• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, असोज ५, २०८३ Mon, Sep 21, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

संघको नियति प्रदेशमा: मन्त्रिपरिषद्ले पूर्णता पाउनै सकस

64x64
किशोर दहाल बुधबार, साउन २४, २०८०  ०८:००
1140x725

काठमाडौं– बागमती प्रदेशका कांग्रेस सांसद रामकृष्ण चित्रकार गत जेठ ७ गते नै मन्त्रीमा नियुक्त भएका थिए। उनले त्यसै दिन सपथ पनि लिएका थिए। तर अन्य मन्त्रीले तत्कालै मन्त्रालयको जिम्मेवारी पाउँदा उनले भने पाएनन्। ७९औँ दिनमा आइतबार उनले उद्योग तथा सामान्य प्रशासन मन्त्रालयको जिम्मेवारी पाएका छन्। 'बीचमा नीति तथा कार्यक्रम, बजेट जस्ता विषय चलिरहेका थिए', उनले नेपाल लाइभसँग भने, 'त्यसैले ढिला भयो। अब जिम्मेवारी पाएँ।'

उद्योग पर्यटन तथा सहकारी मन्त्रालयलाई विभाजन गरेर सिर्जना गरिएको मन्त्रालयको जिम्मेवारी चित्रकारले पाएका हुन्। आइतबार मात्रै गठबन्धन आबद्ध दलहरुको प्रदेश नेतृत्वको बैठकमा मन्त्रालय विभाजनको सहमति जुटेको थियो। त्यसअघि कांग्रेस र माओवादी केन्द्रबीच कुन मन्त्रालय विभाजन गर्ने भन्ने बारेमा असझदारी थियो। दुवै पार्टीले अर्को पार्टीबाट मन्त्री भएकाले सम्हाल्दै आएको मन्त्रालय विभाजन गर्नुपर्ने बताउँदै आएका थिए। अन्ततः कांग्रेसकै पुकार महर्जन सम्हालेको मन्त्रालय विभाजन गरिएको हो।

प्रदेश सरकारहरुमा मन्त्रिपरिषद् विस्तार तथा मन्त्रिपरिषद्लाई पूर्णता दिने सवालमा देखिएको सकसको एउटा आँखिझ्याल हो, बागमती प्रदेश। २०७९ मंसिरमा निर्वाचन भइ पुसदेखि गठन हुन थालेका सबै जसो प्रदेश सरकारहरुले यस्तो कठिनाइ भोगिरहेका छन्। जसका कारण कतिपय प्रदेशमा मन्त्रालय विभाजन गरेरै भए पनि भागबण्डा मिलाउनु परिरहेको छ, कतै मुख्यमन्त्रीले नै अतिरिक्त मन्त्रालयको भार थाम्नुपरिरहेको छ।

लुम्बिनी प्रदेशमा डिल्लीबहादुर चौधरी मुख्यमन्त्री नियुक्त भएको तीन महिनाभन्दा बढी भयो। तर उनले पनि मन्त्रिपरिषद्लाई पूर्णता दिन सकेका छैनन्। उनले मुख्यमन्त्री तथा मन्त्रिपरिषद्‌को कार्यालयका अतिरिक्त थप तीन वटा मन्त्रालयको जिम्मेवारी पनि सम्हालिरहेका छन्। अब त्यहाँ केही दिनमै मन्त्रपरिषद्‌ले पूर्णता पाउने बताउँछन्, गृहमन्त्री सन्तोषकुमार पाण्डेय। 'पहिले बजेट पास गरेपछि मात्रै मन्त्रालय विस्तार गर्ने सहमति भएको थियो', नेपाल लाइभसँग कुरा गर्दै पाण्डेयले भने, 'तर अब विस्तार गरिहालौँ भन्ने भएको छ। किनकि, मन्त्रालयहरुको काम त प्रभावित हुन भएन नि।'

सजिलो उपाय- मन्त्रालय विभाजन
लुम्बिनीमा अहिले १० वटा मन्त्रालय छन्। मन्त्री भने सात जना मात्रै छन्। तर यहाँ थप दुई वटा मन्त्रालय सिर्जना गरेर १२ वटा बनाउने तयारी छ। त्यस विषयमा दलहरुबीच पहिल्यै सहमति भइसकेको छ। ‘अब कांग्रेसबाट तीन र माओवादी केन्द्रबाट दुई मन्त्री थपिनेछन्’, पाण्डेयले भने।

भागबण्डा मिलाउन मन्त्रालय थप्ने सजिलो उपाय अन्य प्रदेशमा पनि अपनाउने गरिएको छ। उदाहरणका लागि बागमती प्रदेश र कर्णाली प्रदेशलाई हेर्न सकिन्छ। ती दुवै प्रदेशमा गत पुसमा नियुक्त मुख्यमन्त्रीहरुले मन्त्रालयको संख्या घटाएका थिए। बागमती प्रदेशमा १४ बाट ११ मा र कर्णाली प्रदेशमा आठ बाट सातमा मन्त्रालयको संख्या झारिएको थियो। तर उनीहरु लामो समयसम्म टिक्न सकेनन्। बागमतीमा हालै एक मन्त्रालय थपिएको छ। कर्णालीमा वैशाखमै एक मन्त्रालय थपेर पुरानै आठ वटै कायम गरिएको थियो।

