• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, असोज २८, २०८३ Wed, Oct 14, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
ब्लग
वीर अस्पताल डायरी (पाना नं २)

वीर अस्पतालमा सद्दे उपकरण कुन छ? ‘प्राइम टाइम’मै डाउन हुन्छ फार्मेसीको सर्भर!

64x64
डिबी खड्का शनिबार, साउन १३, २०८०  ०७:४९
1140x725

वीर अस्पतालमा ‘फ्लो साइट्रोलोजी’को मेसिन ‘बिग्रिएको’ बहानामा बिरामीलाई दलालको जिम्मा लगाउने खेलको बेलिविस्तार ‘डायरीको अघिल्लो पाना’मा गरिसकियो। वीरमा बिग्रिएको त्यो एउटा उपकरण मात्रै होइन। मैले बिरामी कुरुवाका रुपमा जाँदा देखिए/भेटिएका अन्य केही उपकरणका बारेमा यहाँ उल्लेख गर्नेछु। आफूले सेवा लिनुपर्ने हरेक ठाउँमा उपकरण बिग्रिएको सुन्दा लाग्दो रहेछ, ‘सद्देचाहिँ के होला यहाँ?’

सुरु गरौं, फार्मेसीको सफ्टवेयर नचलेको अवस्थाबाट। 

मंगलबार बिहानको ११ बज्न लाग्दैछ। म वीरको नयाँ भवनको भुइँतलामा औषधि किन्न लाइनमा छु। लाइनमा पाँच मिनेट उभिएपछि हेरेँ- पछाडि मान्छेहरू थपिने क्रम जारी छ, अगाडि घट्ने नामोनिसान छैन। त्यस्तो किन भइरहेको छ? मलाई बुझ्न मन लाग्यो। आफूभन्दा पछाडि लाइनमा उभिएकालाई ‘म यहाँ छु है’ भन्दै अगाडि झ्यालनिर लागेँ। झ्यालमा रहेको भीडको एउटा कुनाबाट चिहाउँदै सोधेँ, ‘किन काम भइरहेको छैन?’

फार्मेसीका कर्मचारीले सुरुमा ‘एकछिनमा हुन्छ’ भने।

तर, मैले केरकार गरेँ,  ‘किन नभएको भन्नु न?’

उनको उत्तर थियो, ‘सफ्टवेयर (सर्भर) चलिरहेको छैन।’

प्राविधिक गडबडी हुनु ठूलो विषय होइन। कहिलेकाहीँ त्यस्तो भइहाल्छ!  अन्य समयमा भएको भए यस्तै बुझेर म पनि अरु बिरामीका आफन्त जस्तै निजी फार्मेसीतर्फ हिँडिहाल्थें। तर, त्यो समय फार्मेसीका लागि ‘प्राइम टाइम’ रहेको मैले अस्पताल बसाइका क्रममा महसुस गरेको थिएँ। 

वार्डमा भर्नारत बिरामीका आफन्तले औषधि लेखिएको कागज पाउने समय १०:१५ देखि १२ बज्नुअघिसम्म हो। किनभने चिकित्सकले बिहानको ‘राउन्ड’ यसअघि गर्छन् र अवस्थाअनुसार भर्ना फाइलमा औषधि सिफारिस गर्छन्। त्यो औषधि कागजमा उतार्न नर्सलाई केही समय लाग्छ। १२ बजेअघि नै बिरामी कुरुवाले औषधि ल्याइसक्नुपर्छ। किनकि भर्नारत बिरामीले खानापछि खाने बिहानका औषधि १२ बजे खुवाउने प्रचलन छ। 

Ncell 2
Ncell 2
nimb
nimb

सामान्यतया: ओपीडीमा चाप हुने समय पनि बिहान १० बजेपछिका दुई/तीन घन्टा हो। त्यसैले ११ बजे आसपासको समय अस्पतालको फार्मेसीमा असाध्यै भीड हुन्छ। त्यहीबेला फार्मेसीको सफ्टवेयरमा गडबडी आउने संयोगलाई सामान्य रुपमै लिँदा पनि भइहाल्थ्यो। तर, एक ठाउँ गडबड लागेपछि अन्यत्र पनि शंका जाग्ने रहेछ। मनमा प्रश्न जाग्यो, ‘यो सफ्टवेयरले ११ बजेकै आसपास पारेर किन बिग्रिनुपरेको?’ 

