• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, साउन २९, २०८३ Fri, Aug 14, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाज

मन्त्रालयमै पुगेको छैन शिक्षा विधेयक, पारित हुन नदिन व्यापारीहरुको चलखेल 

64x64
भूपेन्द्र शाह ठकुरी बुधबार, साउन २४, २०८०  १५:५५
1140x725

काठमाडौं- साउन १६ गतेको मन्त्रिपरिषद् बैठकले विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक २०८० संघीय संसद्‌मा पेस गर्न स्वीकृति दिने निर्णय गर्‍यो। तर उक्त विधेयक सरकारले न शिक्षा मन्त्रालयमा बुझाएको छ न त संघीय संसद्को विधेयक शाखामा दर्ता नै गराएको छ।

विधेयकको मस्यौदामा के छ भन्ने कुरा समेत सार्वजनिक नहुँदै केही स्वार्थ समूह भने विधेयक रोक्नका लागि तँछाडमछाडमा देखिएका छन्। 

मन्त्रिपरिषद्‌बाट पारित भएको निर्णय नै गुपचुप राखिनु र त्यस भित्र भएका प्रावधान चुहावट गर्नुले सरकारी संरचनाबाटै विधेयक रोक्न लागिएको त होइन भन्ने आशंका उत्पन्न भएको छ।

संघीय संसद्‌को विधेयक शाखामा मस्यौदा दर्ता नभएको विधेयक महाशाखाका अधिकृत प्रकाश ज्ञवालीले जानकारी दिए। उनले भने, ‘विधेयक शाखामा आएपछि त हामी रुजु गरेर वेब साइटमै राखिहाल्छौं नि। यो संसद्‌को क्षेत्राधिकार भित्रै आएको छैन। दर्ता भएपछि यस प्रक्रियाका बारेमा हामी जवाफदेही हुनुपर्छ।’ किन ढिलो भयो भन्ने विषयमा शिक्षा मन्त्रालयले चिठी पठाएर नदिएको भए कानुन मन्त्रालय जवाफदेही हुने उनले बताए। 

विधेयकमा के छ भनेर विभिन्न शिक्षक संगठन, नेपाल शिक्षक महासंघ लगायतका व्यक्तिहरु समेत शाखामा आउने गरेका छन्। मस्यौदामा के छ भन्ने कुराको जानकारी नै नभई विरोधका आवाज आउनु स्वभाविक नभएको विधेयक शाखाको ठम्याइ रहेको छ। 

त्यसैगरी शिक्षा मन्त्रालयमा समेत विधेयकको ड्राप्ट अझै पुगेको छैन। विभिन्न सरोकारवाला निकायहरुले ड्राप्ट आयो कि आएन भनेर दिनहुँ मन्त्रालयमा फोन गर्ने गरेको शिक्षा मन्त्रालयका प्रवक्ता सहसचिव दीपक शर्माले जानकारी दिए। उनले भने, ‘शिक्षा विधेयक हामीकहाँ आएको छैन। हामीकहाँ आएर संसद्‌मा दर्ता भइसकेपछि तपाईंहरुलाई विधेयक प्रदान गर्न सक्छौं।

२०७२ सालदेखि शिक्षा विधेयकको ड्राप्ट भएको र तीन/चार पकट शिक्षा मन्त्रालयले अर्थ मन्त्रालय, कानुन मन्त्रालय र मन्त्रिपरिषद्‌मा पठाएकोले पुरानो ड्राप्टबारे चर्चा भइरहेको हुन सक्ने शिक्षा मन्त्रालयको बुझाइ रहेको छ।  

यसअघि नै ल्याउन खोजेको शिक्षा विधेयक पटकपटक कानुन मन्त्रालय, अर्थ मन्त्रालय  र मन्त्रिपरिषद्‌मा आए पनि अघि बढ्न सकिरहेको थिएन। विधेयक प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को विधेयक समितिमा दर्ता भएको औपचारिक जानकारी बाहेक अरु थाहा नभएको शिक्षा मन्त्रालयका प्रवक्ता शर्माले जानकारी दिए। 

nimb
nimb
Ncell 2
Ncell 2

यसअघि राष्ट्रिय शिक्षा नीति कस्तो बनाउने भन्नेबारेमा उच्चस्तरीय आयोग गठन भएको भए पनि त्यसको प्रतिवेदन समेत शिक्षा मन्त्रालयमा उपलब्ध नगराएको शिक्षा मन्त्रालयले जनाएको छ। 

