• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, असोज १३, २०८३ Tue, Sep 29, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
अर्थ समाचार

१० वटा कार्यक्रमलाई शून्य बजेट, के छ रासायनिक मलको अवस्था?

64x64
भूपेन्द्र शाह ठकुरी शुक्रबार, असार ८, २०८०  १६:५५
1140x725

काठमाडौं- आर्थिक वर्ष २०८०/०८१ को नीति तथा कार्यक्रम र बजेटमा सरकारले कृषि, ऊर्जा र पर्यटनलाई प्राथमिकतामा राखेको देखिन्छ। कृषिलाई आगामी १६ वर्ष वर्षीय योजनामा समेत प्रमुख प्राथमिकतामा राखिएको छ।

कृषि तथा पशुपंक्षी मन्त्रालयका सचिव दिपककुमार खरालले आगामी आर्थिक वर्षमा सरकारले वार्षीक नीति तथा कार्यक्रममा कृषि, ऊर्जा र पर्यटनलाई पहिलो प्राथमिकता दिएको बताए। 

संसदको कृषि सहकारी तथा प्राकृतिक स्रोत समितिमा बोल्दै मन्त्रालयका सचिव खरालले पछिल्लो सयम कृषि क्षेत्रमा रासायनिक मलको अवस्था र लम्की स्किन डिजिजको अवस्थाका बारेमा जानकारी दिए। उनले भने, ‘अहिलेको चालु आवमा ५२ अर्बकोे जम्मा बजेट थियो। आगामी आर्थिक वर्षका लागि ५८ अर्ब भनेर छुट्याए तापनि त्यसमध्येको ३ अर्ब बराबरको रकम अर्थ मन्त्रालयमा राखिएको छ। त्यो रकम अर्थ मन्त्रालयमार्फत कृषि विकास बैंकलाई सहुलियत पूर्ण ऋणका लागि सिधै परिचालित गरिनेछ। बाँकी ५५ अर्बको बजेट यस मन्त्रालयमार्फत परिचालन हुनेछ। ५५ अर्बमध्ये ५० अर्बको बजेट मन्त्रालय अन्तर्गतका निकायमार्फत परिचालन हुनेछ। बाँकी १ अर्ब ३ करोड रुपैयाँ सात वटै प्रदेशका सम्बन्धित कृषि मन्त्रालयबाट त्यहाँ सशर्त अनुदानमार्फत पठाएका छौं।’ साथै ३ अर्ब ८५ करोड बराबरको बजेट ७५३ वटै स्थानीय तहमा विनियोजन गरिने सचिव खरालले जनाए। 

मल खरिदका लागि ३० अर्ब बजेट विनियोजन 
सचिव खरालले मन्त्रालयको कुल ५५ अर्ब बजेटमध्ये सबैभन्दा बढी रासायनिक मल खरिदका लागि विनियोजन भएको बताए। उनले भने, ‘मन्त्रालयको कुल ५५ अर्ब बजेटमध्ये सबैभन्दा बढी रासायनिक मल खरिदका लागि विनियोजन गरिएको छ। रासायनिक मल खरिदका लागि ३० अर्ब रुपैयाँ विनियोजन गरिएको छ। २० अर्बको बजेट मन्त्रालय मातहतका कार्यालयको प्रशासनिक गतिविधिमा खर्चका लागि विनियोजन गरिएको छ।’ कृषि अध्ययन अनुसन्धानका लागि ३ अर्ब ८५ करोड, बीमा क्षेत्रको लागि ९० करोड र प्रधानमन्त्री कृषि आधुनिकीकरणका लागि २ अर्ब ८५ करोड विनियोजन गरिएको मन्त्रालयले जनाएको छ। 

कृषि मन्त्रालयमा विकास निर्माणभन्दा बढी प्रशासनिक रुपमा बजेट विनियोजन भइरहेको मन्त्रालयको भनाइ रहेको छ। 

१० वटा कार्यक्रममा शून्य बजेट
मन्त्रालय मातहतका केही बोर्ड समितिहरु सरकारकाले आफ्नो नीति तथा कार्यक्रमबाटै खारेज गरिएको छ। केही परिमार्जन गर्ने र केही हस्तान्तरण गर्ने भनी उल्लेख गरिएको छ। खारेज गर्ने र परिमार्जन गर्ने भनिएका कारण मन्त्रालयमा अन्योल सिर्जना देखिएको छ। आगामी मंसिरसम्ममा व्यवस्थापन गरेर बजेट व्यवस्थापन गर्ने भनिएका कारण साउन महिनादेखि नै कानुनद्वारा नै क्वारेन्टाइन, स्रोत केन्द्र, प्रयोगशालाका काम ठप्प हुने चिन्ता मन्त्रालयको रहेको छ। 

