• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, असार २७, २०८३ Sat, Jul 11, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
विचार

गैर आवासीय नेपाली नागरिकताको विद्यमान अवस्था

गोविन्द बेल्वासे सोमबार, असार ११, २०८०  २०:२१
1140x725

गैरआवासीय नेपाली नागरिकतासम्बन्धी व्यवस्था समेटिने गरी नेपाल नागरिकता ऐन २०६३ मा संशोधन गर्ने विधेयक ऐन बनेको छ। राष्ट्रपतिको दस्तखत विवादलाई लिएर  सर्वोच्च अदालतले जारी गरेको अन्तरिम आदेश पनि निस्कृय भएको छ। तर, राष्ट्रपतिको दस्तखत विवादको अन्तिम टुङ्गो लागिसकेको भने छैन।

नेपाल नागरिकता ऐन, २०६३ मा थप भएको दफा ७ (क) अनुसारको गैर आवासीय नेपाली नागरिकता वितरण गर्न अझै नियमावली पर्खनुपर्ने हुन्छ। आमाका नामबाट पाउने र अङ्गीकृत नेपाली नागरिकका सन्तानले पाउने जस्ता नागरिकताको विषयका लागि भने छेकवार हटेको छ।

यसैबीच गैरआवासीय नेपालीसम्बन्धी ऐन २०६४ मा संशोधन गर्ने विधेयक तयार पार्न नेपाल सरकारले सुझाव समेत संकलन गरिसकेको छ। तर, अझै संसद्‌मा पेस भइसकेको  छैन। यसै सन्दर्भमा सर्वोच्च अदालतको ०७३–WO–११४९ मुद्दा पनि सान्दर्भिक हुन्छ। विदेशमा बस्ने नेपालीहरुलाई आम निर्वाचनमा मतदान गर्न व्यवस्था गर्नु भन्दै सर्वोच्चबाट आदेश जारी भएको छ ।  नेपाल सरकारका नाममा जारी भएको उक्त निर्देशनात्मक आदेश व्यवहारमा कार्यान्वयनतिर अघि बढेको देखिँदैन।

संविधानको धारा १४ मा गैरआवासीय नेपाली नागरिकतालाई अधिकार नभएर सुविधाको रुपमा मात्र व्यवस्था गरेको पाइन्छ, र यो दोहोरो नागरिकता होइन। (हेर्नुहोस् सर्वोच्च अदालतको मुद्दा नम्बर ०७२-WO-०००८ को रिटमा भएको फैसला) उदाहरणका लागि अधिवक्ताको प्रमाणपत्र नवीकरण गर्न दिएको सुरेन्द्र श्रेष्ठको निवेदनमा कानुन ब्यवसायी परिषद्‌ले नेपाली नागरिकको मात्र प्रमाणपत्र नवीकरण हुने गैरआवासीय नेपालीको नाताले नवीकरण हुन नसक्ने निर्णय गरेपछि सो विषय पनि सर्वोच्चमा विचाराधीन छ। यसलेगर्दा एनआरएनले नेपालमा व्यवसाय गर्न पाउने कानुनी व्यवस्था भएको भन्दै गरिएको प्रचार र बुझाइ पुनर्विचार गर्नुपर्ने भएको छ। विदेशको नागरिकता ग्रहण गरिसकेपछि पहिलेदेखि आफ्नो नाममा रहेको सम्पत्तिमा हक नरहने कानुनी प्रावधानबाट विदेशमा बस्ने नेपालीहरु पीडित छन् (मुलुकी देवानी संहिता २०७४ को दफा ४३२)।

गैरआवासीय नेपालीलाई खरिद गर्न पाउने अधिकार भित्रको सम्पत्ति किन्दा नीलो पुर्जा बनाउनुपर्छ।

कुनै एनआरएनले नीलो नबनाई लालपुर्जा बनाएको छ भने त्यसमा हक पुग्दैन (गैरआवासीय नेपालीसम्बन्धी नियमावली, २०६६ को नियम ११ (८)। यस नियमावली बमोजिम अचल सम्पत्तिको जग्गाधनी प्रमाणपत्र प्रदान गर्दा सम्बन्धित मालपोत कार्यालयले निलो रङको प्रमाणपत्र प्रदान गर्नुपर्नेछ)। यो विषयमा निकै बुझेको छु भन्ने व्यक्तिहरु नै भ्रममा रहेकोले सबै एनआरएनहरुलाई सचेत गराउन जरुरी छ।

