• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, माघ ८, २०८२ Thu, Jan 22, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
कृषि

लम्पीस्किनले २५ हजार पशु मर्दा ३३ अर्ब भन्दा बढीको नोक्सानी

64x64
कल्पना घिमिरे सोमबार, असार १८, २०८०  ०८:०८
1140x725

काठमाडौं– पशुमा लाग्ने लम्पीस्किन रोग २०७७ मा मोरङबाट फैलिन सुरु भएको थियो। अहिले नेपालका ७६ वटा जिल्लामा फैलिसकेको छ। ७६ वटै जिल्लामा ६ लाख ८२ हजार ८० पशुहरु सो रोगबाट संक्रमित भएको नेपाल पशुसेवा विभागका प्रवक्ता तथा वरिष्ठ पशुसेवा अधिकृत चन्द्र ढकालले बताए।

‘नेपालमा ०७७ साल असार महिनामा मोरङको सुन्दरहरैचाका गाईहरुमा पहिलोपटक यो रोग देखा परेको थियो। त्यसपछि गत चैत महिनामा कोशी प्रदेशबाट माहामारीको रुपमा ७६ जिल्लामा फैलिसकेको छ,’ उनले भने, ‘०७७ पछिका २ वर्षमा १६ जिल्लाका २९ पालिकामा यो रोग फैलिएको थियो। त्यतिबेला ३ हजार ३०१ पशु संक्रमित हुँदा १३ वटा पशु मरेका थिए।’

अहिले कूल संक्रमितमध्ये ४ लाख ९ हजार १७५ निको भइसकेका छन् भने २५ हजार ४०८ पशु मरिसकेका छन्। यस्तै २ लाख ७४ हजार ४९७ वटा पशु अझै संक्रमित रहेको उनले बताए। पशुमा लम्पीस्किनको संक्रमण तथा मृत्यूबाट ३३ अर्ब बढी नोक्सानी भएको ढकालले बताए।

लम्पी स्किनले मरेका पशुहरुको पशु बीमामार्फत् ८० प्रतिशत क्षतिपूर्ति कृषकले पाउने व्यवस्था छ। ‘पशुको बीमा गरेको भए बीमाबापतको रकम ८० प्रतिशत क्षतिपूर्ति किसानले पाउने छन्। अहिले सबैतिर बीमा पुगिसकेको अवस्था छ। बीमा नगरेका पशुहरुको भने सरकारले क्षतिपूर्ति दिँदैन,’ ढकालले भने।

आगामी आर्थिक वर्ष ०८०/८१ का लागि प्रत्येक पालिकामा महामारी नियन्त्रण गर्न संघीय सशर्त अनुदानअन्तर्गत १ लाखका दरले रकम विनियोजन गरिएको ढकालले बताए। साथै १६१ पालिकामा भेटेरिनरी डाक्टर र सबै पालिकामा प्राविधिक व्यवस्थापनका लागि बजेट व्यवस्था गरिएको छ।

सुदूरपश्चिम बढी प्रभावित
लम्पी स्किनबाट सबैभन्दा बढी सुदूरपश्चिम प्रदेशका पशुहरु प्रभावित भएका छन्। यस्तै, कर्णाली, लुम्बिनी र कोशीका मध्यपहाडी तथा पहाडी क्षेत्रमा रहेका पशु बढी प्रभावित भएको ढकालले बताए।

पशुसेवा विभागको तथ्याङ्कअनुसार सुदूरपश्चिम प्रदेशमा २ लाख ७ सय ९८ संक्रमितमध्ये १० हजार ९३९ पशु मरेको तथ्यांक छ। कर्णालीमा १ लाख ८९ हजार १५ संक्रमित पशुमध्ये ६ हजार ७४१ पशु मरेका छन्। कोशीमा १ लाख ५४ हजार ५ सय ३२ संक्रमित पशुमध्ये ३ हजार ४६४ मरेका छन्। लुम्बिनीमा ७४ हजार २ सय ८९ संक्रमित पशुमध्ये २ हजार ७८० मरेका छन् भने ८ हजार ५ सय पशुहरुमा लम्पीस्किनविरुद्धको खोप लगाइएको छ।

गण्डकीमा २७ हजार १५ संक्रमितमध्ये ५१७ पशुहरु मरेका छन्। बाग्मतीमा ३१ हजार ३४३ संक्रमितमध्ये ८६६ पशु मरेका छन्। र मधेसमा ५ हजार ८८ संक्रमितमध्ये १०१ पशुहरु मरेका छन्।

Ncell 2
Ncell 2

७ लाख खोपमध्ये १ लाख ७२ हजार डोज मात्रै लगाइयो
अहिलेसम्म ७ लाख ३७ हजार डोज खोप आएको र ७६ जिल्लाका १ लाख ७२ हजार १२८ पशुहरुमा लगाइएको ढकालले बताए।

