• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, असोज २८, २०८३ Wed, Oct 14, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाचार

वीर अस्पताल डायरी (पाना नं ३) : वीरकै कर्मचारीले नबुझेको ‘सिस्टम’ र त्यही 'सिस्टम'ले गरेको एउटा ‘हत्या’

64x64
डिबी खड्का शनिबार, साउन २०, २०८०  ०६:२८
1140x725

काठमाडौं– वीर अस्पताल डायरीका अघिल्ला पानाहरुमा उपकरण बिग्रिदा (समयमै नबनाउँदा)/बिगारिँदा बिरामीले पाउने दु:ख प्रस्तुत गरियो। त्यही बहानामा कमाउ धन्दा चलाउने केही डाक्टरको नियत उजागर गरियो। आजको पानामा त्यहाँको प्रणालीमा रहेका कमजोरीले दिने दु:खहरु केलाउने प्रयास गर्नेछु। प्रणालीले गर्दा मेडिकल वार्डमै मृत्युवरण गर्नुपर्ने बाध्यता प्रस्तुत गर्दैछु। 

टाइफाइडको बिरामीका लागि गरिने जाँच र पुग्नुपर्ने ठाउँ सिमित हुन्छन्। त्यसैले जति झन्जट अरु गम्‍भीर समस्या लिएर आउने बिरामीले भोग्छन्,  त्यति मैले भोगेको छैन। तर, मेरा भोगाइको आँखीझ्यालबाट नियाल्ने हो भने वीरको प्रणालीमा ठूलो परिवर्तन जरुरी छ। 

जस्तो त्यहीँका कर्मचारीले आफ्नै उपचारमा हैरानी खेपेपछि भनेका थिए-  आफैंलाई नपरी यहाँको सिस्टम बुझ्न नसकिने रहेछ!

सोमबार बिहानको कुरा हो यो। आइतबार बेलुकी नै आउनुपर्ने आइरन प्रोफाइलको रिपोर्ट सोमबार बिहानसम्म नआएपछि म खोज्दै पुरानो भवनको चौथो तलमा उक्लिएको थिएँ। रिपोर्ट प्रिन्ट गर्ने शाखामा बस्ने कर्मचारीकहाँ आइतबार बेलुकी नै पटक-पटक पुगें। बारकोड दिने ठाउँबाट आइतबार बेलुकी नै 'भेरिफाइ'को क्रममा रहेकाले १० मिनेट कुरेर रिपोर्ट लिन भनिएको थियो। १५ मिनेट कुरें तर आएन र काउन्टर नै बन्द हुने समय हुन थालिसक्यो। डाक्टर राउन्डमा आउने समय घर्किसकेकाले अर्को दिन बिहान लिनेगरी वार्डतिरै लागेँ। 

अर्को बिहानसम्म पनि नआएपछि रिपोर्ट प्रिन्ट गर्ने काउन्टरका कर्मचारीले चार तला माथि रहेको कोठाको बाटो पहिल्याइदिएका थिए। उनलाई लाग्यो होला- जरुरी नै भएर यसले पटक-पटक धाइरहेको छ! उनले सुझाए- एकपल्ट पुरानो भवनको चौथो तलामा रहेको ४३८ नम्बर कोठामा बुझिहेर्नु न। 

वीर अस्पतालले सेवा ८ बजेदेखि दिन थालेको दोस्रो दिन थियो। त्यसैले कर्मचारी अभ्यस्त थिएनन्। मेरो रिपोर्ट अड्किएको हेर्ने कर्मचारी पुगिनसकेकाले त्यहाँ रहेकी एकजना महिला कर्मचारीले ४३४ मा बुझ्न पठाइन्। त्यहाँस्थित कर्मचारीले भनिन्,  'मैले त हिजै पठाइसकेको। भेरिफाइ भएको छैन कि? म बुझेर आउँछु।' 

उनले मार्करले मेरो बिरामीको नामसमेत एउटा कागजमा पछाडि लेखेकी थिइन्। कागजको चाङको माथि नै रहेकाले देखाइहालिन्।  सहयोगी स्वभावकी रहिछन्, मेरो कागज लिएर सम्बन्धित शाखामा उनी आफैं बुझ्न गइन्। 

त्यही क्रममा एकजना भलाद्मी त्यहाँ आइपुगे। उमेरले ५० को उकालोतिर हिँडिरहेको देखिने उनी पनि मजस्तै रिपोर्ट खोज्न त्यहाँ पुगेका रहेछन्। साँघुरो कोठामा अतिथिका लागि त्यहाँ जम्मा एउटा कुर्सी उपलब्ध थियो। जहाँ म बसिरहेको थिएँ। आफूभन्दा बढी उमेरको मान्छे उभिइरहेको हेर्न सकिनँ। मैले उनीतिर संकेत गर्दै भने - सर बस्नुहोस्। 

Ncell 2
Ncell 2
nimb
nimb

उनी फरासिला स्वभावका रहेछन्, प्रतिउत्तरमा भने,  'धेरै बसेरै ज्यान यस्तो (उपचार गराउनुपर्ने/मोटो) भयो। तपाईं नै बस्नुहोस्।'