मन्त्रालयका सचिव खरालले भने, ‘यस मन्त्रालय मातहतमा हाल ३४ वटा कार्यक्रम छन्। जसमध्ये १० वटा कार्यक्रममा शून्य बजेट छ। यसले गर्दा मन्त्रालयमा समस्या उत्पन्न भइरहेको छ। साउन १ गतेदेखि १० वटा कार्यक्रममध्ये १५० वटा कार्यालयहरु पर्न आउँछन्। तिनीहरुको बजेट शून्य छ। साउन १ गतेबाट ती कार्यालयहरुमा कसरी काम गर्ने भन्नेबारे मन्त्रालयले काम गरिरहेको छ।’ त्यसबारे अर्थ मन्त्रालय र प्रधानमन्त्रीको कार्यालयसँग निरन्तर छलफल भइरहेको मन्त्रालयले जनाएको छ। 

रासायनिक मलको अवस्था के छ? 
कृषि विकास महाशाखाका प्रमुख सहसचिव डा राजेन्द्रप्रसाद मिश्रले रासायनिक मलको अवस्थाको बारेमा समितिको बैठकमा प्रष्ट पारेका छन्। 

Ncell 2
Ncell 2
nimb
nimb

मिश्रले गत साउनदेखि हालसम्म ४ लाख ७८ हजार मेट्रिकटन युरिया, पोटास र डिएपी आयात गरेको बताए। उनले जसमध्ये ३ लाख ५१ हजार मेट्रिकटन मल भित्रिसकेको बताए। आयात हुने क्रममा एक लाख ७० हजार ५ सय मेट्रिक टन भित्रने क्रममा रहेको छ। ८२ हजार मेट्रिक टन रासायनिक मल डिपोबाट वितरण हुन बाँकी (स्टक)रहेको छ। उनले भने, ‘हिजोसम्मको तथ्यांक हेर्ने हो भने विभिन्न डिपोबाट गरी ८२ हजार मेट्रिक टन वितरण हुन बाँकी छ। २० हजार टन डिएपी आउँदै गरेको छ। बर्खा र रेलको लिगहरु उठाएको कारण झारखण्डबाट यता ल्याउन सकिएको छैन। विगत तीन चार वर्षको अवधिमा हेर्ने हो भने यो वर्ष रासायनिक मलमा सन्तोषजनक अवस्थामा रहेका छौं।’उनले छुटफुट रुपमा किसानहरुले चाहे जति मल उपलब्ध गराउन नसकिएको बताए।

मल आयातका लागि ८ अर्ब रुपैयाँ आयात कम्पनीलाई दिन बाँकी र यो महिना भित्र दिइसक्नु पर्ने कृषि विकास महाशाखाले जनाएको छ। मल वितरणका लागि अनलाइन प्रणाली लागू गरिएको, संघीय मन्त्रालयबाट सात वटै प्रदेशमा कोटा छुट्याउने गरेको छ। 

कात्तिकसम्म थप दुई लाख मेट्रिकटनको लागि टेन्डर भइसकेको जनाउँदै त्यसको आपूर्ति प्रक्रिया लामो भएको महाशाखाले जनाएको छ। महाशाखाका प्रमुखका मिश्रका अनुसार मल आपूर्तिका लागि टेन्डर भएको मितिले औसत २२६ दिन लाग्ने गरेको छ। त्यसैगरी मल आउने नाका वीरगञ्ज र विराटनगरदेखि गाउँ पुर्याउन १५ दिन लाग्ने गर्छ । मल वितरणका लागि सहकारीमार्फत वितरण गर्नका लागि २५० दिनको हाराहारी लाग्ने गरेको जनाएको छ। 

सार्वजनिक खरिद अनुगमन कार्यालयलाई खरिदका लागि ऐनमै विशेष व्यवस्था गर्दै  सहजको व्यवस्थाका लागि ऐन शंसोधन रहेको गर्नुपर्ने महाशाखाको भनाइ रहेको छ। 

Xtrem

Xtrem

मल समयमै ल्याएर वितरण गर्नुपर्छः मन्त्री भुसाल
बैठकमा समितिका १४ जना सांसदले राखेको जिज्ञासा बारे उत्तर दिँदै कृषि तथा पशुपंक्षी विकास मन्त्री वेदुराम भुसालले किसानहरुका लागि मल अत्यावश्यक सेवा भएका कारण समयमै ल्याएर मल वितरण गर्नका लागि संवेदनशील रहेको बताए। उनले भने, ‘आर्थिक वर्ष २०८०/०८१ को बजेट पुस्तिकाको बुँदा नम्बर ८४ देखि ११० बुँदामा कृषिसम्बन्धी बजेटको विषय उल्लेख छ। मन्त्रिपरिषद्को बैठकबाटै यस वर्ष रासायानिक मललाई विशेष प्राथमिकतामा राख्नुपर्ने निर्णय गराएका थियौं। हामीले ३० अर्ब बजेट रासायानिक मल खरिदका लागि विनियोजन गराउन सफल भएका छौं। मल अत्यावस्यक सेवा हो। समयमै ल्याएर वितरण गर्नुपर्छ भन्नेमा संवेदनशील भएर लागेका छौं।’

