• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, असोज २३, २०८३ Fri, Oct 9, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
साहित्य डबली

राजधानीबाहिरका लेखक अवसरबाट वञ्चित छन् : रेणुका जिसी [अन्तर्वार्ता]

64x64
नेपाल लाइभ बुधबार, साउन ३, २०८०  ०७:०३
1140x725

काठमाडौं– कथाकार रेणुका जिसीले नेपाली साहित्य क्षेत्रमा नयाँ कोसेली ल्याइन्– ‘सनेस’। उनको यो पहिलो कथासंग्रह हो। रौतहटमा बसेर साहित्य साधना गर्ने  रेणुका पेसाले शिक्षक हुन्। ‘सनेस’मा १२ वटा कथाहरू छन्। ती कथामा पहाड र मधेशको जनजीवनको स्वाद बरोबर पाइन्छन्। पहाड मधेशको फरक जीवनशैली र संघर्षलाई आफ्ना कथामा उनले नजिकबाट उतारेकी छन्। उनै कथाकार जिसीसँग नयाँ कथासंग्रह र उनको सिर्जनामाथि रहेर नेपाल लाइभले गरेको संवाद:

तपाईंका कथासंग्रहमा पहाड र मधेशका जनजीवनका कथा समेटिएका छन्। दुई फरक परिवेशका कथा लेख्न सजिलो थियो?
एउटै कथामा दुई परिवेशलाई समेटिएको छ। कथा मधेशबाट सुरु हुन्छ, बीचमा पहाड आउँछ। पहाडबाट सुरु हुन्छ बीचमा मधेश आउँछ। कुनै कथा मधेशसँग मात्र सम्बन्धित छन्।

कुनै मधेशसँग मात्र सम्बन्धित छन्। पर्वत म जन्मेर हुर्केको ठाउँ हो। मधेश पछि विवाह गरेर गएको ठाउँ हो। यो १० वर्षमा मैले मधेशको समाजलाई नजिकबाट नियालेकी छु।  मधेशमा भेटिएको पात्र मैले छोडेर आएको पात्रसँग  मिल्न जाने रहेछ।

आखिर भूगोल फरक भए पनि मान्छेका दु:ख भोगाइ एउटै हुने रहेछन् भने ती कथा लेखिनुपर्छ भन्ने लागेर लेखेँ।

तपाईंले पहाडमा छाडेर आएको पात्र मधेशमा पनि भेट्नुभयो। उसोभए ती पात्रको समानता र फरकचाहिँ के हुँदा रहेछन्?
हामी हुर्कँदा नै मधेश, पहाड र मधेशबिचको अन्तरलाई जस्तो गलत व्याख्या गरियो, त्यही सिक्यौँ।

म पनि मधेशसँग अपरिचित थिएँ। मधेश भनेको डरलाग्दो ठाउँ हो भन्ने मानसिकता बनाइएको थियो। जब म त्यहाँ गएँ,  मैले आफ्नोपन भेटेँ। सँगै समस्या पनि।

ती समस्या  त्यस्ता थिए, जुन मैले पहाडमै भोगेर आएकी थिएँ। मधेशभित्र पनि पहाडका जस्तै समस्या रहेछन्। पहाडभित्र पनि गरिब मानिस छन्, मधेशभित्र पनि गरिब मानिस छन्। जो अभावमा छन्। महिला र बालबालिकाको कथा समान पाएँ। मैले त्यो समानतालाई सनेसमा ल्याउने प्रयत्न गरेकी छु। 

फेरि पनि दोहोर्‍याउँछु, संघर्ष गर्नेहरूका लागि भूगोल मात्र फरक होला, दु:ख समान छ। 

Ncell 2
Ncell 2
nimb
nimb

Renuka_GC_21689673449.jpg

लेखनसँग तपाईंको साइनो कसरी गाँसियो?
म जन्मे हुर्केको लेखफाँट पर्वतको उत्तरी भेगमा पर्छ।

हामी बासी पत्रिका पढेर हुर्कियौँ। घरमा पत्रिका आउँथे। घरमा बा पनि कविता लेख्नुहुन्थ्यो। हाम्रो घर सबैजना भेला हुने ठाउँ थियो। पढाइ र साहित्यप्रति मोह सानैदेखि जाग्यो। पुस्तक पढ्ने बानीको विकास भयो। विस्तारै आफूसँग पनि कथा छ भन्ने भान भयो। त्यसपछि लेखनतर्फ आकर्षित भएँ।

