• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, असोज २४, २०८३ Sat, Oct 10, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाचार

१५ लाखभन्दा बढी नागरिक भूमिहीन, तीन हजारले मात्रै पाए जग्गाधनी पुर्जा

64x64
भूपेन्द्र शाह ठकुरी बिहीबार, असार २८, २०८०  २०:३१
1140x725

काठमाडौं– देशमा बर्सेनि भूमिहीनको संख्या बढ्दो छ। राष्ट्रिय भूमि आयोगका अनुसार हाल नेपालमा १५ लाखभन्दा बढी नागरिकहरु भूमिहीन छन्। 

बिहीबार कृषि सहकारी तथा प्राकृतिक स्रोत व्यवस्थापन समितिको बैठकमा बोल्दै राष्ट्रिय भूमि आयोगका सिकेस कोइरालाले भूमिहीनको तथ्यांक जानकारी गराए। 

समितिको बैठकलाई सम्बोधन गर्दै कोइरालाले भने, ‘मुलकभर १५ लाखभन्दा बढी भूमिहीन सुकुम्बासी रहेका छन्।’ उनका अनुसार उक्त संख्यामध्ये हालसम्म १४ जिल्लाका तीन हजार एक सय २४ जनाले मात्र जग्गाधनी पुर्जा प्राप्त गरेका छन्। 

‘जसमध्ये भूमिहिन दलित ५७०,भूमिहीन सुकुम्बासी ४०८, अवव्यवस्थित बसोबासी १७८ र पुरानो भूमि आयोगले गर्न बाँकी १९६८ अधुरा काम पूरा गरेका छौं,’ उनले भने। आयोगले भूमिहीन सुकुम्बासीबाट ३५ करोड २२ लाख बढी राजश्व संकलनसमेत गरेको छ। 

३३ वर्षमा १७ आयोग, सुकुम्बासीहरुले पाएनन् पुर्जा 
प्रतिनिधि सभा सदस्य अशोक चौधरीले भूमिहीन सुकुम्बासीहरुको सम्बोधनका लागि ३३ वर्षको अवधिमा १७ वटा आयोग बनेको भए पनि वास्तविक सुकुम्बासीको पहिचान हुन नसक्नु दु:खद भएको बताए। 

उनले भने, ‘आयोगहरुलाई राजनीतिक कार्यकर्ता भर्तिकेन्द्र बनाइयो। अझै वास्तविक सुकुम्बासीको पहिचान हुन सकेको छैन। योजनाहरु कागजमा मात्रै सिमित बने।’ उनले विगत १० वर्षदेखि सुकुम्बासीहरुलाई परिचयपत्र वितरण गर्ने भनिएको भए पनि अझै पूरा नभएको भन्दै आक्रोश व्यक्त गरे। 

सुदूरपश्चिम र कर्णालीका ९० प्रतिशत पहाडी दलितसँग छैन जमिन 
सांसद वीरबहादुर बलायरले भूमि आयोगको तथ्यांकभन्दा बढी सुकुम्बासी भएको टिप्पणी गरे। उनले भूमि आयोगको नीति विभेदकारी भएको आरोप लगाए। उनले भने, ‘भूमि आयोगको नीति विभेदकारी छ। भूमिहीनका बारेमा मौन रहेका छौं। जसको पहुँच छ उनीहरुले मात्रै लाभ लिइरहेका छन्। भूमिहीनहरु १५ लाख छन् भनियो त्यहाँभन्दा धेरै छन्। विशेष गरेर सुदूरपश्चिम र कर्णाली प्रदेशका पहाडी जिल्लामा बस्ने ९० प्रतिशत दलितहरुको आफ्नो जमिन छैन।’

उनले जग्गा नभएका दलित समुदाय निकै ठूलो पीडामा रहेको बताए। सांसद बलायरले तराईमा एउटै व्यक्तिले भूमिहीनका नाममा पटक–पटक जग्गा प्राप्त गरेको आरोप लगाउँदै पहाडका गैरदलितहरुले पटक–पटक जमिनबाट निकालिदिन्छौं भनेर धम्की दिने गरेको बताए। उनले भूमिहीन व्यक्तिको नाममा सरकारले नै कृतिम राजनीति गरेर कृतिम समस्या उत्पन्न गराएको आरोप लगाउँदै वास्तविक सुकुम्बासीको पक्षमा राज्य उभिनुपर्नेमा जोड दिए।

