• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, भदौ २, २०८३ Tue, Aug 18, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
विचार

यसकारण मुलुकी संहिताले पत्रकारिताको प्राण हर्छ

64x64
नेपाल लाइभ सोमबार, भदौ १८, २०७५  ०२:४५
1140x725

कानुनको आधारभुत मनसाय जे छ, त्यसको म समर्थक हुँ। लोकतन्त्र अर्थात् प्रजातन्त्रमा व्यक्तिको मर्यादा संरक्षण न्यूनतम आवश्यक तत्व हाे। मर्यादित वा इज्जतदार व्यक्ति बिना लोकतन्त्र सुदृढ हुन सक्तैन। अरु यावत् अधिकारहरु जति राखिएपनि हरेक व्यक्तिको मर्यादा तथा इज्जतको सम्मान भएन भने त्यो लोकतन्त्रले हामीलाई कँही पनि पुग्न दिँदैन। त्यसैले व्यक्तिको मर्यादा संरक्षण लाेकतन्त्रको जग हो। यसलाई कोही र कसैले पनि हल्लाउन मिल्दैन। व्यक्तिको मर्यादाको संरक्षणको गर्ने मुद्दा आधारभुत हाे।

पछिल्ला दिनमा ‘दोहाबाट आयो लौ यस्तो समाचार’जस्ता विषयलाई आफ्नो अनलाइनमा र ब्लगमा राखी विभिन्न समाजिक सञ्जालको माध्यमबाट धेरैको सातो उडाउने काम गरेका छौं हामीले। यहाँनेर ‘हामी’ भन्नुको अर्थ सामान्य मान्छेका दृष्टिमा पत्रकार र ब्लगर छुट्टिदैन। हामीले भनौंला रे– पत्रकारले होइन, त्यस्तो समाचार बनाउने त ब्लगर हुन्। ब्लगिङ पत्रकारिता होइन भन्ने तर्कले तपाईं हामीबीचको बहसमा त बचाउला तर जवाफदेहिताबाट भाग्न भने दिँदैन। 

दोस्रो कुरा व्यक्तिका कतिपय नितान्त निजी कुरा (जुन सार्वजनिक महत्वको विषय होइन)लाई लिएर सार्वजनिक मुद्दाको विषय हो भनी दाबी गर्नेहरु पनि छन्। हामीले वर्षौंदेखि भोगेका छौं र देखेका छौं। केही वर्षअघि मैले एउटा रिसर्च गरेको थिएँ, १० वर्षमा प्रेस काउन्सिलमा कस्ता प्रकृतिका उजुरीहरु परे भनेर। खासगरी २०५४ देखि २०६४ साल सम्मका। कस्ता–कस्ता समाचारमा ऊजुरी छन् भनेर केलाएको थिएँ। एक पत्रिकाको पहिलोे पेजमा छापिएको समाचारको उजुरी थियो,  ‘राजा विदेश गएपछि को हुने राजा?’, ‘बाबुराम र प्रचण्डको हत्या उनकै सेनाले गर्ने’ यी र यस्ता धेरै हावादारी समाचाहरु थिए।  प्रेस काउन्सिलमा अझै पनि रेकर्ड छ। हेर्दा हुन्छ। मैले के भन्न खोजेको हो भने एउटा संगठित शक्तिका आडमा पत्रकारिताका मर्यादा र सीमा मिचिएका पनि छन्। यो विषयलाई हामीले आत्मसात् गर्नुपर्छ।

स्वतन्त्र प्रेसका नाममा कोही कसैले सीमा नाँघ्छ भने त्यसलाई नियन्त्रण गर्ने जिम्मा पनि हाम्रै हो। व्यक्तिको मर्यादाको प्रेसले पनि सम्मान गर्नुपर्ने हुन्छ। र त्यसकारणले आधारभूत हिसाबमा देशमा नयाँ कानुन आउनु कुनै आतङ्कपूर्ण कार्य होइन।

