• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, साउन २६, २०८३ Tue, Aug 11, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
विचार

सरकारी विद्यालयलाई मानक बनाउन लागिपरेको काठमाडौं महानगर

रेशु अर्याल मंगलबार, जेठ ३०, २०८०  ११:३५
1140x725

काठमाडौं– संघीयतापछि सबैभन्दा ठूलो संरचनागत परिवर्तन शिक्षाबाट सुरु भयो। पहिले संघीय सरकारको मातहतमा रहेको शिक्षा अहिले स्थानीय तहको जिम्मेवारीमा पुगेको छ। 

काठमाडौं महानगरपालिकाको अघिल्लो नेतृत्वको कार्यकालमा देश संघीयतामा गइसकेपछिको पहिलो जनप्रतिनिधिहरू हुनुहुन्थ्यो।

पहिलो कार्यकालमा नै शिक्षा मन्त्रालय र जिल्लाबाट पालिका स्तरमा अधिकार आउँदा शिक्षालाई लिएर महानगरको तयारी त्यति राम्रो थिएन भन्ने मेरो बुझाइ छ। तर सो कार्यकालको पछिल्लो केही वर्षमा भएका उपलब्धि धेरै भएको देखिन्छ। जस्तै विद्यालयहरूमा रङरोगन गर्ने, नेपाल भाषाको पाठ्यक्रम बनाउने जस्ता सुधारात्मक कामलाई लिन सकिन्छ।  

स्थानीय तहको दोस्रो कार्यकालमा भने महानगरले युवा नेतृत्व पायो। अझ स्वतन्त्र मेयर र स्वतन्त्र छवि भए पनि ठूलो दलबाट उपमेयर आउनुभएको छ। यसरी नयाँ नेतृत्व आउँदा स्थानीय तहको आयाम नै फेरिएको छ। 

अहिलेको नेतृत्वप्रति जनताको अपेक्षा धेरै छन्। युवाहरूले सहरको व्यवस्थापनमा काम गर्न सक्छन् भन्ने जनचाहना पनि एक हदसम्म ठिक हो। जनताले स्वतन्त्र छवि भएका युवाहरूको काँधमा देशकै ठूलो महानगरको जिम्मेवारी दिएर पठाएपछि नयाँ प्रयोग गर्न आवश्यक छ। 

अहिले महानगरमा ८९ वटा सार्वजनिक विद्यालय छन्। यस्तै वैदिक र संस्थागत गरी झण्डै ६ सय विद्यालय छन्। अहिले महानगरपालिकाभित्र मात्रै सार्वजनिक विद्यालयमा करिब ५० हजार यस्तै संस्थागत र निजी विद्यालयमा एक लाख ७५ हजार विद्यार्थी गरी २ लाख २५ हजार विद्यार्थी विद्यालय गइरहेका छन्। 

महानगरको जिम्मेवारी भनेको सार्वजनिक विद्यालयलाई राम्रो बनाउने र निजीलाई नियमन गर्ने हो। 

तर ती सार्वजनिक विद्यायलका शिक्षकहरू भने संघीय सरकारको मातहत छन्। अहिले पनि विसं २०२८ सालको शिक्षा ऐन अन्तर्गत शिक्षकहरू छन्। नयाँ शिक्षा ऐन नबन्दा महानगरले जुन गतिमा काम गर्नुपर्ने हो, त्यो हुन सकेको छैन। 

nimb
nimb
Ncell 2
Ncell 2

शिक्षाको स्तर राम्रो बनाउन महानगरको नीति बनाएर मात्र पनि हुँदैन। प्रदेश र केन्द्र सरकारले पनि यसको बारेमा तयारी गर्नुपर्छ। त्यो नीतिअनुसार शिक्षकहरूले पठनपाठन गराएका छन् कि छैनन् भनेर निरन्तर अनुगमन गर्न आवश्यक हुन्छ। अहिले अनुगमन गर्ने अधिकार त महानगरसँग छ। तर कारवाहीको अधिकार एकदमै सीमित मात्रै छ। 

महानगरले शिक्षकहरूलाई एक विद्यालयबाट अर्को विद्यालयमा सरुवा गर्न पनि मन्त्रालयसँग समन्वय गर्नुपर्छ। शिक्षकहरू महानगरभित्र पढाउन पाउनु पनि श्रोत जसरी हेरिने रहेछ। अहिले पनि संघले राजनीतिक आवद्धता भएका शिक्षकहरूलाई मात्रै महानगरभित्र सरुवा गर्ने गरेको गुनासो छ। 

अहिलेको नेतृत्वको शिक्षा सल्लाहकार भएको हकमा मेयर, उपमेयर, वडाका जनप्रतिनिधिको घोषणापत्रहरूलाई आधार बनाएर काम गर्नु हाम्रो दायित्व हो।

