• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, असोज ५, २०८३ Mon, Sep 21, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

समाजवादी मोर्चा : बेकारको हल्ला!

64x64
किशोर दहाल मंगलबार, असार ५, २०८०  १९:१५
1140x725

काठमाडौं- ‘यो समाजवादी मोर्चा पहिलो पाइला हो। यो अन्तिम पाइला होइन। यहाँबाट एउटा नयाँ अभियान, एउटा नयाँ युगतिर देशलाई लैजाने, सामाजिक न्याय, सुशासन र समृद्धिको नयाँ युगतिर देशलाई लैजाने, सबै सकारात्मक शक्तिहरुलाई एकताबद्ध गरेर अगाडि जाने प्रक्रियाको सुरुवात भएको छ’, सोमबार समाजवादी मोर्चाको घोषणा कार्यक्रममा प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भनेका थिए। मोर्चामा माओवादी केन्द्रका अतिरिक्त जनता समाजवादी पार्टी, एकीकृत समाजवादी र नेपाल कम्युनिस्ट पार्टी छन्।

प्रचण्डले पाँच वर्षअघिको नेकपा एकता घोषणा समारोहलाई पनि सम्झिएका थिए। एमाले र माओवादी केन्द्रबीच एकता गरेर नेकपा गठन गर्ने प्रस्तावक नै आफू रहेको बताउने गरेका प्रचण्डले त्यतिबेला हतारो गरिएको ठम्याइ प्रस्तुत गरेका थिए। उनको भनाइ थियो, ‘हामीले त्यतिबेला नै समाजवादी मोर्चा भनेर मोर्चाबाट काम सुरु गरेर छलफल गर्दै गरेर विचारमा, राजनीतिमा, संगठनमा, कार्यशैलीमा, संस्कारमा एकरुपता कायम गरेपछि एकतामा पुग्ने उद्देश्य राखेको भए सायद हामी सफल हुन्थ्यौँ कि!’

त्यतिबेला समाजवादी मोर्चा भनेर सुरु गरेको भए एकता टिक्थ्यो कि भन्ने बुझाइमा रहेका उनले समाजवादी मोर्चा पनि एउटै पार्टी हुनसक्ने सम्भावनालाई प्रस्तुत गरे। तर उनले व्यक्त गरे जस्तो आशय सहमति पत्रमा भने उल्लेख छैन। केवल वर्तमान अवस्थामा देशलाई अग्रगामी निकास दिन समाजवादी शक्तिहरुको एकताबद्ध पहलकदमी आवश्यकता रहेकाले समाजवादी मोर्चा गठन गर्न सहमत भएको भन्ने जस्तो अमूर्त दलिलका आधारमा यसको औचित्य पुष्टि गर्न खोजिएको छ।

घोषणा सभामा नेताहरुले गरेको भाषण पत्याउने हो भने नेपालमा समाजवाद आएपछि मात्रै मोर्चाले विश्राम लिनेछ। तर, गठन गर्नुका अप्रष्ट आधारहरुले नै यसको दीर्घकालीन अस्तित्वको विषयमा शंका उब्जाउँछ। किनकि, यसअघि एक्लाएक्लै रहँदा त्यस्तो कुन समाजवादी कार्यक्रम लागू गर्न सकिएन, जसका कारण समाजवादी मोर्चा नै बनाएर लागू गर्नुपर्ने बाध्यता आइपर्‍यो? त्यसबारे केही भनिएको छैन।

अर्कोतिर, मोर्चामा सहभागी चारमध्ये तीन दल त सरकारमै सहभागी छन्। प्रचण्ड स्वयं प्रधानमन्त्री छन्। त्यहीँबाट जनपक्षीय काम गर्नु नै उनीहरुको दायित्व हो। त्यहीँबाट आफू हुनुको औचित्य पुष्टि गर्नुपर्ने हो। समाजवादी कार्यक्रम लागू गर्न त्यहीँबाट पहल गर्नुपर्ने हो। तर, सरकारबाट त्यस किसिमको काम गर्न रुचि नदेखाइएको प्रशस्तै सन्दर्भहरु छन्। फेरि यही समयमा समाजवादी सपना पूरा गर्ने भन्दै मोर्चा गठन गरिएको छ। यसले उनीहरुको इमानदारितामा प्रश्न गर्ने आधार दिन्छ।