धारा १४ ले वंशजको नागरिकता खोस्दैन।

कारण १– गैरआवासीय नेपाली नागरिकता नागरिकता नै होइन केवल सुविधा हो। नागरिक संविधानको श्रोत हुन् (संविधानसभा)। गैरआवासीय नेपाली नागरिकता संविधानप्रदत्त अधिकारबाट नेपाल राज्यले दिने सुविधा हो।

nimb
nimb
Ncell 2
Ncell 2

स्मरण रहोस् संविधानको धारा २ ले सार्वभौमसत्ता  जनतामा निहित हुने भनेको छ अर्थात् गैर आवासीय नेपाली सार्वभौमसत्ता सम्पन्न हुँदैनन्।

कारण २– बेलायत जस्तो २ देशको नागरिकता राख्न पाउने देशमा नागरिकता ऐनको दफा १० को उपदफा २ प्रयोग हुँदैन। तर, जर्मनी जस्तो देशको नागरिकता प्राप्त गर्न जहाँ पहिलेको देश (नेपाल) को नागरिकता छाडेको प्रमाण चाहिन्छ, त्यस्तो देशको नागरिकता लिनका लागि उपदफा २ प्रयोग भएका हरूलाई  धारा १४ आवश्यक हुन्छ। नागरिकता ऐनको दफा १० खारेज भएर पुग्दैन। नागरिकता खारेज हुने व्यवस्था संविधानको कुनै पनि धारामा छैन। केवल नागरिकता ऐनको दफा १० को उपदफा १ मा मात्र छ। नागरिकता परित्याग गरेकालाई  सुविधा दिने धारा १४ को मकसद नागरिकता खोस्न पाइन्छ भन्ने हुँदैन।

कारण ३– कानुनको व्याख्याको सिद्धान्तअनुसार स्वेच्छाले नेपालको नागरिकता छाडेका व्यक्तिलाई  धारा १४ को सुविधा दिनुको मतलब नागरिकता खोस्ने अधिकार राज्यलाई छ भन्ने अर्थमा संविधानको व्याख्या गर्नु गलत हुन्छ। यस विषयमा गहन अध्ययन गर्नका लागि मुख्य श्रोतः Trop v Rusk 1958 मा जस्टिस ब्ल्याकले उठान गरेको र Afroyim v. Rusk 1968 मा नजिर स्थापित भएको तर्क अध्ययन गर्नु पर्छ। उनले सार्वभौमसत्ता जनतामा निहित हुन्छ भन्ने तर्कको आधार लिएका रेफरेन्स फैसलाको फुटनोट ६ मा उल्लेख गरेका छन्। अमेरिकामा उक्त सैद्धान्तिक छलफल करिब एक दशक चलेपछि Citizenship Act को दफा ४०१ बदर हुने नजिर बन्यो। उक्त दफामा नेपाल नागरिकता ऐनको दफा १० जस्तै नागरिकता बदर हुने व्यवस्था थियो। उक्त फुटनोटमा Burton C. Agata, Involuntary Expatriation and Schneider v. Rusk, 27 U. Pitt. L. Rev. 1, 48 (1965) को अनुसन्धनात्मक लेख न्यायाधीश ब्ल्याकले उल्लेख गरेका छन्। उनले आफ्नो तर्क पुष्टि हुने बलियो आधार नै त्यही विश्लेषणात्मक अनुसन्धानमूलक लेखलाई मानेका छन्। तर, उक्त तर्क १९५८ मा ट्रोपको मुद्दामा उनी स्वयंले उठाएका थिए। तर, उनको तर्क १९६७ मा अल्पमतमा परेको थियो जुन १९६७ मा बहुमतमा परेपछि नजिर स्थापित भयो।