तर अहिले आएको कानून र संसदमा रहेको गोपनियता सम्बन्धी विधेयक परिमार्जन नगर्ने हो भने यसले पत्रकारिताको प्राण हर्छ। एकदमै सचेततापूर्वक म यो कुरा भनिरहेको छु कि आधारभुत रुपमा वैयक्तिक अधिकार संरक्षण गर्नु ठीक छ तर यसरी र यति मात्रै बुझ्नुहुँदैन। 

nimb
nimb
Ncell 2
Ncell 2

अहिलेको अवस्थामा सार्वजनिक सरोकार र व्यक्तिको गोपनियताको विषयलाई छुट्याउन सकिएन भने पत्रकारिता शब्दकै मृत्यु हुन्छ। यसो भन्नुको अर्थ के हो भने व्यक्तिको मर्यादाको विषयसंग प्रेस जगतको पनि विमति छैन। हुनु पनि हुुँदैन। तर यो अहिलेको मुलुकी स‌ंहिता जस्ताको त्यस्तै लागु हुने हो भने यसले सार्वजनिक महत्वका विषय र सार्वजनिक स्वीकृति भन्ने विषयलाई कुनै पनि हालतमा सम्बोधन गर्न सक्दैन। त्यसकारण परिमार्जनको त्यहाँ आवश्यक छ।

यसबाट हाम्रो प्रेसले सूचना संकलन गर्ने अहिलेसम्मको जुन प्रणाली छ, त्यो पूर्णरुपमा प्रभावित हुन्छ। कसरी प्रभावित हुन्छ भन्ने विषयमा म बाँड्न गर्न चाहान्छु। म हिमाल खबरपत्रिकाको पूर्व सम्पादक पनि हुँ। मलाई हिमालको सम्पादकले गत शुक्रबार फोन गर्नुभयो। उहाँले मलाई भन्नुभयो, ‘मुलुकी अपराध ऐनमा राखिएका कुराले प्रेसको दायरा खुम्च्यायो। यसलाई फराकिलो बनाउने अभ्यास सुरु नगर्ने हो भने  भोलि बन्धनै बन्धनमा बाँधिन्छौं। एउटाको तस्वीर अर्कोमा जोड्नु हुँदैन वा 'मोन्टेज' गर्नु हुँदैन भन्ने ऐनमा छ। यो विषयले प्रेसको दायरा खुम्च्याउँछ। हामीले यहाँनेर स्पेस खोज्नुपर्छ। साथ दिनुपर्‍यो। मैले ‘हुन्छ’ भने।’ र हिमालको यसपल्ट बजारमा आएको कभर स्टोरीको तस्वीर हेर्नुभयो भने त्यहाँ गृहमन्त्री रामबहादुर थापा बादलको तस्वीर राखेर हामीले कम्प्युटर मोन्टेज गरिएको छ। यसमा मुलुकी ऐनको उक्त दफा किन आकर्षित हुँदैन भने यो व्यक्तिको होइन, यो सार्वजनिक मुद्दा हो। बादल यदि घरमा बसिरहनुभएको थियो भने यसो गर्न पाइदैनथ्यो होला। तर, उहाँ त सार्वजनिक पदमा हुनुहुन्छ।

मैले जानेअनुसार कुनै कुराको सार्वजनिक महत्व छैन र सार्वजनिक स्वीकृतिको विषय होइन भने त्यसो गर्न पाइँदैन। तर, सार्वजनिक ओहोदामा भएको व्यक्ति वा विषयको हकमा भने हामीले पटक–पटक निगरानी गरिरहनुपर्ने हुन्छ। प्रश्न  गरिरहनुपर्छ। त्यसो गर्न किन जरुरी छ भने अरुबेला नागरिक स्पेश भन्छौं नि, त्यो खुम्चिदै जाने हुन्छ। 

