• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, मंसिर २९, २०८२ Mon, Dec 15, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

कांग्रेस केन्द्रीय कार्यसमिति बैठक: अजेण्डाभन्दा आरोप प्रत्यारोपमै समय व्यतित

64x64
भूपेन्द्र शाह ठकुरी बिहीबार, साउन ४, २०८०  २२:०२
1140x725

काठमाडौं– करिब एक वर्षपछि बसेको नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बिहीबार तेस्रो दिन पनि छलफल भयो। 

बैठकमा दशवटा अजेण्डा तय गरिएको छ। तर बैठकमा संस्थापन पक्ष र इतरपक्षबीच घोचपेच भइरहेको छ। महामन्त्री गगन थापाले प्रस्तुत गरेको प्रतिवेदनमा केन्द्रित भएर केन्द्रीय सदस्यहरुले आफ्नो धारणा राखिरहेका छन्।

संसदीय दलको नेता मात्रै नभई सभापति नै फेर्न चुनौती 
गण्डकी प्रदेशका मुख्यमन्त्री एवम् केन्द्रीय सदस्य सुरेन्द्रप्रसाद पाण्डेले महामन्त्री थापालाई कटाक्ष गर्दै सभापति नै फेर्न नै चुनौती दिए। 

नेता पाण्डेले महामन्त्रीले प्रस्तुत गरेको प्रतिवेदनमा प्रशिक्षणको कार्यक्रम राखिनुपर्ने बताए। उनले कांग्रेसको नीति, कार्यक्रम, पद्धति र परम्पराको बारेमा प्रशिक्षण दिनुपर्नेमा जोड दिए। उनले पार्टीलाई भ्रम फैलाउने तरिकाले जथाभावी नबोल्नसमेत आग्रह गरे।

उनले  भने,‘ हाम्रो विधानले सभापति हटाउनेदेखि चयन गर्ने सम्मको व्यवस्था गरेको छ। विधानको प्राटिक्स कसैले रोक्न सक्दैन। सभापतिले पनि सक्नु हुन्न। कसैले पनि सक्दैन। त्यो कुन बेला कुन समयमा प्रयोग गर्ने हो, त्यो गरौं त्यसमा आपत्ति छैन। गर्न पाइन्छ, गर्ने पनि हो। तर गर्ने कुरालाई भनेर मात्रै अतिरञ्जित नगरौं। पार्टीको भ्रम फैलिने गरेर अतिरञ्जित नगरौं। जे–जे भए पनि हामी सबै एकै डुंगामा छौं, डुब्दा सबै एकैपटक डुब्छौं। शेरबहादुर देउवा डुबे गगन थापा पनि डुब्नुहुन्छ, म सुरेन्द्र पाण्डे पनि डुब्छ।’

खाणको प्रतिरक्षा, गगनको विरोध
त्यसैगरी अर्का केन्द्रीय सदस्य चन्द्रबहादुर केसीले भुटानी शरणार्थी प्रकरणमा जोडिएका पूर्व गृहमन्त्री बालकृष्ण खाणको प्रतिरक्षा गर्दै किनारा नलागेको मुद्दामा पार्टीभित्रै न्यायालय र न्यायाधीश बन्न नहुने सुझाव दिएका छन्।

केसीले भने, ‘सर्वोच्च अदालतले दोषी ठहर गरेकालाई आममाफीले चोख्याउन मिल्ने? अदालतमा विचाराधीन रहेका मुद्दाहरुलाई किनारा नलाग्दै आफैं न्यायालय र न्यायाधीश बनेर भैलो गाउँदै हिड्ने?’ उनले गगन थापा प्रति कटाक्ष गर्दै सभापति र संसदीय दल चाहियो भन्दै बेमौसी बाजा नबजाउन आग्रह गरे। 

उनले भने, ‘एउटा व्यक्ति विशेषलाई संसदीय दलको नेता चाहियो भन्दैमा, पार्टी सभापति चाहियो भन्दैमा समय र परिस्थितिलाई ख्यालै नगरी बेमौसी बाजा बजाउँदै हिँड्दैमा जन्ती पाइँदैन।’ केन्द्रीय सदस्य केसीले गगन थापालाई हतार नगर्न पनि भनेका छन्। ‘सधैं एकनास पनि हुँदैन। गगनजीले हतार गर्नु पर्दैन। यू वेट,’ केसीले भने।

