• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, मंसिर २९, २०८२ Mon, Dec 15, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाचार

१५ लाखभन्दा बढी नागरिक भूमिहीन, तीन हजारले मात्रै पाए जग्गाधनी पुर्जा

64x64
भूपेन्द्र शाह ठकुरी बिहीबार, असार २८, २०८०  २०:३१
1140x725

काठमाडौं– देशमा बर्सेनि भूमिहीनको संख्या बढ्दो छ। राष्ट्रिय भूमि आयोगका अनुसार हाल नेपालमा १५ लाखभन्दा बढी नागरिकहरु भूमिहीन छन्। 

बिहीबार कृषि सहकारी तथा प्राकृतिक स्रोत व्यवस्थापन समितिको बैठकमा बोल्दै राष्ट्रिय भूमि आयोगका सिकेस कोइरालाले भूमिहीनको तथ्यांक जानकारी गराए। 

समितिको बैठकलाई सम्बोधन गर्दै कोइरालाले भने, ‘मुलकभर १५ लाखभन्दा बढी भूमिहीन सुकुम्बासी रहेका छन्।’ उनका अनुसार उक्त संख्यामध्ये हालसम्म १४ जिल्लाका तीन हजार एक सय २४ जनाले मात्र जग्गाधनी पुर्जा प्राप्त गरेका छन्। 

‘जसमध्ये भूमिहिन दलित ५७०,भूमिहीन सुकुम्बासी ४०८, अवव्यवस्थित बसोबासी १७८ र पुरानो भूमि आयोगले गर्न बाँकी १९६८ अधुरा काम पूरा गरेका छौं,’ उनले भने। आयोगले भूमिहीन सुकुम्बासीबाट ३५ करोड २२ लाख बढी राजश्व संकलनसमेत गरेको छ। 

३३ वर्षमा १७ आयोग, सुकुम्बासीहरुले पाएनन् पुर्जा 
प्रतिनिधि सभा सदस्य अशोक चौधरीले भूमिहीन सुकुम्बासीहरुको सम्बोधनका लागि ३३ वर्षको अवधिमा १७ वटा आयोग बनेको भए पनि वास्तविक सुकुम्बासीको पहिचान हुन नसक्नु दु:खद भएको बताए। 

उनले भने, ‘आयोगहरुलाई राजनीतिक कार्यकर्ता भर्तिकेन्द्र बनाइयो। अझै वास्तविक सुकुम्बासीको पहिचान हुन सकेको छैन। योजनाहरु कागजमा मात्रै सिमित बने।’ उनले विगत १० वर्षदेखि सुकुम्बासीहरुलाई परिचयपत्र वितरण गर्ने भनिएको भए पनि अझै पूरा नभएको भन्दै आक्रोश व्यक्त गरे। 

सुदूरपश्चिम र कर्णालीका ९० प्रतिशत पहाडी दलितसँग छैन जमिन 
सांसद वीरबहादुर बलायरले भूमि आयोगको तथ्यांकभन्दा बढी सुकुम्बासी भएको टिप्पणी गरे। उनले भूमि आयोगको नीति विभेदकारी भएको आरोप लगाए। उनले भने, ‘भूमि आयोगको नीति विभेदकारी छ। भूमिहीनका बारेमा मौन रहेका छौं। जसको पहुँच छ उनीहरुले मात्रै लाभ लिइरहेका छन्। भूमिहीनहरु १५ लाख छन् भनियो त्यहाँभन्दा धेरै छन्। विशेष गरेर सुदूरपश्चिम र कर्णाली प्रदेशका पहाडी जिल्लामा बस्ने ९० प्रतिशत दलितहरुको आफ्नो जमिन छैन।’

उनले जग्गा नभएका दलित समुदाय निकै ठूलो पीडामा रहेको बताए। सांसद बलायरले तराईमा एउटै व्यक्तिले भूमिहीनका नाममा पटक–पटक जग्गा प्राप्त गरेको आरोप लगाउँदै पहाडका गैरदलितहरुले पटक–पटक जमिनबाट निकालिदिन्छौं भनेर धम्की दिने गरेको बताए। उनले भूमिहीन व्यक्तिको नाममा सरकारले नै कृतिम राजनीति गरेर कृतिम समस्या उत्पन्न गराएको आरोप लगाउँदै वास्तविक सुकुम्बासीको पक्षमा राज्य उभिनुपर्नेमा जोड दिए।

