहन्छु, के पद चाहिन्छ दिन्छु आइतबार, जेठ ३, २०८३
जनतासँग टुटेका कार्यकर्ताको भरमा चुनावमा जाँदा एमालेले पराजय भोग्यो-महासचिव पोखरेल आइतबार, जेठ ३, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
महासंघमा गुटको राजनीति र स्थगित अधिवेशन: एकता र आत्मसुधारको निर्णायक घडी विप्लव अधिकारी
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
भैरवी गाउँपालिकाकी अध्यक्ष रिताकुमारी शाही पक्राउ सोमबार, वैशाख २८, २०८३
प्रस्तावित प्रधानन्यायाधीश शर्माविरुद्ध ७ उजुरी आइतबार, जेठ ३, २०८३
सभामुख र उपसभामुखको अनुपस्थितिमा प्रतिनिधि सभा सञ्चालन गर्न ७ सदस्य मनोनीत सोमबार, वैशाख २८, २०८३
फेरियो कार्यसूचीः  जवाफ दिन तयार भएनन् प्रधानमन्त्री बालेन बिहीबार, वैशाख ३१, २०८३
कीर्तिपुरमा गोली चल्यो, घिमिरे हत्याका मुख्य आरोपी नियन्त्रणमा बिहीबार, वैशाख ३१, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्