Ncell 2
Ncell 2

खाण निर्दोष भए सरकारबाट बाहिरिन सुझाव
केन्द्रीय सदस्य अजयबाबु सिवाकोटीले भुटानी शरणार्थी प्रकरणको आरोपमा पुर्पक्षका लागि थुनामा रहेका कांग्रेस नेता एवम् पूर्व गृमहन्त्री बालकृष्ण खाण निर्दोष भए सरकारबाट बाहिरिनुपर्ने बताए। 

केही कांग्रेस नेताहरुले खाणको बचाउ गरिरहँदा नेता सिवाकोटीले भने खाणबारे पार्टीले द्विविधा राखेर भ्रम फैलाएको आरोप लगाए। उनले भने, ‘कुनै पनि भ्रष्टाचारलाई कांग्रेसले पृष्ठपोषण गर्न सक्दैन। कुनै पनि स्वरुपको भ्रष्टाचारलाई कांग्रेसले काँध थाप्न सक्दैन। र, हुँदैन पनि। भ्रष्टाचार हो र होइन भन्ने टुंगो लगाउने काम अदालतलाई छोडिदिनुपर्छ। यस्तै आरोपका व्यक्ति स्वयं जवाफदेही हुनुपर्छ।’

सिवाकोटीले थपे, ‘कांग्रेस प्रचण्ड नेतृत्वको सरकारको मुख्य खम्बा हो। यही सरकारले हाम्रा वरिष्ठ केन्द्रीय सदस्य बालकृष्ण खाणलाई अलग–अलग आरोपमा पुर्पपक्षका लागि थुनामा पठाएको छ। सभापतिज्यू, यो प्रकरणमा हाम्रो द्विविधा अच्चमकै छ। वरिष्ठ केन्द्रीय सदस्य खाणप्रति अन्याय भएको भन्ने हो भने कांग्रेस सरकारबाट हट्नुपर्‍यो। होइन भने आफ्नै साथीहरु संलग्न भएको सरकारले थुनामा पठाउँदा आरोपितलाई निलम्बन गर्नुपर्छ कि पर्दैन? यसमा कि थुनामा हुने दोषी हुनुपर्‍यो कि थुनामा पठाउने सरकारका हाम्रै मन्त्रीहरु पूर्वाग्रही भएको हुनुपर्‍यो।’

केन्द्रीय सदस्य प्रकाश रसाइली स्नेहीले महामन्त्रीले सभापतिलाई र सभापतिले महामन्त्रीलाई सहयोगी भावना राख्नुपर्ने सुझाव दिए।

‘पार्टीको विधानमा कसले के काम गर्ने भनेर प्रष्ट लेखेको छ। नेविसंघलाई पूर्णता कसले दिने, सही छाप कसले गर्ने, भातृ संस्था र शुभेच्छुक संस्था कसले बनाउने, विभागीय प्रमुख र सदस्य कसले बनाउने, कति महिनाभित्र बनाउने?’ उनले भने,  ‘आदरणीय सभापतिज्यू, यो विधानमा भएको कुराहरु अक्षरशः भदौ मसान्तभित्र पारित गरौं। नेपाली कांग्रेस पार्टीलाई २०८४ को चुनावमा होइन, २०१५ सालको चुनावमा हामी पुर्‍याउछौं। तपाईंहरु हामीलाई काम दिनुस्।’

उनले पार्टीभित्र चरम गुटबन्दी छ भनेर आफूले नभन्ने पनि बताए। उनले भने, ‘शेखर दाइ निकै सहयोगी हुनुहुन्छ। म त्यो कुरा प्रष्टै भन्छु। आजसम्म पार्टीका बारेमा कुनै विवाद भएको छैन। ११ महिनासम्म बैठक नबस्ने कुरा कुन पार्टी सदस्यले ठीक थियो भन्छ? अनि कहिले बैठक बस्ला भनेर हामी केन्द्रीय सदस्यले टुलुटुलु हेरेर बस्नुपर्ने?’ सभापति देउवाले कांग्रेसको इतिहासमै सबैभन्दा सहयोगी प्रतिपक्षी पाएको स्नेहीको भनाइ थियो।

‘यति धेरै सहयोगी प्रतिपक्षी नेपाली कांग्रेसको इतिहासमा मैले देखेको थिइनँ। शेखर दाइ पछाडि कुनामा बस्नुभएको छ। उहाँले कुनै भातृसंस्थामा अब्जेक्सन जनाउनुभएको छैन,’ उनले भने।