सुदूरपश्चिम प्रदेशमा ३ हजार पशुहरुमा लम्पीस्किनविरुद्धको खोप लगाएको छ। कर्णालीमा भने १७ हजार ५००, कोशीमा ७२ हजार ४९ पशुहरुमा खोप लगाइएको छ। गण्डकीमा ३२ हजार ६८४, बागमतीमा २८ हजार ६२० पशुहरुमा, भने मधेसमा ९ हजार ७७५ पशुहरुमा लम्पीस्किन विरुद्धको खोप लगाइएको विभागको तथ्यांकमा छ।

साढे ३३ अर्ब नोक्सानी, उत्पादकत्व पनि घट्यो
उक्त रोगबाट २५ हजार बढी पशुहरु मर्दा साढे ३ महिनामै ३३ अर्ब ५१ करोड रुपैयाँ बराबर नोक्सानी भएको नेपाल पशु चिकित्सा परिषद्का निमित्त रजिस्ट्रार मनोजकुमार शाहीले बताए।

‘करिब ४ लाख पशु निको भए पनि तिनको उत्पादकत्व घटेको छ। संक्रमित पशुबाट ४८ दिनसम्म उत्पादन आउँदैन। गाई तुहिने सम्भावना हुन्छ, बाली लगाउन पाइन्न,’ उनले भने। राँगा र गोरुमा पनि बाँझोपनको सम्भावना रहने शाहीको भनाइ छ।

परिषद्का अनुसार नेपालमा कूल ७४ लाख १३ हजार १९७ गाई र ५१ लाख ३२ हजार ९३१ भैँसी छन्। वैज्ञानिक तथ्यका आधारमा अनुमानित २० प्रतिशत पशुमा रोग सर्ने दर, मृत्युदर ३.८ प्रतिशत र एउटा पशुबाट न्यूनतम ४९ हजार १ सय ३५ रुपैयाँ नोक्सान हुने देखिने परिषद्ले जनाएको छ।

परिषद्का अनसार संक्रमित पशु र मरेको पशुको हिसाब गर्दा ३३ अर्ब ५१ करोड ४० लाख नोक्सानी भएको देखिन्छ। 

पशुमा रोग फैलिने दर १० देखि २० प्रतिशत
विश्व पशु स्वास्थ्य संगठनका अनुसार यो रोग देखिएको ठाउँमा पशुमा रोग फैलिने दर १० देखि २० प्रतिशत र मृत्युदर १ देखि ५ प्रतिशत पुग्ने परिषद्को एक विज्ञप्तिमा उल्लेख छ। तर भारतलगायत केही मुलुकमा फैलिने दर उच्च देखिएको परिषदले जनाएको छ।

भारतमा २४.२, बंगलादेशमा ३४ र इथियोपियामा ३६ प्रतिशतसम्म रोग फैलिएको परिषद्ले जनाएको छ। रोगले भारतमा १२.४, बंगलादेशमा ३.२ र इथियोपियामा ४.५ प्रतिशत मृत्युदर देखिएको छ। एकै खोरमा रहेका ८२.३ प्रतिशत पशुमा रोग फैलिने र त्यसमा २४.३ प्रतिशत मर्ने गरेको अध्ययनले देखाउने परिषद्को भनाइ छ।

भारतमा एउटा गाई बिरामी हुँदा ९४ हजार ८३९ र भैंसीबाट ४३ हजार ३२९ रुपैयाँको आर्थिक क्षति भएको छ। बंगलादेशमा प्रतिगाईभैंसी १२ हजार ३२३ र इथियोपियामा ४२ हजार ९०० रुपैयाँ बराबर आर्थिक क्षति हुने गरेको छ। सोही आधारमा नेपालमा न्यूनतम ४९ हजार १३५ रुपैयाँ नोक्सान हुने अनुमान गरिएको छ।

रोगका कारण दूध र मासु उत्पादनमा ह्रास आउने, पशुमा प्रजनन समस्या देखिने (तुहिने, गर्भपतन हुने, बाली नजाने), छाला उत्पादनमा समेत समस्या आउने हुन्छ। निको भएको पशुलाई पूर्ववत् अवस्थामा ल्याउन थप पोषण खर्च बढ्न जान्छ। ‘रोगका कारण करिब ६ महिनासम्म साँढे तथा राँगा प्रजननमा आउन सक्दैनन्। लामो बेतान्तर भइ गाई–भैँसीको दूध उत्पादनमा ४० देखि ५० प्रतिशतसमेत कमी हुने अनुसन्धानले देखाउँछ,’ विज्ञप्तिमा भनिएको छ, ‘यही अवस्थामा रोग फैलिए १ खर्ब २६ अर्बको बराबरको आर्थिक नोक्सानी हुने प्रक्षेपण छ। रिपोर्टसहित तत्काल गर्नुपर्ने, मध्यकालीन र दीर्घकालीन व्यवस्थाका लागि कृषि तथा पशुपन्छी विकास मन्त्रालयमा परामर्शका लागि पेस गरिसकेका छौं।’