जस्टिस ब्ल्याकको मूल तर्क के हो त?
सार्वभौम नागरिकले आफुमा निहित सार्वभौमसत्ता प्रयोग गर्न निश्चित कार्यकाल (५ वर्ष) को लागि संविधानभित्र रहेर कर्म गर्न सांसद नियुक्त (निर्वाचन) गर्छ। जसले नियुक्त गर्छ उसको नागरिकता (सार्वभौमसत्ता) नै खोस्ने गरी कानुन बनाउने अधिकार एक अवधिका लागि चुनिएर गएको समूह (संसद) लाई  हुँदैन। अमेरिकाको संविधानको प्रस्तावनाको ‘We the people’ भन्ने शब्दावलीका विषयमा गरिएको व्याख्या (नजिर) नै हाम्रो संविधानको धारा २ को स्रोत हो। झर्रो गाउँले भाषामा भन्दा खेत सिँचाइ गर्न कुलो बनाएर खोलाको पानी लैजान अधिकार पाएका गाउँलेलाई खोलाको मूल नै सुकाउने अधिकार हुँदैन। धारा २७४ ले संविधान संशोधन गर्ने सीमाना तोकेको छ (थप जानकारीका लागि केशवानन्द भारतीको नजीर हेर्नुहोला जुन उक्त धाराको श्रोत हो)। संविधानको मुख्य फिचर मध्येको प्रमुख विशेषता भनेकै सार्वभौमसत्ता जनतामा निहित हुने हो। त्यसैले संविधानको व्याख्या गर्दा जहिले पनि जनताको सार्वभौमसत्ता स्वयं नागरिकले परित्याग नगरेसम्म कुनै पनि हालतमा हरण हुन सक्दैन भन्ने भावनाको केन्द्रमा रहेर गर्नुपर्छ।

हाल एनआरएनले उठाउनु पर्ने मुख्य विषयहरुः
१) मुलुकी देवानी (संहिता) २०७४ को दफा ४३२ को प्रतिबन्धात्मक वाक्यांश अनुकूल हुने कानुनी व्यवस्था जरूरी छ। भूमण्डलीकरणको परिवेशमा परी विदेशको नागरिकता ग्रहण गर्न बाध्य भएका नेपालीहरुको पहिलेदेखि स्वामित्व रहेको  भोगको  सम्पत्तिमा हक नगुम्ने व्यवस्था गर्न पहल गर्नु आजको आवश्यकता  हो। त्यसका लागि गैरआवासीय नेपालीसम्बन्धी ऐन २०६४ लाई संविधान अनुकूल हुने गरी संशोधन गर्नु पर्छ।

२) संविधानको धारा १४ अनुसार गैरआवासीय नागरिकता ग्रहण गरेका नेपालीका सन्ततिहरुलाई गैरआवासीय नेपाली नागरिकता दिने व्यवस्था गर्न पहल गर्नुपर्छ। हाल तीन पुस्तासम्म मात्रको सीमा तोकिएको छ।

३) गैरआवासीय नेपाली नागरिकका विदेशी जीवनसाथी (पति/पत्नी) लाई गैरआवासीय नेपाली नागरिकता पाउने व्यवस्थाका लागि पहल गर्नुपर्छ।

४) नागरिकता ऐन २०६३ को दफा १० (१) खारेज गरी नागरिकता निरन्तरताको व्यवस्था गर्न प्रयास गर्ने।

५) गैरआवासीय नेपाली नागरिकता एकपटक लिएपछि छाड्न पाउने प्रावधान न संविधानमा छ, न त ऐन संशोधनमै गरिएको छ। भविष्यमा आउने जटिलताबाट जोगिन यस विषयमा समयमै ध्यान दिन जरूरी हुन्छ। इरानको जेलमा थुनिएकी नाजनिन जघारीको विषयले इरान र बेलायतबीच उव्जाएको तनावबाट समयमै नेपालले पनि पाठ सिक्न आवश्यक छ। इरानका नागरिकले नागरिकता छाड्न पाउँदैनन्। यता बेलायतले आफ्ना नागरिकको संरक्षण गर्न नाजनीनको बचाउका लागि कूटनीतिक पहल गर्‍यो। नेपालको कानुनले सजाय हुने, तर अन्य एनआरएनको बसोबास भएको मुलुकको कानुनअनुसार अपराध नहुने परिस्थितिमा गैरआवासीय नेपालीको विषय जेलिने अवस्था उब्जिन सक्ने अवस्थाआारे समयमै सजग हुन सम्बन्धित निकायको ध्यान आकर्षित गराउन जरूरी छ। खास गरेर निकट भविष्यमा एनअरएनले पनि नेपालमा ट्याक्स रिटर्न भर्न र कर तिर्नु पर्ने कानुन लागु हुने सम्भावना नकार्न सकिँदैन। यस्ता परिस्थितिले उब्जने समस्याका विषयमा छलफल हुन जरूरी छ।