Ncell 2
Ncell 2

अतिक्रमित जग्गा सरकारको मातहतमा ल्याउन सुझाव
त्यसैगरी सांसद अम्मरबहादुर थापाले १५ लाख सुकुम्बासीको तीन पुस्ते विवरण हेरेपछि मात्रै वास्तविक सुकुम्बासी पत्ता लाग्ने बताए। उनले जनयुद्धका विस्तावित र सुकुम्बासीहरुको वास्तविक पहिचान हुन नसकेको दाबी गरे।

सांसद थापाले सरकारले ललिता निवासको जग्गा प्रकरणका बारेमा मात्रै चासो दिएको र देशभर थुप्रै ठाउँमा राज्यको जग्गा अतिक्रमणबारे सरकार मौन रहेको भन्दै आक्रोश पोखे। उनले काठमाडौंको कपनदेखि धोवी खोलासम्म ७ सय रोपनी जग्गाको अतिक्रण भएको बताउँदै उक्त जग्गासमेत राज्यको मातहतमा ल्याउन सुझाव दिए। 

भूमिहीन दलित र सुकुम्बासीलाई प्राथमिकतामा राख्न जोड 
सांसद सरस्वती सुब्बाले दिन प्रतिदिन जनसंख्या बढ्दै गएको बताउँदै जमिन रबर जस्तो तन्काउन नमिल्ने बताइन्। उनले भूमिहीनलाई सम्बोधन गर्ने ऐन बनाउँदा सोचेर र विचार गरेर मात्रै बनाउनुपर्नेमा जोड दिइन्।
 
साथै उनले भूमिहिन दलित र वास्तविक सुकुम्बासीहरुलाई प्राथमिकतामा राख्नुपर्ने बताइन्। सांसद सुब्बाले स्थानीय तहले कृषि भूमि र गैरकृषि भूमि नछुट्याउँदा जग्गाको कित्ताकाट हुन नसकेको बतान्। उनले तीन वर्षको अवधिमा पहिचान गरेका १५ लाख भूमिहीनले जमिन पाउने प्रति आशंका व्यक्त गरिन।

त्यसैगरी सांसद मानवीर राईले सुकुम्बासीको नाममा हुकुमबासीले जग्गा पाइरहेको आरोप लगाए। सांसद विजुला रायमाझीले राजनीतिक अस्थिरता र सरकार परिवर्तनका कारण सुकुम्बासीहरुको समस्या समाधान हुन नसकेको बताइन्। उनले नीतिगत निर्णय गरेर भ्रष्टाचार भइरहेको भन्दै कलम चलाउँदा कर्मचारीहरुले संवेदनशील बन्नुपर्नेमा जोड दिइन्।

भूमि व्यवस्थाका महानिर्देशक पिताम्बर घिमिरेले ६० वर्षसम्म पनि जग्गाको हकबन्दी सम्बन्धी ऐन कार्यान्वयन हुन नसेकेको बताए। उनले मोही र जग्गा धनीको बाँडफाँट हुन नसकेको बताए। घिमिरेले मोहीको पहिचान गर्न भूमिसम्बन्धी व्यवस्थामा अपुताली खान पाउने कुरामा लैंगिक व्यवस्था हुन नसकेको दाबी गरे।

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका सचिव डा दामोदर रेग्मीले प्रत्येक जिल्लामा भूमि आयोगको कार्यालय रहेको र कार्यालयमार्फत् काम भइरहेको बताए। उनले स्थानीय तहसँग समन्वय गरी काम गरिरहेको बताए। 

उनले भने, ‘१५ लाख भूमिहीनको अनुमान गरेका छौं। जसमध्ये ९ लाखको डाटा इन्ट्री गरिसकेका छौं। ६ लाख डाटा इन्ट्री हुँदैछ। तीन वर्षको अवधिमा १५ लाखलाई नै पूर्जा बाँडिसक्ने नीति लिएका छौं।’

