• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, कात्तिक १, २०८३ Sun, Oct 18, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
कर्पोरेट

'ज्यान मार्ने धम्की दिनुभन्दा मेरो किताबमाथि तर्क गरुन्'

64x64
नेपाल लाइभ मंगलबार, असोज २४, २०७४  १६:१९
1140x725

लेखक एवं चिन्तक कान्चा इलैया सेपहर्ड विवादको अर्को नाम हो। सन् २००९ मा लेखिएको उनको पुस्तक ‘पोस्ट-हिन्दू इन्डिया’ लाई लिएर व्यापक विवाद छ। विरोध त छँदै छ, ज्यान लिनेसम्मको धम्की पाएका छन्। यसै सम्बन्धमा द वायरका लागि मिनाक्षी तिवारीले लिएको अन्तर्वार्ताको नेपाली अनुवादः
…
हैदरावादका मौलाना आजाद नेसनल उर्दू युनिभर्सिटीमा पढाउने काञ्चा इलैया सेपहर्डले आफ्नो पुस्तक ‘ह्वाई आई एम नट अ हिन्दू’ मा जातिवादी व्यवस्थामाथि तीखो टिप्पणी गरेका थिए। यसपल्ट उनको सन् २००९ मा लेखिएको किताब ‘पोस्ट-हिन्दू इन्डिया’ लाई लिएर विवाद छ। किताबमा विभिन्न जातिमाथि लेखिएका लेखहरूको शृङ्खला छ, जो भर्खर तेलेगुमा अनुवाद भएको थियो। यस किताबको एउटा लेखमा आर्य-वैश्य अर्थात् बनिया समुदायलाई ‘सोसल स्मगलर’ (सामाजिक तस्कर) भनिएको छ। 

यसपछि नै यस समुदायबाट किताबमाथि व्यापक विरोध भयो। यसैबीच उनलाई मार्ने धम्की समेत दिइयो। 

तपाईंको किताब  ‘पोस्ट-हिन्दू इन्डिया’ लाई लिएर किन विवाद हो?

किताबमा आर्य-वैश्य समुदायलाई लिएर एउटा लेख थियो, जो हालैमा तेलेगुमा अनुवाद भयो। यसपछि यस समुदायका मानिसले यसबारे आलोचना शुरू गरे।
यो बाहेक तेलेगु देशम पार्टीका राज्यसभा सांसद टिजी वेङ्कटेस, जो तेलङ्गाना अनि आन्ध्र प्रदेशका आर्य-वैश्य समुदायका सबैभन्दा धनी व्यक्तिहरू मध्ये पर्छन्, मेरो विरुद्ध फतवा जारी गरेका थिए। उनले मलाई बीच सडकमा मार्ने धम्की दिएका थिए। जस्तो मिडल इस्टमा मानिसहरूलाई फाँसीमा झुन्ड्याइन्छ। यो १७ सेप्टेम्बरको कुरा हो...

तर 'द हिन्दू 'सँगको कुराकानीमा उनले फतवा जारी नगरेको बताए। उनी केवल भावुक बनेका थिए रे। उनलाई चेतावनी थियो रे कि किताबलाई प्रतिबन्द नगरे स्थिति नियन्त्रणदेखि बाहिर जानसक्छ।

स्थिति नियन्त्रणदेखि बाहिर जाने भन्ने कुरामा उनको के आशय थियो? उनी मलाई मार्न चाहन्छन्, मैले लेखेका सबै किताब नष्ट गर्न चाहन्छन्, के यही होइन र? स्थिति नियन्त्रणदेखि बाहिर जाने कुराको अर्थ के हो? हेर्नुस्, उनी धेरै धनी मानिस हुन्। ५० एकड क्षेत्रफलभित्रको घरमा बस्छन्। सम्पति थुपारेको कतिवटा आपराधिक मामिलामा उनको नाम छ।