अन्तर्राष्ट्रिय प्रचलन 
सन् १९४८ पछिको नागरिकता सम्बन्धमा विश्वले अंगिकार गरेको कानुनको शासनको सन्दर्भलाई प्रष्ट पार्न बेलायतको उदाहरण लिन सकिन्छ। The British Nationality Act of 1948 ले त्यसअघिसम्म रहेको ‘अन्य मुलुकको नागरिकता ग्रहण गरेमा बेलायती नागरिकता रद्द हुने’ (दफा ४ र ५) प्रावधानलाई खारेज गर्‍यो। त्यसका ठाउँमा बेलायती नागरिकले बेलायती नागरिकता छाड्न चाहेमा पुर्‍याउनुपर्ने प्रक्रियाको व्यवस्था उक्त ऐनमा गरियो। यसरी बेलायतमा नागरिकले स्वेच्छाले मात्र नागरिकता परित्याग गर्न पाउने व्यवस्था गरेर The Universal Declaration of Human Rights 1948 को परिकल्पनालाई अलम्बन गरेको पाइन्छ। यसै परिप्रेक्षमा अमेरिकाको अदालतले Afroyim v. Rusk, 387 U.S. 253 (1967) मा व्याख्या गरेर बेलायती सिद्धान्तलाई पछ्याएको पाइन्छ। अस्ट्रेलियाको संसद्‌ले सन् १९९९ मा नेपालको नागरिकता ऐनको दफा १० जस्तै भएको व्यवस्था खारेज गरेर अन्य  देशको नागरिकता लिँदा अस्ट्रेलियाको नागरिकता खारेज नहुने व्यवस्था गरेको छ। (हेर्न क्लिक गर्नुहोस् ) नेपालको गैरआवासीय नेपाली नागरिकतासंबन्धी व्यवस्था भारतको The Overseas Citizenship of India (OCI) को व्यवस्थाबाट नक्कल गर्न खोजेको देखिन्छ।

यसै विषयमा मैले प्राज्ञिक छलफल होस् भनेर ‘राष्ट्रवाद: भ्रम कि यथार्थ’ पुस्तक लेखेको छु। सर्बोच्च अदालतले सबैभन्दा बढी धारा २ को सार्वभौमसत्ताको विषयमा व्याख्या हुनुपर्ने थियो, जसमा अदालतलाई सहयोग होस् भनेर अमेरिकाका नजिर र प्राज्ञिक लेखहरु हामीले पेस पनि गरेका थियौँ। तर अदालतले प्राज्ञिक छलफल नगरी विषयान्तर गरेर दोहोरो नागरिकताको चर्चा गरेकाले यो प्राज्ञिक छलफल निरन्तर जारी रहने छ। नागरिकमा सार्वभौमसत्ता निहित रहेको व्याख्याका लागि अदालतले निकट भविष्यमा यस विषयमा पुनर्विचार गरी सही व्याख्या गर्नेछ भन्ने पूर्ण विश्वास छ।

