काठमाडौं – फिल्म ‘जोनी जेन्टलम्यान’का निर्देशक नितिन चन्दको निर्देशनमा नयाँ फिल्म ‘गीत गजल’ निर्माण हुने भएको छ। नितिनको निर्देशनमा बन्न लागेको यो दोस्रो फिल्म हो।
पहिलो फिल्ममा अभिनेता पल शाह र अभिनेत्री आँचल शर्मालाई एकसाथ पर्दामा देखाएका नितिनले यस पटक भने नयाँ कलाकारसँग काम गर्ने बताएका छन्।
नितिनले अब बन्ने फिल्म‘गीत गजल’को मुख्य भूमिकामा नव कलाकारहरू रुप पोखरेल र आरोही सिंहलाइ डेव्यु गराउने भएका छन्। फिल्मलाई आरोहण क्षेत्रीले निर्माण गर्ने छन्। 'लभस्टोरी जनरा'मा निर्माण हुने फिल्ममा मुख्य दुई कलाकार फाइनल गरिए पनि अन्य कलाकारहरू भने अहिलेसम्म तय नभएकाे निमार्ता आरोहणले बताए।
आरोहण प्रोडक्सनको ब्यानरमा निर्माण हुने सिनेमामा अर्जुन पोखरेलको संगीत, कविराज गहतराजको कोरियोग्राफी, बाबु श्रेष्ठको छायांकन तथा अञ्जु पन्त र सुगम पोखरेलको स्वर रहने छ।
फिल्म आउँदो भदौकाे अन्तिम साताबाट छायांकनमा जाने छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।