Ncell 2
Ncell 2
nimb
nimb

अतिक्रमित जग्गा सरकारको मातहतमा ल्याउन सुझाव
त्यसैगरी सांसद अम्मरबहादुर थापाले १५ लाख सुकुम्बासीको तीन पुस्ते विवरण हेरेपछि मात्रै वास्तविक सुकुम्बासी पत्ता लाग्ने बताए। उनले जनयुद्धका विस्तावित र सुकुम्बासीहरुको वास्तविक पहिचान हुन नसकेको दाबी गरे।

सांसद थापाले सरकारले ललिता निवासको जग्गा प्रकरणका बारेमा मात्रै चासो दिएको र देशभर थुप्रै ठाउँमा राज्यको जग्गा अतिक्रमणबारे सरकार मौन रहेको भन्दै आक्रोश पोखे। उनले काठमाडौंको कपनदेखि धोवी खोलासम्म ७ सय रोपनी जग्गाको अतिक्रण भएको बताउँदै उक्त जग्गासमेत राज्यको मातहतमा ल्याउन सुझाव दिए। 

भूमिहीन दलित र सुकुम्बासीलाई प्राथमिकतामा राख्न जोड 
सांसद सरस्वती सुब्बाले दिन प्रतिदिन जनसंख्या बढ्दै गएको बताउँदै जमिन रबर जस्तो तन्काउन नमिल्ने बताइन्। उनले भूमिहीनलाई सम्बोधन गर्ने ऐन बनाउँदा सोचेर र विचार गरेर मात्रै बनाउनुपर्नेमा जोड दिइन्।
 
साथै उनले भूमिहिन दलित र वास्तविक सुकुम्बासीहरुलाई प्राथमिकतामा राख्नुपर्ने बताइन्। सांसद सुब्बाले स्थानीय तहले कृषि भूमि र गैरकृषि भूमि नछुट्याउँदा जग्गाको कित्ताकाट हुन नसकेको बतान्। उनले तीन वर्षको अवधिमा पहिचान गरेका १५ लाख भूमिहीनले जमिन पाउने प्रति आशंका व्यक्त गरिन।

त्यसैगरी सांसद मानवीर राईले सुकुम्बासीको नाममा हुकुमबासीले जग्गा पाइरहेको आरोप लगाए। सांसद विजुला रायमाझीले राजनीतिक अस्थिरता र सरकार परिवर्तनका कारण सुकुम्बासीहरुको समस्या समाधान हुन नसकेको बताइन्। उनले नीतिगत निर्णय गरेर भ्रष्टाचार भइरहेको भन्दै कलम चलाउँदा कर्मचारीहरुले संवेदनशील बन्नुपर्नेमा जोड दिइन्।

Xtrem

Xtrem

भूमि व्यवस्थाका महानिर्देशक पिताम्बर घिमिरेले ६० वर्षसम्म पनि जग्गाको हकबन्दी सम्बन्धी ऐन कार्यान्वयन हुन नसेकेको बताए। उनले मोही र जग्गा धनीको बाँडफाँट हुन नसकेको बताए। घिमिरेले मोहीको पहिचान गर्न भूमिसम्बन्धी व्यवस्थामा अपुताली खान पाउने कुरामा लैंगिक व्यवस्था हुन नसकेको दाबी गरे।

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका सचिव डा दामोदर रेग्मीले प्रत्येक जिल्लामा भूमि आयोगको कार्यालय रहेको र कार्यालयमार्फत् काम भइरहेको बताए। उनले स्थानीय तहसँग समन्वय गरी काम गरिरहेको बताए। 

उनले भने, ‘१५ लाख भूमिहीनको अनुमान गरेका छौं। जसमध्ये ९ लाखको डाटा इन्ट्री गरिसकेका छौं। ६ लाख डाटा इन्ट्री हुँदैछ। तीन वर्षको अवधिमा १५ लाखलाई नै पूर्जा बाँडिसक्ने नीति लिएका छौं।’