बा आमालाई लेखेर देखाउँदा उहाँहरू एकदम खुसी हुने। भर्खर एफएम खुलेका थिए। कविता पढेर सुनाउँथे। सबैले हौसला दिन्थे। त्यसरी लेखन यात्राको सुरुवात भयो।

Xtrem

Xtrem

सुरु सुरुमा गजल पनि खुब लेख्नुभयो है?
लेखेँ। तर सुरुवात कविताबाट भएको हो। कविता लेख्थेँ सानोमा। बाले बनाइदिनुहुन्थ्यो। 

एक ठाउँमा कविता प्रतियोगितामा भाग लिन गएको थिएँ। दोस्रो भएँ। पुस्तक पाएँ। गजल कसरी लेख्ने भन्ने किताब पढेपछि त आकर्षित भइहालेँ। विसं २०६२ मा गजलसंग्रह प्रकाशित पनि भयो। 

तपाईं पहाडको हावापानीमा हुर्कनुभयो। जब विवाह गरेर मधेश झर्नुभयो। त्यहाँको जीवनशैली कस्तो लाग्यो?

विवाह ०६५ मा भएपनि म ०७१ देखि रौतहट बस्न थालेँ। पेसाले शिक्षक भएको कारण म सुरुवातमा बालबालिकासँग नजिकिएँ। बालबालिकाको माध्यममार्फत उनीहरूको परिवार , समुदाय , धर्म , संस्कार आदिसँग नजिकिन पाएँ।

मैले अध्यापन गर्ने विद्यालयमा मधेशी , थारु , मुस्लिम , मुसहर , डोम आदि समुदायका बालबालिका छन जसले गर्दा मैले एउटै थालीमा भिन्न स्वादका परिकार पस्किएझैँ संस्कार संस्कृति सँग नजिकिएँ।

भाषा मेरो लागि चुनौति थियो। स्थानीय भाषा नबुझ्दा अनेक किस्सा थपिएका छन। ती किस्साहरूले त्यतिबेला मलाई छिटो भाषा सिक्न सघाए। जब भाषामा अभ्यस्त भएँ तब अझ बढी आत्मियता थपिदैँ गयो। समाजलाई , संस्कारलाई बुझेसँगै जिम्मेवारीबोध पनि भयो।

तपाईंलाई पछि यो समुदाको कथा भन्नुपर्छ भन्ने उत्तरदायित्व अनुभूत भएको हो?

म जन्मे हुर्केको लेखफाँट पर्वतको उत्तरी भेगमा पर्छ। भुगोलका कारण पनि अनेक असुबिधाहरू थिए, छन्। सानैदेखि दु:ख अभाव देखियो। भोगियो। संघर्ष गरियो।

ब्याट्रीको गह्रौँ भारी बोकेर तीन घण्टासम्म नाके उकालो हिँडदा थाप्लो र पिठिउँमा भएको पीड सोलारको उज्यालोले घर झलमल हुँदा हराएथ्यो। त्यतिबेला हामीलाई यो दु:ख हो, संघर्ष हो भन्ने लागेन। यो त काम हो भन्ने लाग्यो।

म करिब ९ वर्ष म्याग्दीको सदरमुकाम बेनी बसेँ। बेनी र लेखफाँट पैदल तीन घण्टाको दुरीमा छ तर कति फरक छ मानिसहरूको जीवनशैली! बेनी आएपछि मात्र प्रस्टसँग मैले सुखदु:खको, अभाव संघर्षको, सुविधाको भिन्नता थाहा पाएँ।

त्यो सुखद् ९ वर्ष बिताएर जब रौतहट आएँ, मलाई समयको उल्टो यात्रा गरेजस्तो अनुभूत भयो।

त्यहाँ जे जे घटना हुन्थ्यो, मैले देखेका बालबालिकाले त्यही कुरा भोगिरहेका हुन्थे। मेरा कथाहरू यो समयमा टेकेर विगततिर फर्किएका छन्।

राजधानी बाहिर बसेर साहित्य कर्म गरिरहेका लेखकलाई कति अफ्ठ्यारो छ? तपाईंको अनुभवले के भन्छ?
पहिलेजस्तो मोफसल र केन्द्र अहिले छैन। केही हदसम्म पुरानो संरचना भत्किसकेका छन्। तर भौतिक रुपमा नभए पनि सोचमा त्यो मान्यता देखिन्छ। राजधानीबाहिरका लेखक कतिपय अवसरबाट वन्चित छन्। 

काठमाडौमै लेखक छ भने, ऊ विभिन्न कार्यक्रममा जान्छ। सम्पादकहरूसँग नजिक हुन्छ। भेट्छ। उठबस हुन्छ। टाढा बसेको चिन्दै नचिनेको मान्छेलाई त कसले विश्वास गर्छ र?

