काठमाडौं– सुख्खा पहिरोले चितवनको नारायणगढ–मुग्लिङ सडकखण्डको तीन नम्बर पुलमा सडक अवरुद्ध भएको छ।
बिहीबार बिहान साढे ९ बजे खसेको पहिरोका कारण दुवै तर्फी सडक अवरुद्ध भएको थियो। चितवनको इच्छाकामना गाउँपालिका–५ मा रहेकफ उक्त पुलमा दुवैतर्फी सडक अवरुद्ध भएको थियो।
उक्त स्थानमा सडक विभागसँग समन्वय गरी प्रहरीको टोली स्काभेटर र डोजरसहित खटिएकोमा बिहीबार साढे १० देखि दिउँसो साढे १ बजेबीचमा सञ्चालन भएको थियो।
तर त्यसपछि माथिबाट सुख्खा पहिरो खसेकाले फेरि दुवैतर्फफी बाटो अवरोध भएको छ। डोजरको प्रयोग गरी पहिरो पन्छाउने कार्य भइरहेको प्रहरीले जनाएको छ।
पहिरो निरन्तर खसिरहेकाले बाटो खुलाउन नसकिएको प्रहरीले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।