अहिलेका वडा अध्यक्षहरू विद्यालय व्यवस्थापन समितिको पदेन सदस्य हुनुहुन्छ। अहिलेसम्म कानुनले राजनीतिक नेतृत्व लिनेलाई विद्यालय व्यवस्थापनको जिम्मेवारी दिएको छैन। 

एक वर्षमा के भए?
यो वर्षको सबैभन्दा ठूलो उपलब्धि महानगरको शिक्षा विभागले तीन गुणा बढी बजेट पायो । महानगरकै विद्यालयको पूर्वाधारमा समस्या भएकाले यस क्षेत्रमा बढी विभाजन गरेको छ। कार्यक्रम ल्याउनको लागि पनि ठूलो लगानी भएको छ।

यहाँको नेतृत्वले आफ्नो घोषणा पत्रमा नै विद्यालयको पूर्वाधार, गुणस्तर र वातावरणमा सुधार गर्ने उल्लेख गरेका थिए। एक कक्षादेखि नै पाठ्यक्रममा सुधारको काम हुँदैछ। हप्तामा एक दिन सामुदायिक विद्यालयमा सीप, उद्यमशीलता, खेलकुद लगायतको कार्यक्रम सञ्चालन गर्ने उल्लेख गरिएको थियो। यो एजेन्डा ‘ पाठ्यपुस्तक रहित शुक्रबार’ र ‘शिक्षामा सीप’ कार्यक्रम अहिले लागू भएको छ। निजी विद्यालयको आम्दानी र गुणस्तरको अवस्थाको पनि अध्ययन हुँदैछ। 

विद्यालयमा स्मार्ट बोर्ड थपिएका छन्। अहिले शिक्षकहरूलाई प्रविधिमा आधारित शिक्षण गर्नुपर्ने देखिएकाले एक शिक्षक एक ल्यापटप पनि उपलब्ध गराउँदै छाैँ। 

पाठ्यपुस्तकरहित शुक्रबार
पाठ्यपुस्तकरहित शुक्रबार यहाँका जनप्रतिनिधिहरूको चुनावी एजेन्डा हो। महानगरका सामुदायिक विद्यालयको पूर्वाधार, कक्षाकोठाको अवस्थाको कारण कक्षामा पढेर बस्न अफ्ठ्यारो छ। 

हाम्रो पठनपाठनको शैली ‘कक्षामा जाऊ, किताब पल्टाऊ’ मात्रै थियो। यस्तो शैलीले शिक्षकहरूले किताबभन्दा बाहिरको ज्ञान विद्यार्थीलाई दिन पाउँदैनथे। तर महानगरले नै किताब केन्द्रित संस्कार परिवर्तन गर्न चाहेको हो। यो कार्यक्रमले विद्यार्थीलाई नयाँ चेत विकास गर्न चाहेको हो। जसका लागि हामीले विभिन्न पाठ्यक्रमबाहिरका ज्ञान दिन खोजेका छौँ। 

हामीले ‘टेक्स्ट’बाट मात्रै नभएर ‘कन्टेक्स्ट’बाट विद्यार्थीको सिकाइ होस् भनेर पाठ्यपुस्तक रहित शुक्रबारको सुरुवात गर्यौँ। यही कार्यक्रम अन्तर्गत हामीले ‘शिक्षामा सीप’ कार्यक्रम सुरु गरेका छौँ। जसको लागि हामीले १० वटा विषयमा ९० घण्टाको पाठ्यक्रम बनाएका छौँ। यो कार्यक्रमलाई ‘पाइलट प्रोजेक्ट’को रूपमा अगाडि बढाएर तालिम दिन सुरु गरेका छौँ। 

तालिमका विषयः
० कृषि तथा सहरी खेती, 
० सौन्दर्य कला र कपाल शैली (हेयर स्टायल), 
० काष्ठकला तथा नक्कासी (कुँदेर – बेलबुट्टा भर्ने काम), 
० पाक कला
० फेसन डिजाइन 
० कपडा निर्माण, 
० घरमा तार र बिजुली जडान (वायरिङ एण्ड इलेक्ट्रिकल), 
० विपद् पूर्वतयारीका 
० भवन निर्माणको रैथाने (परम्परागत) कला, 
० मोबाइल र विद्युतीय सामान, 
० पाइप जडान तथा मर्मत, 
० कला र मूर्तिकला

यसका अलावा महानगरका १४ सार्वजनिक विद्यालयमा कोड क्लब मार्फत् कोडिङ सिक्ने काम पनि सुरु भएको छ।

विभिन्न कार्यक्रम गर्न महानगरले प्रतिविद्यालय एक–एक लाख बजेट पनि थप दिएको छ। यस्ता कार्यक्रमले स्वरोजगार बनाएर थप अध्ययन गर्नसक्ने वातावरण बन्ने हाम्रो बुझाइ छ। 

