कोलम्बो– श्रीलंकाको एउटा अदालतले यहाँका एक उच्च सैन्य अधिकारलाई अपहरण र हत्याको मुद्दामा दोषी ठहर गर्दै पक्राउ गर्न आदेश दिएको छ।
सन् २००८ देखि २००९ को बीचमा श्रीलंकाको गृह युद्धको उत्तरार्धतिर एक सैनिक अधिकारीले ११ जनालाई अपहरण गरी हत्या गरेको आरोप लागेको थियो। सो अभियोगमा मुद्दा चलाइएकोमा प्रमुख सैन्य अधिकारी रविन्द्र विजेगनारत्नेलाई पक्राउ गर्न आदेश दिएका हुन्।
ती ११ जना व्यक्तिलाई अपहरण गरी मार्न लगाएको आरोपमा पक्राउ गर्न उनलार्ई आदेश दिइएको हो। श्रीलंकामा शसस्त्र विद्रोह गरिरहेका टामिल टाइगरका विरुद्धमा श्रीलंकाली सेनाले सन् २००८ पछि अन्तिम युद्धको घोषणा गरी सशक्त कारबाही गरेको थियो।
त्यसैक्रममा सन् २००९ मा ती अपहरित व्यक्तिहरू पनि मारिएको आशंका गरिएको छ। कोलम्बोस्थित एक अदालतका न्यायाधीश लंका जयरत्नेले सैन्य उच्च अधिकारीलाई पक्राउ आदेश दिएका हुन्। रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।