• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, असोज ५, २०८३ Mon, Sep 21, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
अन्तर्वार्ता

एक/दुई नेतालाई उत्तराधिकारी घोषणा गर्नेभन्दा नेतृत्वको शृंखला नै तयार गर्नुपर्छ : रामदीप आचार्य [अन्तर्वार्ता]

नेपाल लाइभ आइतबार, साउन २८, २०८०  १६:००
1140x725

यही साउन १७ गतेदेखि सुरु भएको माओवादी केन्द्रको केन्द्रीय समितिको चौथो बैठक २१ गते सम्पन्न भयो। बैठकमा नेतृत्वको आलोचना, उत्तराधिकारीको विषय, आन्तरिक निर्वाचन, पार्टी बिग्रिँदै गएकोमा चिन्ता, सांगठनिक र वैचारिक चुस्तपन लगायतका विषयमा सदस्यहरुले धारणा राखे। बैठकबाट उसले तीन महिने अभियान चलाउने निर्णय पनि लिएको छ। जसले सो पार्टीलाई पुनः जनतासँग जोड्ने र रुपान्तरणमा भूमिका खेल्ने अपेक्षा गरिएको छ। बैठकमा उठेका विविध विषयमा माओवादी केन्द्रका पोलिटब्युरो सदस्य रामदीप आचार्यसँग नेपाल लाइभका लागि किशोर दाहालले गरेको कुराकानीः

माओवादी केन्द्रको केन्द्रीय समितिको बैठक पाँच दिनसम्म चल्यो। बैठकमा केके भए? बुँदागत रुपमा भन्दा तपाईंले कसरी प्रस्तुत गर्नुहुन्छ?
नेकपा माओवादी केन्द्रको राजनीतिक जीवनमा कोशेढुंगाको रुपमा यो बैठक स्थापित भएको छ। यसले मूलतः दुई वटा निर्णय गरेको छ। तीन महिने अभियान चलाउने, अभियानको समापनको बेलामा विधान अधिवेशन गर्ने, त्यो अधिवेशनले संगठनात्मक संरचनालाई चुस्त दुरुस्त राख्ने र नेपाली समाजवादी मोडलको नेतृत्व गर्न सक्ने पार्टी निर्माण गर्ने लक्ष्य राखेको छ। त्यस्तै, विधान अधिवेशनले निर्दिष्ट गरे अनुसार पार्टीको विशेष महाधिवेशन गर्ने र त्यसले एक्काइसौँ शताब्दीको नेपाली विशेषताको समाजवादको मूर्त खाका प्रस्तुत गर्ने, मार्क्सवादको विकासको रुपरेखा तयार गर्ने लक्ष्य राखेको छ।

बैठकमा तपाईंले उठाएको विषय के हुन्? 
दलीय प्रणालीमा देशलाई सबल बनाउनका निम्ति त्यसको अगुवाइ गर्ने पार्टी सबल हुनुपर्छ। राजनीतिक पार्टी सबल हुनका निम्ति त्यसको संगठनात्मक प्रणाली, नेतृत्व-कार्यकर्ताको जनतासँगको सम्बन्ध सजिव हुनुपर्छ। दोस्रो कुरा, अहिले देशमा जुन समस्याहरु देखापरिरहेका छन्। समग्र राजनीतिमा समस्या देखापरेको छ। राजनीतिक पार्टीहरुभित्र समस्या देखापरेको छ। त्यो समस्याको चुरोमा पुग्नुपर्छ भन्ने धारणा मैले राखेको छु।

त्यो चुरोको विषयमा मेरा केही मान्यता छन्। जस्तै, समाज बदलियो। तर समाजको अगुवाइ गर्ने राजनीतिक पार्टीहरु र तिनका संरचनाहरु समाजकै तीव्रतामा बदलिन सकेनन्। जसले गर्दा विरोधाभाष र अन्तरविरोध उत्पन्न भयो। त्यसलाई हल गर्न या त समाज पछाडि फर्किनुपर्‍यो। या त समाजको अग्रगामी चरित्रलाई सम्बोधन गर्न सक्ने गरी पार्टी संरचनाको रुपान्तरण हुनुपर्‍यो। समाज त पछाडि फर्किँदैन। त्यसको नियम नै हो। त्यसैले पार्टी नै अगाडि बढ्नुपर्छ। उसले आफ्नो ढाँचा त्यही अनुसार बनाउनुपर्छ। सजिलो भाषामा भन्दा डिजिटल युगको अगुवाइ गर्न सक्ने पार्टी संरचना निर्माण गरौँ भन्ने मेरो मुख्य जोड थियो।

