• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, असोज २८, २०८३ Wed, Oct 14, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

नेविसंघको जम्बो तदर्थ समितिमा विदेशमा बस्नेदेखि अर्कै पार्टीका कार्यकर्तासम्म, के भन्छन् अध्यक्ष शेर्पा? 

64x64
भूपेन्द्र शाह ठकुरी आइतबार, साउन २८, २०८०  २०:१२
1140x725

काठमाडौं– नेपाली कांग्रेसका नेता उत्पादन गर्ने नर्सरीको रुपमा रहेको नेपाली कांग्रेस निकट नेपाल विद्यार्थी संघमा विदेशमा बस्नेदेखि अर्कै पार्टीका कार्यकर्तासम्म समेटिएको गुनासो आएको छ। यही साउन २२ गते पार्टी सभापति शेरबहादुर देउवाले ७१० जनाको नेविसंघको जम्बो तदर्थ समितिको विस्तार गर्दा विदेशमा बस्नेदेखि अर्कै पार्टीका कार्यकर्तासमेत मनोनित गरिएका छन्।

०७८ चेत्र ९ गते सभापति देउवाले नेविसंघको तदर्थ समितिको अध्यक्षमा दुजाङ शेर्पालाई मनोनित गरेका थिए। तदर्थ समितिलाई स्थानीय तह, प्रदेश सभा र प्रतिनिधि सभा सदस्य निर्वाचनको अन्तिम परिणाम प्राप्त भएको मितिले ३ महिनाभित्र केन्द्रीय अधिवेशन सम्पन्न गर्ने ‘म्यान्डेड’ दिइएको थियो। तर पार्टी सभापति देउवाले नेविसंघ अध्यक्ष शेर्पाको अध्यक्षतामा ७१० जनाको तदर्थ समिति गठन गरे। नेविसंघमा क्रियाशील भएर काम गरेका विद्यार्थीहरुलाई नसमेटेको तर अर्कै पार्टीका कार्यकर्तालाई मनोनित गरेको भन्दै सामाजिक सञ्जालमा आलोचना भएको छ।

विदेशमा भएकादेखि अर्को पार्टीसम्मका व्यक्तिहरु मनोनित
काभ्रेपलाञ्चोक जिल्लाबाट २९६ को सूचीमा रहेकी अस्मी तिमिल्सिना अर्कै पार्टीमा आबद्ध भएको भन्दै नेविसंघका कार्यकर्ताहरुले आलोचना गरेका छन्। स्थानीय तहको निर्वाचनमा लौरो चिह्न लिएर काठमाडौं महानगरपालिकाको मेयरका उम्मेद्वार बनेका बालेन शाहको समर्थनसहित प्रचार गरेकी अस्मीले प्रतिनिधि सभा निर्वाचनमा भने गोकुल बाँस्कोटाको पक्षमा मत मागेकी थिइन्।

त्यसैगरी हाल अस्ट्रेलियामा रहेका रवीन ढुंगाना, विप्लव पंगेनी, रितेश चिमोरियालगायतका विदेशमा रहेका व्यक्तिहरुसमेत नेविसंघ केन्द्रीय सदस्यमा मनोनित भएका छन्। नेविसंघ केन्द्रीय सदस्य एवम् रामपुर कृषि क्याम्पसमा अध्यनरत विद्यार्थी नेता असिम देवकोटाले केन्द्रीय समितिमाथि नै प्रश्न उठाए। उनले आफू केन्द्रीय सदस्यमा मनोनित भए पनि तदर्थ समिति विधान विपरीत गठन भएको दाबी गरे।

नेपाल लाइभसँग कुरा गर्दै देवकोटाले भने, ‘तदर्थ समिति आयो ठीक छ। तर यसमा जो/जो आउनुपर्ने हो, उहाँहरु अटाउन सक्नु भएको छैन। टीके प्रथामा ७१० जनाको कमिटी बनेको छ। अब उहाँहरु सबैलाई जिल्लामा खटाएर अधिवेशनमार्फत् नयाँ नेतृत्व चयन गर्नुपर्छ।’ उनले चिठ्ठी बाँडेर जिल्ला अध्यक्ष मनोनित नगर्न सुझाव दिए। उनले कतिपय कलेजमा नपढ्ने, व्यापार गरिरहेका र पदका लागि मरिहत्ते गर्नेहरु तदर्थ समितिमा आउनु दु:खद भएको बताए।