अधिवक्ता बेल्वासे बेलायतमा बसोबास गर्छन् ।
 

प्रकाशित मिति: सोमबार, असार ११, २०८०  २०:२१

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
लेखकबाट थप
सम्पत्ति विवरण पेसलाई बाध्य नपार्न र सम्पत्ति विवरणमाथि कारबाही नगर्न सर्वोच्चको आदेश
नेपाल र भारत ‘ए’ बीच तीन खेलको टी–२० सिरिज हुने
सम्पत्ति जाँचबुझ आयोगको काम तत्काल रोक्न सर्वोच्चको अन्तरिम आदेश
सम्बन्धित सामग्री
नेपालको राजनीतिमा जवाफदेहिताको संकट फरक समय, फरक दल र फरक पात्र भए पनि विवादको व्यवस्थापन गर्ने तरिका भने आश्चर्यजनक रूपमा समान देखिन्छ। आरोप लाग्ने, छानबिन समिति बन्ने... शुक्रबार, जेठ २९, २०८३
भीडले बनाएको नेतृत्व किन अन्ततः एक्लिन्छ ? मैले यो कुरा दुई फरक सन्दर्भमा देखेको छु  पाकिस्तानमा इमरान खानको उदय र पतनमा, र नेपालमा बालेन शाहको उदयमा। उनीहरूको परिस्थिति फरक थ... मंगलबार, जेठ १९, २०८३
महासंघमा गुटको राजनीति र स्थगित अधिवेशन: एकता र आत्मसुधारको निर्णायक घडी आज नियामक निकायहरू नियमनभन्दा बढी ‘अति–नियामक’ जस्ता देखिएका छन्। तिनलाई देशको वास्तविक आवश्यकता र व्यवसायमैत्री वातावरणअनुसार पुनर्... शुक्रबार, चैत २७, २०८२
ताजा समाचारसबै
सम्पत्ति विवरण पेसलाई बाध्य नपार्न र सम्पत्ति विवरणमाथि कारबाही नगर्न सर्वोच्चको आदेश शुक्रबार, असार २६, २०८३
नेपाल र भारत ‘ए’ बीच तीन खेलको टी–२० सिरिज हुने शुक्रबार, असार २६, २०८३
सम्पत्ति जाँचबुझ आयोगको काम तत्काल रोक्न सर्वोच्चको अन्तरिम आदेश शुक्रबार, असार २६, २०८३
सर्लाहीमा पनि एक युवकले गरे आत्मदाह प्रयास, हेलिकप्टरबाट काठमाडौं ल्याइँदै शुक्रबार, असार २६, २०८३
माइतीघरमा देखिएको आक्रोश : प्रहरी र प्रदर्शनकारीबीच धकेलाधकेल शुक्रबार, असार २६, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
आत्मदाह प्रयास गरेका नेपालीको अवस्था चिन्ताजनक, न्याय माग्दै राहदानी विभागअगाडि प्रदर्शन बिहीबार, असार २५, २०८३
आत्मदाह प्रयास गरेका गणेश नेपालीको निधन शुक्रबार, असार २६, २०८३
सम्पत्ति जाँचबुझ आयोगको काम तत्काल रोक्न सर्वोच्चको अन्तरिम आदेश शुक्रबार, असार २६, २०८३
राहदानी विभाग अगाडि एक पुरुषले गरे आत्मदाह प्रयास बिहीबार, असार २५, २०८३
बालमन्दिरको जग्गा हिनामिना प्रकरणमा संलग्न तीन जना पक्राउ बिहीबार, असार २५, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
नेपालको राजनीतिमा जवाफदेहिताको संकट सुरेश गिरी
भीडले बनाएको नेतृत्व किन अन्ततः एक्लिन्छ ? सुरेश गिरी
महासंघमा गुटको राजनीति र स्थगित अधिवेशन: एकता र आत्मसुधारको निर्णायक घडी विप्लव अधिकारी
न बदलिएको समाज सुरेश गिरी
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
भुटानी शरणार्थी प्रकरणमा १४ जना दोषी ठहर, सातले पाए सफाइ, यस्तो छ अदालतको आदेश [पूर्णपाठ] मंगलबार, असार २३, २०८३
नक्कली भुटानी शरणार्थी मुद्दामा सबै आरोपी दोषी ठहर मंगलबार, असार २३, २०८३
भुटानी शरणार्थी मुद्दामा बादल र टोपबहादुरका छोराहरुसहित ७ जनालाई सफाइ मंगलबार, असार २३, २०८३
टेरामक्स प्रकरणमा: दूरसञ्चारका तत्कालीन अध्यक्ष झासहित ३ जना दोषी ठहर, कांग्रेस नेता बस्नेतलाई सफाइ सोमबार, असार २२, २०८३
अमेरिकाले गर्‍याे इरानमाथि भीषण आक्रमण बिहीबार, असार २५, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्