• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, साउन २९, २०८३ Fri, Aug 14, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

कांग्रेस केन्द्रीय कार्यसमिति बैठक: अजेण्डाभन्दा आरोप प्रत्यारोपमै समय व्यतित

64x64
भूपेन्द्र शाह ठकुरी बिहीबार, साउन ४, २०८०  २२:०२
1140x725

काठमाडौं– करिब एक वर्षपछि बसेको नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बिहीबार तेस्रो दिन पनि छलफल भयो। 

बैठकमा दशवटा अजेण्डा तय गरिएको छ। तर बैठकमा संस्थापन पक्ष र इतरपक्षबीच घोचपेच भइरहेको छ। महामन्त्री गगन थापाले प्रस्तुत गरेको प्रतिवेदनमा केन्द्रित भएर केन्द्रीय सदस्यहरुले आफ्नो धारणा राखिरहेका छन्।

संसदीय दलको नेता मात्रै नभई सभापति नै फेर्न चुनौती 
गण्डकी प्रदेशका मुख्यमन्त्री एवम् केन्द्रीय सदस्य सुरेन्द्रप्रसाद पाण्डेले महामन्त्री थापालाई कटाक्ष गर्दै सभापति नै फेर्न नै चुनौती दिए। 

नेता पाण्डेले महामन्त्रीले प्रस्तुत गरेको प्रतिवेदनमा प्रशिक्षणको कार्यक्रम राखिनुपर्ने बताए। उनले कांग्रेसको नीति, कार्यक्रम, पद्धति र परम्पराको बारेमा प्रशिक्षण दिनुपर्नेमा जोड दिए। उनले पार्टीलाई भ्रम फैलाउने तरिकाले जथाभावी नबोल्नसमेत आग्रह गरे।

उनले  भने,‘ हाम्रो विधानले सभापति हटाउनेदेखि चयन गर्ने सम्मको व्यवस्था गरेको छ। विधानको प्राटिक्स कसैले रोक्न सक्दैन। सभापतिले पनि सक्नु हुन्न। कसैले पनि सक्दैन। त्यो कुन बेला कुन समयमा प्रयोग गर्ने हो, त्यो गरौं त्यसमा आपत्ति छैन। गर्न पाइन्छ, गर्ने पनि हो। तर गर्ने कुरालाई भनेर मात्रै अतिरञ्जित नगरौं। पार्टीको भ्रम फैलिने गरेर अतिरञ्जित नगरौं। जे–जे भए पनि हामी सबै एकै डुंगामा छौं, डुब्दा सबै एकैपटक डुब्छौं। शेरबहादुर देउवा डुबे गगन थापा पनि डुब्नुहुन्छ, म सुरेन्द्र पाण्डे पनि डुब्छ।’

खाणको प्रतिरक्षा, गगनको विरोध
त्यसैगरी अर्का केन्द्रीय सदस्य चन्द्रबहादुर केसीले भुटानी शरणार्थी प्रकरणमा जोडिएका पूर्व गृहमन्त्री बालकृष्ण खाणको प्रतिरक्षा गर्दै किनारा नलागेको मुद्दामा पार्टीभित्रै न्यायालय र न्यायाधीश बन्न नहुने सुझाव दिएका छन्।

केसीले भने, ‘सर्वोच्च अदालतले दोषी ठहर गरेकालाई आममाफीले चोख्याउन मिल्ने? अदालतमा विचाराधीन रहेका मुद्दाहरुलाई किनारा नलाग्दै आफैं न्यायालय र न्यायाधीश बनेर भैलो गाउँदै हिड्ने?’ उनले गगन थापा प्रति कटाक्ष गर्दै सभापति र संसदीय दल चाहियो भन्दै बेमौसी बाजा नबजाउन आग्रह गरे। 

उनले भने, ‘एउटा व्यक्ति विशेषलाई संसदीय दलको नेता चाहियो भन्दैमा, पार्टी सभापति चाहियो भन्दैमा समय र परिस्थितिलाई ख्यालै नगरी बेमौसी बाजा बजाउँदै हिँड्दैमा जन्ती पाइँदैन।’ केन्द्रीय सदस्य केसीले गगन थापालाई हतार नगर्न पनि भनेका छन्। ‘सधैं एकनास पनि हुँदैन। गगनजीले हतार गर्नु पर्दैन। यू वेट,’ केसीले भने।

nimb
nimb
Ncell 2
Ncell 2

खाण निर्दोष भए सरकारबाट बाहिरिन सुझाव
केन्द्रीय सदस्य अजयबाबु सिवाकोटीले भुटानी शरणार्थी प्रकरणको आरोपमा पुर्पक्षका लागि थुनामा रहेका कांग्रेस नेता एवम् पूर्व गृमहन्त्री बालकृष्ण खाण निर्दोष भए सरकारबाट बाहिरिनुपर्ने बताए। 