पुराना अनुहारको मिलन
स्थानीय तहको निर्वाचन र प्रतिनिधि सभा निर्वाचनमा नयाँ पात्रप्रतिको आकर्षण उल्लेखनीय थियो। साथै, पुराना पार्टी र पुराना नेताहरुप्रति विकर्षण पनि उत्तिकै थियो। त्यसैले पनि पुराना पार्टी र नेताहरुले नयाँ उम्मेदवारहरुबाट चुनौती बेहोर्नुपरेको थियो। समाजवादी मोर्चाका एक घटक जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले नयाँ उम्मेदवार सीके राउतसँग पराजय नै बेहोर्नुपर्‍यो। संसद् पुगिछाड्ने उनको हठका कारण बारामा उपनिर्वाचन गर्ने परिस्थिति सिर्जना गरिएको थियो। र सत्ताधारी दलहरुले गठबन्धन गरेर उनलाई जिताउन भूमिका खेलेका थिए।

आमचर्चालाई नै ध्यान दिने हो भने पनि समाजवादी मोर्चामा जोडिएका चार दल र तिनका नेताप्रति आकर्षण घट्दो छ। मौलिक रुपमा उनीहरुको पार्टीगत र व्यक्तिगत संकट छँदैछ, सामूहिक रुपमा भने दलीय औचित्य स्थापित गर्न नै कठिन पर्दै गएको देखिन्छ। त्यसैले अस्तित्व निरन्तरताको भयबाट जोगिने उपायस्वरुप समाजवादी मोर्चाको गठन गरिएको देखिन्छ। यो मोर्चामा न त ऊर्जाशील नेतत्व छ, न त ऊर्जाशील नेतृत्वको आगमनको आधार तयार गर्न खोजिएको छ। बरु उमेर, विचार र समयचेतका हिसाबले वृद्ध क्लब सिर्जना भएको भनेर कटाक्ष भइरहेको छ।

अस्तित्व रक्षाका लागि उल्लेखित दलहरुले आफूभित्रै निर्मम समीक्षा र सुधार खोज्नु अपेक्षित थियो। पार्टीलाई समय सन्दर्भ अनुसारको बनाउने, पार्टीलाई उद्देश्यप्रति उत्प्रेरित र कठोर बनाउने, कार्यकर्तालाई पार्टीको भविष्यप्रति विश्वस्त बनाउनेतर्फ मन्थन र गृहकार्य अपेक्षित थियो। तर, उनीहरुले आफू पनि भ्रममा रहने र अरुलाई पनि भ्रममै राख्नका लागि मोर्चा गठनको उपाय रचेको देखिन्छ। 

Ncell 2
Ncell 2
nimb
nimb

राजनीतिक विश्लेषक डम्बर खतिवडा भन्छन्, ‘कार्यकर्ताले छोड्दै हिँड्न थाले। त्यसैले मोर्चा गठन गरेर उनीहरुलाई हामी ‘शक्तिशाली नै छौँ, पख न’ भनेर भ्रम सिर्जना गरिएको हो जस्तो लाग्छ।’ प्रचण्डको भाषणले पनि त्यही भ्रमको संकेत दिन्छ। 
‘राष्ट्रिय सभागृहमा कार्यक्रम राख्ने भनियो। मलाई अलिअलि मनमा के थियो भने, साथीहरु अलिअलि अन्योल र निराशामा छन् कि! यो हल पनि नभरिने हो कि! बडो चिन्तामा थिएँ’, सोमबार प्रचण्डको भनाइ थियो, ‘यो गेटभित्र पस्दा त बाहिरै कार्यकर्ता र समर्थकहरुको भीड देखेपछि मैले के ठानेँ भने, समाजवादी मोर्चा, नेपालको घोषणा सभा मात्रै होइन। यो मोर्चाको औचित्य इतिहासमा स्थापित भइसक्यो। हामी सबैमा एउटा नयाँ उत्साह स्थापित भइसक्यो।’