हतार भएकाहरू, जरुरी परिहालेकाहरू र लाइन बस्न झिंजो मान्नेहरू त्यहाँबाट फटाफट बाहिरिन थाले। १२ बजेसम्म औषधि वार्डमा पुर्‍याए हुने जानिसकेको मलाई सफ्टवेयर बनेको हेरेरै जाने इच्छा जाग्यो। त्यसैले मैले कुरेँ। बेला-बेला गएर सोधिरहेँ। ११ बज्नुअघि कतिबेला बिग्रियो थाहा पाइएन, ११ बजेपछि भने बन्न झन्डै २० मिनेट लाग्यो। त्यहाँ कुरिरहेकाहरू भने आधा घन्टा भन्दा बढी सफ्टवेयर चलेन भन्थे। त्यति समयमा सेवा बढीमा १५ देखि २० जनाले पाउँथे होलान्। तर,  सफ्टवेयर बिग्रिएको सुनेर बाहिर जानेको संख्या भने कम्तिमा ५० भन्दा बढी भयो होला। त्यो दिन मैले ४८ मिनेट धैर्य गरेपछि औषधि पाएँ। 

वीरको फार्मेसीमा पाइनेभन्दा नपाइने औषधिकै सूची लामो होला। ‘पाइँदैन’ भनेर मार्करले संकेत गरेका औषधिको सूची लामो हुने भएपछि बिरामीका आफन्तहरू लाइनमा बस्नु पहिले झ्यालमा चिट देखाएर सोध्छन्, ‘यो औषधि यहाँ पाइन्छ?’ त्यसको जवाफ पाउन पनि समय नै लाग्छ। किनकि त्यो झ्यालमा बिल बनाउने एकजना हुन्छन् र जोसँग बिल बनाउनै भ्याइनभ्याइ हुन्छ। त्यहाँ औषधि किनिरहेको पाँच दिनमा मलाई लाग्यो, ‘चाहिने औषधिको संख्या थपेर निजी फार्मेसीको व्यापार घटाउनतिर अस्पतालका हाकिमसाबलाई के जाँगर चल्ला? बरु ‘औषधि सोधपुछ’ भनेर छुट्टै एउटा काउन्टर खोलिदिएको भए सहज हुन्थ्यो कि?’

त्यस्तो काउन्टर खोल्दा एउटा निकटस्थलाई रोजगारी दिन पनि सहज हुन्छ। यसै पनि वीरमा ‘हाकिमहरू’का मान्छेको रजगज देखिन्छ। 

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

अघिल्लो दिन (सोमबार) मेरो छिमेकी बेडमा रहेकी एकजना बुढीआमैको सिटी स्क्यानको रिपोर्ट लिन त्यही फार्मेसीको छेउमा रहेको काउन्टरमा पुगेको थिएँ। अघिल्लै दिन गरिएको भएर उनको रिपोर्ट पाइयो। मैले रिपोर्ट लिइरहेको समय सोमबार दिउँसो २:३८ बजेको थियो। त्यो रिपोर्ट लिइरहँदा एकजना महिला सिटी स्क्यानबारे बुझ्न आइपुगिन्। ओपिडी कार्ड हेर्दै काउन्टरमा बस्नेले उनको मोटोपनमाथि मजाक गरे, ‘तपाईंलाई त तौल घटाउन पो भनिएको रहेछ!’ ती महिलाले ठट्टाकै रुपमा बुझिन् र सिटी स्क्यान गर्न चिकित्सकले सिफारिस गरेको समेत हेर्न संकेत गरिन्। 

त्यसपछि उताबाट जवाफ आयो, ‘सिटी स्क्यानको प्रिन्टर बिग्रिएको छ।’ भोलिपल्ट (मंगलबार) मेरै बिरामीको विपरीत दिशामा रहेको बेडको बिरामी भेट्न २ जना आइपुगेका थिए। उनीहरूले सिटी स्क्यानका लागि समय पनि लिएका रहेछन्। बिग्रिएको जानकारी दिइएपछि ‘कत्रो काम छाडेर आइयो’ भन्दै निराश भएर फर्किए। 

दुई दिनसम्म सिटी स्क्यानको प्रिन्टर नबनेको सुनेपछि थप बुझ्न मन लाग्यो। अस्पतालमै रहेका चिनजानका एक कर्मचारीसँग आफ्नै आफन्तको भएकाले बुझिदनि आग्रह गरेँ। उनले ‘तपाईंकै बिरामीको हो भने ल्याएर आइहाल्नू’ भने। त्यसपछि थाहा पाइयो, अर्को सिटी स्क्यान मेसिन पनि रहेछ। उता बिग्रिँदा त्यसबाट सेवा लिन सकिने रहेछ। तर, बिरामीलाई भने बिग्रिएको जानकारी दिइन्छ, अर्को पनि रहेकोबारे उल्लेख गरिँदैन। समय पहिल्यै लिएका दु:ख पाइरहन्छन्, समय नलिएकाहरु निजीमा पुगेर महंगो तिर्ने बाध्य हुन्छन्। 

०००

मेरो बिरामी पुरानो बिल्डिङस्थित दोस्रो तलामा रहेको फिमेल मेडिकल वार्डमा राखिएको थियो। तेस्रो तलासम्ममा बिरामीलाई राखिने गरिन्छ। बिरामीलाई तलमाथि गर्न मात्रै होइन,  खाना समेत ल्याउने त्यही लिफ्टबाट गरिन्थ्यो। त्यो आइतबारदेखि लिफ्ट बिग्रियो। मंगलबार बेलुकी म घर फर्किँदासम्म बनिसकेको थिएन। सोमबार बिहानै प्रशासनलाई जानकारी गराउँदा पनि उचित ‘रेस्पोन्स’ भएन। (बुधबार बनाइएको जानकारी अस्पताल निर्देशक डा सन्तोष पौडेलले दिएका छन्।)