केही कांग्रेस नेताहरुले खाणको बचाउ गरिरहँदा नेता सिवाकोटीले भने खाणबारे पार्टीले द्विविधा राखेर भ्रम फैलाएको आरोप लगाए। उनले भने, ‘कुनै पनि भ्रष्टाचारलाई कांग्रेसले पृष्ठपोषण गर्न सक्दैन। कुनै पनि स्वरुपको भ्रष्टाचारलाई कांग्रेसले काँध थाप्न सक्दैन। र, हुँदैन पनि। भ्रष्टाचार हो र होइन भन्ने टुंगो लगाउने काम अदालतलाई छोडिदिनुपर्छ। यस्तै आरोपका व्यक्ति स्वयं जवाफदेही हुनुपर्छ।’

सिवाकोटीले थपे, ‘कांग्रेस प्रचण्ड नेतृत्वको सरकारको मुख्य खम्बा हो। यही सरकारले हाम्रा वरिष्ठ केन्द्रीय सदस्य बालकृष्ण खाणलाई अलग–अलग आरोपमा पुर्पपक्षका लागि थुनामा पठाएको छ। सभापतिज्यू, यो प्रकरणमा हाम्रो द्विविधा अच्चमकै छ। वरिष्ठ केन्द्रीय सदस्य खाणप्रति अन्याय भएको भन्ने हो भने कांग्रेस सरकारबाट हट्नुपर्‍यो। होइन भने आफ्नै साथीहरु संलग्न भएको सरकारले थुनामा पठाउँदा आरोपितलाई निलम्बन गर्नुपर्छ कि पर्दैन? यसमा कि थुनामा हुने दोषी हुनुपर्‍यो कि थुनामा पठाउने सरकारका हाम्रै मन्त्रीहरु पूर्वाग्रही भएको हुनुपर्‍यो।’

केन्द्रीय सदस्य प्रकाश रसाइली स्नेहीले महामन्त्रीले सभापतिलाई र सभापतिले महामन्त्रीलाई सहयोगी भावना राख्नुपर्ने सुझाव दिए।

‘पार्टीको विधानमा कसले के काम गर्ने भनेर प्रष्ट लेखेको छ। नेविसंघलाई पूर्णता कसले दिने, सही छाप कसले गर्ने, भातृ संस्था र शुभेच्छुक संस्था कसले बनाउने, विभागीय प्रमुख र सदस्य कसले बनाउने, कति महिनाभित्र बनाउने?’ उनले भने,  ‘आदरणीय सभापतिज्यू, यो विधानमा भएको कुराहरु अक्षरशः भदौ मसान्तभित्र पारित गरौं। नेपाली कांग्रेस पार्टीलाई २०८४ को चुनावमा होइन, २०१५ सालको चुनावमा हामी पुर्‍याउछौं। तपाईंहरु हामीलाई काम दिनुस्।’

उनले पार्टीभित्र चरम गुटबन्दी छ भनेर आफूले नभन्ने पनि बताए। उनले भने, ‘शेखर दाइ निकै सहयोगी हुनुहुन्छ। म त्यो कुरा प्रष्टै भन्छु। आजसम्म पार्टीका बारेमा कुनै विवाद भएको छैन। ११ महिनासम्म बैठक नबस्ने कुरा कुन पार्टी सदस्यले ठीक थियो भन्छ? अनि कहिले बैठक बस्ला भनेर हामी केन्द्रीय सदस्यले टुलुटुलु हेरेर बस्नुपर्ने?’ सभापति देउवाले कांग्रेसको इतिहासमै सबैभन्दा सहयोगी प्रतिपक्षी पाएको स्नेहीको भनाइ थियो।

‘यति धेरै सहयोगी प्रतिपक्षी नेपाली कांग्रेसको इतिहासमा मैले देखेको थिइनँ। शेखर दाइ पछाडि कुनामा बस्नुभएको छ। उहाँले कुनै भातृसंस्थामा अब्जेक्सन जनाउनुभएको छैन,’ उनले भने।

बैठकको लाइभप्रति असन्तुष्टि
केन्द्रीय सदस्य राजिव विक्रम शाहले पार्टीको बैठक लाइभ गरेकोप्रति असन्तुष्टि जाहेर गरेका छन्। उनले भने, ‘के हामीले हाम्रो केन्द्रीय समितिको बैठक लाइभ गरेर ठीक गरेका छौं? पार्टीका पदाधिकारीसँग हाम्रा थुप्रै विमति  होलान्। ती सबैलाई हामीले सार्वजनिक गरौं? पार्टीभित्रको विवाद छताछुल्ल गरौं? हेर्दा लोकतान्त्रिक भए पनि हामीभित्र थुप्रै असहमति देखिन्छ। त्यसका बारेमा छलफल मन माझामाझ गरौं।’