मैले त किताब लेखेर मेरो अभिव्यक्तिको स्वाधिनताको हक उपयोग गरेको हुँ। उनलाई पनि वौद्धिक रुपले विमर्श गर्ने अधिकार छ। अथवा उनका ती प्रोफेसर या शिक्षाविद्ले यसको जवाफ दिन सक्छन्, उनीहरू जो विचारधारामा विश्वास राख्छन्। 

कुरा सोझो छ, म त घरिघरि भन्छु, आर्य-वैश्य वा बनिया समुदायका भारतीय व्यापारमा ठूलो भागीदारी छ। चाहे अम्बानी होस्, अडानी वा वेदान्ताजस्ता समूह, देशका उद्योगहरूमा निकै लगानी यसै समुदायबाट भइरहेको छ।

Ncell 2
Ncell 2
nimb
nimb

आँकड़ा अनुसार कर्पोरेट क्षेत्रका ४६ प्रतिशत डाइरेक्टर यसै समुदायका छन्। मेरो प्रश्न हो, अन्न उमार्ने कृषक उब्जनी बिग्रिएकाले मरिरहेका छन्, यसमा को जिम्मेवार छ? म यसैकारण निजी क्षेत्रमा पनि आरक्षणको कुरा गरिरहेको छु। उनीहरूमा मात्र योग्यता छ, यो त साँचो र यथार्थ होइन। हामीसँग धेरै लायकहरू छन्। 

कस्तो धम्की पाउनु भो?

कोही जिब्रो काट्छु भन्छन्। एक नेताले त शारीरिक आक्रमण नै गर्ने भनेका हुन्। २३ सेप्टेम्बरमा मलाई आक्रमण गरियो। मलाई मार्ने लक्ष्यले नै कारमा आक्रमण गरिएको थियो। भीडको हातमा चप्पल र ढुङ्गा थियो। यस्ता मानिसहरू सबैतिर फैलिएका छन्।

यस समुदायले आफ्ना मानिसहरू तैनाथ गरेका छन्। ती मानिसहरूलाई किनिएको छ। महिलाहरू आएर मेरो फोटो च्यात्दैछन्। केटाकेटीहरूलाई मेरो फोटोमा पिसाब गर्न अह्राइएको छ। फोनबाट अभद्र गाली गर्दैछन्। यो कस्तो संस्कृति?

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

उनीहरू भन्छन्, उनीहरू महात्मा गान्धीको समुदायबाट हुन्। तर महात्मा गान्धीको अम्बेडकरसित धेरै लोकतान्त्रिक सम्बन्ध थियो। तिनै अम्बेडकरले ‘एनिहिलेसन अफ कास्ट’ लेखे। यसबारे गान्धीले नै भनेका छन्, यस्तो स्थितिमा तपाईं अझ दह्रोसित लेख्न सक्नुहुन्थ्यो।

तर म यसो भन्दिनँ कि दलितहरूलाई हिन्दू धर्मबाट अलग गरुन्। तर यी समुदाय के गरिरहेका छन्? के २१औं शताब्दीमा पनि पूरै औद्यौगिक अनि वौद्धिक ताकत यसैसित हुँदाहुँदै पनि कोही यस्ता अर्थशास्त्री छैनन्, जो मैले लेखेको किताबमा तर्क र त्यसको खण्डन गर्न सकुन्।

तपाईँका गुनासोमाथि मुख्यमन्त्री वा सरकारबाट कुनै प्रतिक्रिया आयो?

आएन। ऐलेसम्म तेलङ्गाना सरकार खास गरेर मुख्यमन्त्री (के चन्द्रशेखर राव) ले यसबारे केही भनेका छैनन्। तर, उनका कैयौं मन्त्री लगातार आर्य-वैश्य समुदायका मानिसहरूसित उठबस गरिरहेका छन्। मेरो विरुद्ध वयानबाजी गरिरहेका छन्। 

तर के चन्द्रशेखर रावले मलाई दिइएको धम्कीबारे निन्दा गरेनन्। त्यो धम्की चाहे टिजी वेङ्कटेसको होस् वा अरू कसैको। अर्थात् स्पष्ट छ, एक पीडित नागरिकलाई बचाउनको साटो सरकारको चासो अभिव्यक्तिको स्वतन्त्रतामाथि आक्रमण गर्ने, डर देखाउने, धम्काउने, मार्ने धम्की दिनेहरूलाई बचाउनमा छ।

तपाईंले सुरक्षाको माग गर्नु भयो त?

