• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, जेठ ११, २०८३ Mon, May 25, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

संसदीय दलको नेता फेर्न गगनको हुटहुटी

64x64
किशोर दहाल शनिबार, असार ३०, २०८०  १८:०५
1140x725

काठमाडौं– ‘आजको दिनमा देशको आवश्यकताका आधारमा म नेपाली कांग्रेसको संसदीय दललाई राम्रोसँग हाँक्न सक्छु र सबैभन्दा राम्रोसँग हाँक्न सक्छु भन्ने ठान्छु। त्यसकारणले मैले त्यसका निम्ति प्रयास गर्ने कुरा स्वाभाविक हो। साथीहरुको संख्याले मेरो प्रयासलाई सार्थकता दिन्छ भनेर जतिबेला मलाई महसुस हुन्छ, त्यतिबेला स्वाभाविक रुपमा प्रयास हुन्छ।’

शनिबार विराटनगरमा पत्रकारहरुसँग कुरा गर्दै कांग्रेस महामन्त्री गगन थापाले संसदीय दलको नेता फेर्ने आफ्नो इच्छालाई पुनः एकपटक अभिव्यक्त गरे। पछिल्लो केही सातायता उनले यो विषयलाई औपचारिक र अनौपचारिक रुपमा पटक–पटक प्रस्तुत गरिरहेका छन्। अघिल्लो शनिबार मात्रै उनले काठमाडौंको बुढानीलकण्ठमा आयोजित एक कार्यक्रममा आफू संसदीय दलको नेता परिवर्तन गर्न प्रयासरत भएको प्रष्ट पारेका थिए।

‘म नेपाली कांग्रेसको सांसद हुँ। यो बदल्नुपर्छ भनेर मैले अस्ति संसदीय दलको नेता हुने कोसिस गरेको हुँ। मैले सबै साथीहरुको मन बुझाउन सकिनँ। तर म थाकेको छैन। हारेको छैन। देशको आवश्यकता म वा मेरो पुस्ताका नेता प्रधानमन्त्री बन्ने कुराको छ', थापाको भनाइ थियो।

कांग्रेसले प्रधानमन्त्री बनाउने पाएको बेलामा कांग्रेसका भूतपूर्वप्रधानमन्त्री नै फेरि प्रधानमन्त्री बन्नु नहुने थापाको तर्क छ। नाम नै नलिए पनि उनको भनाइको सार प्रष्ट छ- कांग्रेसबाट अब शेरबहादुर देउवा प्रधानमन्त्री बन्नु हुँदैन। अहिलेको आवश्यकता आफू वा आफ्नो पुस्ताका नेताहरु प्रधानमन्त्री हुनुपर्ने उनको जोड छ। उनको भनाइ थियो, ‘त्यसैले फेरि कांग्रेसको संसदीय दलको नेता बदल्ने कुरामा त म लाग्छु। सके बदल्छु। सके आफू बन्छु। नसके अर्कोलाई बनाउँछु।’

गत पुस ६ मा सम्पन्न कांग्रेस संसदीय दलको निर्वाचनमा थापा सभापति देउवासँग पराजित भएका थिए। निर्वाचनमा शेरबहादुर देउवाले ६४ मत पाउँदा थापाले केवल २५ मत पाएका थिए। त्यतिबेला थापाले अपेक्षाकृत कम मत पाएको विश्लेषण भएको थियो।

निर्वाचन परिणाम सार्वजनिक भएलगत्तै पत्रकारबाट घेरिएका थापाले देउवालाई बधाई त दिए नै, संसदीय दलको नेता फेर्ने आफ्नो प्रयत्न रहिरहने संकेत पनि गरेका थिए। उनको भनाइ थियो, ‘हाम्रो पाँच वर्षको संसदीय कार्यकाल भर्खर प्रारम्भ भएको छ। केही समयपछि फेरि निर्वाचन हुन्छ। फेरि प्रतिस्पर्धा हुन्छ।’

त्यसैले थापाले दोहोर्‍याइरहेको पछिल्लो अभिव्यक्तिलाई पुस ६ कै सार्वजनिक अभिव्यक्तिको निरन्तरताको रुपमा बुझ्न सकिन्छ। तर, यसबीचमा थापाको पक्षमा सांसदहरु थपिएका आधार छैनन्। तै पनि उनी आफ्नो हुटहुटी प्रस्तुत गरिरहेका छन्।