डिजिटल शिक्षामा जोड
अहिले महानगरले गुगलसँग सहकार्य गरेर विद्यार्थीहरूका लागि आवश्यक पहुँच हुने कार्यक्रम बनाउँदै छाँै। अहिले धेरै विद्यालयको आफ्नै वेबसाइट पनि निर्माणको अन्तिम चरणमा पुगेको छ। 

यदि केही समस्या परेर विद्यालय खोल्न समस्या भयो भने पनि वेबसाइट मार्फत् पठनपाठन गर्न सकिन्छ। यस्तै कोड क्लबमार्फत् यसको लागि काम हुँदैछ। अहिले विद्यार्थीहरूले कोडिङ गरेर नै साधारण एनिमेसन गर्न सुरु गरिसकेका छन्। 

वातावरण र शिक्षासँगै विद्यार्थीलाई डिजिटल मात्रै नभएर वातावरणीय चेत पनि उत्तिकै आवश्यक रहको छ। हामी अहिले विद्यालयमा उत्पादन भएको फोहोर कसरी व्यवस्थापन गर्ने, वातावरण कसरी हरियाली बनाउने भनेर सिकाउँदै आएका छौँ। 

हामीले कन्या मन्दिर विद्यालयलाई ‘इको हेरिटेज मोडल’ बनाउँदै छौँ। यस्तै संस्कृत माविबाट हामीले नमुना सहरी खेतीको सुरुवात गरेका छौँ। यस्ता कार्यक्रमले जग्गा नभए पनि आफैंले कसरी खाद्यान्न उब्जाएर खाने भन्ने सीप विद्यार्थीहरूले पाएका छन्। अहिले खेतीबाट हामी निकै टाढा भएका छौँ। त्यसैले यस्तो खालको कार्यक्रम सुरु गरिएको हो। 

हामीले महानगरका शिक्षकहरूलाई आफू संघ सरकारको मात्रै नभएर महानगरको कर्मचारी भएको अनुभव गराउनुपर्ने छ। यसको लागि हामीले विभिन्न कार्यक्रम गर्दै आएका छौँ। हामीले पाठ्य–संस्कारको विकासको लागि पनि काम गर्दै आएका छौँ। 

नेपाल भाषाको पाठ्यपुस्तक परिमार्जनको काम पनि विस्तारै अगाडि बढ्ने चरणमा छ। यसका साथै हामीले परियती शिक्षालाई पनि अगाडि बढाउँदै छौँ। अहिलेको कार्यक्रम विद्यार्थीलाई नैतिक शिक्षा उन्मुख बनाउन पनि लागिएको छ। यस्तै हामीले प्रारम्भिक बाल विकासको लागि पनि काम गर्दै आएका छौँ। 

तर काठमाडौं महानगरपालिकाका अभिभावकले यहाँको सरकारी विद्यालयमा पढाउँदैनन् भन्ने गुनासो सुनिँदै आएको छ। यहाँका मतदाताको छोराछोरी पढाउनको लागि उनीहरूको मानकको विद्यालय हामीले बनाउन सकेका छैनौँ।

अहिले बाहिरबाट आएका बालबालिका मात्रै यहाँका सरकारी विद्यालयमा पढाउने हो भन्ने भएको छ। यो भाष्य परिवर्तन गर्नकै लागि हामीले शिक्षामा धेरै काम गर्दै आएका हौँ। यहाँका स्थानीयले भोट हालेर जनप्रतिनिधिलाई जिताएपछि उनीहरूका बालबालिकालाई पढाउन सक्ने विद्यालय बनाउने महानगरको दायित्व हो। 

त्यही दायित्व पूरा गर्न महानगरले पूर्व प्राथमिक विद्यालयमा लगानी बढाएको छ। 

यस्तो भयो भने सानै कक्षादेखि हामीले गुणस्तरीय शिक्षा दिन पाउँछौँ। कम खर्चमा गुणस्तरीय शिक्षा दिनु हाम्रो दायित्व नै हो। यस्तै हामीले फरक क्षमता भएका विद्यार्थीहरूलाई पनि गुणस्तरीय शिक्षा उपलब्ध गराउनको लागि लगानी बढाएको छ। प्रकृति, प्रविधि, सीप, सम्पदा र समतामा आधारित शिक्षा दिन महानगर लागिपरेको छ।

(काठमाडौं महानगरका प्रमुख बालेन शाहका शिक्षा सल्लाहकार अर्यालसँग गरिएको कुराकानीमा आधारित)