मैले दुईवटा निवेदन दिएको थिएँ। कुनै कारबाही भएन। स्थानीय थानामा मेरो एक साथीले पनि निवेदन गरेका हुन्। थाना भन्छ, मेरो उजुरी माथि पठाइदिएको छु। उनीहरूले भन्ने माथिका कमिस्नर, डिआईजीलाई पनि निवेदन गरिएको हो। तैपनि मलाई कुनै सुरक्षा दिइएन।

जहाँसम्म मेरो गुनासोको कुरा छ,  परकाल (तेलङ्गना) मा भएको घटनाबारे मामिला दर्ता गरिएको छ। टिजी वेङ्कटेसको धम्कीवाला मामिलाबारे मिडियामा आएको पुलिस रिपोर्टले भनेको छ, उनीहरूले मेरो निवेदन पाएका छन्। तर प्राथमिकी दर्ता भएको छैन। मलाई थाहा छैन, किन के कारण यस्तो भइरहेको छ। 

टिजी वेङ्कटेसको वयानपछि कोही-कोही त तपाईंलाई ‘विदेशी एजेन्ट’ पनि भन्दैछन्।

मेरो प्रश्न छ, कुनै स्कलरलाई, जो किताब लेखिरहेका छन्, उसलाई कसरी विदेशी भन्न सकिन्छ? के मैले कुनै ठूलो ऱ्याली निकालेको छु? हवाइजहाज किनेको छु? म केवल शिक्षामा अङ्ग्रेजी माध्यम ल्याउने कुरा गरिरहेको छु। यसका लागि अभियान चलाइरहेको छु। लेखकको रूपमा म पैसा कमाइरहेको छु, कोही पनि मेरो शैक्षणिक योग्यता हेर्न सक्छन्। उनीहरूले हाइकोर्टमा मुद्दा हालेका छन्, कोर्टलाई नै फैसला गर्न दिऊँ। 

म कानुन पालन गर्ने नागरिक हुँ। तर म शारीरिक हानी गर्ने कुनै पनि धम्की, जो मृत्युमा पनि बदलिन सक्छ, सहन् गर्दिनँ। किनभने बुद्धिजीविले पाउने यस्ता धम्कीको कारण नै त्यस्तो ज्ञान जन्मिन सकेको छैन, जसबाट देशमा परिवर्तन आउन सक्छ। 

तपाईंले किताबमा लेखेको कुरा फिर्ता लिन केही माग राख्नुभयो रे भन्ने हल्ला छ नि!

हजुर, मेरो भनाई हो कि यो किताब २००९ मा निजी क्षेत्रमा आरक्षण दिनुपर्ने मुद्दाको सन्दर्भमा लेखिएको थियो। २००७ मा काङ्ग्रेसले निजी क्षेत्रमा आरक्षण दिने प्रस्ताव सुरू गरेको थियो। आज २०१७ को निजी क्षेत्र २००७ को तुलनामामा दुई-तीन गुणा समृद्ध छ। अहिले देशमा कृषकहरू आत्महत्या लगायत कैयौं साह्रोगाह्रोसित जुधिरहेका छन्।

मेरो प्रश्न छ कि, के निजी क्षेत्रको सामाजिक जिम्मेदारी बन्दैन, कि उसले किसानहरूको सुरक्षाको निम्ति फन्ड दिउन्? उनको मुनाफाको १ प्रतिशत नै किन नहोस्, मेरो हिसाबमा त्यति काफी हो।

म बुझ्दिनँ, कि तपाईं त्यसलाई कसरी राष्ट्रिय उद्योग भन्नुहुन्छ, जब तपाईंको अन्न उमार्नेहरू नै मरिरहेका छन्। फेरि तपाईं किन उनीहरूलाई सहयोग गर्नुहुन्न?

