• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, भदौ २, २०८३ Tue, Aug 18, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
रंगमञ्च

थिएटर मल दशौं वर्षमा प्रवेश

64x64
नेपाल लाइभ शुक्रबार, भदौ १, २०८०  १७:४४
1140x725

काठमाडौं– कीर्तिपुरस्थित थिएटर मल नेपाल १०औं वर्षमा प्रवेश गरेको छ।

स्थापना दिवसको अवसरमा मलका निर्देशक रंगकर्मी केदार श्रेष्ठले कीर्तिपुर रङ्गमञ्चलाई सबै रङ्गकर्मीका लागि निःशुल्क रङ्गमञ्च अभ्यासको थलो बनाउने तयारी गरिरहेको बताए।

एक विज्ञप्तिमार्फत् श्रेष्ठले नाटकघरले स्थापनाकालदेखि हासिल गरेको उपलब्धि र उतारचढावबारे सम्झिएका छन्। ‘वर्तमानमा नयाँ सिर्जनाहरु पस्किन नसकिरहँदा हामी यहाँहरुसमक्ष दुःखी भएका हौँ। तर थिएटर मलका साथीहरू कहीँ न कतै रङ्गमञ्चसँगै जोडिएर सक्रिय हुनुहुन्छ। संस्थागत रुपमा थिएटर मलले नयाँ गतिविधि तत्काल नगरिरहे पनि साथीहरूको सक्रियतामा भने पक्कै मुस्कुराउन सक्षम छ,’ विज्ञप्तिमा लेखिएको छ, ‘संस्थागत रुपमा पनि हामी रमञ्चको शीरमा झुण्डिएका बत्तीहरु बाल्ने प्रयासमा छौँ। प्रयासहरूका नतिजा जे पनि हुन सक्छ भन्नेमा पनि हामी मानसिक रुपमा तयार छौं।’

विसं २०७१ साउन ३० मा काठमाडौं मल सुनधाराको सातौं तल्लाबाट थिएटर मल सञ्चालनमा आएको थियो। पछि नाटकघर कीर्तिपुरमा सारियो।

यसबीचमा थिएटर मलले थुप्रै नाटकहरू मञ्चन र कार्याशालाहरू सञ्चालन गर्यो। पछिल्लो पटक डेढ वर्षअघि नाटकघरबाट ‘शिरिषको फूल’ मञ्चन भयो। त्यसयता नयाँ नाटक मञ्चन हुन नसके पनि थिएटर मल रंगकर्ममा विभिन्न माध्यम तथा सहकार्यबाट सक्रिय छ। 

यस्तो छ विज्ञप्ति
प्रिय रङ्गकर्मी, रङ्गप्रेमीहरु
सदैव साथ रहनुभएका सञ्चारकर्मीहरु, शुभेच्छुकहरु,

थिएटर मल नेपालले स्थापनाको नवौं वर्ष पुरा गरिरहँदा हामी खुशी छौं साथै केही दुःखी पनि।

पहिला खुशीकै कुरा गरौं नौ वर्षमा हामीले निकै उतारचढावसँग साक्षात्कार गर्दै निकै कठिन, निराशाजनक समय र परिस्थितिका बावजुद पनि हामी निरन्तर रङ्गमञ्चमा रहन सक्यौं। वि.सं. २०७१ साउन ३० मा काठमाडौं मल सुनधाराको सातौं तल्लामा काठमाडौको पाँचौ नाटकघरको रुपमा औपचारिक उदघाटित हुँदै व्यापारिक मल तथा भवनको खाली छतमाथि थिएटरको सम्भावनालाई पहिलोपटक सार्थक रुप दियो।

nimb
nimb
Ncell 2
Ncell 2

स्थापनासँगै थिएटर थिएटरवीचको सहकार्यको अपरिहार्यताको महसुस गरेको थिएटर मलले सहकार्यको सुरुवात गर्दै मण्डला थिएटर, शिल्पी थिएटरको नाटकलाई थिएटर मल नाटकघरमा पुनः मञ्चनका साथ आफ्नो यात्राको थालनी गरेको थियो। साथै अन्य विभिन्न नाट्य संस्था तथा समूहसँगको सहकार्यबाट नाटक निर्माण र मञ्चनको सक्रिय अभ्यास गयौं। यही सहकार्य र अभ्यासबाट नयाँ युवा नाटक निर्देशकहरुको आगमनमा सहज वातावरण निर्माणमा पहलकदमी लियो। 