मुख्यमन्त्री मात्रै होइन, प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ स्वयंले प्रदेशहरुमा मन्त्रालयको संख्या घटाउने सार्वजनिक उद्‌घोष गरेका थिए। गत माघ २० गते राष्ट्रिय सभामा सम्बोधन गर्दै उनले भनेका थिए, 'मेरो नेतृत्वको सरकार बनिसकेपछि बडो दृढताका साथ भनेका छौँ, १० प्रतिशतभन्दा बढी मन्त्री बनाइनेछैन, मन्त्री घटाउने। एउटा मन्त्री घटाउँदा करोडौँको बचत हुन्छ। अहिले यो सरकारका साझेदारहरुमा सर्वसम्मत बनाएर नै मन्त्रालय घटाउने र प्रदेशको खर्च घटाउने, विकासका काम र ऐनलाई अगाडि बढाएर कार्यान्वयनलाई जनताले देख्ने र बुझ्ने गरी गति दिने भन्नेमा हामी गई नै सकेका छौँ। र, त्यो देखिसकिएको छ।'

तर, प्रधानमन्त्रीले नेतृत्व गर्ने पार्टीबाटै मुख्यमन्त्री बनेका बागमती प्रदेशका शालिकराम जम्मकट्टेल र कर्णाली प्रदेशका राजकुमार शर्माले नै मन्त्रालयको संख्या बढाएका छन्। जम्मकट्टेल नेतृत्वको सरकारमा रहेका मन्त्रीहरुको संख्या प्रदेश सभाको आकारको १० प्रतिशतभन्दा बढी हो, कर्णालीमा २० प्रतिशत हो।

Ncell 2
Ncell 2
nimb
nimb

जति बढी सरकार परिवर्तन, उति बढी सकस
गत पुसमा प्रदेशहरुमा एमाले, माओवादी केन्द्र र राप्रपाबीच गठबन्धन बनेको थियो। सोही अनुसार मन्त्रिपरिषद् गठन भएको थियो। तर एक/डेढ महिनामै गठबन्धनमा गडबडी सुरु भयो। खासगरी राष्ट्रपति निर्वाचनलाई लिएर संघीय सत्ता-गठबन्धन परिवर्तन भएपछि त्यसको असर प्रदेशहरुमा पनि देखियो। पुरानो गठबन्धन भत्किएर नयाँ गठबन्धन बने। सरकारहरु ढल्न थाले।

त्यसपछि मुल रुपमा कांग्रेस, माओवादी केन्द्र, जसपा, एकीकृत समाजवादी, जनमत पार्टी, लोसपा जस्ता दलहरु मिलेर सरकार गठन गरेका छन्। सरकारमा सहभागी हुने दलको संख्या बढेसँगै आकांक्षी पनि बढ्ने र भागबण्डा मिलाउन सकस हुने गरेको देखिन्छ। यस्तै अवस्था संघीय मन्त्रिपरिषद् विस्तारमा पनि पर्ने गरेको छ। जस्तो, २०७८ असार २९ गते प्रधानमन्त्री बनेका शेरबहादुर देउवाले झन्डै तीन महिनापछि असोज २२ मा मन्त्रिपरिषद्‌लाई पूर्णता दिएका थिए। अन्य सरकारको हालत पनि त्यस्तै हुने गरेको थियो/छ।

अर्कोतिर, सरकारहरु छिटोछिटो परिवर्तन हुँदा पनि मन्त्रिपरिषद् विस्तार नहुने गरेको देखिन्छ। मुख्यमन्त्रीहरुको मुख्य ध्यान सरकार टिकाउने र टिकाउन सहयोगी हुने दलसँगकै संवादमा व्यस्त हुने भएकाले मन्त्रिपरिषद् विस्तार प्राथमिकतामा परेको देखिँदैन। उदाहरणका लागि कोशी प्रदेशलाई लिन सकिन्छ।

उद्धव थापा गत असार २१ मा मुख्यमन्त्री नियुक्त भए। उनले दुई पटक गरी ६ सदस्यीय मन्त्रिपरिषद् पनि गठन गरे, जसमध्ये चार जना बिना विभागीय मन्त्री थिए। विवादास्पद तरिकाले नियुक्त भएका थापाको ध्यान मन्त्रिपरिषद्लाई पूर्णता दिनेभन्दा पनि सर्वोच्चको फैसला कुर्नेमा केन्द्रित भयो। अहिले सो सरकार विघटन भएर उनी नेतृत्वमै नयाँ सरकार बनेको छ। र, चार सदस्यीय मन्त्रिपरिषद् पनि गठन भइसकेको छ। तर विश्वासको मत लिने सम्बन्धमा देखिएका जटिलताले गर्दा सरकार विस्तार मुख्य प्राथमिकतामा पर्न सकेको छैन।