उनले गुटउपगुट र घात अन्तर्घात नै पार्टीका लागि ठूलो रोग भएकोले यस विषयलाई लिएर पार्टी छलफल चलाउनुपर्नेमा जोड दिए। उनले आफू स्वयम् नै पार्टी अन्तर्घातको सिकार भएकोसमेत दाबी गरे। 

त्यसैगरी केन्द्रीय सदस्य सञ्जय गौतमले पनि पार्टीको आन्तरिक बैठक लाइभ गरेकोप्रति असन्तुष्टि जनाए। उनले पार्टी भीडले नभई विचारले चल्नेमा जोड दिए। उनले भने, ‘पार्टी भीडले पक्कै पनि चल्दैन। कसले के भन्यो? कसले के भन्छ भन्ने कुरा गौण हुन्छन। हामीले के भन्यौ भन्ने कुरा प्रमुख हुन्छ जस्तो मलाई लाग्छ।’

उनले महामन्त्रीले ल्याएको कार्यतालिकाको प्रशंसा गर्दै त्यसको कार्यान्वयन हुनुपर्नेमा जोड दिँदै बैठकले गठबन्धन र निर्वाचनलाई निर्मतापूर्वक समीक्षा गर्नुपर्नेमा जोड दिए। उनले भने, ‘यसलाई समीक्षा गर्नुको सट्टा सत्ता प्राप्ति र सत्ता केन्द्रित आत्मरतिमा रमाएका छौं। ठूलो पार्टी भयो भनेका छौं। सरकार सबै ठाउँमा बनायौं भनेका छौं। हामी त्यो आत्मरतिमा रमाएका छौं। मैले पनि गठबन्धनमा चुनाव लडेँ र जिते। तर हामीले राजनीति हारेका छौं जस्तो लागेको छ।’

उनले कार्यकर्तामा घोर निराशा छाएको टिप्पणी गरे। संगठन मृत बनेकाले कहिँ कतै उर्जा नभएको दाबी गरे। उनले भने, ‘पार्टी विधि र विधानले चलेन सभापति ज्यू, पार्टी विधि र विधानले चल्नुपर्छ। हामी पार्टीको विधि र विधानले चल्छौं भन्ने सकल्प पारित गरौं। पार्टी भित्रको धेरै समस्या त्यसैमा लुकेको छ।’

उनले प्रश्न गर्दै अघि भने, ‘पार्टीमा टिकट कसले बाँड्ने हो ? संसदीय बोर्ड त छैन। मन्त्री कसले बनाउने हो? संसदीय बोर्ड छैन। हामीले यो परिस्थितिलाई कसरी मूल्यांकन गर्ने? कि यहाँहरू राजा हो? हामीले यहाँहरूको हुकुम मान्नुपर्ने हो? कि विधिले हामीहरुलाई निर्देशित गर्ने हो?’ 

कोइरालालाई वरिष्ठ नेता बनाउन सुझाव
कांग्रेसको १४औं केन्द्रीय महाधिवेशनमा सभापतिमा शेरबहादुर देउवासँग पराजित भएका नेता डा शेखर कोइरालालाई वरिष्ठ नेता बनाउनुपर्ने माग उठेको छ। बिहीबार कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकलाई सम्बोधन गर्दै नेता चन्द्रमोहन यादवले कोइरालालाई वरिष्ठ नेता बनाउनुपर्ने प्रस्ताव अघि सारेका हुन्।

उनले भने, ‘पार्टीमा वरिष्ठ नेताको अभ्यास छ। विगतमा रामचन्द्र पौडेल वरिष्ठ नेता हुनुहुन्थ्यो। उहाँ राष्ट्रपति भएपछि त्यो पद रिक्त छ। त्यसमा अब शेखर कोइरालालाई वरिष्ठ नेता बनाएर जानुपर्छ भन्ने प्रस्ताव गर्दछु।’ त्यसैगरी अर्का केन्द्रीय सदस्य प्रकाश स्नेहीले पनि कोइरालाको भूमिकाको प्रशंसा गरेका थिए।

‘शेखर दाइले ठूलो गुटबन्दी गर्नुभएको छैन । वास्तवमा अहिले काम गर्नका लागि सभापतिजीलाई निकै सहज अवस्था हो’, उनले भने। उनले त्यसरी कोइरालालाई वरिष्ठ नेता बनाउँदा पार्टीमा समन्वय, समझदारी र सहकार्यका लागि थप सजिलो हुनेसमेत दाबी गरे।