मस्यौदा नआउँदै विरोध सुरु 
शिक्षा ऐन २०२८ लाई प्रतिस्थापन गर्ने कानुन विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक २०८० हाल मन्त्री परिषद्‌द्वारा पारित भएसँगै प्याब्सन, हिसान तथा नेसनल प्याब्सनहरुले विरोध सुरु गरेका छन्। 

विधेयक औपचारिक रुपमा सार्वजनिक भइसकेको छैन तर समाजिक सञ्जालमा छ्यापछ्याप्ती भेटिएको छ। सामाजिक सञ्जालमा प्राप्त विधेयकमध्ये तत्कालीन शिक्षा सचिव रामकृष्ण सुवेदीद्वारा हस्ताक्षर भएको विधेयकप्रति सरोकारवालाहरूको गम्भीर ध्यानाकर्षण भएको जारी विज्ञप्तिमा जनाइएको छ। 

उनीहरुले उक्त विधेयकले कम्पनीमार्फत सञ्चालित विद्यालयहरूलाई ५ वर्षभित्र गुठीमा रूपान्तरण र दायित्व फरफारकको विषयलाई समावेश गरी निजी लगानीको शिक्षा क्षेत्रलाई निरुत्साहित गर्न खोजेको भन्दै आपत्ति जनाएका छन्। उनीहरुले निजी विद्यालयहरूको मर्म र योगदानलाई प्रतिकुल असर गर्ने विधेयकहरू समयमा नै संशोधन गरी निजी लगानीको संरक्षण सम्बर्द्धनको सुनिश्चितता हुने लिखित प्रतिबद्धता माग गरेका छन्।

उनीहरुले आफ्नो माग पूरा नभएमा विद्यालयहरू बन्द गर्ने, सडकमा प्रदर्शन गर्ने जस्ता आन्दोलनका कार्यक्रम गर्न बाध्य हुने भन्दै सरकारको ध्यानाकर्षण गराएका छन्।

विधेयकको मस्यौदा सार्वजनिक नहुँदै किन विरोध भन्ने नेपाल लाइभको प्रश्नमा प्याब्सनका अध्यक्ष डिके ढुंगानाले भने, ‘शिक्षा विधेयकको मस्यौदाका बारेमा हामीले मन्त्रालयमा गएर कुराकानी गरेका छौं। कि ड्राप्ट दिनुहोस्, कि जवाफ दिनुहोस् भन्दा उहाँहरुले जे बजारमा पाउनु भएको छ मोटामोटी त्यही हो भन्नुभएको छ। त्यसैले हामीले विरोध जनाएका हौं। पहिलाको शिक्षा सचिवले हस्ताक्षर गरेको ड्राप्ट छ। त्यसै कारण विरोध गरिएको हो।’

उनले शिक्षा मन्त्रालयले विधेयक आउनुभन्दा पूर्व आफूसँग छलफल नभएको बताउँदै २०२८ सालमा आएको विधेयकभन्दा पनि कमजोर खालको रहेको टिप्पणी गरे। आफ्नो मागका बुँदामा कहीँ केही नगरेको भन्नेबारे सरकारले प्रष्ट पार्नुपर्ने उनले बताए।

त्यसैगरी नेपाल शिक्षक महासंघ राष्ट्रिय समितिले समेत संघीय शिक्षा ऐनले शिक्षक कर्मचारीका माग र मुद्दालाई सम्बोधन गर्न नसकेको भन्दै आपत्ति जनाएको छ। सरकारले आधिकारी रुपमा नेपाल शिक्षक महासंघ राष्ट्रिय समिति र शिक्षा मन्त्रालयबीच विगतमा भएका भएका सहमति कार्यान्वयन गरी स्थायी राहत, साविक उमावि, बालकक्षा, अस्थायी करार, विशेष शिक्षा, प्राविधिक धार, शिक्षण सिकाइ अनुदान, संस्थागत विद्यालयका शिक्षक लगायत सबै खालका शिक्षक र विद्यालय कर्मचारीका माग मुद्दा सम्बोधन गर्नुपर्ने माग राखेका छन्।

