• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, भदौ २६, २०८३ Fri, Sep 11, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
कृषि

‘परम्परागत बाली र विषादीरहित उत्पादनका लागि सरकारले काम गरिरहेको छ : रामनाथ अधिकारी

64x64
नेपाल लाइभ शनिबार, जेठ २४, २०८२  १३:१५
1140x725

काठमाडौँ– कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले नेपाली परम्परागत बाली र विषादीरहित उत्पादनका लागि सरकारले आगामी आर्थिक वर्षको बजेटमार्फत थप कार्यक्रम अगाडि बढाएको बताएका छन्। 

एग्री प्रडक्ट नेपालले सञ्चालन गरिरहेको ‘रैथाने कृषि हाटबजार’ को एक सयौँ हप्ता सम्पन्न गरेको अवसरमा आज यहाँ आयोजित कार्यक्रममा उनले सरकार रैथानी बाली संरक्षण र परम्परागत कृषि सीप संरक्षणमा क्रियाशील रहेको बताए। मन्त्री अधिकारीले पछिल्लो समय स्थानीय उत्पादन, परम्परागत बाली र त्यसको उपभोगका विषयमा जागरण आइरहेको उल्लेख गर्दै अब अत्यावश्यक खाद्यवस्तुको आयात प्रतिस्थापन गर्ने गरी व्यावसायिक विकासमा केन्द्रित हुनुपर्ने बताए।

‘पहिले दुई छाक भात खान नपाउँदा गरिब भएको महसुस हुन्थ्यो, हाल दुई छाक भात खानुपरे पीडा महसुस हुन्छ, थोरै उत्पादन होस् तर रोग नलाग्ने विषादीरहित खाद्यवस्तु खान पाइयोस् भन्ने चेतना बढेको छ, यसमा रैथाने कृषि हाटबजार अभियानको पनि महत्वपूर्ण भूमिका छ’, उनले भने, ‘अब रैथाने बीउको संरक्षण र समयानुसार विकास गरी लाभ लिनुपर्ने आवश्यकता छ, त्यसका लागि स्थानीय तहले अझ बढी महत्वपूर्ण भूमिका खेल्न सक्छन्, व्यवसायीको भूमिका त्यत्तिकै महत्वपूर्ण छ।’

मन्त्री अधिकारीले आयात, परनिर्भरता र आर्थिक स्रोतको अभाव पूर्ति गर्न गाँजालगायत जडिबुटीजन्य नेपाली उत्पादनमा जोड दिनुपर्ने बेला आएको धारणा राखे। ‘हाल अत्यावश्यक वस्तु आयात गरेर खानु परिरहेको छ, अर्थतन्त्रमाथि त्यतिकै दबाब छ, यो कुरा सबैले महसुस गरेका छौँ, तर हामीले गाँजा र यस्तै औषधीय गुण भएका कृषिउपजको वैधानिक खेती गर्ने हो भने मेरो गृह जिल्ला धादिङमा मात्रै पाँच वटा भन्सार कार्यालय थप्नुपर्ने अवस्था आउँछ, त्यसले पैसा अभाव हुन दिँदैन, त्यसैले यस विषयमा सरकारले आवश्यक काम गर्नुपर्छ भन्ने कुरा आइरहेका छन्, हामी सकारात्मक छौँ’, उनले भने।

पूर्वमन्त्री शेरबहादुर तामाङले अब कुरा मात्रै नभई काम गर्नुपर्ने बेला आएको उल्लेख गर्दै सरकारले स्थानीय परम्परागत बालीको संरक्षणका लागि देखिने गरी काम गर्नुपर्ने धारणा राखे। उनले सरकारले नीतिगत सहजीकरण गर्ने र किसानले जिम्मेवारीपूर्वक काम गरे बेरोजगारीको समस्या समाधानमा ठूलो टेवा पुग्ने धारणा राखे।