कृषकका लागि कुनै अम्बानी फाउन्डेसन, अडानी फाउन्डेसन किन देखिँदैन? जबदेखि भाजपा सरकार आयो तबदेखि युरोप र अमेरिकाका फाउन्डेसनको सहयोग पनि बन्द भयो। फोर्ड फाउन्डेसनको सहयोग बन्द भयो। अनि भारतीय उद्योगहरूको पक्षबाट सहयोग गर्ने वा परोपकारी संस्थाहरू बनाइएन।

भाजपाको नोटबन्दीले प्राइभेट सेक्टरलाई अझ समृद्ध बनाएको छ। ऊ सैनिकहरूलाई देशभक्तिको प्रतीक बनाइरहेछ। तर चीन, पाकिस्तान वा कस्मिर सीमामा तैनाथ स्थल सैनिक कुन अवस्थामा छन्, त्यसमा धेरैजसो एससी, एसटी अनि ओबिसी छन्। उनीहरूले २०–२५ हजार मासिक रुपियाँ पाउँछन्। उनीहरूको आमा-बाबा उनीहरूलाई सम्पर्क गर्न पाउँदैनन्। म ती सिपाहीका परिवारको एक सदस्यका लागि 'प्राइभेट जब' माग्दैछु।

यदि ऊ यति देशभक्त हो भने उसले यी परिवारका लागि केही गर्नुपर्छ। प्रधानमन्त्री अनि भाजपा सरकार घरिघरि भन्छ, उनीहरूलाई दलितहरू अनि सिपाहीहरूको चिन्ता छ, त्यो चिन्ता वास्तवमा कहाँ देखिन्छ? त्यो समुदायका लागि कुन कदम उठाइएको छ? जसबाट उनीहरूको जीवनमा कुनै फरक पारेको होस्। 

यदि ऊ हिन्दू राष्ट्र हो, हिन्दू उद्योग हो भन्छ भने ऊ इसाइ फिलान्थ्रोपिक (परोपकारी) संस्थाहरूभन्दा धेरै सहयोगी हुनुपर्छ। उसको दाबी छ, ८० प्रतिशत मानिस हिन्दू हुन्। मुस्लिम, इसाइसित तपाईंको प्रतिरोध हुन सक्ला तर जसलाई तपाईं हिन्दू मान्नुहुन्छ, उसका लागि के गरिरहनुभएको छ त?

यो किताब २००९ मा अङ्ग्रेजीमा लेखियो, तर अब २०१७  मा जब यसको अनुवाद तेलेगुमा भयो, तब नै विवाद भयो।  बितेका वर्षमा लेखकहरूमाथि भएको आक्रमणलाई हेऱ्यौं भने सबै स्थानीय भाषामा लेखेको कारण नै भएको छ, चाहे दाभोल्कर होस्, कलबुर्गी वा गौरी लङ्केश होस्। त्यसो भने आफ्नो कुरा स्थानीय भाषाबाट नै पुऱ्याउन सकिन्छ भनेर भन्न सकिन्छ?

यहाँ म दुईवटा तथ्य राख्न चाहन्छु, पहिलो त अङ्ग्रेजी लेख्ने पढ्नेहरू धेरै तर्कशील छन्, तर स्थानीय भाषा जान्ने बुझ्नेहरू उति प्रबुद्ध छैनन्। यसकारण स्पष्ट छ, सामुदायिक स्तरमा आक्रोश बढ्ने सम्भावना, स्थानीय भाषामा अनुवाद एपछि नै बढी हुन्छ। 

यी सबै विवादको सन्दर्भमा भनौं भने स्थानीय भाषाका अखबारहरूले सम्पादकीय होस् वा खबर होस्, उसले भावनाहरूको न पुष्टि गर्छ, न सबै घटनालाई अभिव्यक्तिको स्वतन्त्रताको पक्षबाट हेर्छ। यसो भन्न सकिन्छ कि, स्थानीय भाषाको विमर्शमा एक भावनात्मक रूढिवादिता देखिन्छ। त्यही रूढिवादिता पब्लिक सेन्टिमेन्टका रूपमा अघि बढ्छ। 