यस अभ्यास र उदाहरण पश्चात नेपाली रङ्गमञ्चमा तथा अरु नाटकघरमा पनि युवा रङ्गकर्मीहरुले निर्देशनको हुटहुटी जागेको थियो र धेरै युवा रङ्गकर्मीहरु नयाँ निर्देशकको रुपमा अवधारणा, कथा र स्क्रिप्ट बोकेर रङ्गमञ्चमा आफूलाई निर्देशकको रुपमा पहिचान गरेका थिए र आँट जुटाएका थिए / हुन् भन्न पाउँदा खुशी नहुने कुरै भएन। त्यसपश्चात् नेपाली नाटकघरमा, रङ्गमञ्चमा नयाँ नयाँ युवा निर्देशकहरुको सिर्जनशील सक्रियता उभारको हिसाब रङ्गप्रेमीहरुले नियालिरहनुभएकै छ।

साथै बालबालिकाका लागि रङ्गमञ्च 'बालरङ्गमञ्च'को स्थापनाको लागि थिएटर मलको मातृ संस्था थिएटर सेन्टर फर चिल्ड्रेन नेपाल र सुस्केरा आसको साथमा पहल र अभ्यासमा परिणाममुखी भूमिका खेलेकै हो। जसले पछिल्लो समय बालरङ्गमञ्चको अभ्यास र सक्रियता बढ्दो छ।

स्थापनाको एक वर्ष नपुग्दै महाभूकम्पले सातौं तल्लाको थिएटर मलको मस्तिष्कलाई साह्रै थर्कायो। तथापी महाभुकम्पपछि नयाँ नाटक गर्ने पहिलो नाटकघर हामी नै थियौं। देशले भोगेको नाकाबन्दीमा अन्य ठाउँमा नाटक मञ्चन रोक्ने क्रम सुरु गर्दा काठमाडौं मलको जेनेरेटरको भरोसा लिएर हामी भने नयाँ नाटक मञ्चन गर्न तल्लिन भयौं। यस क्रममा अन्ततः इन्धनको चरम अभावका कारण बीचमा रोकिएको शो दर्शकहरुले मोबाइलको लाइट बालेर र रङ्गकर्मीले मोबाइललाई नै लाइट र साउण्डको उपकरण बनाएर पनि नाटक मञ्चन गयौ । हाम्रो समयको यस्तो अवसादजन्य रोमाञ्चकता पनि महसुस गर्न पायौं। भुकम्प बिर्सेर हामीलाई अथाह साथ दिनुहुने, मोबाइल बालेर नाटक हेर्न तत्पर हुनुहुने तपाईं रङ्गप्रेमीहरुप्रति हामी सदैव नतमस्तक छौं।

तर हामी व्यवसायिक मलको किचलोका कारण काठमाडौं मलमा नाटकघर बन्द हुन पुग्यो। जसरी त्यहाँ नाटकघर निर्माण हुँदै गर्दा अधिकांश रङ्गकर्मीबीच साक्षात्कार र विमर्शको कार्यक्रम गरेर एउटा उत्साह समेटेका थियौं त्यसरी नै हामी नाटकघर बन्द हुँदै गर्दा भारी मनका साथ भएपनि फेरि नेपाली रङ्गमञ्चमाथि विचार विमर्शको अन्तरक्रिया गरेर तत्कालिन समयका लागि विदा भएका थियौं। हामीले त्यस घटनालाई अन्त्य होइन विश्रामका रुपमा लिएका थियौं। विभिन्न अस्थायी कार्यालय बनाउँदै त्यसको १८ महिनापछि हामी कीर्तिपुरमा राराहिल स्कुलसँगको सहकार्यमा पुनः स्थापित हुन सक्यौं। यसरी बन्द भएको नाटकघर पुनः स्थापित हुनसक्छ भन्ने पहिलो उदाहरण पनि बन्न पायौं।

