• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, माघ १७, २०८२ Sat, Jan 31, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति
टिप्पणी

कोशीमा गठबन्धनको बलमिच्याइँ सर्वोच्चद्वारा परास्त

64x64
किशोर दहाल बिहीबार, साउन ११, २०८०  १९:२५
1140x725

काठमाडौं- कोशी प्रदेशमा सरकार गठनका लागि कांग्रेस-माओवादी केन्द्र नेतृत्वको गठबन्धनले गरेको बलमिच्याइँलाई सर्वोच्च अदालतले परास्त गरिदिएको छ। बिहीबार सार्वजनिक फैसलामार्फत् सर्वोच्चले २२ दिनअघि मुख्यमन्त्रीमा उद्धव थापालाई गरिएको नियुक्ति संविधानप्रतिकूल भएको ठहर गरिदिएको हो।

न्यायाधीश तिलप्रसाद श्रेष्ठ, आनन्दमोहन भट्टराई र ईश्वरप्रसाद खतिवडा रहेको पूर्ण इजलासले जारी गरेको आदेशले स्पष्ट पारेका केही विषय छन्-

पहिलो, उद्धव थापालाई मुख्यमन्त्रीमा नियुक्तिका लागि सभामुख बाबुराम गौतमले पनि समर्थन जनाएका थिए। त्यसलाई सर्वोच्चले त्रुटिपूर्ण भनेको छ। साथै, सभामुखले रेफ्री वा अम्पायर पकृतिको भूमिका निर्वाह गर्नुपर्ने भनेको छ। ‘सरकार गठनका लागि सहयोग गर्ने वा अन्य यस्तै कुनै कारण देखाएर सभामुखले निष्पक्ष र तटस्थ रहनुपर्ने सम्बन्धी संसदीय अभ्यासको मर्म, मूल्य, मान्यता प्रतिकूलका काम वा व्यवहार गर्न मिल्दैन’, फैसलामा भनिएको छ।

सर्वोच्चले गौतमको समर्थनलाई संवैधानिक विधिशास्त्र, संवैधानिक नैतिकता, संसदीय अभ्यास र नेपालको संविधानमा रहेको प्रावधान समेतका दृष्टिले उचित, वैध र स्वीकार्य देखिएन भनेको छ। दोस्रो, सभामुखको समर्थनसहित पेस गरेको दाबीपत्रका आधारमा प्रदेश प्रमुख परशुराम खापुङले थापालाई मुख्यमन्त्रीमा गरेको नियुक्ति र तत्-सम्बन्धमा गरिएका कामकारबाहीहरु नेपालको संविधानको प्रतिकूल देखिएकाले उत्प्रेषणको आदेशद्वारा बदर हुने ठहर गरेको छ।

तेस्रो, थापा पदमुक्त भएता पनि नयाँ सरकार नेपालको संविधानको धारा १६८ को उपधारा (२) बमोजिम नै अघि बढ्ने भनिएको छ। ‘जुन बिन्दुबाट संविधानको प्रयोग र पालनामा त्रुटि भएको हो, सोही अवस्थाबाट संविधानसम्मत् तबरले प्रक्रिया अगाडि बढाउनु मनासिब हुने’ भन्दै आज (बिहीबार- साउन ११ गते) को मितिले सात दिनभित्र (साउन १७) उल्लेखित उपधाराअनुसारको प्रक्रिया अगाडि बढाउन भनिएको छ। अब फेरि दुई वा दुईभन्दा बढी दलको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने आधार देखाएर दाबी पेस गर्न सकिने छ।

चौथो, निवेदक हिक्मत कार्कीको निवेदनमा माग गरिए बमोजिम अहिले नै उनलाई सरकारको नेतृत्व गर्ने अवसर भने दिइएको छैन। धारा १६८ (२) अनुसारको सरकार गठन नभएमा वा त्यसरी गठन भएको सरकारले विश्वासको मत प्राप्त गर्न नसकेमा भने धारा १६८ (३) अनुसारको गठन हुने भएकाले कार्कीको मागलाई अस्वीकार गरिएको छ।

अर्को सरकार गठन हुनुअघि अब तत्काललाई कुन सरकार (हिक्मत कार्की वा उद्धव थापा) रहने भन्नेचाहिँ थप विवादको विषय बन्ने देखिन्छ। यद्यपि, संविधानविद् विपीन अधिकारी भन्छन्, ‘सरकार भनेको यही हो। तर यसलाई असंवैधानिक पनि भनिएको हुनाले कामकाजचाहिँ गर्नु भएन।’

संवैधानिक कानुनका जानकार भीमार्जुन आचार्यले संविधानले सरकारको रिक्तता/शून्यताको परिकल्पना नगरेको बताए। र कार्की नेतृत्वको सरकार नै कामचलाउ हुने संकेत गरे। ‘अर्को सरकार गठन नभएसम्मका लागि विश्वासको मत प्राप्त गर्न नसकेको सरकार नै कामचलाउ सरकारको रूपमा रहन्छ’, उनले ट्विटरमा लेखेका छन्। कार्कीले गत असार १५ गते विश्वासको मत पाएका थिएनन्।