बेकारको हल्ला!
नेपाली राजनीतिक इतिहासमा दलहरु मिलेर मोर्चा तथा गठबन्धन बनाउने प्रचलन नयाँ होइन। २०४६ र २०६२/६३ सालको जनआन्दोलन सञ्चालन गर्दा दलहरुले मोर्चा/गठबन्धन नै बनाएका थिए। त्यो निश्चित र ठोस उद्देश्यका लागि थियो। सफल पनि भएका थिए। तर, अहिलेको मोर्चाको भने उद्देश्य निश्चित र ठोस छैन। त्यसैले यो मोर्चा परिणाममुखी हुनेमा आशंका गर्न सकिन्छ। राजनीतिक विश्लेषक डम्बर खतिवडा भन्छन्, ‘यो मोर्चाले कसकोविरुद्ध लड्ने हो भन्ने नै प्रष्ट छैन। चुनाव लड्नका लागि बनाइएको हो भने अहिले चुनाव नै छैन, चार वर्षपछि छ। त्यतिबेलासम्म टिक्छ कि टिक्दैन पनि थाहा छैन। यसको काम के छ र?’

खतिवडा यो कुन खालको समाजवादी मोर्चा हो भन्ने पनि नै प्रष्ट नभएको बताउँछन्। ‘तीन वटा कम्युनिस्ट पार्टी र एउटा गैरकम्युनिस्ट पार्टी छ। गैरकम्युनिस्ट पार्टीले पहिचानको मुद्दा उठाउँछ। अरुले मान्दैनन्’, उनी भन्छन्, ‘यसले उत्साह होइन, निराशा बढाउँछ र देशको राजनीतिलाई झन् गञ्जागोल बनाउँछ जस्तो लाग्छ।’

समाजवादी मोर्चामार्फत् कम्युनिस्टहरुले कम्युनिस्ट छोडेर समाजवादी हुन लागेका हुन् कि, समाजवादी कम्युनिस्टतिर फर्किएका हुन् भन्ने अन्योल रहेको उनको भनाइ छ।

समाजवादी मोर्चामा जोडिएका चार दलमध्ये तीन वटा कम्युनिस्ट दलहरु नै छन्। त्यसैले यो मोर्चा कम्युनिस्ट पार्टीहरुकै ‘मिनी गठबन्धन’ जस्तो देखिन्छ। तर, कम्युनिस्ट पार्टीहरुको मोर्चाबन्दी, गठबन्धन तथा पार्टी एकताबाट आउने नतिजाका सम्बन्धमा नेपाली समाज भलिभाँती जानकार छ। २०७४ कै निर्वाचनमा तत्कालीन दुई ठूला कम्युनिस्ट पार्टीहरु एमाले र माओवादी केन्द्र वामगठबन्धन गरेर होमिएका थिए। संसद्‌मा झन्डै दुई तिहाइ शक्ति आर्जन गरेका उनीहरुले पार्टी एकता पनि गरे। त्यसपछि उनीहरु झै–झगडामै व्यस्त भएको र वाचा गरिए अनुसारको काम गर्न नसकेको भन्ने भाष्य नै स्थापित छ।

अहिले समाजवादी मोर्चाका तर्फबाट प्रस्तुत गरिएका उद्देश्यहरु पनि पूरा नहुने खतिवडा बताउँछन्। ‘उनीहरुले भनेका १५ वटा बुँदा त अहिले हाम्रो संविधानमा नै छ। अनि कांग्रेसले त्यो मान्दिनँ भन्छ र? एमालेले त्यो मान्दिनँ भन्छ र? समाजवादी जति सबैको एकता भनेको हो भने कांग्रेस, एमाले र रास्वपालाई पनि त्यहीँ लगे भइहाल्यो’, उनको व्यंग्यमिश्रित सुझाव छ।