उनले मल समस्याको प्रमुख कारण बजेटको सुनिश्चिता नहुन समेत रहेको बताए। उनले मल खरिदका लागि जीटूजीमा जाँदा पहिल्यै नै भुक्तानी दिनुपर्ने प्रावधान रहेको बताए। 

मन्त्री भुसालले प्रधानमन्त्रीको अध्यक्षतामा रहेको राष्ट्रिय विकास समस्या समाधान समितिबाट रासायनिक मल खरिदका लागि दुई वटा निर्णय समेत गरेको बताए। मल खरिदका लागि मल खरिद ऐन, सार्वजनिक खरिद ऐनको प्रक्रिया लामो रहेका कारण त्यसलाई छोटो बनाउने भन्नेबारे नियमावलीको सशोधन प्रस्ताव गइसकेको बताए। सरकारले जीटूजीमा जाने भन्नेबारे समेत निर्णय गरेको दाबी गरे।

प्रकाशित मिति: शुक्रबार, असार ८, २०८०  १६:५५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
भूपेन्द्र शाह ठकुरी
भूपेन्द्र शाह ठकुरी नेपाल लाइभका वरिष्ठ संवाददाता हुन्।
लेखकबाट थप
विद्यालय शिक्षा विधेयकमाथि सांसदका प्रश्नै प्रश्न
भारतले किन बुझ्न मान्दैन ईपीजी प्रतिवेदन?
सरकारसँग किन बढ्दैछ कांग्रेसको असन्तुष्टि?
सम्बन्धित सामग्री
सेयर बजारमा ९.६२ अङ्कको गिरावट आज नेप्से परिसूचक ९ दशमलव ६२ अंकले घटेर २,६०३ को विन्दुमा कायम भएको छ । आज ६९ कम्पनीको शेयर मूल्य बढेको छ भने १९९ कम्पनीको शेयर मूल्... मंगलबार, असोज १३, २०८३
सुनको मूल्य घट्यो, चाँदी पनि सस्तियो दुई दिनमै सुनको मूल्य प्रतितोला ८ हजार ८ सय रुपैयाँले घटेको हो । मंगलबार, असोज १३, २०८३
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर, कसको कतिमा हुँदैछ खरिद बिक्री? मंगलबार, असोज १३, २०८३
ताजा समाचारसबै
विष्णु पौडेल र शंकर पोखरेललाई ओलीको आरोप– अध्यक्ष हटाउने अपराधपूर्ण क्रियाकलाप मंगलबार, असोज १३, २०८३
सरकारका प्रवक्ताले भने– अपरिचित व्यक्तिबाट धम्की आएपछि चोलेन्द्रलाई सुरक्षित स्थानमा सारिएको हो मंगलबार, असोज १३, २०८३
३०/५५ को प्रावधानसहितको निजामती सेवा विधेयक संसदमा पेस गर्ने मन्त्रिपरिषद्को निर्णय मंगलबार, असोज १३, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरू मंगलबार, असोज १३, २०८३
सरकारले भन्यो– चोलेन्द्र शम्शेरलाई पक्राउ गरेको होइन मंगलबार, असोज १३, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
लोकसेवाको परामर्श समावेश नगरी मन्त्रिपरिषद्मा पेश हुँदै निजामती सेवा विधेयक, छुट्टै पठाउने तयारी सोमबार, असोज १२, २०८३
३०/५५ को प्रावधानसहितको निजामती सेवा विधेयक संसदमा पेस गर्ने मन्त्रिपरिषद्को निर्णय मंगलबार, असोज १३, २०८३
चोलेन्द्रका छोराले मागे थप सुरक्षा, परिवारको ज्यान जोखिममा परेको दाबी सोमबार, असोज १२, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
एक सचिवका लागि तीन सहसचिवको नाम सिफारिस, को होला प्राविधिकतर्फको सचिव? सोमबार, असोज १२, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
चोलेन्द्र पक्राउसँगै बालेनले ताकेका तीन तीर आइतबार, असोज ११, २०८३
निजामती सेवामा ३०–५५ वर्ष लागू गर्ने बालेनको योजनामा लोकसेवाको ब्रेक, रामेश्वर खनाल भन्छन्– ‘पजनी विधि कदापि उपयुक्त होइन’ शनिबार, असोज १०, २०८३
५५–३० प्रावधानमा लोकसेवाको राय सरकारलाई, १३ हजार कर्मचारीको अवकाशको बाटो खुल्ला? शुक्रबार, असोज ९, २०८३
कुटपिट र घर निकालाको दाबी गर्दै हर्क साम्पाङकी जेठी पत्नी अदालतमा: यस्तो छ वास्तविकता आइतबार, असोज ११, २०८३
तीन जिल्लाका ६ पालिकामा भारी वर्षाको पूर्वानुमान शुक्रबार, असोज ९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्