कुनै बेलाको क्रान्तिकारी पार्टी माओवादी केन्द्र अहिले समाजभन्दा पनि पछाडि-पछाडि हिँडिरहेको महसुस भएर तपाईंले त्यो विषय राख्नुभएको हो?
समाज जहिले पनि अग्रगामी हुन्छ। अर्कोतिर एक जमानाको क्रान्तिकारी पार्टी सधैँ क्रान्तिकारी नहुन पनि सक्छ। पार्टी सधैं क्रान्तिकारी भइराख्नका लागि उसले आफूलाई निरन्तर नवीकरण गर्नुपर्छ, रुपान्तर गर्नुपर्छ। त्यो भनेको उसको विश्व दृष्टिकोणमा, विचारधारामा, राजनीतिक उद्देश्यमा, सांगठनिक संरचनामा र कार्यशैलीमा नवीकरण गर्ने हो। यो विषयलाई एकीकृत ढंगले अगाडि बढाउन सक्छ भने त्यो पार्टीले क्रान्तिकारी चरित्र जोगाइराख्छ र समाजको अगुवाइ गर्छ। त्यसमा केही अन्तरविरोध देखापर्‍यो भने समाजको पछिपछि हिँड्ने पार्टी मात्रै बन्न सक्छ। र आफ्नो औचित्य गुमाउन पनि सक्छ।

तपाईंले जनतासँगको सम्बन्ध सजिव बनाउनुपर्ने विषय पनि उठाउनुभयो। अन्य नेताले पनि यो विषय उठाउनुभएको थियो। माओवादी केन्द्र र जनतासँगको सम्बन्ध टुट्दै गएको महसुस भएको हो?
जनताले सामान्यतयाः सत्ता र राजनीतिक पार्टीबाट छोटो समयमा, सजिलो उपायद्वारा आफ्नो समस्या समाधान होस् भन्ने अपेक्षा राखेका हुन्छन्। जनताको सेवा गर्ने पद्धति मन्द हुने र जनताको अपेक्षा तीव्र हुने स्थितिमा जनतासँगको सम्बन्ध बिग्रिन्छ। जनताको आधारभूत आवश्यकतालाई पहिचान नगर्नु वा नजरअन्दाज गर्नु, बरु निहित र सानो स्वार्थ समूहका लागि मात्रै बैठक केन्द्रित हुँदाखेर जनताबाट टाढिने हुनसक्छ। त्यसलाई हल गर्नका निम्ति जनतासँग सम्बन्ध राख्नुपर्छ, जनतासँग एकाकार हुनुपर्छ। जनताको समस्याको समाधान गर्नका निम्ति अगुवाइ गर्ने प्रयत्न गर्ने पार्टी भयो भने जनतासँग नङ र मासुको जस्तो सम्बन्ध बन्छ भन्ने मेरो भनाइ हो।

जनतासँग माओवादी केन्द्र भन्ने अभियान सुरु भएको छ। यसमा केके हुन्छ? यो अभियानपछिको माओवादी कस्तो हुने आकलन छ?
माओवादी केन्द्र जनताबाटै उठेको पार्टी हो। जनताका आधारभूत सवालहरु जस्तै लैंगिक, जातीय, क्षेत्रीय, वर्गीय समस्याहरुलाई एकरुपतामा, राज्यको अग्रगामी रुपान्तरण गरेर समस्याको समाधान गर्ने भनेर हामीले आन्दोलनको सुरुवात गरेका हौँ। जनताले त्यसलाई अनुमोदन पनि गरेको हो। अहिलेको परिवर्तनको मूल श्रेय माओवादीलाई पनि जान्छ। तर पछिल्लो समय त्यो मान्यताबाट धरमराएको जस्तो, आफ्नो अजेन्डाहरुबाट डगमगाए जस्तो, क्रान्तिकारी धारमा सिथिलता जस्तो देखिएको थियो। त्यसलाई हल गर्नका निम्ति हामीले अभियान चलाउने निर्णय गरेका छौँ। यो अभियानपछि माओवादी केन्द्र जिउँदोजाग्दो र जनताले भरोसा गर्ने पार्टी बन्छ।