थुप्रै नाट्य संस्थाको सहआयोजना र मण्डला थिएटरको पहलमा भएको नेपाल अन्तर्राष्ट्रिय नाट्य महोत्सवबाट थिएटर मल कीर्तिपुर रङ्गमञ्चको उदघाटन गरेका थियौं। महोत्सवसँगै थिएटर मलले आफ्नो गतिविधि झण्डै काठमाडौं मलकै तवरमा अगाडि बढाउँदा बढाउँदै कोभिड १९ को प्रभावले पुनः शून्यबाट सुरु भएको थिएटर मल अर्कोपटक पुनः शून्यप्रायमा बन्यो।

तर यसबीचमा जीवनको जटिलतामा रङ्गमञ्च झनै मानवीय हुनुपर्छ, झनै आम मानिसका माझ हुनुपर्छ भन्ने हेतुले मञ्चन भइसकेका नाटकहरूको डकुमेन्टेड भिडियो प्रशारण गर्दै पहिलो भचुअल थिएटर फेस्टिभल, क्वारेन्टाइन अभियान नाट्य कीर्तिपुर रङ्गमञ्च उत्सव' गयौं।

यो अनुभव पनि निकै रोमाञ्चक हुन पुग्यो एकै नाटकमा २१ हजारसम्मको रियल टाइम भ्यूअर, १६ दिनमा २० नाटकमा ५ लाखभन्दा बढी भ्यूजबाट रङ्गमञ्च नदेखेका आम मानिसमाझ रङ्गमञ्चको केही रङ्ग पुयाउन सक्यौ । यसले नेपाली रङ्गमञ्चलाई फैलाउनका लागि निकै काम गरेको अनुभव हामीसँग ताजा छ । कोमिड पश्चात तग्रिने प्रयास स्वरुप केही कार्यक्रम र एउटा नाटक शिरिषको फूल' गर्न सक्यौं ।

तर यी सब उहिलेका कुरा हुन्, नयाँ के त ? हो हामी यहीनेर दुःखी छौं। नाइन्टिन फाउन्टिन'को भनेजस्तैगरी हरेक समय हामी आफ्नो विगत सुनाएर बस्न तयार छैनौं । सिर्जनामा त्यस्ता अनुभवहरु र योगदान विशेष हुन सक्लान् तर वर्तमान र समकालिन हुन सक्दैनन् भन्नेमा हामी विश्वस्त र प्रतिवद्ध छौं। त्यसैले कोभिडपछि वर्षकै उत्कृष्ट भनिएको नाटकमध्ये एक 'शिरिषको फूल' मञ्चन गरिएपनि बालबालिकाका लागि कार्यशालाहरु सञ्चालन गरेपनि हामी साच्चिकै तग्रिन सकेका छैनौं। यो नै थिएटर मलको वर्तमान हो । वर्तमानलाई विगतका सक्रियता र पहलकदमीले जलप लगाउन सकिन्न भन्ने आत्मबोध हामीमा छ नै ।

देशले संघीयताको स्वरुप लिएपनि हाम्रो सामाजिक, राजनीतिक लगायत संरचना अझै केन्द्रीकृतभन्दा पर जान सकेको छैन || देशले नयाँ राजनीतिक व्यवस्था पाएपनि कला साक्षरताका हिसाबले हामी निकै संकुचनको अवस्थामा छौं । फलस्वरुप काठमाडौंको चक्रपथ कटेर अलि परमात्रै पुगेर पनि नियमित रङ्गकर्म गर्न हामी समस्यामा परेका छौं ।

‘शिरिषको फूल' नाटकमा आउनुभएका करिब १५०० दर्शकको तथ्याङ्क हेर्दा चक्रपथ बाहिरका दर्शक भने नगण्य मात्र पायौं र हामी हच्कियौं । सायद स्थानीय रुपमा हामी अक्क भित्र भित्र पुग्न नसकेका हुन सक्छौं, तर त्यो पुग्ने कसरी हामीले पहिल्याउन सकेका छैनौं । 