पश्चिमा प्रजातन्त्रमा साह्रै बदनाम छ पापाराजी। तरपनि त्यसले सार्वजनिक ओहोदाका व्यक्तिको व्यक्तिगत जीवन हुन्छ कि हुँदैन भन्ने बहस सिर्जना गरेको छ। हामीकहाँ त बहस नै सुरु भएको छैन। हामी वर्तमान प्रधानमन्त्री केपी शर्मा अाेली र उहाँकी श्रीमती राधिका शाक्य कुनै रेस्टुरेन्टमा खान गइरहेका बेला कुनै पार्कमा टहलिरहेका बेला वा कुनै स्विमिङ पुलमा स्विमिङ गरिरहेका बेला प्रेसले दख्खल दिन हुन्छ कि हुँदैन भन्ने कुराको बहसमा हुनुपर्थ्याे। तर, हामी उनको निजी जीवन होइन, प्रधानमन्त्रीकै बारेमा केही लेख्दा कानुन पल्टाउनुपर्ने अवस्था छौं। 

यस्तो अवस्थामा ऐनको समर्थन गर्न सकिन्न। यो ऐनले सार्वजनिक स्वार्थको दायरा जति खुम्च्याउन खोज्यो, त्यति प्रजातन्त्रमाथि खतरा उत्पन्न हुन्छ। त्यसैले यो संशोधन हुनुपर्छ। गाली बेइज्जतीको दफामा ‘तर सार्वजनिक स्वार्थका विषयमा यो लागु हुनेछैन’ भन्ने आशयका प्रावधान छ। त्यो पनि पर्याप्त छैन। 

ऐनमा दफा वा उपदफा के राख्न मिल्छ, त्यो राखेर ‘सार्वजनिक पदाधिकारी र सरोकारका मुद्दाका हकमा यी व्यवस्था लागु हुनेछैनन्’ भन्ने उल्लेख गरिनुपर्छ। तबमात्रै यसले प्रेस स्वतन्त्रता र नागरिक स्पेश खुम्च्याउँदैन भन्नेमा ढुक्क हुन सकिन्छ।

(नेपाल पत्रकार महासंघका पूर्वअध्यक्ष तथा खोज पत्रकारिता केन्द्रका सम्पादक गाउँलेले नेपाल पत्रकार महासंघ एशोसिएटको अन्तक्रिया कार्यक्रममा राखेको  धारणाको सम्पादित अंश)