अहिले सरकारले भ्रष्टाचारको विरुद्धमा र सुशासनको पक्षमा जुन अभियान चलाएको छ। एक प्रकारले विश्वास आर्जन गर्दै गइरहेको पनि छ। यसरी सरकारको काममार्फत् पनि जनताको विश्वास आर्जन गर्ने र पार्टी कमिटीले पनि जनसम्बन्धमार्फत् पनि जनताको विश्वास आर्जन गर्ने दोहोरो नीति हामीले अख्तियार गर्छौँ।

Ncell 2
Ncell 2
nimb
nimb

माओवादीको भद्दा समितिका विषयमा प्रश्न उठ्ने गरेको छ। को कुन कमिटीमा हो भनेर पनि थाहा नपाउने स्थिति बन्यो भनेर त बैठकमा पनि धारणा व्यक्त भए। के कालान्तरमा कमिटीहरु चुस्त दुरुस्त र छरितो हुन्छन्?
हामी विधान सम्मेलनमा जाँदाखेर यो समस्याको दीर्घकालीन र नीतिगत हिसाबले समाधान गर्छौँ। दुई अंकको केन्द्रीय समिति बन्ने हामीले अपेक्षा राखेका छौँ। तदनुसार सबै कमिटी, मोर्चा र विभागहरुलाई पिरामिड आकारमा चुस्त दुरुस्त राख्ने संकल्प हामीले नीतिगत हिसाबले गरिसकेका छौँ। कार्यान्वयनमा जाँदा विधान सम्मेलनले आजको पार्टी कस्तो हुनुपर्छ भनेर निर्क्यौल गर्नेछ। सांगठनिक ढाँचा तयार गर्नेछ। त्यसपछि भने भद्दा आकारको पार्टी संरचना भनेर अहिले हामीलाई जसरी भनिन्छ, त्यसको जवाफ हामी एकमुष्ट रुपमा दिन्छौँ।

तपाईंको धारणाचाहिँ के छ, पार्टी संगठन कस्तो हुनुपर्छ?
पहिलो, बैठक बस्नै नसक्ने भद्दा कमिटी हुनुहुँदैन। बैठकमा जनवादी तरिकाले छलफल हुनसक्ने, आफ्नो समस्या बैठकमा राखेर समाधान गर्न सक्ने हुनुपर्छ। अहिले हामीसँग ठूला कमिटी छन्। त्यसलाई सानो बनाउनुपर्छ। दोस्रो, नेतृत्व चयन पनि जनवादी तरिकाले हुनुपर्छ भनेर हामीले छलफल गरेका छौँ। त्यो भनेको कार्यकर्ताले नेता छान्ने हुनुपर्छ। नेताले कार्यकर्ता टिप्ने होइन कि, कार्यकर्ताले नेता छान्ने नीति अख्तियार गर्छौँ। तेस्रो, जनतासँग 'रोटेसन'मा रहनुपर्छ। सत्तामुखी मात्रै हुने होइन। उत्पादन, जनसम्बन्ध र सरकारी क्षेत्रमा समायोजित विन्यास गर्ने। त्यो भनेको कुनै मान्छे सधैं सत्तामा रहने र कोही मान्छे सधैं सडकमा घुमिराख्ने स्थितिको अन्त्य गर्ने भनेका छौँ।

यसमा मैले एउटा नयाँ कुरा राखेको छु। अहिलेसम्म हाम्रो पार्टीको सांगठनिक संरचना भनेको पिरामिड आकारको जनवादी केन्द्रीयता हो। अहिलेको डिजिटल युगमा छोटो समयमै मानिसहरु सूचनाको पहुँचमा पुग्छन्। त्यसैले पिरामिड आकारको जनवादी केन्द्रीयताको संरचनामा केही विकास गरिनुपर्छ भन्ने कुरा मैले राखेको छ। त्यसमा 'वेभ' आकार पनि जोडौँ भन्ने मेरो कुरा छ। पार्टी संगठन गर्दा पिरामिड आकारको अतिरिक्त वेभ आकार पनि जोड्न सकियो भने आजको आवश्यकतालाई सम्बोधन गर्न सकिन्छ भन्ने मलाई लाग्छ।