कांग्रेस नेता तथा विश्लेषक शंकर तिवारी भने थापाको हुटहुटीलाई स्वाभाविक ठान्छन्। ‘आम निर्वाचनका क्रममा र निर्वाचनपछि राजनीतिमा जुन किसिमको तरंग आएको छ, समयको रफ्तार तीव्र गतिमा गइरहेको छ, त्यो कुरा बुझेर महामन्त्री थापाले संसदीय दलको नेता परिवर्तनको विषयलाई मुखरित गर्नुभएको हो। यसलाई अन्यथा लिनुपर्ने वा अतिरञ्जना गर्नुपर्ने विषय केही पनि छैन’, उनी भन्छन्।

nimb
nimb
Ncell 2
Ncell 2

तिवारी कांग्रेसको बस्दै गरेको केन्द्रीय कार्यसमिति बैठक र आगामी नीति महाधिवेशनबाट धेरै विषय खुल्दै जाने बताए।

कांग्रेसमा सामान्यतया संसदीय दलको नेता नै प्रधानमन्त्री बन्ने प्रचलन छ। यद्यपि, त्यसबाहेकका अभ्यास पनि भएका छन्। अहिलेका सभापति शेरबहादुर देउवा स्वयं नै संसदीय दलको नेता नबन्दै २०६५ सालमा प्रधानमन्त्रीका लागि पुष्पकमल दाहाल प्रचण्डसँग प्रतिस्पर्धामा उत्रिएका थिए। साथै, रामचन्द्र पौडेल संसदीय दलको नेता भएका बेलामा २०६७ मा सहमतीय प्रधानमन्त्री बन्न सम्भव भएमा उनी नै उम्मेदवार बन्ने निर्णय गरिएको थियो। तर दुवै पटक उनी प्रधानमन्त्री बन्न भने सकेनन्।

अहिले थापाले चलाइरहेको बहस भने सके संसदीय दलको नेता नै बदलेर प्रधानमन्त्रीको उम्मेदवार बन्ने, नसके २०६५ र २०६७ का देउवा जस्तै संसदीय दलको नेता नै नभइकन पनि प्रधानमन्त्रीको उम्मेदवार बन्ने आशयबाट सिर्जना भएको देखिन्छ। बुढानीलकण्ठको कार्यक्रममा उनको प्रश्न थियो, ‘दलको नेता रामचन्द्र पौडेल हुँदै गर्दा शेरबहादुर देउवा प्रधानमन्त्रीको उम्मेदवार हुन मिल्ने हो भने शेरबहादुर देउवा दलको नेता हुँदै गर्दा गगन थापा प्रधानमन्त्रीको उम्मेदवार बन्नचाहिँ किन नमिल्ने हो त?’

वर्तमान सत्ता गठबन्धनका प्रमुख तीन दलका शीर्ष नेताहरु पुष्पकमल दाहाल प्रचण्ड, माधवकुमार नेपाल र शेरबहादुर देउवाले आलोपालो सरकारको नेतृत्व गर्ने सहमति गरेको बताइएको छ। परिस्थिति सहमति अनुसार नै अगाडि बढेमा प्रचण्डपछि नेपाल र नेपालपछि देउवा प्रधानमन्त्री हुनेछन्। देउवाको पालामा उनलाई प्रधानमन्त्री बन्न नदिइ आफू वा आफ्नो पुस्ताका नेताले सरकारको नेतृत्व गर्नुपर्ने थापाको भनाइको सार देखिन्छ। त्यसैले पनि उनले कांग्रेसबाट पूर्वप्रधानमन्त्री नै फेरि प्रधानमन्त्री बन्न नहुने बताएका हुन्।

थापा संसदीय दलको नेता भएर वा नभइकन पनि प्रधानमन्त्री हुनसक्ने आशय व्यक्त गर्दै तिवारी भन्छन्, ‘राजनीतिमा सोचेको भन्दा नसोचेको घटनाक्रमहरु धेरै हुन्छन्। अहिले अरु दलले पनि कांग्रेसबाट देउवाभन्दा बाहेकको विकल्पलाई प्रधानमन्त्री बनाउने भन्ने स्थिति आउन सक्छ। त्यसैले उहाँले पब्लिक दबाबलाई मुखरित गर्नका लागि यो कुरा बारम्बार बोलिराख्नुभएको हो।’