कोशी प्रदेशका मुख्यमन्त्री थापाले गठबन्धनका दलहरुबीच मन्त्रिपरिषद् विस्तारका सम्बन्धमा छलफल भइरहेको बताए। 'गठबन्धनको सरकार बनेपछि छलफल हुनु स्वाभाविक हो', उनले भने, 'अब विश्वासको मत लिएपछि मात्रै मन्त्रिपरिषद्ले पूर्णता पाउँछ।'

त्यस्तै, सुदूरपश्चिम प्रदेशका तत्कालीन मुख्यमन्त्री राजेन्द्रसिंह रावलले बिना विभागीय दुई मन्त्रीको साथमा एक महिना बिताए। विश्वासको मत पाउन नसकेपछि सो सरकार ढल्यो। त्यसपछि माघ २६ मा मुख्यमन्त्री नियुक्त भएका कमलबहादुर शाहले तेस्रो चरणमा साउन १७ गते मन्त्रिपरिषद् विस्तार गर्दै पूर्णता दिएका थिए।

यसरी केही मुख्यमन्त्रीले अपूर्ण मन्त्रिपरिषद्लाई केही समय चलाउने, मुख्यमन्त्री परिवर्तन हुने र नयाँ बनेका मुख्यमन्त्रीले पनि पूर्णता दिन हप्तौँ लगाउँदा कैयौँ मन्त्रालयले महिनौँसम्म मन्त्री पाएको देखिँदैन।
 

प्रकाशित मिति: बुधबार, साउन २४, २०८०  ०८:००

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
किशोर दहाल
दहाल नेपाल लाइभको राजनीतिक ब्युरो प्रमुख हुन्।
लेखकबाट थप
अनि गणेशमानले कांग्रेस परित्याग गरे...
संघदेखि प्रदेशसम्म 'साना दल'को नेतृत्वमा सरकार!
‘कांग्रेसका नेता’ पुष्पलालले किन गठन गरे कम्युनिस्ट पार्टी?
सम्बन्धित सामग्री
कांग्रेसको वडा अधिवेशन : ६३ जिल्लामा सकियो, बाँकीमा अन्तिम चरण कांग्रेस केन्द्रीय कार्यसमितिले सोमबार जारी गरेको विज्ञप्तिअनुसार असोज ५ गतेसम्म ६३ जिल्लाका वडा अधिवेशन सम्पन्न भएका हुन् । असोज ३... सोमबार, असोज ५, २०८३
अब जोखिम नभएसम्म पक्राउ परेकालाई हत्कडी नलगाउन सर्वोच्चको आदेश न्यायाधीश डा. नहकुल सुवेदी र शान्तिसिंह थापाको इजलासले पक्राउ परेका व्यक्ति भाग्ने जोखिममा रहेको, हिंसात्मक व्यवहार गरेको वा आफू तथा... सोमबार, असोज ५, २०८३
राष्ट्रिय सेवा दल विधेयक प्रतिनिधिसभाबाट पारित, के–के छन् व्यवस्था? विधेयकमा विद्यालयमा अध्ययनरत विद्यार्थीमा देशप्रेम, जनसेवा, राष्ट्रिय एकता, अनुशासन र नैतिकताको भावना विकास गर्ने उद्देश्य राखिएको छ... सोमबार, असोज ५, २०८३
ताजा समाचारसबै
कांग्रेसको वडा अधिवेशन : ६३ जिल्लामा सकियो, बाँकीमा अन्तिम चरण सोमबार, असोज ५, २०८३
यूएन महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल न्यूयोर्कमा सोमबार, असोज ५, २०८३
असोज ९–११ मा अति भारी वर्षाको जोखिम, राति यात्रा नगर्न प्राधिकरणको आग्रह सोमबार, असोज ५, २०८३
भोटेकोशी बाढीको क्षति मापन गर्न २५० भन्दा बढी कर्मचारी फिल्डमा सोमबार, असोज ५, २०८३
अब जोखिम नभएसम्म पक्राउ परेकालाई हत्कडी नलगाउन सर्वोच्चको आदेश सोमबार, असोज ५, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
राजनीतिक विश्लेषक भरत दाहाल पक्राउ आइतबार, असोज ४, २०८३
चक्कु प्रहारबाट एक युवकको मृत्यु, तीन जना पक्राउ आइतबार, असोज ४, २०८३
बालकृष्ण खाणसहित २३ जना क्षेत्रीय प्रतिनिधि निर्विरोध आइतबार, असोज ४, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
जलबायू न्यायका लागि नेपालले के गर्ने ? प्राध्यापक डा सूर्यप्रसाद सुवेदी
‘इजोत’को ज्योति प्रज्वलित गर्ने ॐको स्मृति धर्मेन्द्र विह्वल
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
प्रधानमन्त्रीसँग बैठक बसेलगत्तै सिंहदरबारबाट किन पक्राउ परे किस्माङ गाउँपालिका अध्यक्ष ? सोमबार, भदौ २९, २०८३
गौरीघाटमा बागमती नदीले सतर्कता तह पार गर्‍यो सोमबार, भदौ २९, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्