तसर्थ वर्तमानमा नयाँ सिर्जनाहरु पस्किन नसकिरहँदा हामी यहाँहरुसमक्ष दुःखी भएका हौं । तर थिएटर मलका साथीहरु कहिँ न कतै रङ्गमञ्चसँगै जोडिएर सक्रिय हुनुहुन्छ । संस्थागत रुपमा थिएटर मलले नयाँ गतिविधि तत्काल नगरिरहेपनि साथीहरुको सक्रियतामा भने पक्कै मुस्कुराउन सक्षम छ । संस्थागत रुपमा पनि हामी रमञ्चको शीरमा झुण्डिएका बत्तीहरु बाल्ने प्रयासमा छौं । प्रयासहरुका नतिजा जे पनि हुन सक्छ भन्नेमा पनि हामी मानसिक रुपमा तयार छौं ।

कलाकर्म, त्यसमा पनि रङ्गकर्म साच्चिकै चुनौतीपूर्ण र कठिन छ । यस चुनौतीलाई सहर्ष स्वीकार गर्दै सक्रिय रहिरहेका

देशैभरका सम्पूर्ण नाटकघर, नाट्य संस्था र रङ्गप्रेमीहरुलाई थिएटर मल पुनः नमन गर्दछ, सलाम गर्दछ । तपाईंहरुको उत्साह, सक्रियता र कठिनतामा थिएटर मल पनि साथै रहनेछ ।

तर यो औपचारिक वार्षिकउत्सवका दिन पनि हामी फेरि भन्न चाहन्छौं, "कर्मीको नितान्त इच्छाशक्तिले, लगावले स्वतन्त्र रुपमा चलिरहेका नाटकघर र रङ्गमञ्च गतिविधिलाई एकछिन विर्सनुस्, नेपाली रङ्गमञ्च शून्यप्रायः छ ।"

थिएटर मलले दशौं वर्षको यात्रा थालेको अवसरमा थिएटर मललाई कहिँ न कतैबाट सघाउनुहुने थिएटर मलको दुईपटकको उदघाटनमा सक्रिय सहयोग गर्नुहुनेहरु, सहकर्मीहरु, सञ्चारकर्मीहरु, शुभेच्छुकहरु, रड्गप्रेमी लगायत सम्पूर्ण मन-मस्तिष्क- हात साथहरुप्रति हामी कृतज्ञता ज्ञापन गर्दछौ ।

साथै पहिलोपटक थिएटर उदघाटन गर्नुहनेहरु आदरणीयहरु सत्यमोहन जोशी, प्रचण्ड मल्ल, अशेष मल्ल, हरिहर शर्मा, सुभद्रा अधिकारी, प्रा.डा. अभि सुवेदी र सुनिल पोखरेल तथा दोस्रोपटक कीर्तिपुरमा उद्घाटन गर्नुहुने शान्तदास मानन्धर, दुर्गालाल श्रेष्ठ र राराहिल स्कुलप्रति कृतज्ञ छौं।

हामी थिएटर मल कीर्तिपुर रङ्गमञ्चलाई सबै रङ्गकर्मीका लागि निःशुल्क रङ्गमञ्च अभ्यासको स्थानको रुपमा अभ्यास गर्न लागिरहेको जानकारी गराउँदछौं । हामी निरन्तर रङ्गमञ्चमा छौं ।