उनले यही क्रममा हैरानी पोखे- आफैंलाई नपरी हाम्रो अस्पतालको सिस्टम बुझ्न नसकिने रहेछ! वीर अस्पतालको उल्झनमाथिको उनको सटिक टिप्पणीले अस्पताल बसुन्जेल मन हल्लाइरह्यो। 

अस्पतालमा जे लेखिएको हुन्छ,  त्यो समेत प्राप्त नहुने अनेक काउन्टर छन्। बिल तिर्ने काउन्टरमा मैले दुईपल्ट लाइन लाग्नुपरेको छ। जहाँको झ्यालमा लेखिएको छ - वी एसेप्ट फोन पे (हामी फोनबाटै भुक्तानी स्वीकार्छौं)।
त्यही देखेर गोजीमा क्यास नभएपनि रिपोर्टका लागि बिल काट्न आधाघन्टा लाइनमा बसें। काउन्टरमा पुगेपछि कर्मचारीले 'फोन पे' अस्वीकार गरिन्। क्यास नै ल्याउन भनेपछि हतास हुँदै एटिएम खोज्न भौतारिएँ। बाहिर त्यहीँ बैंकको एटिएममा समेत समस्या थियो। त्यसपछि ट्रमा सेन्टरको गेटमा रहेको अर्को बैंकको एटिएमबाट पैसा ल्याएर अर्को आधा घन्टा लाइनमा बसें।

अस्पतालबाहिर ओपिडी टिकट अनलाइनबाट काटिने माइकमा फुक्य्या फुक्यै गरिएको हुन्छ। प्रयोगशाला परीक्षणकै कुरा गर्ने हो भने तेहरो लाइन झेल्नुपर्छ। औसतमा २० मिनेटका दरले एकघन्टा समय त्यहीँ बित्छ। उदाहरणका लागि बिल काट्न २० मिनेट, बारकोड लिन २० मिनेट र परीक्षणका लागि रगत दिन २० मिनेट।

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

०००

गत मंगलबार वार्डमा नर्सहरुहरुले भने-  सवै बिरामी कुरुवा बाहिर जानुपर्ने भयो।

कुरुवामध्येका कसैले प्रतिप्रश्न गरे- किन? नर्सहरुमध्ये एकले भनिन्,  'ठूलो डाक्टर (प्रोफेसर) आउँदैछन्।' हामीमध्येका एकले ठूलो डाक्टर भेट्ने इच्छा जाहेर गरे।

तर, अस्पताल 'सिस्टम'मा उनको केही लागेन। खाना खाने समय परेकाले मैले त्यसलाई अवसरका रुपमा लिएर बाहिरिएँ। त्योबेला ती प्रोफेसर आउन भ्याएनन्। १५ मिनेट कुरुवाले भर्‍याङ कुरेपछि प्रोफेसर आउन भ्याएनन् भन्ने सुनिएछ। फेरि अर्को समयमा हामी बाहिर निस्किनुपर्‍यो। 

त्यो सिस्टम उनीहरुको हो, हानी नगरुन्जुल चलोस् भन्ने लाग्यो। एकजना बिरामीको त्यही समयमा सिटी स्क्यानको समय रहेछ। बाहिर निस्किनु भन्ने फर्मानका अघि उनको केही चलेन र बाहिरिए। उनी पनि समयको सदुपयोग गर्न खाना खान गएछन्। त्यही बेला उताबाट बिरामी ल्याइदिन भनिएको रहेछ। नर्सले भर्‍याङतिर खोजेछन्। आफन्त भेटिएनन्। बिरामीको जाँच भएन। 

फर्किएर आएपछि ती आफन्तले आफ्नो बिरामीलाई सिटी स्क्यानका लागि लैजान खोजे। तर,  लिएको समय घर्किएको भन्दै शुक्रबार मात्रै समय मिल्ने बताइयो। उनीहरुले बाझ्नुसम्म बाझे तर कर्मचारीले समेत नबुझ्ने सिस्टममा उनको जोर चलेन।
०००
त्यसअघि आइतबार एक ९६ वर्षीया महिलाले फिमेल मेडिकल वार्डमै देहत्याग गरिन्। शुक्रबार म पुग्दा त्यहाँ भर्नारत थिइन्। कुनै समय पनि उनको ज्वरो १०२ भन्दा तल झरेन। १०५ सम्म पुगिरहन्थ्यो। श्वासप्रश्वासमा समस्या थियो। उनको अवस्था हेर्दा मेरा सामान्य दृष्टिले आइसियु वा भेन्टिलेटरमा राखेर उपचार गर्न जरुरी लागेको थियो। 

चिकित्सकका विशेषज्ञ आँखाले पनि त्यही देख्नुपर्थ्यो भन्ने मेरो बुझाइ थियो र छ। तर, त्यसो गरिएन। वा चिकित्सकले सल्लाह दिएर पनि आफन्तले मानेनन्? 