प्रकाशित मिति: मंगलबार, जेठ ३०, २०८०  ११:३५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
लेखकबाट थप
चीनले ठूलो आँधी आएपछि १० लाख मानिसलाई कसरी सुरक्षित स्थलमा सार्‍यो ?
कोलम्बियामा शक्तिशाली भुकम्प कम्तिमा ७७ को मृत्यु
दिउँसो १ बजे प्रतिनिधि सभा बैठक, ११ बजे दुई संसदीय समितिका बैठक बस्दै
सम्बन्धित सामग्री
नेपाल महिला संघको अबको भूमिका के? दलित, आदिवासी जनजाति, मधेसी, मुस्लिम, अपाङ्गता भएका र दुर्गम क्षेत्रका महिलाहरूलाई संघको नीति निर्माण र निर्णायक तहमा अनुपातिक र सम्... शनिबार, साउन २३, २०८३
नेपालको राजनीति: दलगत विभाजनभन्दा माथि उठेर जनमुखी राजनीति कहिले? लोकतान्त्रिक पार्टीभित्र विचार फरक हुनु अस्वाभाविक होइन। तर ती मतभेद सार्वजनिक प्रतिस्पर्धा र शक्ति प्रदर्शनमा परिणत हुँदा त्यसले पा... शनिबार, साउन ९, २०८३
भारतीय लोकतान्त्रिक इतिहासको कालो दिन: अवैध निर्वाचित गान्धीले किन लगाइन् आपतकाल तत्कालीन प्रधानमन्त्री इन्दिरा गान्धीले देशमा आपतकाल घोषणा गर्दै भारतलाई खुला जेलजस्तै अवस्थामा पुर्‍याइन्। आखिर आपतकाल कसरी घोषणा भ... शनिबार, साउन ९, २०८३
ताजा समाचारसबै
चीनले ठूलो आँधी आएपछि १० लाख मानिसलाई कसरी सुरक्षित स्थलमा सार्‍यो ? मंगलबार, साउन २६, २०८३
कोलम्बियामा शक्तिशाली भुकम्प कम्तिमा ७७ को मृत्यु मंगलबार, साउन २६, २०८३
दिउँसो १ बजे प्रतिनिधि सभा बैठक, ११ बजे दुई संसदीय समितिका बैठक बस्दै मंगलबार, साउन २६, २०८३
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर मंगलबार, साउन २६, २०८३
पत्रकारसँग प्रचण्डका १० कुरा : बालेनदेखि रवि, संविधान संशोधनदेखि वाम–लोकतान्त्रिक सहकार्यसम्म सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
फिल्मका लागि घर बोलाएर नशालु पदार्थ खुवाई बलात्कार, भिडियोसमेत बनाएर ब्ल्याकमेल, ७३ वर्षीय निर्देशक शकील नूरानी पक्राउ सोमबार, साउन २५, २०८३
रविका ‘राइट ह्यान्ड’ दीपक बोहोराले गरिरहेको संकेत के हो ? सोमबार, साउन २५, २०८३
घट्यो सुनको मूल्य, हेर्नुस् कतिमा हुदैछ कारोबार ? सोमबार, साउन २५, २०८३
‘सिंहदरबार’ नाममाथि बहस चल्दा शङ्कर पोखरेलले सम्झाए सिंहका ६ विशेषता सोमबार, साउन २५, २०८३
काठमाडौं विश्वविद्यालयको कुलपतिका लागि तीन जनाको नाम सिफारिस सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
राजनीतिक दल र आदिवासी आन्दोलनले नयाँ पुस्तालाई सम्बोधन गर्न नसक्दा ‘विद्रोह’ भयो : पर्शुराम तामाङ नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
नेपाल महिला संघको अबको भूमिका के? डा. डिला संग्रौला
नेपालको राजनीति: दलगत विभाजनभन्दा माथि उठेर जनमुखी राजनीति कहिले? सुरेश गिरी
भारतीय लोकतान्त्रिक इतिहासको कालो दिन: अवैध निर्वाचित गान्धीले किन लगाइन् आपतकाल नेपाल लाइभ
रावणका दश शिर र नेपालको शासन प्रणाली: एकल सोचले देश बन्दैन सुरेश गिरी
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
प्रधानमन्त्री बालेनविरुद्ध उत्रिएका सांसदलाई कडाइ गर्दै रास्वपा शुक्रबार, साउन २२, २०८३
बिहानै जागे प्रधानमन्त्री बालेन, देखाए सरकारकाे उपलब्धि शनिबार, साउन २३, २०८३
लेनदेनका लिखत प्रमाणित गर्दा दुई रुपैयाँ मात्रै शुल्क लिन स्थानीय तहका नाममा परमादेश जारी आइतबार, साउन २४, २०८३
जेलमुक्त पत्रकार खेम भण्डारीले के भने ? (भिडियो) शनिबार, साउन २३, २०८३
किशोरीको डिम्ब निकालेको घटना : प्रहरी बयानमा के भनिन् डा नुतनले? आइतबार, साउन २४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्