प्रकाशित मिति: बिहीबार, साउन ४, २०८०  २२:०२

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
भूपेन्द्र शाह ठकुरी
भूपेन्द्र शाह ठकुरी नेपाल लाइभका वरिष्ठ संवाददाता हुन्।
लेखकबाट थप
विद्यालय शिक्षा विधेयकमाथि सांसदका प्रश्नै प्रश्न
भारतले किन बुझ्न मान्दैन ईपीजी प्रतिवेदन?
सरकारसँग किन बढ्दैछ कांग्रेसको असन्तुष्टि?
सम्बन्धित सामग्री
मानव शरीर जलन उपचारसम्बन्धी विधेयकमा राय–सुझाव माग स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले ‘मानव शरीर जलन (उपचार तथा पुनस्र्थापना) सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ को मस्यौदामाथ... शुक्रबार, साउन २९, २०८३
तीन वटा संसदीय समितिको बैठक बस्दै शुक्रबार तीन वटा संसदीय समितिको बैठक बस्ने भएको छ। शुक्रबार, साउन २९, २०८३
कांग्रेस केन्द्रीय समिति बैठक आज पुनः बस्दै, सुरुमै शर्माले जरुरी सम्बोधन गर्ने ! नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक शुक्रबार पनि बस्ने भएको छ। शुक्रबार, साउन २९, २०८३
ताजा समाचारसबै
मानव शरीर जलन उपचारसम्बन्धी विधेयकमा राय–सुझाव माग शुक्रबार, साउन २९, २०८३
तीन वटा संसदीय समितिको बैठक बस्दै शुक्रबार, साउन २९, २०८३
२४ घण्टामा ट्राफिक प्रहरीले गर्‍यो ९९१ जनालाई कारबाही शुक्रबार, साउन २९, २०८३
बीपी राजमार्गमा राति सवारी रोक‚ अरनिकोमा तीन स्थानमा अवरोध शुक्रबार, साउन २९, २०८३
सुदूरपश्चिमले महिला भलिबल लिग खेल्ने शुक्रबार, साउन २९, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
समितिमा नोकझोकपछि किन छिरे आईजीपी प्रधानमन्त्री कार्यालय? बिहीबार, साउन २८, २०८३
देउवाको स्वागतमा सहभागीलाई धन्यवाद दिँदै विद्रोही कांग्रेसको राष्ट्रिय भेलाको कार्यतालिका सार्वजनिक [तालिकासहित] बिहीबार, साउन २८, २०८३
लोकसेवा आयोगको सचिवमा बढुका लागि तीन जनाको नाम सिफारिस बिहीबार, साउन २८, २०८३
आईजीपीलाई खगेन्द्र सुनारको जवाफ– बर्दी र फुली देखाए धम्क्याउँदैमा सकिने विषय होइन बिहीबार, साउन २८, २०८३
गगनको अध्यक्षतामा बसेको कांग्रेस बैठकद्वारा देउवाबाट अभिभावकीय भूमिकाको अपेक्षा [निर्णयहरुसहित] बिहीबार, साउन २८, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
राजनीतिक दल र आदिवासी आन्दोलनले नयाँ पुस्तालाई सम्बोधन गर्न नसक्दा ‘विद्रोह’ भयो : पर्शुराम तामाङ नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
विचारसबै
जेन–जी आन्दोलनदेखि युवा नेतृत्वको सरकारसम्म : अब युवाले खोजेको उत्तर के हो ? क्षितिज विक्रम खनाल
न्यायाधीश नियुक्ति : अब चै भागबण्डाबाट पाठ सिक्ने कि ? हरि भट्टराई
नेपाललाई मेडिकल हब बनाउन अस्पतालहरूबीच सहकार्य आवश्यक : डा. अमित तोमर नेपाल लाइभ
डा. विमल अर्थात् आधुनिक दधिचि धर्मेन्द्र विह्वल
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
पत्रकार किशोर श्रेष्ठको पक्राउमा उपसभामुखको अशोभनीय पोष्ट बुधबार, साउन २७, २०८३
प्रधानमन्त्री बालेनविरुद्ध उत्रिएका सांसदलाई कडाइ गर्दै रास्वपा शुक्रबार, साउन २२, २०८३
बिहानै जागे प्रधानमन्त्री बालेन, देखाए सरकारकाे उपलब्धि शनिबार, साउन २३, २०८३
लेनदेनका लिखत प्रमाणित गर्दा दुई रुपैयाँ मात्रै शुल्क लिन स्थानीय तहका नाममा परमादेश जारी आइतबार, साउन २४, २०८३
ललितपुरको कुसुन्तीबाट पत्रकार किशोर श्रेष्ठ पक्राउ बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्