त्यो लिफ्ट नबन्दा बिरामीहरूले दु:ख पाए। त्यसमध्ये एकजना जन्डिसको लक्षण देखिएकी, तर असाध्यै थलिएकी महिलालाई अन्तै सिफ्ट गर्नुपर्ने भयो। बिरामीका कुरुवा महिला मात्रै थिए, ओसार्न लिफ्ट थिएन। त्यसपछि त्यहाँ उपलब्ध अन्य बिरामीका ६ जना कुरुवाहरूको सहयोगमा बोकेर सिफ्ट गर्नुपर्यो । बिरामीले खाना लिन माथिल्लो तलाबाट पहिलो तलामै झर्नुपर्‍यो। 

एकजना किशोरले आमालाई उपचारका लागि त्यही वार्डमा भर्ना गरेका थिए। उनी आफैं कुरुवा थिए, जसको एउटा खुट्टाले त्यति भर दिँदैनथ्यो। घरी रिपोर्टको बिल काट्न, घरी रिपोर्ट लिन, घरी औषधि लिन ओहोरदोहोर त गर्नैपर्‍यो। एकदिन उनी नर्सका अगाडि डाँकै छाडेर रोए। उनको भनाइ थियो, ‘लिफ्ट पनि चलेको छैन। ल्याउनुपर्ने औषधि र गर्नुपर्ने जाँच एकैपटक गराइदिनुभए सहज हुन्थ्यो।’ 

म आफैं बिरामी कुरुवा थिएँ। त्यसैले बिरामीका लागि धेरै समय दिनुपर्ने नै भयो।  अन्य कहाँ-कहाँ के बिग्रिएका छन् भनेर सोधखोज गर्ने समय प्राप्त भएन। जहाँ पुगें, त्यहीँ बिग्रिएको सुन्न थालियो। मलाई अस्पताल रहुन्जेल लागिरह्यो, ‘यहाँ सद्देचाहिँ के होला?’ 

डायरीको अर्को पाना क्रमश...


यो पनि पढ्नुहोस

वीर अस्पताल डायरी (पाना नं १): ल्याबबाट सिधै दलालको फोन नम्बर लेखेर ‘ठगिन पठाइन्छ’ बिरामी

 

प्रकाशित मिति: शनिबार, साउन १३, २०८०  ०७:४९

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
डिबी खड्का
नेपाल लाइभका वरिष्ठ संवाददाता खड्का संसदीय मामिला तथा राजनीति बिटमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
देउवा दाइ, ज्ञानेन्द्र शाहले सकेनन् तर 'यिनी'हरूले सक्नैपर्छ!
सरकारको 'पूर्वहस्ताक्षर' सर्तको खुलासा : विभिन्न संस्थाका पदाधिकारीहरुको नियुक्तिसँगै लिइएको छ राजीनामा
ब्याक्टेरिया उमार्ने र मार्ने प्रक्रियाको साक्षी बन्दा...
सम्बन्धित सामग्री
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? म के कुरामा स्पष्ट छु भने सर्वोच्च अदालतमा सुनुवाइका लागि न्यायाधीश छनोट वा इजलास गठनको प्रक्रिया ‘मेकानिकल’ हुनुहुँदैन। शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको पक्राउको तरिका गलत हो भन्नेमा दुईमत छैन। सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
ताजा समाचारसबै
भियतनाममा युद्धमा मारिएका ७३१ सैनिकको सम्मानमा अन्त्येष्टि बुधबार, असोज २८, २०८३
उच्चस्तरीय भ्रमण र कन्सुलर सेवा सुधार मेरो मुख्य प्राथमिकता बुधबार, असोज २८, २०८३
भोटेकोशी बाढी अपडेट : १ हजार ४ सय ५८ जनाको शव फेला बुधबार, असोज २८, २०८३
‘म आरक्षणको विरोधी हो, योग्यताका आधारमा सिफारिस भएकी हुँ’: मञ्चलाकुमारी झा बुधबार, असोज २८, २०८३
सुनको मूल्यमा लगातार गिरावट, तोलाको कति ? बुधबार, असोज २८, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
खगेन्द्र सुनारलाई प्रहरीले पक्राउ गर्छ ? मंगलबार, असोज २७, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
कांग्रेसको निर्वाचित महिला खुला सदस्य विरुद्ध अदालतमा मुद्धा परेपछि... मंगलबार, असोज २७, २०८३
राष्ट्रपतिबाट दुई अध्यादेश जारी मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
खगेन्द्र सुनारलाई प्रहरीले पक्राउ गर्छ ? मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्