Ncell 2
Ncell 2
nimb
nimb

‘अब अनुदान होइन, न्यून ब्याज तथा बिनाब्याजमा कृषकले ऋण पाउने व्यवस्था हु्नुपर्यो, कृषि विकासको नाममा स्थापित कृषि विकास बैंकलाई किसानको हितमा काम गर्न लगाउनुपर्यो, घरजग्गाा किन्दा सहज तर कृषि उद्यमका लागि जाँदा ऋण नै नपाउने अवस्था छ, यसलाई अन्त्य गरौँ’, उनले भने, ‘मैले त कोदोको रक्सीको ब्रान्डिङ, गाँजाखेतीको वैधानिकताको कुरा गरिरहेको छु, यो काम भएमा हाम्रा युवाले देशमै बसेर वर्षको रु आठ÷दश लाख कमाउने अवस्था बन्छ, यसमा काम गर्न ढिला नगरौँ।’

कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सहसचिव डा.रामकृष्ण श्रेष्ठले आफ्ना परम्परागत उत्पादन उपभोग गर्ने बानी विकास भएमा उत्पादन र व्यावसायिक विकासमा टेवा पुग्ने धारणा राखे। नेपाल सरकारले बाली विकास, स्थानीय जात र प्रविधि संरक्षणमा काम गर्दै आएको र यसका लागि आर्थिक वर्ष २०७७/७८ देखि देशभर करिब ३०० पालिकालाई शसर्त अनुदानमा बजेट तथा कार्यक्रम व्यवस्थापन गर्दै आएको बताए।

एग्री प्रडक्ट नेपालका अध्यक्ष तिलक ढाकालले रैथाने बाली, परम्परागत सीप र ज्ञानको संरक्षण, प्रवर्द्धन र बजारीकरणका लागि उत्पादक किसान एवं उद्यमीहरूले विसं २०८० साउन १ गतेदेखि अभियान सुरु भएको बताए। रैथाने कृषि हाटबजार अभियानले एक सय हप्ता पूरा गरेको र यस अवधिमा प्रत्येक हप्ता औषतमा ३५ स्टलबाट ३०० देखि ४०० ग्राहक जोडिने गरेको जानकारी दिँदै हालसम्म करिब रु तीन करोडको कारोबार भएको सुनाए।

कार्यक्रममा थुलुङ दूधकोशी गाउँपालिका सोलुखुम्बुका अध्यक्ष असिम राई, खनियाबास गाउँपालिका अध्यक्ष रणबहादुर तामाङ, विश्व वन्यजन्तु कोष (डब्लुडब्लु एफ) का नेपाल प्रतिनिधि डा.घनश्याम गुरुङ, नेपाल डेरी एशोसिएशनका अध्यक्ष पह्लाद दाहाल, ओरियन्ट क्याफे दरबारमार्गका सञ्चालक पशुपति पाण्डे, महिला उद्यमी जोत्सना केसीलगायतले सम्बोधन गरेका थिए। उनीहरूले स्थानीय जातको बीउ र बाली मासिनु भनेको नेपाली संस्कृतिमाथिको अतिक्रमण भएको भन्दै संरक्षणमा लाग्न सबैलाई आग्रह गरे। 