Renuka_GC_11689673449.jpg

कतिपय बेला मूलधारका पत्रिकामा लेख पठाउँदा सम्पादकहरूले सम्पादनकै क्रममा छ भनेर टार्नुहुन्थ्यो। तर कमजोर लेख भने प्रकाशित भइरहेका देखिन्थे।

यदि सम्पादकसँग मेरो पनि भेटघाट र चिनजान भएको भए छापिन्थे कि!

आजकलचाहिँ एउटा मात्र विकल्प छैन। छाप्नका लागि गाह्रो छैन। पहिलाको जस्तो मोफसल छैन। तर अलिअलि मोफसलको धारणाले हामीलाई अफ्ठ्यारोचाहिँ छ।

पुस्तको प्रतिक्रिया कस्तो पाइरहनुभएको छ?

मिश्रित पाइरहेको छु। यी प्रतिक्रियाले फेरि लेख्न हौस्याइरहेका छन्। 

प्रकाशित मिति: बुधबार, साउन ३, २०८०  ०७:०३

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
सशस्त्र प्रहरीका निलम्बित एआईजी दाहाललाई सेवाबाट हटाउन सिफारिस
कांग्रेस महाधिवेशनः ६७ वर्षीय ज्येष्ठ मतदाता बुर्लाकोटीले ३८ मिनेट लगाएर गरे मतदान
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ?
सम्बन्धित सामग्री
बद्री अर्यालको ‘समृद्ध नेपालको आर्थिक दिग्दर्शन’ र ‘समृद्ध नेपालको राजनीतिक दिग्दर्शन’ सार्वजनिक जय नेपाल फाउन्डेशनको आयोजनामा राष्ट्रिय सभागृह, प्रदर्शनी मार्ग आयोजित एक समारोहबीच दुई पुस्तकको संयुक्त विमोचन गरिएको हो । शुक्रबार, असोज १६, २०८३
खेल पत्रकार अर्यालको पुस्तक ‘नेपाल–जापान खेल सम्बन्ध’ जापानमा विमोचन विमोचन कार्यक्रममा ‘नेपाल–जापान खेल सम्बन्ध’ पुस्तकबारे आफ्नो धारणा राख्दै कार्यवाहक राजदूत पौडेलले पुस्तकमार्फत नेपाल र जापानबीचको... शुक्रबार, असोज २, २०८३
३२ मुलुकको नेपाली साहित्य अब एउटै ग्रन्थमा ‘आप्रवासी नेपाली साहित्यको इतिहास’ आप्रवासी नेपाली साहित्यको प्रथम आधिकारिक इतिहास हो । कृतिमार्फत प्राडा लुइँटेलले नेपाली डायस्पोरा... शुक्रबार, असोज २, २०८३
ताजा समाचारसबै
सशस्त्र प्रहरीका निलम्बित एआईजी दाहाललाई सेवाबाट हटाउन सिफारिस शुक्रबार, असोज २३, २०८३
कांग्रेस महाधिवेशनः ६७ वर्षीय ज्येष्ठ मतदाता बुर्लाकोटीले ३८ मिनेट लगाएर गरे मतदान शुक्रबार, असोज २३, २०८३
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
जडीबुटी खोज्न मिमी पाटन गएका दुई जनाको शव भेटियो, गमगढि ल्याउँदै शुक्रबार, असोज २३, २०८३
कांग्रेस महाधिवेशनमा मतदान सुरु, ७७ वर्षीय शिवाकोटीले गरे पहिलो मतदान शुक्रबार, असोज २३, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
देशका विभिन्न स्थानमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह शुक्रबार, असोज २३, २०८३
नेपालको फिफा वरीयता एक स्थान खस्कियो बिहीबार, असोज २२, २०८३
मध्यपूर्व युद्धपछि इरानमा विदेशी वायुसेवाको उडान पुनः सुरु बिहीबार, असोज २२, २०८३
बूढानीलकण्ठबाट २१ किलो बराबर सुन बरामद बिहीबार, असोज २२, २०८३
बिजुलीको बिल तिर्ने काउन्टरमै वार्षिक करीब ६० करोड खर्च बिहीबार, असोज २२, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
चोलेन्द्रसँग सम्पर्क देखिएपछि दीपक भट्टको जेल सरुवा शनिबार, असोज १७, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय सोमबार, असोज १९, २०८३
गगन बने कांग्रेसकाे सर्वसम्मत सभापति, घोषणा बाँकी बुधबार, असोज २१, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्