बैठकमा नेतृत्वमाथि पनि विभिन्न प्रश्न उठ्यो। माओवादीमा अब नेतृत्व परिवर्तनको आवश्यकता महसुस भएको हो?
पार्टी नेतृत्वमाथि निरन्तर प्रश्न उठ्ने कुराले उसलाई जनता र कार्यकर्ताप्रति सजग हुन मद्दत पुर्‍याउँछ। प्रश्नविहीन त कोही पनि छैन। सम्पूर्ण रुपमा सांगठनिक संरचनामा नेतृत्व प्रणालीको नवीनता आवश्यकता छ भन्ने कुरामा पार्टीमा छलफल चलेकै छ। त्यो नेतृत्व प्रणाली कस्तो हुनुपर्छ भनेर त विधान सम्मेलनले निर्धारण गरे अनुसार नै हुन्छ। विधान सम्मेलनबाट एउटा संश्लेषण गर्छौँ। कुन तहको नेतृत्व, कुन नेतृत्व, कति समय कुन पदमा रहने भन्ने कुराको निर्क्यौल गर्‍यो भने नेतृत्व प्रणाली सम्बन्धका प्रश्नको जवाफ पनि हामी दिन सकौँला।

पछिल्लो समय पार्टीहरुमा उमेरहदको विषय पनि उठेको छ। माओवादी केन्द्रमा पनि उठ्यो। यसमा के गर्न सकिन्छ?
मानवजातिको विशेषता नै हुन्छ, सकुञ्जेल काम गर्ने। राजनीति भनेको स्वयंसेवा हो। स्वयंसेवामा योगदान गर्न सक्छु भन्ने लागुञ्जेल काम गर्ने प्लेटफर्म दिनुपर्छ। तर कुनकुन कमिटीमा कुन उमेरसम्म रहने भन्ने कुरा भने निर्क्यौल गर्न सकिन्छ। उदाहरणका निम्ति कार्यकारिणी कमिटीमै रहने कि, सल्लाहकार कमिटीमा रहने कि, निर्देशक कमिटीमा रहने कि भन्ने कुरामा छलफल गर्न सकिन्छ। कमिटीविहीन नबनाएर पनि व्यक्तिको भूमिकालाई सुनिश्चित गर्न सकिन्छ। अहिले कार्यकारिणी कमिटीमा रहने मात्रै कुरा गरेका छौँ। त्यसको अवला अरु कमिटीको पनि कुरा गर्न सक्छौँ। व्यक्ति आफू क्रियाशील भएर समाजलाई योगदान गर्छु भनुञ्जेल उसको भूमिकालाई सुनिश्चित गरिनुपर्छ।

उत्तराधिकारीको विषय पनि उठेका थिए। त्यसलाई कसरी सम्बोधन गर्न सकिन्छ?
उत्तराधिकारीको शृंखला नै तयार गरिनुपर्छ। दुई वा तीन जना नेतालाई उत्तराधिकार घोषणा गर्ने भन्दा पनि पार्टी नेतृत्वको 'चेन अफ कमाण्ड'मा माथिदेखि तलसम्म नेतृत्वहरूको शृंखला नै तयार गर्न सकियो भने कुनै पनि रुपमा नेतृत्व रिक्त हुँदाखेर सामूहिक प्रणालीबाट त्यसलाई पूर्ति गर्न सकियोस् भन्ने मनशाय हो। एकदुई नेतालाई फलानो नेताको उत्तराधिकारी भनेर घोषणा गर्नेभन्दा पनि सामूहिक प्रणालीमा नेतृत्वको विकास गर्ने विधिको विकास गर्दा संस्था बलियो हुन्छ भन्ने छलफल चलेकै छ। कम्युनिस्ट पार्टीमा यो पहिलेदेखि नै उठ्दै आएको विषय हो।

तपाईंले अघि कार्यकर्ताले नेता छान्ने विषय उठाउनुभयो। बैठकमा पार्टीका हरेक कमिटीमा आन्तरिक निर्वाचनमार्फत् नेतृत्व चयन गरिनुपर्ने आवाज पनि उठेको छ। त्यो कति सम्भव छ? कति आवश्यक छ? माओवादीले त्यो अभ्यास गर्न आवश्यक छ कि छैन?
माथि फर्किएको संगठनलाई तल फर्काउनका निम्ति निर्वाचन भनिएको हो। जनता र कार्यकर्तातिर अर्थात् भू-तहतिर फर्काउने भनिएको हो। फर्काउने भन्ने विधिको मात्रै कुरा होइन। हामीले मान्यता पनि राखेका छौँ- निर्णायक को हो? निर्णायक त कार्यकर्ता हो, जनता हो। त्यसो भए केही उपल्ला कमिटी, केही नेता विशेष मात्रै निर्णायक होइनन्। आम मान्छे निर्णायक हुन् भन्नका निम्ति पनि हामीले पार्टीलाई जनतातिर फर्काउनुपर्छ। त्यो सम्भव पनि छ, आवश्यक पनि छ।