समाजवादी मोर्चा लामो समयसम्म टिक्ने र सहभागी दलहरुले मोर्चाको भावना अनुरुप काम गर्नेमै शंका व्यक्त भएका छन्। किनकि, समाजवादी मोर्चाको सबैभन्दा ठूलो दल माओवादी केन्द्रकै छवि धोकेवाजको रुपमा स्थापित छ। एकीकृत समाजवादीभित्र मोर्चालाई लिएर फरक–फरक बुझाइ छ। विप्लव नेतृत्वको नेकपा संसदीय अभ्यासलाई अस्वीकार गरिरहेको दल हो। ‘उनीहरुले लामो समयसम्म साझा धारणा बनाएर जाने सम्भावना म देख्दिनँ’, खतिवडाको भनाइ छ, ‘यो केही होइन। बेकारको हल्ला जस्तो मात्रै हो।’

प्रकाशित मिति: मंगलबार, असार ५, २०८०  १९:१५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
किशोर दहाल
दहाल नेपाल लाइभको राजनीतिक ब्युरो प्रमुख हुन्।
लेखकबाट थप
अनि गणेशमानले कांग्रेस परित्याग गरे...
संघदेखि प्रदेशसम्म 'साना दल'को नेतृत्वमा सरकार!
‘कांग्रेसका नेता’ पुष्पलालले किन गठन गरे कम्युनिस्ट पार्टी?
सम्बन्धित सामग्री
कांग्रेसको वडा अधिवेशन : ६३ जिल्लामा सकियो, बाँकीमा अन्तिम चरण कांग्रेस केन्द्रीय कार्यसमितिले सोमबार जारी गरेको विज्ञप्तिअनुसार असोज ५ गतेसम्म ६३ जिल्लाका वडा अधिवेशन सम्पन्न भएका हुन् । असोज ३... सोमबार, असोज ५, २०८३
अब जोखिम नभएसम्म पक्राउ परेकालाई हत्कडी नलगाउन सर्वोच्चको आदेश न्यायाधीश डा. नहकुल सुवेदी र शान्तिसिंह थापाको इजलासले पक्राउ परेका व्यक्ति भाग्ने जोखिममा रहेको, हिंसात्मक व्यवहार गरेको वा आफू तथा... सोमबार, असोज ५, २०८३
राष्ट्रिय सेवा दल विधेयक प्रतिनिधिसभाबाट पारित, के–के छन् व्यवस्था? विधेयकमा विद्यालयमा अध्ययनरत विद्यार्थीमा देशप्रेम, जनसेवा, राष्ट्रिय एकता, अनुशासन र नैतिकताको भावना विकास गर्ने उद्देश्य राखिएको छ... सोमबार, असोज ५, २०८३
ताजा समाचारसबै
कांग्रेसको वडा अधिवेशन : ६३ जिल्लामा सकियो, बाँकीमा अन्तिम चरण सोमबार, असोज ५, २०८३
यूएन महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल न्यूयोर्कमा सोमबार, असोज ५, २०८३
असोज ९–११ मा अति भारी वर्षाको जोखिम, राति यात्रा नगर्न प्राधिकरणको आग्रह सोमबार, असोज ५, २०८३
भोटेकोशी बाढीको क्षति मापन गर्न २५० भन्दा बढी कर्मचारी फिल्डमा सोमबार, असोज ५, २०८३
अब जोखिम नभएसम्म पक्राउ परेकालाई हत्कडी नलगाउन सर्वोच्चको आदेश सोमबार, असोज ५, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
राजनीतिक विश्लेषक भरत दाहाल पक्राउ आइतबार, असोज ४, २०८३
चक्कु प्रहारबाट एक युवकको मृत्यु, तीन जना पक्राउ आइतबार, असोज ४, २०८३
बालकृष्ण खाणसहित २३ जना क्षेत्रीय प्रतिनिधि निर्विरोध आइतबार, असोज ४, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
जलबायू न्यायका लागि नेपालले के गर्ने ? प्राध्यापक डा सूर्यप्रसाद सुवेदी
‘इजोत’को ज्योति प्रज्वलित गर्ने ॐको स्मृति धर्मेन्द्र विह्वल
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
प्रधानमन्त्रीसँग बैठक बसेलगत्तै सिंहदरबारबाट किन पक्राउ परे किस्माङ गाउँपालिका अध्यक्ष ? सोमबार, भदौ २९, २०८३
गौरीघाटमा बागमती नदीले सतर्कता तह पार गर्‍यो सोमबार, भदौ २९, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्