मेरो सामान्य ज्ञानबाट उब्जिएको विचारले भनिरहेको थियो- बिरामी कि इमर्जेन्सीमा उपचार गर्न खोज्दा खोज्दै सम्भव नभएपछि मर्न सक्छ,  कि आइसियु वा भेन्टिलेटरमा विज्ञानका खोजले नधानेर!'

अस्पताल पुगेको केही दिनपछि सामान्य वार्डमै बिरामीको मृत्युवरण मैले सामान्य रुपमा लिन सकिनँ। जस्तो अस्पतालको प्रणाली र आफन्तले सामान्य रुपमा लिए। न दोष यहाँ चिकित्सकको हो,  न आफन्तको नै। यहाँनेर 'सिस्टम फेल' देखें मैले। बिरामीको अवस्था गम्भीर देख्दा-देख्दै पनि, उल्लेख्य सुधार आएको नेदेखिँदा देखिदै पनि वार्डमै राखेर उपचार गरिने प्रणाली कसरी सही हुन सक्छ? - प्रश्नले आफैंलाई बिझाइरह्यो। ती वृद्धा आँखामा झलझली आइरहेकी छिन् र अहिले पनि मनले प्रश्न गरिरहेको छ- त्यो 'सिस्टम'ले गरेको 'हत्या' थिएन र? 

डायरीको अर्को पाना अर्को शृंखलामा

यो पनि पढ्नुहोस

 
 

वीर अस्पताल डायरी (पाना नं १): ल्याबबाट सिधै दलालको फोन नम्बर लेखेर ‘ठगिन पठाइन्छ’ बिरामी

 

 
 

वीर अस्पतालमा सद्दे उपकरण कुन छ? ‘प्राइम टाइम’मै डाउन हुन्छ फार्मेसीको सर्भर!

 

प्रकाशित मिति: शनिबार, साउन २०, २०८०  ०६:२८

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
डिबी खड्का
नेपाल लाइभका वरिष्ठ संवाददाता खड्का संसदीय मामिला तथा राजनीति बिटमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
देउवा दाइ, ज्ञानेन्द्र शाहले सकेनन् तर 'यिनी'हरूले सक्नैपर्छ!
सरकारको 'पूर्वहस्ताक्षर' सर्तको खुलासा : विभिन्न संस्थाका पदाधिकारीहरुको नियुक्तिसँगै लिइएको छ राजीनामा
ब्याक्टेरिया उमार्ने र मार्ने प्रक्रियाको साक्षी बन्दा...
सम्बन्धित सामग्री
भोटेकोशी बाढी अपडेट : १ हजार ४ सय ५८ जनाको शव फेला जसमध्ये रसुवामा २ सय ३७ जना, नुवाकोटमा २ सय ५ जना, धादिङमा ७३ जना, चितवनमा ३ सय ६९ जना, गोरखामा ८० जना, तनहुँमा ३८ जना, नवलपरासी पूर... बुधबार, असोज २८, २०८३
हटियामा राष्ट्रिय प्रसारण पुग्यो, किमाथांकामा पनि यसै वर्ष पुग्ने यसअघि लघु जलविद्युत् आयोजनामार्फत विद्युत् उपभोग गर्दै आएको उक्त क्षेत्रमा राष्ट्रिय प्रसारण प्रणालीबाट विद्युत् आपूर्ति सुरु गरिएको... बुधबार, असोज २८, २०८३
प्रधानमन्त्री बालेनको काभ्रे भ्रमण : पालाञ्चोक भगवतीमा गरे दर्शन आफ्ना राजनीतिक सल्लाहकार कुमार बेन र पूर्वाधार विकासमन्त्री सुनील लम्सालसँगै प्रधानमन्त्री शाहले बुधबार बिहान पालाञ्चोक भगवती पुगेका... बुधबार, असोज २८, २०८३
ताजा समाचारसबै
भियतनाममा युद्धमा मारिएका ७३१ सैनिकको सम्मानमा अन्त्येष्टि बुधबार, असोज २८, २०८३
उच्चस्तरीय भ्रमण र कन्सुलर सेवा सुधार मेरो मुख्य प्राथमिकता बुधबार, असोज २८, २०८३
भोटेकोशी बाढी अपडेट : १ हजार ४ सय ५८ जनाको शव फेला बुधबार, असोज २८, २०८३
‘म आरक्षणको विरोधी हो, योग्यताका आधारमा सिफारिस भएकी हुँ’: मञ्चलाकुमारी झा बुधबार, असोज २८, २०८३
सुनको मूल्यमा लगातार गिरावट, तोलाको कति ? बुधबार, असोज २८, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
खगेन्द्र सुनारलाई प्रहरीले पक्राउ गर्छ ? मंगलबार, असोज २७, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
कांग्रेसको निर्वाचित महिला खुला सदस्य विरुद्ध अदालतमा मुद्धा परेपछि... मंगलबार, असोज २७, २०८३
राष्ट्रपतिबाट दुई अध्यादेश जारी मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
खगेन्द्र सुनारलाई प्रहरीले पक्राउ गर्छ ? मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्