विभिन्न काण्डहरुबारे पनि प्रश्न उठे। कतिपय काण्डहरुमा माओवादी नेताहरुको संलग्नताको आशंका पनि बैठकमा व्यक्त भए। तर ठोस निष्कर्ष केही निस्किए जस्तो देखिँदैन। यो विषयमा के हुनुपर्छ?
राज्यले अघि सारेको सुशासन पक्षमा र भ्रष्टाचार विपक्षमा अघि सारेको अभियानलाई केन्द्रीय समितिले अनुमोदन गरेको छ। राज्यले गर्ने अनुसन्धानमा पार्टीले सहयोगी भूमिका निर्वाह गर्छ भनेर केन्द्रीय समितिले पारित गरेको छ। त्यही अनुसार हुन्छ। 

प्रकाशित मिति: आइतबार, साउन २८, २०८०  १६:००

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
लेखकबाट थप
अनि गणेशमानले कांग्रेस परित्याग गरे...
संघदेखि प्रदेशसम्म 'साना दल'को नेतृत्वमा सरकार!
‘कांग्रेसका नेता’ पुष्पलालले किन गठन गरे कम्युनिस्ट पार्टी?
सम्बन्धित सामग्री
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ अहिले नेपालको क्यासिनो व्यवसाय उतारचढावको अवस्थामा छ। यसलाई केही हदसम्म स्थिर बनाउन राज्यले भूमिका खेल्नुपर्छ। त्यसका लागि क्यासिनो... शुक्रबार, असोज २, २०८३
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी उनका अनुसार जनताले सरकारबाट अपेक्षित सुशासन र सेवा प्रवाहको अनुभूति गर्न सकेका छैनन् । त्रिपाठीले जेन्जी आन्दोलनको महत्वपूर्ण एजेन्ड... मंगलबार, भदौ २३, २०८३
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल ‘हामीलाई विश्वास छ, सर्वोच्च अदालतले १४ औँ महाधिवेशनलाई नै वैधानिकता दिएर १५ औँ महाधिवेशनतर्फ अघि बढ्ने बाटो खोल्नेछ,‘ उनले भने । बर... मंगलबार, भदौ १६, २०८३
ताजा समाचारसबै
रियलले बार्सिलोनासँग दूरी घटाउने मौका गुमायो सोमबार, असोज ५, २०८३
भोटेकोशी बाढीमा हालसम्म १४ सय ५१ शव फेला, ४६ सय ५५ जना अझै बेपत्ता सोमबार, असोज ५, २०८३
कोशी, बागमती, गण्डकी र लुम्बिनीका पहाडी क्षेत्रमा भारी वर्षाको सम्भावना सोमबार, असोज ५, २०८३
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर सोमबार, असोज ५, २०८३
संघीय संसद्का दुवै सदनको बैठक बस्दै, कृषिमन्त्रीले मौखिक प्रश्नको उत्तर दिने सोमबार, असोज ५, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
राजनीतिक विश्लेषक भरत दाहाल पक्राउ आइतबार, असोज ४, २०८३
चक्कु प्रहारबाट एक युवकको मृत्यु, तीन जना पक्राउ आइतबार, असोज ४, २०८३
बालकृष्ण खाणसहित २३ जना क्षेत्रीय प्रतिनिधि निर्विरोध आइतबार, असोज ४, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
जलबायू न्यायका लागि नेपालले के गर्ने ? प्राध्यापक डा सूर्यप्रसाद सुवेदी
‘इजोत’को ज्योति प्रज्वलित गर्ने ॐको स्मृति धर्मेन्द्र विह्वल
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
प्रधानमन्त्रीसँग बैठक बसेलगत्तै सिंहदरबारबाट किन पक्राउ परे किस्माङ गाउँपालिका अध्यक्ष ? सोमबार, भदौ २९, २०८३
गौरीघाटमा बागमती नदीले सतर्कता तह पार गर्‍यो सोमबार, भदौ २९, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्