प्रकाशित मिति: बिहीबार, असार २८, २०८०  २०:३१

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
भूपेन्द्र शाह ठकुरी
भूपेन्द्र शाह ठकुरी नेपाल लाइभका वरिष्ठ संवाददाता हुन्।
लेखकबाट थप
विद्यालय शिक्षा विधेयकमाथि सांसदका प्रश्नै प्रश्न
भारतले किन बुझ्न मान्दैन ईपीजी प्रतिवेदन?
सरकारसँग किन बढ्दैछ कांग्रेसको असन्तुष्टि?
सम्बन्धित सामग्री
राष्ट्रपति पौडेलले भने : ‘मुलुकलाई निकास दिन निर्वाचन नै उच्चतम विधि’ ‘मुलुकसामु विद्यमान समस्यालाई निकास दिनका लागि जनताको अभिमत लिने विषय लोकतन्त्रको सबैभन्दा उच्चतम विधि हो । त्यही भएर युवा पुस्ताले... सोमबार, मंसिर २९, २०८२
कोरलास्थित सीमा क्षेत्रमा संयुक्त गस्ती हिउँदयायमा नेपाल–चीन सीमाक्षेत्रमा हुनसक्ने सम्भावित वन्यजन्तुको चोरी सिकारी तथा तस्करीका साथै सीमाक्षेत्रमा हुनसक्ने सम्भावित अपराध... सोमबार, मंसिर २९, २०८२
सर्लाहीमा प्रहरीले गर्‍यो ४० बिघा गाँजा फँडानी आइतबार बिहान करिब साढे ११ बजेको समयमा लालबन्दी नगरपालिका १४ स्थित माईस्थान लगायत आसपासको क्षेत्रमा लगाइएको प्रतिबन्धित गाँजाको बोट फ... सोमबार, मंसिर २९, २०८२
ताजा समाचारसबै
अध्यक्षका लागि केपी ओलीले गराए उम्मेदवारी दर्ता सोमबार, मंसिर २९, २०८२
शोधनान्तर स्थिति ३ खर्बले बचतमा सोमबार, मंसिर २९, २०८२
वाणिज्य बैंकहरुको नयाँ ब्याजदर सार्वजनिक सोमबार, मंसिर २९, २०८२
राष्ट्रपति पौडेलले भने : ‘मुलुकलाई निकास दिन निर्वाचन नै उच्चतम विधि’ सोमबार, मंसिर २९, २०८२
पार्टीभित्र आन्तरिक प्रतिस्पर्धा स्वाभाविक हो : ईश्वर पोखरेल सोमबार, मंसिर २९, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
एमाले महाधिवेशन: नेतृत्व लिन होड, ज्ञवाली र शाक्यद्वारा सक्रिय राजनीतिबाट सन्यास आइतबार, मंसिर २८, २०८२
एमाले महाधिवेशनः ईश्वर प्यानलबाट सुरेन्द्र पाण्डे महासचिवका उम्मेदवार, गोकर्ण उपाध्यक्ष र योगेश उपमहासचिव सोमबार, मंसिर २९, २०८२
एमाले नेतृत्वका लागि पोखरेल समूहबाट अहिलेसम्म टुंगो लागेका उम्मेदवारहरु सोमबार, मंसिर २९, २०८२
यस्तो छ ओली पक्षबाट प्रस्तावित पदाधिकारी उम्मेदवार सोमबार, मंसिर २९, २०८२
एमालेको निर्वाचन तालिका सार्वजनिक आइतबार, मंसिर २८, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
ज्येष्ठ नागरिक स्वास्थ्य सेवाः अझै छैन सरकारको प्राथमिकतामा लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
यस्ता छन् मन्त्रिपरिषद्का निर्णयहरु मंगलबार, मंसिर २३, २०८२
महेश बस्नेत भन्छन्– प्रधानमन्त्री कार्की र पूर्वराष्ट्रपति भण्डारीले ओलीलाई गिरफ्तार गर्ने सल्लाह गरे बिहीबार, मंसिर २५, २०८२
एमाले महाधिवेशन: नेतृत्व लिन होड, ज्ञवाली र शाक्यद्वारा सक्रिय राजनीतिबाट सन्यास आइतबार, मंसिर २८, २०८२
सरकार र जेनजीबिच भएको सहमतिका यी हुन् दश बुँदा :  ‘नो भोट’ देखि सम्पत्ति छानबिनसम्म (पूर्णपाठ) बुधबार, मंसिर २४, २०८२
एनपीएल २ : क–कसले के जिते? शनिबार, मंसिर २७, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्