भवदीय,
केदार श्रेष्ठ कला निर्देशक तथा थिएटर मल परिवार

प्रकाशित मिति: शुक्रबार, भदौ १, २०८०  १७:४४

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
संविधान संशोधनका लागि सर्वोच्च अदालतका अवकाशप्राप्त प्रधानन्यायाधीशको अध्यक्षतामा आयोग गठन गर्न कांग्रेसको माग
नेपथ्यको सिक्किम कन्सर्टलाई राज्यस्तरबाटै अपनत्व
ललितपुर अदालतले दिएन श्रेष्ठलाई पक्राउ अनुमति
सम्बन्धित सामग्री
यस वर्षको मिस नेपाल बनिन् लुना लुइँटेल उनलाई पूर्वमिस नेपाल आस्मा कुमारी केसीले ताज लगाइदिएकी थिइन्। यस्तै,  मिस अर्थ सोनी घले भइन् भने मिस नेपाल इन्टरनेसनको ताज उरूशा भण्... शनिबार, भदौ १४, २०८२
‘ताराहरूलाई रङ्गमञ्चमा नै सीमित राख्न मन लागेन’ बुधबार साँझ नयाँ बानेश्वरस्थित एक चलचित्र भवनमा गरिएको प्रदर्शनीमा चलचित्रकर्मी तथा कलाकर्मीको उपस्थिति रहेको थियो। बिहीबार, भदौ ५, २०८२
नोरा फतेही काठमाडौँमा, हायात ग्राउण्डमा उनी सहित नेपाली कलाकारले प्रस्तुती दिने कार्यक्रममा नेपाली कलाकार दुर्गेश थापा, नृत्याङ्गना तेरिया फौजा मगर, नृत्यकार समर्पण लामा र भ्वाइस अफ नेपाल सिजन ६ का टप फाइनलिष्ट इ... शनिबार, जेठ ३, २०८२
ताजा समाचारसबै
संविधान संशोधनका लागि सर्वोच्च अदालतका अवकाशप्राप्त प्रधानन्यायाधीशको अध्यक्षतामा आयोग गठन गर्न कांग्रेसको माग मंगलबार, भदौ २, २०८३
नेपथ्यको सिक्किम कन्सर्टलाई राज्यस्तरबाटै अपनत्व मंगलबार, भदौ २, २०८३
ललितपुर अदालतले दिएन श्रेष्ठलाई पक्राउ अनुमति मंगलबार, भदौ २, २०८३
सदनमा झोक्किइन ज्वाला–‘प्रश्न कालो चस्मामाथि होइन, प्रतिपक्षीको कालो नियतमाथि हो’ मंगलबार, भदौ २, २०८३
बागमती एमालेमा सहमति, मुख्यमन्त्रीमा किरण थापालाई अघि सार्ने निर्णय मंगलबार, भदौ २, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
मकवानपुर जिप दुर्घटना : न्यायिक परिवार शोकमा, घाइते लक्ष्मीको उपचारकै क्रममा मृत्यु मंगलबार, भदौ २, २०८३
उपसभामुख रुबी ठाकुरले दिइन किशोर श्रेष्ठविरुद्ध उजुरी सोमबार, भदौ १, २०८३
जब पत्रकार किशोर श्रेष्ठ इजलासमै रोए... सोमबार, भदौ १, २०८३
उपसभामुखले पत्रकार किशोर श्रेष्ठ विरूद्व प्रहरीमा दर्ता गराएको उजुरीमा के छ ? सोमबार, भदौ १, २०८३
यसपटक आईजीपीसहित गृहसचिवविरुद्धसमेत खगेन्द्र सुनारको प्रहार– ‘तुरुन्त बर्खास्त गरी छानबिन गर्नुपर्छ’ सोमबार, भदौ १, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
राजनीतिक दल र आदिवासी आन्दोलनले नयाँ पुस्तालाई सम्बोधन गर्न नसक्दा ‘विद्रोह’ भयो : पर्शुराम तामाङ नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
विचारसबै
तत्कालीन राजा ज्ञानेन्द्र शाहकाे प्रत्यक्ष शासनमा म र गगन थापा जयप्रकाश आनन्द
देउवा दाइ, ज्ञानेन्द्र शाहले सकेनन् तर 'यिनी'हरूले सक्नैपर्छ! डिबी खड्का
जेन–जी आन्दोलनदेखि युवा नेतृत्वको सरकारसम्म : अब युवाले खोजेको उत्तर के हो ? क्षितिज विक्रम खनाल
न्यायाधीश नियुक्ति : अब चै भागबण्डाबाट पाठ सिक्ने कि ? हरि भट्टराई
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
उपसभामुखले गुहारिन् गृहमन्त्री ! ‘मलाई बचाउनुहुन्छ कि सुसाइड’ गरौँ ? शुक्रबार, साउन २९, २०८३
पत्रकार किशोर श्रेष्ठको पक्राउमा उपसभामुखको अशोभनीय पोष्ट बुधबार, साउन २७, २०८३
अब अनलाइनबाटै स्वास्थ्य बीमामा आवद्ध हुन र नवीकरण गर्न सकिने शुक्रबार, साउन २९, २०८३
मकवानपुर जिप दुर्घटना : न्यायिक परिवार शोकमा, घाइते लक्ष्मीको उपचारकै क्रममा मृत्यु मंगलबार, भदौ २, २०८३
उपसभामुख रुबी ठाकुरले दिइन किशोर श्रेष्ठविरुद्ध उजुरी सोमबार, भदौ १, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्