Ncell 2
Ncell 2

गत असार २१ गते कांग्रेस संसदीय दलका नेता उद्धव थापाले सभामुख बाबुराम गौतमको समर्थनसहित मुख्यमन्त्रीमा दाबी पेस गरेका थिए। उनी त्यसैदिन मुख्यमन्त्री नियुक्त भएका थिए। संसदीय प्रणालीका सामान्य मान्यतामै रहेर हेर्दा पनि त्यतिबेला गठबन्धनले बलमिच्याइँ गरेको प्रष्ट देखिएको थियो।

सर्वोच्चको बिहीबारको फैसलासँगै थापाले पद गुमाएका छन्। तर यो प्रकरणले केही प्रश्नहरु जन्माएका छन्। खासगरी सभामुख, प्रदेश प्रमुख र सरकार गठन गरेका गठबन्धनले ती प्रश्नहरुमाथि आत्ममन्थन गर्न जरुरी छ।

सभामुखले सरकार गठन वा विघटनका लागि भूमिका खेल्न नसक्ने र राजनीतिक रुपमा तटस्थ हुने संसदीय पद्धतिको मान्यता हुँदाहुँदै पनि सभामुख गौतमले त्यसलाई उल्लंघन गरेका थिए। थापालाई मुख्यमन्त्री बनाउने उनको समर्थन गरेसँगै उनले निष्पक्षताको भूमिका र दायित्वलाई तोडेका थिए। उनीमाथि अब गम्भीर नैतिक प्रश्न उठेको छ- पक्षधरता प्रष्ट पारिसकेका सभामुखले सदनमा कसरी निष्पक्षताको भूमिका निर्वाह गर्न सक्छन्? के सभामुखको कुर्सीमा बस्नका लागि गौतम योग्य छन्? अब गौतमकै सार्वजनिक वाचा- ‘आफ्नो भूमिकामा प्रश्न उठे राजीनामा दिन तयार छु’- को कार्यान्वयन अपेक्षित छ। किनकि, सर्वोच्चले नै उनको हस्ताक्षरबाट सिर्जित परिस्थितिको विस्तृत व्याख्या गरिसकेको छ।

तर गौतमले भने आफूले राजीनामा नदिने बताए। नेपाल लाइभसँग कुरा गर्दै उनले विपक्षी दलले पनि नमागेको र सर्वोच्चले पनि राजीनामा दिन नभनेकोले आफूले राजीनामा नदिने बताए। 

मुख्यतः सत्ता गठबन्धनको दम्भलाई पनि सर्वोच्चको फैसलाले भंग गरिदिएको छ। कोशीमा घटेको यो प्रकरण संघीय सत्ताकै दम्भबाट सिर्जित थियो। किनकि, काठमाडौंमा बसेको सत्ता गठबन्धनको बैठकले नै सभामुखको ‘दुरुपयोग गर्ने’ निर्णय लिएको थियो। र त्यसलाई प्रदेशको नेतृत्वले कार्यान्वयन गरेको थियो। जुन पूरापूर बलमिच्याइँ थियो। तर त्यो प्रणालीगत मान्यता अनुरुप थिएन र संवैधानिक आधार पनि थिएन। जसका कारण २२ दिनमै थापाको सरकार ढलेको छ।

यो प्रकरणबाट सबैभन्दा तीखो प्रश्न भने कांग्रेसमाथि उठेको छ। किनकि, नेपालमा संसदीय प्रणालीको सबैभन्दा ठूलो व्याख्याता र अवलम्बनकर्ता उही हो भनिन्छ। कम्युनिस्ट शक्तिहरुको दबदबा रहेको राजनीतिमा संसदीय प्रणालीलाई स्वीकार्य बनाउँदै लैजान उसको भूमिका पनि छ। त्यसैले उसैबाट यो प्रणालीभित्रका मूल्य मान्यता, विश्व अनुभव र प्रयोगको कठोरतापूर्वक पालना पनि अपेक्षित थियो। तर एकथान मुख्यमन्त्रीका लागि कांग्रेसले संसदीय प्रणालीको पक्षधर हुनुको औचित्य गुमाएको थियो। अब कांग्रेससँग न मुख्यमन्त्री पद छ, न संसदीय प्रणालीको व्याख्या गर्ने नैतिक बल।

प्रश्न प्रदेश प्रमुखमाथि पनि उठेको छ। उनले सभामुखको समर्थनयुक्त पत्रलाई स्वाभाविक ठानेका थिए। निश्चित व्यक्तिलाई मुख्यमन्त्रीमा नियुक्त गर्नका लागि सभामुखले समर्थन-पत्र दिन मिल्छ कि मिल्दैन होला भन्ने सामान्य प्रश्नकोसमेत उत्तर खोजेको देखिएन। खोजेको भए पक्कै पनि उनी थापालाई मुख्यमन्त्री नियुक्त गर्न अग्रसर हुने थिएनन्। 

