काठमाडौं– यस वर्षको बाढी, पहिरो लगायत विभिन्न कारणबाट अहिलेसम्म १७ वटा राजमार्गमा क्षति पुगेको छ।
विभागका अनुसार १७ वटा राजमार्गमा क्षति पुग्दा ८९ ठाउँमा आवागमन अवरुद्ध भएको थियो। जसमध्ये ६९ ठाउँमा सडक दुईतर्फी रुपमै सञ्चालनमा आइसकेको छ।
हाल १८ ठाउँमा एकतर्फी मात्रै यातायात सञ्चालनमा रहेको विभागले जनाएको छ। विभागका अनुसार २ वटा राजमार्गका २ ठाउँमा भने आवागमन अवरुद्ध छ।
विभागका अनुसार बाढी तथा पहिरोका कारण विभिन्न ठाउँमा गरी १ वटा कल्भर्ट, एउटा बेली ब्रिज र एउटा साधारण पक्की पुलमा क्षति पुगेको छ।
यो वर्ष २०८० वैशाख १ गतेदेखि हालसम्म सडक तथा यातायातका पूर्वाधारका क्षेत्रमा गरी २४ करोड ९६ लाख २३ हजार रुपैयाँ बराबरको क्षति पुगेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।