प्रकाशित मिति: बुधबार, साउन २४, २०८०  १५:५५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
भूपेन्द्र शाह ठकुरी
भूपेन्द्र शाह ठकुरी नेपाल लाइभका वरिष्ठ संवाददाता हुन्।
लेखकबाट थप
विद्यालय शिक्षा विधेयकमाथि सांसदका प्रश्नै प्रश्न
भारतले किन बुझ्न मान्दैन ईपीजी प्रतिवेदन?
सरकारसँग किन बढ्दैछ कांग्रेसको असन्तुष्टि?
सम्बन्धित सामग्री
लेखा समितिले थाल्यो प्रहरीको पोशाक अनियमितताको छानविन, १५ दिनभित्र विवरण पठाउन निर्देशन बुधबार बसेको समिति बैठकले १५ दिनभित्र प्रहरीको पोसाक तथा अन्य सामग्री खरिदको विवरण पेस गर्न निर्देशन समेत जारी गर्दै छानविन शुरु गरे... बुधबार, साउन २७, २०८३
शरीरमा आयोडिनको कमी हुँदा कस्ता समस्या देखिन्छन्? नेपाल भूपरिवेष्ठित देश भएकाले आयोडिन प्राप्त गर्न नुनकै सेवन गर्नुपर्ने पोषणविद् केपी लम्साल बताउँछन्। नेपालीहरूले हाल दैनिक औसत ९ ग... बुधबार, साउन २७, २०८३
बालेन सरकारलाई झट्का, एकै दिन दुई सचिवले दिए राजिनामा सञ्चार मन्त्रालयका सचिव डा. कमल प्रसाद पोख्रेल र प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव बाबुराम अधिकारीले मंगलबार राजीनाम... बुधबार, साउन २७, २०८३
ताजा समाचारसबै
मानव शरीर जलन उपचारसम्बन्धी विधेयकमा राय–सुझाव माग शुक्रबार, साउन २९, २०८३
तीन वटा संसदीय समितिको बैठक बस्दै शुक्रबार, साउन २९, २०८३
२४ घण्टामा ट्राफिक प्रहरीले गर्‍यो ९९१ जनालाई कारबाही शुक्रबार, साउन २९, २०८३
बीपी राजमार्गमा राति सवारी रोक‚ अरनिकोमा तीन स्थानमा अवरोध शुक्रबार, साउन २९, २०८३
सुदूरपश्चिमले महिला भलिबल लिग खेल्ने शुक्रबार, साउन २९, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
समितिमा नोकझोकपछि किन छिरे आईजीपी प्रधानमन्त्री कार्यालय? बिहीबार, साउन २८, २०८३
देउवाको स्वागतमा सहभागीलाई धन्यवाद दिँदै विद्रोही कांग्रेसको राष्ट्रिय भेलाको कार्यतालिका सार्वजनिक [तालिकासहित] बिहीबार, साउन २८, २०८३
लोकसेवा आयोगको सचिवमा बढुका लागि तीन जनाको नाम सिफारिस बिहीबार, साउन २८, २०८३
आईजीपीलाई खगेन्द्र सुनारको जवाफ– बर्दी र फुली देखाए धम्क्याउँदैमा सकिने विषय होइन बिहीबार, साउन २८, २०८३
गगनको अध्यक्षतामा बसेको कांग्रेस बैठकद्वारा देउवाबाट अभिभावकीय भूमिकाको अपेक्षा [निर्णयहरुसहित] बिहीबार, साउन २८, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
राजनीतिक दल र आदिवासी आन्दोलनले नयाँ पुस्तालाई सम्बोधन गर्न नसक्दा ‘विद्रोह’ भयो : पर्शुराम तामाङ नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
विचारसबै
जेन–जी आन्दोलनदेखि युवा नेतृत्वको सरकारसम्म : अब युवाले खोजेको उत्तर के हो ? क्षितिज विक्रम खनाल
न्यायाधीश नियुक्ति : अब चै भागबण्डाबाट पाठ सिक्ने कि ? हरि भट्टराई
नेपाललाई मेडिकल हब बनाउन अस्पतालहरूबीच सहकार्य आवश्यक : डा. अमित तोमर नेपाल लाइभ
डा. विमल अर्थात् आधुनिक दधिचि धर्मेन्द्र विह्वल
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
पत्रकार किशोर श्रेष्ठको पक्राउमा उपसभामुखको अशोभनीय पोष्ट बुधबार, साउन २७, २०८३
प्रधानमन्त्री बालेनविरुद्ध उत्रिएका सांसदलाई कडाइ गर्दै रास्वपा शुक्रबार, साउन २२, २०८३
बिहानै जागे प्रधानमन्त्री बालेन, देखाए सरकारकाे उपलब्धि शनिबार, साउन २३, २०८३
लेनदेनका लिखत प्रमाणित गर्दा दुई रुपैयाँ मात्रै शुल्क लिन स्थानीय तहका नाममा परमादेश जारी आइतबार, साउन २४, २०८३
ललितपुरको कुसुन्तीबाट पत्रकार किशोर श्रेष्ठ पक्राउ बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्