अर्कोतिर अङ्ग्रेजी मिडिया चिजलाई अलग दृष्टिले हेर्छ। ठिक बेठिक छुट्याउँछ। तपाईं पूरै एक जातिलाई औंल्याएर भन्नुहुन्छ कि दलित ‘अछूत’ हुन्। ओबिसी ‘समझदार’ छैनन्, ‘अयोग्य’ हुन्छन्। तर जब आर्य-वैश्यलाई ‘सोसल स्मगलर’ भनियो, त्यो गलत भयो। यो त भावनाहरूको युनिभर्सल (सार्वभौमिक) समझबारेको कुरा हो।

जस्तो अङ्ग्रेजी पढ्नेहरू धेरजसो एडम स्मिथको ‘मोरल सेन्टिमेन्ट्स’ (नैतिक भावनाहरू)को थ्योरीसित परिचित छन्। तर तेलेगुमा यसबारे कसैलाई थाहा छैन। यही एक मुख्य अन्तर हो, जो मैले देखें, यसबारेमा म लेख्नेछु।

लेखकहरूमाथि आक्रमण हुनु कुनै नयाँ कुरा रहेन। सरकार काङ्ग्रेसको होस् वा भाजपाको। आक्रमण त हुन्छ नै। के कुनै सरकारले लेखकहरू वा बुद्धिजीवीहरूलाई सुरक्षित, भयमुक्त माहौल दिन सक्छ? के साँच्चैमा ऊ महसुस गर्छ, उनीहरूसित लेख्ने स्वाधिनता छ भनेर?

ठिकै हो, तर ठूलो कुरा त यो हो कि जब भाजपाको सत्ता आयो, तबदेखि नै यो ‘मब लिन्च’ संस्कृति धेरै देखिन थाल्यो। चाहे खाने पिउने कुरामा होस् वा कुनैमा। तेलङ्गाना र आन्ध्र प्रदेशका यी क्षेत्रमा भाजपा राजनीतिक रूपले दलितहरूको कुनै पनि प्रदर्शनमा सहभागिता हुँदैन। तर यस्ता आर्य-वैश्य विवादका कुनै पनि मुद्दा हुन्छन् भने त्यसमा पुगिहाल्छ। जहाँ कुनै पनि धनी मानिसहरूको कुरा हुन्छ, त्यसमा समर्थन गरिहाल्छ। यो त लोकतन्त्र होइन नि।

प्रधानमन्त्री मोदी गान्धी र बुद्धको कुरा गर्छन्, तर जब दलितहरूमाथि कुनै पनि आक्रमण हुन्छ, उनीहरुको त्यही शिक्षा विपरित दिशामा कुद्छन्। दलित, आदिवासीहरूको कुनै पनि विरोध प्रदर्शन उनीहरूले आयोजना गरेका छैनन्। 
फेरि पनि भन्छु, भाजपा आएपछि यो डर अझ बढेको छ। उसको सरकारमा आध्यात्मिक मानिसहरू अर्थात् साधु-सन्यासीहरू धेरै सक्रिय छन्। गौरक्षा राष्ट्रिय मुद्दा बन्यो। 

लिन्चिङ्गका घटनाहरू बढेका छन्। जब उनीहरूको नीतिमाथि कसैले प्रश्न गर्छन्, खुलेआम उनीहरूलाई धम्की दिइन्छ। 

मेरै उदाहरण लिनुहोस्, म अपरिचित मान्छे होइन। म स्थानीय लेखक पनि होइन। राष्ट्रिय-अन्तर्राष्ट्रियस्तरमा लेख्छु। टिभीको बहसमा हिस्सा लिइरहेका भाजपाका प्रवक्ताहरूसित पनि मेरो कुरा हुन्छ। उनीहरू भन्छन् कि, म भाजपाको कठोर आलोचक हुँ। तर विवाद चाहिँ काङ्ग्रेसको बेला लेखिएको किताबमाथि हुँदैछ। भाजपाको मानसिकता बुद्धिजीवीहरू अनि समाजशास्त्रीहरूको विरुद्ध छ। 