अर्कोतिर, खापुङलाई एमालेले दिएको ध्यानाकर्षण पत्रलाई पनि बेवास्ता गरिदिए। असार २१ मै एमालेले बुझाएको ध्यानाकर्षण प्रस्तावमा भनेको थियो, ‘उहाँ (सभामुख)को नाम सरकार गठनका लागि संख्यामा गणना गर्न संविधान, कानुन, संसदीय मूल्यमान्यता, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सिद्धान्त एवम् अभ्यास विपरीत हुने र स्वयम् सभामुखको गरिमामासमेत गम्भीर प्रश्न उठ्नेछ।’

संविधानविद् अधिकारी यो प्रकरणमा सबैभन्दा ठूलो नैतिक प्रश्न नै प्रदेश प्रमुख खापुङमाथि उठेको बताउँछन्। नेपाल लाइभलाई प्रतिक्रिया दिँदै उनले भने, ‘नैतिक प्रश्न प्रदेश प्रमुखको हकमा हो। उनले त्यतिबेला रोक्नुपर्थ्यो। उनले विवेक प्रयोग गर्न नसकेको हो।’

यो पनि पढ्नुहोस्-
कोशी प्रदेशमा बलमिच्याइँ!

प्रकाशित मिति: बिहीबार, साउन ११, २०८०  १९:२५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
किशोर दहाल
दहाल नेपाल लाइभको राजनीतिक ब्युरो प्रमुख हुन्।
लेखकबाट थप
अनि गणेशमानले कांग्रेस परित्याग गरे...
संघदेखि प्रदेशसम्म 'साना दल'को नेतृत्वमा सरकार!
‘कांग्रेसका नेता’ पुष्पलालले किन गठन गरे कम्युनिस्ट पार्टी?
सम्बन्धित सामग्री
नेता, कार्यकर्ता र मतदातासँग भेटघाट गरी सर्लाहीबाट काठमाडौँ फर्किए गगन थापा १२ माघमा सर्लाही आइपुगेका सभापति थापा निर्वाचन क्षेत्रभित्र घरदैलो, छलफल र संवाद कार्यक्रममा सहभागी भए । शुक्रबार, माघ १६, २०८२
सहिद राष्ट्रका ऊर्जा र प्रेरणाका स्रोत हुन् : गृहमन्त्री गृहमन्त्री आर्यालले मुलुकमा लोकतन्त्र, संविधान र सङ्घीय लोकतान्त्रिक गणतन्त्र स्थापना सम्भव हुनुको कारण सहिदहरूको बलिदान रहेको स्पष्... शुक्रबार, माघ १६, २०८२
शेरबहादुर देउवासँग निरन्तर संवादमा छु : गगन थापा शुक्रबार धनुषा–४ मा भएको चुनावी सभालाई सम्बोधन गर्दै सभापति थापाले कांग्रेसमा अहिले नेताहरूबिच  मतभेद नभएको बताए । पार्टी एक ढिक्का... शुक्रबार, माघ १६, २०८२
ताजा समाचारसबै
सशस्त्र प्रहरीले मुक्तिनाथ मन्दिरको हिउँ पन्छायो शुक्रबार, माघ १६, २०८२
नेता, कार्यकर्ता र मतदातासँग भेटघाट गरी सर्लाहीबाट काठमाडौँ फर्किए गगन थापा शुक्रबार, माघ १६, २०८२
सहिद राष्ट्रका ऊर्जा र प्रेरणाका स्रोत हुन् : गृहमन्त्री शुक्रबार, माघ १६, २०८२
सिराहामा गोली प्रहार गरी एक जनाको हत्या, थप विवरण आउन बाँकी शुक्रबार, माघ १६, २०८२
शेरबहादुर देउवासँग निरन्तर संवादमा छु : गगन थापा शुक्रबार, माघ १६, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
गोली हानेर नियन्त्रणमा लिइएका लुटेरा सार्वजनिक बिहीबार, माघ १५, २०८२
सुनको मूल्य हालसम्मकै उच्च, तोलाको ३ लाख ३९ हजार ३०० रुपैयाँ बिहीबार, माघ १५, २०८२
पूर्व प्रधानमन्त्री माधव नेपाल अस्पताल भर्ना बिहीबार, माघ १५, २०८२
नेपाल प्रहरीको रासन रकम वृद्धि गर्ने मन्त्रिपरिषद् बैठककाे निर्णय बिहीबार, माघ १५, २०८२
आज एकै दिन २० हजार ५०० सयले घट्यो सुन, आज कतिमा हुँदैछ कारोबार ? शुक्रबार, माघ १६, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
बागमतीमा गिता देवकोटा र प्रेम प्रसाद दंगाल विजयी आइतबार, माघ ११, २०८२
राष्ट्रिय भेलाको तयारीमा कांग्रेसको देउवा समूह शनिबार, माघ १०, २०८२
रवि लामिछानेको खुट्टामा चोट, अस्पताल भर्ना मंगलबार, माघ १३, २०८२
गोली हानेर नियन्त्रणमा लिइएका लुटेरा सार्वजनिक बिहीबार, माघ १५, २०८२
सुनकाे मूल्य प्रतितोला ३ लाख नाघ्याे शुक्रबार, माघ ९, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्