प्रकाशित मिति: शनिबार, जेठ २४, २०८२  १३:१५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
राष्ट्रिय पाठ्यक्रम प्रारूप परिमार्जन गर्न सातै प्रदेशबाट पाठ्यभार घटाउनदेखि एआई समेट्नेसम्मका सुझाव
चिलिमे सुरुङ भित्रबाट प्रतिध्वनि र चिसो हावा आयो, सकुशल रहेको आशा
एउटै एउटै शल्यक्रियाबाट ६ एन्युरिज्ममा क्लिप, वीर अस्पतालको दुर्लभ मस्तिष्क शल्यक्रिया सफल
सम्बन्धित सामग्री
देशभर ९८ प्रतिशत धान रोपाइँ सम्पन्न, सुदूरपश्चिम प्रदेशमा शतप्रतिशत रोपाइँ कृषि विभागले उपलब्ध गराएको पछिल्लो तथ्याङ्क अनुसार देशभरका कुल धानखेती योग्य जमिनमध्ये ९८ प्रतिशत क्षेत्रमा रोपाइँ सम्पन्न भएको छ। आइतबार, भदौ ७, २०८३
डीडीसीको घ्यू अब दुबईमा, पहिलो चरणमा ६ सय किलो निर्यात नेपाली दुग्धजन्य उत्पादनलाई विश्व बजारमा स्थापित गर्ने लक्ष्यसहित डीडीसीले पहिलो खेप घिउ संयुक्त अरब इमिरेट्स (यूएई) को दुबई पठाएको... शुक्रबार, भदौ ५, २०८३
अकबरे खुर्सानी खेतीबाट लाखौँ कमाउँदै मोतीबहादुर कुनै बेला गोलभेँडा खेतीबाट रामेछाप जिल्लामा स्थापित भएका मन्थली नगरपालिका–८ चिसापानीका कृषक मोतीबहादुर सारू मगर अहिले अकबरे खुर्सानी... शुक्रबार, भदौ ५, २०८३
ताजा समाचारसबै
राष्ट्रिय पाठ्यक्रम प्रारूप परिमार्जन गर्न सातै प्रदेशबाट पाठ्यभार घटाउनदेखि एआई समेट्नेसम्मका सुझाव शुक्रबार, भदौ २६, २०८३
चिलिमे सुरुङ भित्रबाट प्रतिध्वनि र चिसो हावा आयो, सकुशल रहेको आशा शुक्रबार, भदौ २६, २०८३
एउटै एउटै शल्यक्रियाबाट ६ एन्युरिज्ममा क्लिप, वीर अस्पतालको दुर्लभ मस्तिष्क शल्यक्रिया सफल शुक्रबार, भदौ २६, २०८३
बाबुराम भन्छन्, ‘विदेशी स्याउलाई रेमिटेन्स, जुम्लाको स्याउलाई बेवास्ता !’ शुक्रबार, भदौ २६, २०८३
भोटेकोशी बाढीबाट विस्थापित १३२ जना बालबालिका विद्यालय भर्ना शुक्रबार, भदौ २६, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
न्यायाधीश कुमार रेग्मी र अख्तियार प्रमुख प्रेमकुमार राईविरुद्ध महाभियोगको सूचना संसद् सचिवालयमा दर्ता बिहीबार, भदौ २५, २०८३
प्रधानमन्त्री शाहले बोलाए मन्त्रिपरिषद् बैठक, यस्ता विषयमा हुँदैछ छलफल बिहीबार, भदौ २५, २०८३
पदभारपछि नवनियुक्त उद्योगमन्त्रीले भने–‘जनताको आवश्यकता जति ग्यास दिनैपर्छ’ बिहीबार, भदौ २५, २०८३
गौरीकुमारीको राजीनामापछि उद्योगमन्त्रीमा दीपककुमार साह सिफारिस बिहीबार, भदौ २५, २०८३
अस्पतालले लिएन भर्ना,बबिताले सडकपेटीमै जन्माइन् बच्चा बिहीबार, भदौ २५, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
कुनै पनि शव अस्थायी चिहानका रुपमा १२ वर्षसम्म राख्न सकिन्छ : प्राडा हरिहर वस्ती नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
महाविपत्तिमा पनि पक्षधरता : भत्कँदै नेपाली मौलिकता ! प्रदीप सत्याल
बीपीको प्रजातान्त्रिक समाजवाद र कांग्रेसका राजनीतिक सौदाबाजी लोकराज अवस्थी
लोकतान्त्रिक समाजवाद : अवधारणा कि कार्यान्वयनमा समस्या ? धर्मेन्द्र विह्वल
क्षणभरमै सत्ता खरानी हुन सक्छ भन्ने जेन्जी विद्रोहको सन्देश नभुलौँ नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
गणतन्त्रपछि पहिलोपटक मन्त्रालयमा झुण्ड्याइयो पूर्वराजाको तस्बिर आइतबार, भदौ २१, २०८३
कालिका मन्दिरका अध्यक्षले अर्थमन्त्रीलाई दिए साट्न नमिल्ने चेक, रास्वपा सांसद सुशील खड्काले गरेका थिए पहल सोमबार, भदौ २२, २०८३
गृहमन्त्री गुरुङ सैनिक अस्पताल भर्ना आइतबार, भदौ २१, २०८३
त्रिशूली–३ ‘ए’ मा उद्धार कार्य बन्द शुक्रबार, भदौ १९, २०८३
केसीले दिए कांग्रेस मिलाउने पाँच सूत्र, के–के हुन् प्रस्ताव? आइतबार, भदौ २१, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्