अर्कोतिर, २०८४ को निर्वाचनमा होमिनुअघि कांग्रेसमा केही उल्लेखनीय सुधार भएको देखाउने पनि थापाको चाहना छ। पुराना पार्टीप्रति आकर्षण घटेकाले नयाँ पार्टीहरुको उदय भइरहेको अवस्थामा कांग्रेसमा आकर्षक सुधार गरेर जानुपर्ने उनको भनाइ पाइन्छ। त्यसैले पनि कांग्रेसले मिसन २०८४ नभइ, मिसन २०८० र २०८१ नै थाल्नुपर्ने प्रस्तावसमेत गरेका छन्। त्यसको आशय हो, कांग्रेसमा तत्कालै सुधार आवश्यक छ, कांग्रेसले तत्कालै परिणाममुखी काम गर्न आवश्यक छ, कांग्रेसले आफूभित्र आशा सिर्जना गर्न जरुरी छ, त्यो वातावरण बनाउनका लागि प्रयत्न गरिहाल्न जरुरी छ।

२०८४ को निर्वाचनबाट धेरै स्थानमा जित्न सक्दैन कि भनेर डराउनुभन्दा अहिले जितेका तीनै तहका स्थानमा उल्लेखनीय काम गरेर देखाउन सक्दा निर्वाचन आफ्नो पक्षमा पर्ने उनले बताउने गरेका छन्।

थापाले प्रस्तुत गरिरहेको संसदीय दलको नेता परिवर्तन वा नयाँ अनुहारलाई प्रधानमन्त्री बनाउने कुरा पार्टीप्रति आकर्षण कायम राखिराख्ने मनशायबाट सिर्जना भएको देखिन्छ।

त्यसो त कांग्रेसमा एउटै संसद्को कार्यकालमा बीचबीचमै संसदीय दलको नेता परिवर्तन भएका उदाहरण पनि छन्। स्वयं थापाले संसदीय दलको विधानले संसदीय दलको नेता परिवर्तन गर्ने ठाउँ दिएको र त्यसको पटकपटक प्रयोग पनि भएको स्मरण गराएका छन्।

२०५१ को निर्वाचनपछि सुरुमा शेरबहादुर देउवा नै संसदीय दलको नेता थिए। संसद्को सोही कार्यकालमा पछि गिरिजाप्रसाद कोइराला संसदीय दलको नेता भए। २०५६ को निर्वाचनपछि गठन भएको संसदीय दलमा त तीन जना नेता भए। सुरुमा कृष्णप्रसाद भट्टराई, बीचमा गिरिजाप्रसाद कोइराला र उनीपछि शेरबहादुर देउवा। यही अवधिदेखि (कोइरालाको पालामा) संसदीय दलको नेताका लागि प्रतिस्पर्धा हुन थालेको हो।

२०६४ को संविधानसभा निर्वाचनपछि रामचन्द्र पौडेल दलको नेता भए। संविधान सभाको सो कार्यकालभर उनी नै दलको नेता भए। २०७० मा सुशील कोइराला संसदीय दलको नेता भए। उनको २०७२ मा निधन भएपछि रिक्त पदको लागि भएको निर्वाचनमा देउवा विजयी भएका थिए। २०७४ को निर्वाचनपछि फेरि देउवा नै संसदीय दलको नेता भएका थिए।

स्वभाविक परिवर्तन मात्रै होइन, कांग्रेसभित्र संसदीय दलको नेता फेर्नका लागि अविश्वासको प्रस्ताव ल्याइएका उदाहरण पनि छन्। गिरिजाप्रसाद कोइरालाको योजामा दुई पटक अविश्वासको प्रस्ताव आएपछि तत्कालीन प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईले संसद्बाट भावुक सम्बोधन गर्दै प्रधानमन्त्रीबाट राजीनामा नै दिएका थिए।

कांग्रेसका प्रचार विभाग प्रमुख मीनबहादुर विश्वकर्मा संसदीय दलको नेता फेर्ने थापाको अभिव्यक्तिलाई अस्वाभाविक ठान्छन्। तत्काल संसदीय दलको नेता फेर्ने कुरा असम्भव रहेको उनको बुझाइ छ। 

थापाले एक पटक संसदीय दलको नेतामा पराजय बेहोरिसकेपछि त्यसलाई स्वीकार गर्नुपर्ने विश्वकर्माको सुझाव छ। ‘उहाँले प्रतिस्पर्धा नै नगरेको भए त अहिले संसदीय दलको नेता परिवर्तनको कुरा उठाउनु स्वाभाविक हुन्थ्यो’, उनले भने, ‘तर उहाँले त परीक्षा दिइसक्नुभयो। परीक्षामा फेल भएको कुरा त स्वीकार्नुपर्यो नि। त्यो पनि धेरै नम्बरले फेल हुनुभएको छ। अलिअलि नम्बरले मात्रै फेल हुनुभएको भए 'रिटोटलिङ' गर्ने कुरा हुन्थ्यो होला।’