नेता देवकोटाले नेविसंघ देशकै ठूलो विद्यार्थी संगठन भए पनि शैक्षिक अजेण्डा बिर्सेको बताए। साथै उनले पेट्रोलियम पदार्थको मूल्यवृद्धि, त्रिवि सेवा आयोगको अध्यक्षको रिक्तता, शैक्षिक बेथितिका विषयमा नेविसंघ चुकेको बताउँदै नेविसंघले आफ्नो सवाल र अजेण्डा बनाएर अघि बढ्नुपर्नेमा जोड दिए।

त्यसैगरी त्रिभुवन विश्वविद्यालयका पूर्व नेता गणेश भण्डारीले स्ववियु सभापतिदेखि नेविसंघका सक्रिय सदस्यहरुलाई मनोनित नगरेको भन्दै आलोचना गरे। उनले भने, ‘यो तदर्थ समितिप्रति मेरो विमति छ। स्ववियुमा निर्वाचित साथीहरु छुटेका छन्। जिल्ला, क्याम्पस र नेविसंघमा योगदान दिएकाहरु छुटेका छन्। मुद्दा लाग्यो भनेर हाम्रा साथीहरुलाई उपेक्षा गरिएको छ। उहाँहरुको लेबी चल्ने, पद नचल्ने? उहाँहरुले स्ववियु निर्वाचन जिताउनु भएको छ। उहाँहरुलाई उपेक्षा गर्न मिल्छ?’ उनले नेविसंघको चाडोभन्दा चाडो अधिवेशन हुनुपर्नेमा जोड दिए।

सबैभन्दा धेरै काठमाडौंबाट मनोनित 
नेविसंघमा सबैभन्दा धेरै काठमाडौं जिल्लाबाट केन्द्रीय सदस्यहरुमा मनोनित भएका छन्। केन्द्रीय सदस्यमा काठमाडौंबाट ४३, कैलालीबाट २४, मोरङबाट २४, चितवनबाट २०, नुवाकोट, स्याङ्जा र रुपेन्दीहीबाट १६/१६ जना मनोनित भएका छन्।

Ncell 2
Ncell 2
nimb
nimb

सबैभन्दा कम मनोनित हुने जिल्लामा म्याग्दीबाट एक, मनाङबाट एक, संखुवासभाबाट २ जना, मनाङबाट २, डोल्पा २, तेह्रथुमबाट ३ जना रहेका छन्।

नेविसंघ आफूले नभई पार्टीले चयन गरेको हो : अध्यक्ष शेर्पा
नेविसंघको तदर्थ समिति सार्वजनिक भएपश्चात असन्तुष्ट पक्षले समानान्तर कमिटी सार्वजनिक गर्नेसम्मका धम्की दिइरहेका छन्। नेविसंघमा असन्तुष्ट समूहले तदर्थ समितिमाथि प्रश्न उठाउँदै डा शेखर कोइराला र कांग्रेस संसदीय दलका सचेतक रमेश लेखकलाई ज्ञापनपत्रसहित ध्यानाकर्षणपत्र बुझाएका छन्।

नेविसंघ तदर्थ समितिको विवाद र मापदण्डबारे नेविसंघ अध्यक्ष दुजाङ शेर्पाले तदर्थ समिति आफूले नभई पार्टीले चयन गरेको बताए। उनले भने, ‘नेविसंघ मैले होइन, पार्टीले चयन गरेको हो। पार्टीको नेता, पार्टी पदाधिकारीहरु सबै जना बसेर नेविसंघको अधिवेशन नभएको ५/६ वर्ष भयो, धेरै साथीहरु जिम्मेवारविहीन छन्। धेरै साथीहरुले स्ववियुमा महत्वपूर्ण भूमिका खेल्नुभयो। तदर्थ समिति पनि ठूलो बनाउनुपर्छ भनेर निर्णय गर्नु भएको हो।’

उनले नेविसंघको तदर्थ आयोजक समिति यति नै सदस्यीय हुनुपर्ने नलेखेको बताए। ‘महाधिवेशन विधान अनुसार हुन्छ। तदर्थ समितिमा यति सदस्य, यति पदाधिकारी भनेर लेखिएको छैन,’ उनले भने, ‘पार्टीलाई आवश्यक लागेको कुरा पार्टीले नै निर्णय गर्ने हो।’ उनले नेपाल विद्यार्थी संघ देशको सबैभन्दा पूरानो र ठूलो विद्यार्थी संगठन भएको उल्लेख गर्दै, यसपालीको स्ववियु निर्वाचनमा त्रिविलगायत भ्यालीका महत्त्वपूर्ण क्याम्पस र देशका अन्य ठूला क्याम्पसमा जित निकालेर एक नम्बर भएको बताए। 