प्रकाशित मिति: सोमबार, असार १८, २०८०  ०८:०८

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
कल्पना घिमिरे
लेखकबाट थप
२८ करोडको सरकारी गाडी यसरी बन्यो कवाडी
आर्थिक सहायता र राजस्व संकलनको लक्ष्य नभेट्दा कूल बजेट खर्च २० प्रतिशत कमी
६ वर्षमा २२ सहकारी समस्याग्रस्तः चालू वर्ष थपियो बानेश्वरको नेपाल सहकारी वित्तीय संस्था लिमिटेड
सम्बन्धित सामग्री
हरियो धनियाँ र काँक्रोमा भेटियो अत्याधिक विषादी बिहीबार भक्तपुरबाट बिक्रीका लागि कालीमाटी बजारमा ल्याइएको हरियो धनियाँमा ५५.२९ प्रतिशत र नवलपरासीबाट ल्याइएको काँक्रोमा ४६.५ प्रतिशत... बिहीबार, मंसिर ४, २०८२
यस्तो छ आज सागसब्जी र फलफूलको थोक मूल्य त्यसैगरी, मटरकोसा प्रतिकिलो १६०, घिउ सिमी (लोकल) प्रतिकिलो १५०, घिउ सिमी (हाइब्रिड) प्रतिकिलो १५०, घिउ सिमी (राजमा) प्रतिकिलो १००, ट... शनिबार, कात्तिक २९, २०८२
कृषिवस्तुहरु ओसारपसार तथा ढुवानीमा सहयोग गरिदिन कृषि विभागको आग्रह ढुवानीको क्रममा राजमार्गमा सिर्जित समस्याले कृषक/कृषि उद्यमी एंव कृषि व्यवसायीबाट गुनासो आएकाले ओसारपसारमा सहजीकरण गरिदिन विभागले आग... शुक्रबार, भदौ २७, २०८२
ताजा समाचारसबै
भ्रष्टाचार मुद्दामा पूर्व अतिरिक्त सचिव मिश्रासँग पाँच लाख धरौटी माग बुधबार, माघ ७, २०८२
९.४३ अंकले घट्यो नेप्से, कारोबार रकम पनि घट्यो बुधबार, माघ ७, २०८२
चुनावका बेला सामाजिक सञ्जालको दुरुपयोग रोक्न निगरानी बढाइने बुधबार, माघ ७, २०८२
प्रतिनिधि सभा निर्वाचनलाई लक्षित गर्दै आयोगद्वारा टोल–फ्री सेवा सञ्चालन बुधबार, माघ ७, २०८२
बालेन शाहले गरे झापा–२ की उम्मेदवार इन्दिरा रानामगरको घरमै पुगेर समर्थन बुधबार, माघ ७, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
कांग्रेसले अहिलेसम्म टुंग्याएको उम्मेदवारहरु मंगलबार, माघ ६, २०८२
बालेन शाहले गरे झापा–२ की उम्मेदवार इन्दिरा रानामगरको घरमै पुगेर समर्थन बुधबार, माघ ७, २०८२
देउवा चुनाव नलड्ने भएपछि उनको ठाउँमा महरले पाए टिकट मंगलबार, माघ ६, २०८२
दमकमा एमाले–रास्वपाबीच झडप, एमालेलाई बिच्क्याए महँगो पर्ने ओलीको चेतावनी मंगलबार, माघ ६, २०८२
एमाले निकट युवा संघ दमक नगरका अध्यक्ष र उपाध्यक्षले छाडे एमाले, बालेनको पक्षमा खुले बुधबार, माघ ७, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
टिकट नपाएपछि विष्णु रिजालको असन्तुष्टि: ‘मालपानीका लागि हात नपसार्नु मेरो कमजोरी’ आइतबार, माघ ४, २०८२
कांग्रेसको विशेष महाधिवेशन : महामन्त्रीमा पौडेल र घिमिरे चयन बुधबार, पुस ३०, २०८२
सुदूरपश्चिमका अधिकांश जिल्लामा टुङ्गायो नेकपाले उम्मेदवार, यी हुन् नाम शनिबार, माघ ३, २०८२
निर्वाचन आयोगले दियो गगन थापा नेतृत्वको कांग्रेसलाई आधिकारिकता शुक्रबार, माघ २, २०८२
बालेनले राजीनामा नदिने आइतबार, माघ ४, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्