बैठकको लाइभप्रति असन्तुष्टि
केन्द्रीय सदस्य राजिव विक्रम शाहले पार्टीको बैठक लाइभ गरेकोप्रति असन्तुष्टि जाहेर गरेका छन्। उनले भने, ‘के हामीले हाम्रो केन्द्रीय समितिको बैठक लाइभ गरेर ठीक गरेका छौं? पार्टीका पदाधिकारीसँग हाम्रा थुप्रै विमति  होलान्। ती सबैलाई हामीले सार्वजनिक गरौं? पार्टीभित्रको विवाद छताछुल्ल गरौं? हेर्दा लोकतान्त्रिक भए पनि हामीभित्र थुप्रै असहमति देखिन्छ। त्यसका बारेमा छलफल मन माझामाझ गरौं।’

उनले गुटउपगुट र घात अन्तर्घात नै पार्टीका लागि ठूलो रोग भएकोले यस विषयलाई लिएर पार्टी छलफल चलाउनुपर्नेमा जोड दिए। उनले आफू स्वयम् नै पार्टी अन्तर्घातको सिकार भएकोसमेत दाबी गरे। 

त्यसैगरी केन्द्रीय सदस्य सञ्जय गौतमले पनि पार्टीको आन्तरिक बैठक लाइभ गरेकोप्रति असन्तुष्टि जनाए। उनले पार्टी भीडले नभई विचारले चल्नेमा जोड दिए। उनले भने, ‘पार्टी भीडले पक्कै पनि चल्दैन। कसले के भन्यो? कसले के भन्छ भन्ने कुरा गौण हुन्छन। हामीले के भन्यौ भन्ने कुरा प्रमुख हुन्छ जस्तो मलाई लाग्छ।’

उनले महामन्त्रीले ल्याएको कार्यतालिकाको प्रशंसा गर्दै त्यसको कार्यान्वयन हुनुपर्नेमा जोड दिँदै बैठकले गठबन्धन र निर्वाचनलाई निर्मतापूर्वक समीक्षा गर्नुपर्नेमा जोड दिए। उनले भने, ‘यसलाई समीक्षा गर्नुको सट्टा सत्ता प्राप्ति र सत्ता केन्द्रित आत्मरतिमा रमाएका छौं। ठूलो पार्टी भयो भनेका छौं। सरकार सबै ठाउँमा बनायौं भनेका छौं। हामी त्यो आत्मरतिमा रमाएका छौं। मैले पनि गठबन्धनमा चुनाव लडेँ र जिते। तर हामीले राजनीति हारेका छौं जस्तो लागेको छ।’

उनले कार्यकर्तामा घोर निराशा छाएको टिप्पणी गरे। संगठन मृत बनेकाले कहिँ कतै उर्जा नभएको दाबी गरे। उनले भने, ‘पार्टी विधि र विधानले चलेन सभापति ज्यू, पार्टी विधि र विधानले चल्नुपर्छ। हामी पार्टीको विधि र विधानले चल्छौं भन्ने सकल्प पारित गरौं। पार्टी भित्रको धेरै समस्या त्यसैमा लुकेको छ।’

उनले प्रश्न गर्दै अघि भने, ‘पार्टीमा टिकट कसले बाँड्ने हो ? संसदीय बोर्ड त छैन। मन्त्री कसले बनाउने हो? संसदीय बोर्ड छैन। हामीले यो परिस्थितिलाई कसरी मूल्यांकन गर्ने? कि यहाँहरू राजा हो? हामीले यहाँहरूको हुकुम मान्नुपर्ने हो? कि विधिले हामीहरुलाई निर्देशित गर्ने हो?’ 

कोइरालालाई वरिष्ठ नेता बनाउन सुझाव
कांग्रेसको १४औं केन्द्रीय महाधिवेशनमा सभापतिमा शेरबहादुर देउवासँग पराजित भएका नेता डा शेखर कोइरालालाई वरिष्ठ नेता बनाउनुपर्ने माग उठेको छ। बिहीबार कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकलाई सम्बोधन गर्दै नेता चन्द्रमोहन यादवले कोइरालालाई वरिष्ठ नेता बनाउनुपर्ने प्रस्ताव अघि सारेका हुन्।

उनले भने, ‘पार्टीमा वरिष्ठ नेताको अभ्यास छ। विगतमा रामचन्द्र पौडेल वरिष्ठ नेता हुनुहुन्थ्यो। उहाँ राष्ट्रपति भएपछि त्यो पद रिक्त छ। त्यसमा अब शेखर कोइरालालाई वरिष्ठ नेता बनाएर जानुपर्छ भन्ने प्रस्ताव गर्दछु।’ त्यसैगरी अर्का केन्द्रीय सदस्य प्रकाश स्नेहीले पनि कोइरालाको भूमिकाको प्रशंसा गरेका थिए।