यो त दक्षिणपन्थीहरूको कुरा भयो। तर तपाईं त भन्नुहुन्छ, लेफ्ट र लिबरल्स पनि दलितहरूप्रति भेदभाव गर्छन्।

हो, यो पक्का हो। मेरो मुद्दा नै यही हो कि, यो आर्य-वैश्य अर्थव्यवस्था अनि सोसल स्मग्लिङसित जोडिएको मुद्दामा लेफ्ट र लिबरल्स किन मौन छन्? उनीहरू यसको आलोचना गर्न सक्थे कि, यो कन्सेप्ट सही होइन। यी समुदायमा यो लागू हुन सक्दैन। भारतीय उद्योग किन-बेचमा धेरै पारदर्शी छ, यो केवल एउटा ‘बनिया बजार’ होइन।

न त लिबरल्स, न त लेफ्टबाट, कोही सामुन्नेमा आइरहेका छैनन्, जो यसबारे कुरा गरुन्। म एउटा आधारभूत प्रश्न उठाइरहेको छु कि, के भारतीय उद्योगको अन्न उमार्नेहरूप्रति कुनै नैतिक जिम्मेवारी छैन? यो कुनै इसाई वा मुस्लिमको मुद्दा होइन? तैपनि उनीहरू किन मौन? यो जात मात्र होइन, वर्गको पनि कुरा हो। म यही कुरामा लेफ्ट शिक्षाविद्हरूको दृष्टिकोण जान्न चाहन्छु।

यस्तो पनि भनिन्छ कि, मिडियाले यस मुद्दालाई ठिकसँग रिपोर्ट गरेको छैन, तपाईंप्रति भेदभाव अपनाउँछ। तपाईंलाई पनि यस्तो लाग्छ?

हेर्नुस, यी दुई तेलेगु भाषी राज्यमा मिडिया पनि दुई भागमा बाँडिएको छ। एउटा यो मुद्दाको बहसलाई ब्यालेन्स गर्ने कोसिस गर्दैछ। तेलेगु अखबारको रबैया केही रुढिवादी छ। अभिव्यक्तिको स्वतन्त्रतामाथि यो आक्रमण हो भनेर उनीहरूले एउटै पनि सम्पादकीय छापेनन्। तर, अङ्ग्रेजी मिडिया अभिव्यक्तिको स्वतन्त्रताको पक्षमा देखिन्छ। जब कि यो मिडिया ती नै उद्योगपतिहरूले चलाउँछन्। मलाई लाग्छ, त्यहाँ पनि केही आशा बाँकी छ।

यो पक्कै हो कि, त्यहाँ पनि दलितहरुको मुद्दा, उनीहरूमाथिको अत्याचारको समाचार खासै त्यसरी आउँदैन, जसरी आउनुपर्थ्यो। जसरी सवर्णहरूको समाचार आउँछ। मुख्य कारण त त्यो पनि हो, कि मिडियाको ठूलो पदमा धेरजसो सवर्ण नै छन्। म यो पनि भन्छु, कि यस्ता कति सवर्ण महिलाहरू छन्, जो दलित अनि आदिवासीहरूको मुद्दाप्रति संवेदनशील छन्।

तपाईं आफैंले ४ अक्टोबरसम्म घरैमा नजरबन्दी हुने कुरा गर्नुभएको थियो, अहिले स्थिति कस्तो छ, के तपाईं बाहिर आउनुहुन्छ?