प्रकाशित मिति: बिहीबार, असार २८, २०८०  २०:३१

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
भूपेन्द्र शाह ठकुरी
भूपेन्द्र शाह ठकुरी नेपाल लाइभका वरिष्ठ संवाददाता हुन्।
लेखकबाट थप
विद्यालय शिक्षा विधेयकमाथि सांसदका प्रश्नै प्रश्न
भारतले किन बुझ्न मान्दैन ईपीजी प्रतिवेदन?
सरकारसँग किन बढ्दैछ कांग्रेसको असन्तुष्टि?
सम्बन्धित सामग्री
बाढी प्रभावित क्षेत्रमा मानसिक स्वास्थ्य संकट चुलिँदो, तत्काल मनोसामाजिक सहयोग पुर्याउन सरोकारवालाको जोड रसुवालगायत बाढी प्रभावित जिल्लाहरूमा भौतिक क्षतिका साथै गम्भीर मानसिक स्वास्थ्य संकट निम्तिएको भन्दै सरोकारवालाहरूले तत्काल समन्वयात... शनिबार, असोज २४, २०८३
पृथ्वी राजमार्ग खुलाउने काम तीव्र, आज साँझसम्म यातायात सञ्चालन गर्ने लक्ष्य त्रिशूली नदीको कटानका कारण धादिङको गजुरी नजिक गलौंदीमा सडक भासिएर अवरुद्ध बनेको पृथ्वी राजमार्ग खुलाउने काम तीव्र पारिएको छ। शनिबार, असोज २४, २०८३
बिपी राजमार्गमा लेदो पन्छाएपछि यातायात पुनः सञ्चालन रातभर परेको अविरल वर्षाका कारण बिपी राजमार्गको निर्माणाधीन सडक खण्डमा झरेको लेदो पन्छाएर यातायात पुनः सञ्चालनमा ल्याइएको छ। शनिबार, असोज २४, २०८३
ताजा समाचारसबै
परराष्ट्रमन्त्री खनालको फिजी, टुभालु र अस्ट्रेलिया भ्रमणको उपलब्धी के ? शनिबार, असोज २४, २०८३
बाढी प्रभावित क्षेत्रमा मानसिक स्वास्थ्य संकट चुलिँदो, तत्काल मनोसामाजिक सहयोग पुर्याउन सरोकारवालाको जोड शनिबार, असोज २४, २०८३
‘इन्टरनेटको शुल्क बढेको छैन, बढी शुल्क लिए कारबाही हुन्छ’ शनिबार, असोज २४, २०८३
नोबेल शान्ति पुरस्कार नपाएकोमा ट्रम्पको असन्तुष्टि, नर्वेलाई नमेटिने दाग लागेको टिप्पणी शनिबार, असोज २४, २०८३
पृथ्वी राजमार्ग खुलाउने काम तीव्र, आज साँझसम्म यातायात सञ्चालन गर्ने लक्ष्य शनिबार, असोज २४, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
एआईजी बर्खास्त प्रकरणमा गृहमन्त्रीले दिए चारबुँदे प्रस्टीकरण शुक्रबार, असोज २३, २०८३
राष्ट्रपति पौडेलले जारी गरे अध्यादेश शुक्रबार, असोज २३, २०८३
यी हुन् मन्त्रिपरिषद् बैठकका ४ निर्णय शुक्रबार, असोज २३, २०८३
धादिङको गलौँदीमा सडक भासियो, मुग्लिन-काठमाडौं सडक पूर्ण अवरुद्ध शुक्रबार, असोज २३, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
चोलेन्द्रसँग सम्पर्क देखिएपछि दीपक भट्टको जेल सरुवा शनिबार, असोज १७, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय सोमबार, असोज १९, २०८३
एआईजी बर्खास्त प्रकरणमा गृहमन्त्रीले दिए चारबुँदे प्रस्टीकरण शुक्रबार, असोज २३, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्