प्रकाशित मिति: सोमबार, भदौ १८, २०७५  ०२:४५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
यसपटक आईजीपीसहित गृहसचिवविरुद्धसमेत खगेन्द्र सुनारको प्रहार– ‘तुरुन्त बर्खास्त गरी छानबिन गर्नुपर्छ’
कांग्रेसको १५ औं महाधिवेशन अन्तर्गत जिल्ला अधिवेशनका निर्वाचन अधिकृतलाई भदौ २ गते प्रशिक्षण
रास्वपाले घोषणा गर्‍यो ‘क्यान्डिडेट क्लब’
सम्बन्धित सामग्री
तत्कालीन राजा ज्ञानेन्द्र शाहकाे प्रत्यक्ष शासनमा म र गगन थापा रिहा भएपछि पुनः पक्राउ गर्ने घटना दोहोरिन्थ्यो। मलाई लगातार पाँच पटकसम्म सर्वोच्च अदालतले रिहा गर्ने आदेश दियो, अदालतबाट बाहिर आउने... शनिबार, साउन ३०, २०८३
देउवा दाइ, ज्ञानेन्द्र शाहले सकेनन् तर 'यिनी'हरूले सक्नैपर्छ! ‘यी’ भन्नाले को? देउवाले कालान्तरमा प्रस्ट्याउलान्। अहिले बुझिने दुईवटा पक्ष छन्- एकातिर बालेन्द्र शाह नेतृत्वको सरकार र अर्कोतिर ने... शुक्रबार, साउन २९, २०८३
जेन–जी आन्दोलनदेखि युवा नेतृत्वको सरकारसम्म : अब युवाले खोजेको उत्तर के हो ? बालेन सरकारसँग अहिले एउटा ऐतिहासिक अवसर छ । युवाले सडकमा उठाएको प्रश्नलाई राज्यको नीतिमा बदल्ने अवसर । तर इतिहासले सरकारलाई अवसर मात... बिहीबार, साउन २८, २०८३
ताजा समाचारसबै
यसपटक आईजीपीसहित गृहसचिवविरुद्धसमेत खगेन्द्र सुनारको प्रहार– ‘तुरुन्त बर्खास्त गरी छानबिन गर्नुपर्छ’ सोमबार, भदौ १, २०८३
कांग्रेसको १५ औं महाधिवेशन अन्तर्गत जिल्ला अधिवेशनका निर्वाचन अधिकृतलाई भदौ २ गते प्रशिक्षण सोमबार, भदौ १, २०८३
रास्वपाले घोषणा गर्‍यो ‘क्यान्डिडेट क्लब’ सोमबार, भदौ १, २०८३
उपसभामुखले पत्रकार किशोर श्रेष्ठ विरूद्व प्रहरीमा दर्ता गराएको उजुरीमा के छ ? सोमबार, भदौ १, २०८३
देउवाको नेमप्लेटमा सभापति लेखिएको विषयमा गगले भने– ‘दाई वरिपरिका मान्छेले तपाईंलाई ढाँटे, फेरि पनि डुबाउँछन्’ सोमबार, भदौ १, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
उपसभामुख रुबी ठाकुरले दिइन किशोर श्रेष्ठविरुद्ध उजुरी सोमबार, भदौ १, २०८३
जब पत्रकार किशोर श्रेष्ठ इजलासमै रोए... सोमबार, भदौ १, २०८३
भ्रमणमा गएका मन्त्री शुनिल लम्साललाई के भएको हो? हेलिकप्टरबाट ल्याइँदै आइतबार, साउन ३१, २०८३
निर्णय सुनाउने बेला निधि र महतबीच भयो धकेलाधकेल आइतबार, साउन ३१, २०८३
लुम्बिनीमा जसपाका सांसदले केन्द्रको निर्णयविरुद्ध मतदान गरे, आचार्यको सत्ता जोगियो सोमबार, भदौ १, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
राजनीतिक दल र आदिवासी आन्दोलनले नयाँ पुस्तालाई सम्बोधन गर्न नसक्दा ‘विद्रोह’ भयो : पर्शुराम तामाङ नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
विचारसबै
तत्कालीन राजा ज्ञानेन्द्र शाहकाे प्रत्यक्ष शासनमा म र गगन थापा जयप्रकाश आनन्द
देउवा दाइ, ज्ञानेन्द्र शाहले सकेनन् तर 'यिनी'हरूले सक्नैपर्छ! डिबी खड्का
जेन–जी आन्दोलनदेखि युवा नेतृत्वको सरकारसम्म : अब युवाले खोजेको उत्तर के हो ? क्षितिज विक्रम खनाल
न्यायाधीश नियुक्ति : अब चै भागबण्डाबाट पाठ सिक्ने कि ? हरि भट्टराई
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
उपसभामुखले गुहारिन् गृहमन्त्री ! ‘मलाई बचाउनुहुन्छ कि सुसाइड’ गरौँ ? शुक्रबार, साउन २९, २०८३
पत्रकार किशोर श्रेष्ठको पक्राउमा उपसभामुखको अशोभनीय पोष्ट बुधबार, साउन २७, २०८३
अब अनलाइनबाटै स्वास्थ्य बीमामा आवद्ध हुन र नवीकरण गर्न सकिने शुक्रबार, साउन २९, २०८३
ललितपुरको कुसुन्तीबाट पत्रकार किशोर श्रेष्ठ पक्राउ बुधबार, साउन २७, २०८३
उपसभामुख रुबी ठाकुरले दिइन किशोर श्रेष्ठविरुद्ध उजुरी सोमबार, भदौ १, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्