• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, असार २, २०८३ Tue, Jun 16, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

मिटरब्याजसम्बन्धी विधेयक राष्ट्रिय सभाबाट पुन: पारित

64x64
नेपाल लाइभ बिहीबार, साउन ११, २०८०  १२:४८
1140x725

काठमाडौं– मिटरब्याजसम्बन्धी विधेयक (मुलुकी संहितासम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८०) राष्ट्रिय सभाबाट पुनः पारित भएको छ। बिहीबारको बैठकले विधेयक पारित गरेको हो।

यसअघि राष्ट्रिय सभाबाट पारित भइसकेको सो विधेयकलाई प्रतिनिधि सभाले संशोधनसहित पारित गरेको थियो। राष्ट्रिय सभाको बिहीबारको बैठकले प्रतिनिधि सभाबाट भएको संशोधन स्वीकार सहित पारित गरेको हो।

कानुनमन्त्री धनराज गुरुङले विधेयक पारित गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गरेका थिए। जसलाई सभाले ध्वनी मतबाट सर्वसम्मत रुपमा पारित गरेको हो।

त्यसअघि विधेयकमाथि  विचार गरियोस् भन्ने प्रस्तावमा कुनै सांसदले पनि भाग लिएका थिएनन्। जसले गर्दा विधेयक पारित हुने प्रक्रिया केही छोटो भएको थियो।

मिटरब्याज पीडितलाई न्याय दिनका लागि यो विधेयकलाई छिटोभन्दा छिटो पारित गरिनुपर्ने आवाज उठेको थियो। राष्ट्रिय सभाको बिहीबारको पहिलो बैठकमा मन्त्री गुरुङले विधेयक छिटो पारित गरिदिन अनुरोध गरेका थिए। उनले सबैजना पीडितको पक्षमा उभिनुपर्ने बताएका थिए।

nimb
nimb
Ncell 2
Ncell 2

उनले प्रतिनिधि सभाबाट संशोधन गर्दा विधेयकको रुप फेरिए पनि सार नफेरिएको भन्दै आश्वस्त बनाएका थिए।

 

सुरुवातमा अध्यादेशलाई प्रतिस्थापन गर्न आएको विधेयक सोही रुपमा पारित भएर प्रतिनिधि सभामा पठाइएको थियो। तर प्रतिनिधि सभामा यसलाई ‍सामान्य विधेयकको रुपमा संशोधनसहित पारित गरिएको थियो।

प्रतिस्थापन विधेयक ६० दिनभित्र पारित भएर राष्ट्रपतिबाट प्रमाणीकरण भइसक्नुपर्ने थियो। तर, अन्तिम दिन प्रतिनिधि सभामा अवरोध भएपछि विधेयक पारित हुन सकेको थिएन। त्यसपछि प्रतिस्थापन विधेयकलाई साधारण विधेयकमा परिणत गरिएको थियो।

त्यसैले यो विधेयकको प्रक्रियामा एमालेले प्रश्न उठाएको थियो।

विधेयकका सन्दर्भमा महान्यायाधिवक्ता दीनमणि पोखरेलको राय लिइएको थियो। उनले विधेयक अगाडि बढाउनु उचित हुने सुझाव दिएका थिए।

बिहीबारको बैठकमा पनि राष्ट्रिय सभा अध्यक्षले आगामी दिनमा नजिर नहरने गरी विधेयक अगाडि बढाएको वक्तव्य दिएका थिए। उनको भनाइ थियो- ‘माननीय सदस्यहरु, राष्ट्रिय सभा नियमावलीको नियम ९३ को उपनियम (३) मा अध्यादेश प्रतिस्थापन गर्ने विधेयकलाई अधिवेशन सुरु भएको ६० दिनभित्र पारित गरी राष्ट्रपतिबाट प्रमाणीकरण भइसक्नुपर्ने व्यवस्था रहेता पनि माननीय कानुन, न्याय तथा संसदीय मामिला मन्त्रीको वक्तव्य र वर्तमान आवश्यकतालाई समेत मध्यनजर गर्दै, नेपालको संविधानको धारा १०३ को उपधारा (२) को विशेषाधिकार प्रयोग गरी यस्तो प्रकृतिको विधेयक पारित गर्ने समयावधि आगामी दिनमा नजिरको रुपमा नरहने गरी ‘मुलुकी संहिता सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८०’ लाई अगाडि बढाउने जानकारी गराउँछु। साथै विधि निर्माण प्रक्रियामा समयको महत्त्वप्रति सचेत रहँदै संविधान र कानुनमा भएका व्यवस्थाहरुको पालना गर्न सम्बन्धित सबै पक्षको ध्यानाकर्षण गराउँछु।’