‘शेखर दाइले ठूलो गुटबन्दी गर्नुभएको छैन । वास्तवमा अहिले काम गर्नका लागि सभापतिजीलाई निकै सहज अवस्था हो’, उनले भने। उनले त्यसरी कोइरालालाई वरिष्ठ नेता बनाउँदा पार्टीमा समन्वय, समझदारी र सहकार्यका लागि थप सजिलो हुनेसमेत दाबी गरे।

प्रकाशित मिति: बिहीबार, साउन ४, २०८०  २२:०२

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
भूपेन्द्र शाह ठकुरी
भूपेन्द्र शाह ठकुरी नेपाल लाइभका वरिष्ठ संवाददाता हुन्।
लेखकबाट थप
विद्यालय शिक्षा विधेयकमाथि सांसदका प्रश्नै प्रश्न
भारतले किन बुझ्न मान्दैन ईपीजी प्रतिवेदन?
सरकारसँग किन बढ्दैछ कांग्रेसको असन्तुष्टि?
सम्बन्धित सामग्री
अध्यक्षका लागि केपी ओलीले गराए उम्मेदवारी दर्ता सो क्रममा ओलीले केहीबेरअघिमात्रै आफ्नो उम्मेदवारी दर्ता गराएका हुन् । अर्का अध्यक्षका प्रत्यासी पोखरेलले पनि उम्मेदवारी दर्ता गराइसक... सोमबार, मंसिर २९, २०८२
पार्टीभित्र आन्तरिक प्रतिस्पर्धा स्वाभाविक हो : ईश्वर पोखरेल महाधिवेशनस्थलमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै आफ्नो उम्मेदवारी पार्टीलाई थप राम्रो गर्नका लागि भएको पोखरेलको दाबी छ । सोमबार, मंसिर २९, २०८२
यस्तो छ ओली पक्षबाट प्रस्तावित पदाधिकारी उम्मेदवार सोमबार, मंसिर २९, २०८२
ताजा समाचारसबै
अध्यक्षका लागि केपी ओलीले गराए उम्मेदवारी दर्ता सोमबार, मंसिर २९, २०८२
शोधनान्तर स्थिति ३ खर्बले बचतमा सोमबार, मंसिर २९, २०८२
वाणिज्य बैंकहरुको नयाँ ब्याजदर सार्वजनिक सोमबार, मंसिर २९, २०८२
राष्ट्रपति पौडेलले भने : ‘मुलुकलाई निकास दिन निर्वाचन नै उच्चतम विधि’ सोमबार, मंसिर २९, २०८२
पार्टीभित्र आन्तरिक प्रतिस्पर्धा स्वाभाविक हो : ईश्वर पोखरेल सोमबार, मंसिर २९, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
एमाले महाधिवेशन: नेतृत्व लिन होड, ज्ञवाली र शाक्यद्वारा सक्रिय राजनीतिबाट सन्यास आइतबार, मंसिर २८, २०८२
एमाले महाधिवेशनः ईश्वर प्यानलबाट सुरेन्द्र पाण्डे महासचिवका उम्मेदवार, गोकर्ण उपाध्यक्ष र योगेश उपमहासचिव सोमबार, मंसिर २९, २०८२
एमाले नेतृत्वका लागि पोखरेल समूहबाट अहिलेसम्म टुंगो लागेका उम्मेदवारहरु सोमबार, मंसिर २९, २०८२
यस्तो छ ओली पक्षबाट प्रस्तावित पदाधिकारी उम्मेदवार सोमबार, मंसिर २९, २०८२
एमालेको निर्वाचन तालिका सार्वजनिक आइतबार, मंसिर २८, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
ज्येष्ठ नागरिक स्वास्थ्य सेवाः अझै छैन सरकारको प्राथमिकतामा लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
यस्ता छन् मन्त्रिपरिषद्का निर्णयहरु मंगलबार, मंसिर २३, २०८२
महेश बस्नेत भन्छन्– प्रधानमन्त्री कार्की र पूर्वराष्ट्रपति भण्डारीले ओलीलाई गिरफ्तार गर्ने सल्लाह गरे बिहीबार, मंसिर २५, २०८२
एमाले महाधिवेशन: नेतृत्व लिन होड, ज्ञवाली र शाक्यद्वारा सक्रिय राजनीतिबाट सन्यास आइतबार, मंसिर २८, २०८२
सरकार र जेनजीबिच भएको सहमतिका यी हुन् दश बुँदा :  ‘नो भोट’ देखि सम्पत्ति छानबिनसम्म (पूर्णपाठ) बुधबार, मंसिर २४, २०८२
एनपीएल २ : क–कसले के जिते? शनिबार, मंसिर २७, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्