प्रकाशित मिति: शनिबार, असार ३०, २०८०  १८:०५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
किशोर दहाल
दहाल नेपाल लाइभको राजनीतिक ब्युरो प्रमुख हुन्।
लेखकबाट थप
अनि गणेशमानले कांग्रेस परित्याग गरे...
संघदेखि प्रदेशसम्म 'साना दल'को नेतृत्वमा सरकार!
‘कांग्रेसका नेता’ पुष्पलालले किन गठन गरे कम्युनिस्ट पार्टी?
सम्बन्धित सामग्री
दाइजो प्रथाविरुद्ध निरन्तर संघर्ष गर्ने उपसभामुख ठाकुरको प्रतिबद्धता सर्लाहीको चन्द्रनगर गाउँपालिकामा आयोजित बालविवाह तथा दाइजो प्रथा उन्मूलनसम्बन्धी कार्यक्रममा बोल्दै उनले समाजमा लैंगीक समानता कायम न... आइतबार, जेठ १०, २०८३
सुदूरपश्चिमको भेला संगठन सुदृढीकरणका लागि भएको रमेश लेखकको प्रष्टीकरण धनगढीमा आयोजित कार्यक्रममा सम्बोधन गर्दै उनले पार्टीभित्र सहकार्य र समन्वयको आवश्यकता औँल्याउँदै वर्तमान राजनीतिक परिस्थितिमा नेपाली... आइतबार, जेठ १०, २०८३
ऋषि धमला सहित विभिन्न क्षेत्रका व्यक्तिहरूको सहभागितामा ‘स्वतन्त्र नागरिक अभियान नेपाल’ घोषणा काठमाडौँमा आयोजित कार्यक्रममा अभियानको औपचारिक घोषणा गर्दै ३३ बुँदे प्रतिबद्धता पत्र सार्वजनिक गरिएको हो। आइतबार, जेठ १०, २०८३
ताजा समाचारसबै
मिलोसेभिकको पतनपछि सर्बियामा दोस्रो ठूलो प्रदर्शन आइतबार, जेठ १०, २०८३
दाइजो प्रथाविरुद्ध निरन्तर संघर्ष गर्ने उपसभामुख ठाकुरको प्रतिबद्धता आइतबार, जेठ १०, २०८३
सुदूरपश्चिमको भेला संगठन सुदृढीकरणका लागि भएको रमेश लेखकको प्रष्टीकरण आइतबार, जेठ १०, २०८३
ऋषि धमला सहित विभिन्न क्षेत्रका व्यक्तिहरूको सहभागितामा ‘स्वतन्त्र नागरिक अभियान नेपाल’ घोषणा आइतबार, जेठ १०, २०८३
कोशी प्रदेश सभा: नीति तथा कार्यक्रममाथि छलफल सुरु आइतबार, जेठ १०, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
राजीनामा माग्ने नेताहरूलाई ओलीको जवाफ– सम्झाउन नखोज्नुस्, छोड्दिनँ शनिबार, जेठ ९, २०८३
अमेरिकामा आप्रवासनमा थप कडाइ, ग्रिनकार्डका लागि स्वदेश फर्किनुपर्ने नियम लागु शनिबार, जेठ ९, २०८३
रास्वपा सभापति लामिछाने भारत भ्रमणमा जाँदै आइतबार, जेठ १०, २०८३
आयकर छुटको सीमा परिमार्जन गरी १२ लाखसम्म पुर्‍याउन अर्थ मन्त्रालयलाई सुझाव शनिबार, जेठ ९, २०८३
बारामा रास्वपाको बैठकमा लफडाः आफ्‌नै कार्यकर्ताबाट लखेटिए सांसद शनिबार, जेठ ९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
महासंघमा गुटको राजनीति र स्थगित अधिवेशन: एकता र आत्मसुधारको निर्णायक घडी विप्लव अधिकारी
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
प्रस्तावित प्रधानन्यायाधीश शर्माविरुद्ध ७ उजुरी आइतबार, जेठ ३, २०८३
राजीनामा माग्ने नेताहरूलाई ओलीको जवाफ– सम्झाउन नखोज्नुस्, छोड्दिनँ शनिबार, जेठ ९, २०८३
प्रधानमन्त्री संसद्‌मा नआएर मलाई कुनै दबाब छैन : सभापति लामिछाने बिहीबार, जेठ ७, २०८३
अमेरिकामा आप्रवासनमा थप कडाइ, ग्रिनकार्डका लागि स्वदेश फर्किनुपर्ने नियम लागु शनिबार, जेठ ९, २०८३
दुर्गा प्रसाईं थप तीन दिन हिरासतमै रहने मंगलबार, जेठ ५, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्