प्रकाशित मिति: बिहीबार, साउन ११, २०८०  १२:४८

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
राहदानी विभागका महानिर्देशक अर्याल र निर्देशक केसीलाई चार दिन थुनामा राख्न अनुमति
‘नेपाली चियामाथि भारतको अवरोध प्राविधिक मात्र होइन कूटनीतिक हो, सरकारले वार्ता गरोस्’
रास्वपाद्वारा प्रथम राष्ट्रिय महाधिवेशनको स्थान परिवर्तन
सम्बन्धित सामग्री
‘नेपाली चियामाथि भारतको अवरोध प्राविधिक मात्र होइन कूटनीतिक हो, सरकारले वार्ता गरोस्’ निर्यातमा देखिएका बाधा र बजार व्यवस्थापनको अभावमा चिया उद्योगहरू बन्द हुने अवस्थामा पुगेकोप्रति उनले चिन्ता व्यक्त गरेका हुन् । मंगलबार, असार २, २०८३
रास्वपाद्वारा प्रथम राष्ट्रिय महाधिवेशनको स्थान परिवर्तन पार्टीले महाधिवेशन अब भरतपुरस्थित चितवन उद्योग संघ अन्तर्राष्ट्रिय प्रदर्शनी केन्द्र मा सञ्चालन गर्ने निर्णय गरेको जनाएको छ। मंगलबार, असार २, २०८३
चिकित्सा शिक्षा आयोगद्वारा छात्रवृत्ति अनुदानसम्बन्धी कार्यविधि -२०८३ स्वीकृत प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयमा प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)को अध्यक्षतामा आज बसेको आयोगको बैठकले उक्त निर्णय गरेक... मंगलबार, असार २, २०८३
ताजा समाचारसबै
राहदानी विभागका महानिर्देशक अर्याल र निर्देशक केसीलाई चार दिन थुनामा राख्न अनुमति मंगलबार, असार २, २०८३
‘नेपाली चियामाथि भारतको अवरोध प्राविधिक मात्र होइन कूटनीतिक हो, सरकारले वार्ता गरोस्’ मंगलबार, असार २, २०८३
रास्वपाद्वारा प्रथम राष्ट्रिय महाधिवेशनको स्थान परिवर्तन मंगलबार, असार २, २०८३
भाइरल भिडियोबारे रास्वपा सांसद सृष्टि भट्टराईको प्रष्टीकरण : त्यो पुरानो र निजी क्षण हो मंगलबार, असार २, २०८३
नेप्से सूचक ६ अंकले घट्यो, ४ अर्ब ४ करोडको कारोबार मंगलबार, असार २, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
रवि-जीवीविरुद्धको संगठित अपराध र सम्पत्ति शुद्धीकरणको मुद्दा रुपन्देही अदालतले पनि फिर्ता सोमबार, असार १, २०८३
भाइरल भिडियोबारे रास्वपा सांसद सृष्टि भट्टराईको प्रष्टीकरण : त्यो पुरानो र निजी क्षण हो मंगलबार, असार २, २०८३
रास्वपाद्वारा प्रथम राष्ट्रिय महाधिवेशनको स्थान परिवर्तन मंगलबार, असार २, २०८३
शिक्षक सरुवामा कडाइ सोमबार, असार १, २०८३
सुनचाँदीको मूल्य बढ्यो, आज कतिमा हुँदैछ कारोबार ? सोमबार, असार १, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
नेपालको राजनीतिमा जवाफदेहिताको संकट सुरेश गिरी
भीडले बनाएको नेतृत्व किन अन्ततः एक्लिन्छ ? सुरेश गिरी
महासंघमा गुटको राजनीति र स्थगित अधिवेशन: एकता र आत्मसुधारको निर्णायक घडी विप्लव अधिकारी
न बदलिएको समाज सुरेश गिरी
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
दरबार हत्याकाण्डको सम्झना : यस्तो थियो उच्चस्तरीय छानबिन समितिले बुझाएको ‘घटनाको यथार्थ विवरण’ बुधबार, जेठ २७, २०८३
फिफा विश्वकप : उद्घाटन खेलमै तीन खेलाडीलाई रातो कार्ड शुक्रबार, जेठ २९, २०८३
यी हुन् गृहमन्त्रीका चार निर्णय मंगलबार, जेठ २६, २०८३
फिफा विश्वकप : ब्राजील र मोरक्को भिड्दै, अहिलेसम्मको हेड टू हेड यस्तो छ शनिबार, जेठ ३०, २०८३
महावीर पुन मन्त्री बन्दै मंगलबार, जेठ २६, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्