हो, म ५ अक्टोबरमा उस्मानिया युनिभर्सिटीमा भारतमा अङ्ग्रेजी शुरु भएको २०० वर्ष भएको अवसरमा आयोजित कार्यक्रममा पुगेको थिएँ। त्यसै दिन मेरो ६५औं जन्म दिवस पनि थियो। त्यसपछि हामीले उस्मानियाबाटै दुई तेलेगु भाषी राज्यका सबै सरकारी स्कुलमा अङ्ग्रेजी माध्यम गर्ने आन्दोलन सुरु गरेका थियौं।

अनुवादः मनोज बोगटी

प्रकाशित मिति: मंगलबार, असोज २४, २०७४  १६:१९

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
लगानी बाेर्डका पुर्व सिईओ भट्ट पक्राउ
बाढी प्रभावित ६७ बालबालिकाका लागि ललितपुरमा आवासीय विद्यालय सञ्चालनमा ल्याउँदै महिला बालबालिका मन्त्रालय
क्यानडासँग पराजित भएपछि संकटमा नेपाल, शीर्ष ६ मा अटाउन ओमानलाई हराउनैपर्ने दवाव
सम्बन्धित सामग्री
म्याक्स टाइगरको दसैँ धमाका : स्कुटर र मोटरसाइकल जित्नेको संख्या ५ पुग्यो अभियानअन्तर्गत बुटवलका नरबहादुर ठोक्करले यामाहा रे जेडआर स्कुटर र धनगढीका मोहन श्रेष्ठले यामाहा एफजेड एफआई मोटरसाइकल जितेका छन्। बिहीबार, असोज २९, २०८३
दशैँको अवसरमा HONOR नेपालद्वारा ५०० प्रमुख रिटेलर्ससँग खुसी साटासाट रिटेलर्सका लागि सरप्राइजका रूपमा आयोजना गरिएको यस कार्यक्रममा सेल्ट्रोन नेपालको टोली विभिन्न रिटेल स्टोरमा पुगेर केक काट्नुका साथै द... सोमबार, असोज २६, २०८३
एक्स्ट्रिम म्युजिक सिरिजको धमाकेदार सुरुवात ः नेपाली सङ्गीतमा नयाँ बीट, नयाँ भाइब ! अक्टोबर १० देखि औपचारिक रूपमा सुरु भएको यस सिरिजले मौलिक सङ्गीत र नवीन दृश्य प्रस्तुतिमार्फत दर्शक तथा श्रोतामाझ फरक अनुभव प्रदान गर... आइतबार, असोज २५, २०८३
ताजा समाचारसबै
लगानी बाेर्डका पुर्व सिईओ भट्ट पक्राउ शनिबार, असोज ३१, २०८३
बाढी प्रभावित ६७ बालबालिकाका लागि ललितपुरमा आवासीय विद्यालय सञ्चालनमा ल्याउँदै महिला बालबालिका मन्त्रालय शनिबार, असोज ३१, २०८३
क्यानडासँग पराजित भएपछि संकटमा नेपाल, शीर्ष ६ मा अटाउन ओमानलाई हराउनैपर्ने दवाव शनिबार, असोज ३१, २०८३
लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्मा नियुक्त शनिबार, असोज ३१, २०८३
कांग्रेस महाधिवेशनमा गगन थापालाई सर्वाधिक मत, टप टेनमा को–को परे ? शनिबार, असोज ३१, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
छुटे किशोर श्रेष्ठ, पन्तसँग तीनबुँदे सहमति शनिबार, असोज ३१, २०८३
राष्ट्रपतिद्वारा दुई अध्यादेश जारी शुक्रबार, असोज ३०, २०८३
‘ग्यालेक्सी टीभी मेरो हो, सहकारीको रकमको जिम्मेवारी पनि मेरै हो’ : जीबी राई शनिबार, असोज ३१, २०८३
कलाकार पन्तको जाहेरीमा पत्रकार किशोरलाई पक्राउ गर्न प्रहरी घरमा, किशोरको उजुरी भने सुनिएन शनिबार, असोज ३१, २०८३
साइबर ब्युरोबाट छुटेपछि किशाेर श्रेष्ठले के भने? शनिबार, असोज ३१, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्