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

उनले नेविसंघमा एक हजार, दुई हजार जति बनाए पनि असन्तुष्टि रहिरहने दाबी गरे। उनले बढी आक्रामक भएकालाई त्रिविका उपप्रध्यापक प्रेम चलाउनेको केसको कारणले गर्दा समेट्न नसकिएको बताए। अध्यक्ष शेर्पाले अदालतमा विचाराधीन मुद्दा भएका कारणले उनीहरुलाई नसमेटेको बताए।

‘नैनसिंह महर दाई अध्यक्षमा निर्वाचित हुनुभयो। उहाँलाई अमेरिकामा रहेका विद्यार्थीले पनि भोट हालेको हो। उहाँलाई युके, चाइना, अस्ट्रेलिया, भारतबाटलगायतका ९ वटा देशका प्रतिनिधिहरु आएर पनि भोट हालेको हो,’ उनले भने, ‘विदेशमा रहेका विद्यार्थीहरु बस्नै पाउँदैनन् भन्ने होइन। विप्लव पंगेनी क्यामब्रिज विश्वविद्यालयको एमफील हो। डा रितेश चिमोरिया सिटी युनिर्भसिटीका पीएचडी हुन्।’

प्रकाशित मिति: आइतबार, साउन २८, २०८०  २०:१२

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
भूपेन्द्र शाह ठकुरी
भूपेन्द्र शाह ठकुरी नेपाल लाइभका वरिष्ठ संवाददाता हुन्।
लेखकबाट थप
विद्यालय शिक्षा विधेयकमाथि सांसदका प्रश्नै प्रश्न
भारतले किन बुझ्न मान्दैन ईपीजी प्रतिवेदन?
सरकारसँग किन बढ्दैछ कांग्रेसको असन्तुष्टि?
सम्बन्धित सामग्री
गृहमन्त्री गुरुङ र भारतीय समकक्षीबिच भेटवार्ता भारतमा सम्पन्न पहिलो बिमस्टेक गृहमन्त्रीस्तरीय बैठकमा सहभागी हुन दिल्ली पुगेका गृहमन्त्री गुरुङले मंगलबार शाहसँग भेटवार्ता गरेका भार... मंगलबार, असोज २७, २०८३
कांग्रेसको निर्वाचित महिला खुला सदस्य विरुद्ध अदालतमा मुद्धा परेपछि... खुलातर्फ १५ जना निर्वाचित हुनु पर्नेमा एक जनाले विजेताको मत पाए पनि अदालतमा मुद्धा परेकाले अहिलेलाई निर्वाचित नगरी यथास्थितिमा राखिन... मंगलबार, असोज २७, २०८३
कांग्रेस महिला सहमहामन्त्रीमा  प्रतिमा निर्वाचित महिलातर्फको एक सहमहामन्त्री पदका लागि भएको निर्वाचनमा गौतमले ५ हजार ११६ मत प्राप्त गर्दै विजयी भएकी हुन् । उनकी प्रतिस्पर्धी नानू बा... मंगलबार, असोज २७, २०८३
ताजा समाचारसबै
बडादसैँको चौथो दिन आज कुष्माण्डा देवीको पूजा गरिँदै बुधबार, असोज २८, २०८३
हिमाली र पहाडी क्षेत्रमा हल्का वर्षा र हिमपातको सम्भावना बुधबार, असोज २८, २०८३
आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर बुधबार, असोज २८, २०८३
खगेन्द्र सुनारलाई प्रहरीले पक्राउ गर्छ ? मंगलबार, असोज २७, २०८३
गृहमन्त्री गुरुङ र भारतीय समकक्षीबिच भेटवार्ता मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
खगेन्द्र सुनारलाई प्रहरीले पक्राउ गर्छ ? मंगलबार, असोज २७, २०८३
कांग्रेसको निर्वाचित महिला खुला सदस्य विरुद्ध अदालतमा मुद्धा परेपछि... मंगलबार, असोज २७, २०८३
राष्ट्रपतिबाट दुई अध्यादेश जारी मंगलबार, असोज २७, २०८३
लिग -२ मा नेपालको दोस्रो जित , ओमान ११३ रनले पराजित मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
विवादास्पद अडियोले तानिए सांसद खगेन्द्र सुनार, रास्वपा मौन सोमबार, असोज २६, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्